
निर्यात मूल्य घट्दा व्यापारको सर्त कमजोर, आयात मूल्य बढ्दोExport Prices Decline as Import Costs Rise, Weakening Terms of Trade
निर्यात मूल्य घट्दा व्यापारको सर्त कमजोर, आयात मूल्य बढ्दो काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (२०८२ कात्तिकसम्म) को तथ्याङ्कले नेपालको वैदेशिक व्यापारमा मूल्यगत दबाब देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भन्सार तथ्याङ्कमा आधारित विवरणअनुसार निर्यात र आयात दुवैको मूल्य सूचकाङ्कमा फरक–फरक दिशा देखिएको छ, जसले व्यापार सन्तुलनमा थप चुनौती उत्पन्न गरेको संकेत गर्दछ। वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक महिनामा निर्यातको एकाइ मूल्य सूचकाङ्क १.२ प्रतिशतले घटेको छ। यसको अर्थ निर्यात हुने वस्तुहरू अघिल्लो वर्षको तुलनामा सस्तो मूल्यमा अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको देखिन्छ। निर्यात मूल्य घट्नुले निर्यात आम्दानीमा अपेक्षाभन्दा कम वृद्धि हुने जोखिम बढाएको विश्लेषकहरूको भनाइ छ।Export Prices Decline as Import Costs Rise, Weakening Terms of Trade Recent data for the first four months of fiscal year 2082/83 (up to mid-November 2025) point to growing price-related pressure in Nepal’s foreign trade. Customs-based statistics released by Nepal Rastra Bank show a divergence between export and import prices, with export unit values declining while import prices continue to rise, adversely affecting the country’s terms of trade. On a year-on-year basis, the export unit value index declined by 1.2 percent in mid-November 2025. This indicates that Nepali goods were sold at lower prices in international markets compared to the same period last year. Although export volumes may be increasing, the fall in export prices suggests weaker earnings per unit, limiting the overall benefit of export growth.


















