
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड सम्पन्न, २ हजार ३११ जनाले पाए सेयरReliance Spinning Mills IPO Allotment Completed for Migrant Nepalis
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड सम्पन्न, २ हजार ३११ जनाले पाए सेयर काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले गत मंसिर २२ गतेदेखि २५ गतेसम्म आईपीओ खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले कुल १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको थियो । उक्त आईपीओमा ३५ हजार १०२ जनाले १९ लाख ४४ हजार ३३० कित्ता सेयरका लागि आवेदन दिएका थिए । कम्पनीका अनुसार प्राप्त भएका सबै आवेदनहरू स्वीकृत भएका छन् । मागभन्दा धेरै आवेदन परेपछि कम्पनीले गोलाप्रथा (लटरी) प्रक्रियामार्फत आईपीओ बाँडफाँड गरेको हो । बाँडफाँडअनुसार २ हजार ३११ जना आवेदकले ५० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।Reliance Spinning Mills IPO Allotment Completed for Migrant Nepalis Kathmandu — Reliance Spinning Mills Limited has completed the allotment of its Initial Public Offering (IPO) issued for Nepalis working abroad. The company had issued 115,596 shares at a price of Rs 820.80 per share between December 8 and December 11 (Mangsir 22–25). During the subscription period, a total of 35,102 applicants applied for 1,944,330 shares. All applications were approved, the company said. As the issue was oversubscribed, the IPO was allotted through a lottery process. Under the allotment, 2,311 applicants were allotted 50 shares each.


















