
स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आईपीओ ल्याउने तयारी, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धकमा नियुक्तSwastik Agro Industries to Issue IPO, Appoints Nabil Investment as Issue Manager
स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आईपीओ ल्याउने तयारी, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धकमा नियुक्त स्वदेशी दुग्ध तथा दुग्धजन्य पदार्थ उत्पादनमा संलग्न स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेड ले सर्वसाधारणका लागि आईपीओ (प्राथमिक शेयर) निष्काशन गर्ने भएको छ। यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। आज सम्पन्न सम्झौतामा कम्पनीका अध्यक्ष तथा प्रबन्ध सञ्चालक सत्य नारायण झा र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्। कम्पनीले धितोपत्र बोर्डका नियमावली अनुसार निकट भविष्यमा आवश्यक स्वीकृति प्राप्त गरी आईपीओ निष्काशन गर्ने जनाएको छ।Swastik Agro Industries to Issue IPO, Appoints Nabil Investment as Issue Manager Swastik Agro Industries Limited, a domestic company engaged in dairy and dairy-based products, is preparing to issue an Initial Public Offering (IPO) to the general public. For this purpose, the company has appointed Nabil Investment Banking Limited as its share issue and sales manager. At an agreement signing ceremony held today, Swastik Agro’s Chairman and Managing Director, Satya Narayan Jha, and Nabil Investment Banking’s Chief Executive Officer, Manish Narayan Joshi, signed the deal on behalf of their respective organizations. The company stated that it will seek necessary regulatory approvals in line with the Securities Board of Nepal’s regulations before proceeding with the IPO in the near future.


















