NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 114 / 233Next
    • कर तिर्ने समय एक महिना थपियो
      Investor

      कर तिर्ने समय एक महिना थपियोGovernment Extends Tax Payment Deadline by One Month

      कर तिर्ने समय एक महिना थपियो काठमाडौं । सरकारले कर तिर्ने समयसीमा एक महिना थप गरेको छ। आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालका अनुसार, भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने साउन महिनाको कर अब एक महिना पछि बुझाउन सकिने भएको हो। “कर तिर्ने समय एक महिना थप्ने निर्णय भइसकेको छ। यसबारेको सूचना छिट्टै राजपत्रमा प्रकाशित हुनेछ,” दाहालले जानकारी दिए। विद्यमान कानुनअनुसार मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशूल्कलगायत कर प्रत्येक महिनाको २५ गतेभित्र कर कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ। तर यसपटकको जेन–जी आन्दोलन र पछिल्ला राजनीतिक घटनाक्रमका कारण उद्योगी–व्यवसायीहरूले समयमै कर बुझाउन नसकेको भन्दै सरकारसँग समय थप गर्न आग्रह गरेका थिए।Government Extends Tax Payment Deadline by One Month Kathmandu – The government has extended the tax payment deadline by one month. According to Madan Dahal, Director General of the Inland Revenue Department, businesses that were required to pay taxes for the month of Shrawan by Bhadra 25 will now have an additional month to make the payment. “The decision to extend the tax deadline by one month has already been made, and an official notice will soon be published in the Nepal Gazette,” Dahal stated. As per existing law, Value Added Tax (VAT), excise duty, and other taxes must be paid to the respective tax office by the 25th of every month. However, due to the Gen-Z movement and recent political turmoil, industrialists and entrepreneurs were unable to clear their dues on time and had requested an extension.

      NEPSE TRADING·17 Sep, 2025·1 min read
    • सुनचाँदीको मूल्यमा गिरावट, सुन प्रतितोला १ हजारले घट्यो
      Investor

      सुनचाँदीको मूल्यमा गिरावट, सुन प्रतितोला १ हजारले घट्योGold and Silver Prices Decline, Gold Drops by Rs. 1,000 per Tola

      सुनचाँदीको मूल्यमा गिरावट, सुन प्रतितोला १ हजारले घट्यो काठमाडौं । लगातार बढिरहेको सुनचाँदीको मूल्य आज भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजारले घटेर २ लाख १६ हजार १०० रुपियाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी प्रतितोला ४५ रुपियाँले घटेर २ हजार ५५० रुपियाँमा कारोबार भइरहेको छ। हालसम्म निरन्तर बढ्दै गएको सुनचाँदीको मूल्य आज पहिलो पटक घट्दा लगानीकर्तासहित उपभोक्ताले केही राहतको अनुभव गर्ने देखिन्छ।Gold and Silver Prices Decline, Gold Drops by Rs. 1,000 per Tola Kathmandu – After a continuous rise in recent days, the prices of gold and silver have declined today. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of gold has decreased by Rs. 1,000 per tola, reaching Rs. 216,100 per tola. Similarly, the price of silver has also fallen by Rs. 45 per tola, and is currently being traded at Rs. 2,550 per tola. This marks the first drop after a steady upward trend in gold and silver prices, offering slight relief to both investors and consumers.

      NEPSE TRADING·17 Sep, 2025·<1 min read
    • एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ असोज ७ गतेदेखि खुल्ने
      Investor

      एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ असोज ७ गतेदेखि खुल्नेSY Panel Nepal Limited IPO Opening from Ashoj 7

      एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ असोज ७ गतेदेखि खुल्ने काठमाडौं । जेन–जी आन्दोलनका कारण स्थगित भएको एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ असोज ७ गतेदेखि बिक्रीमा आउने भएको छ। भदौ १७ गते कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपियाँमध्ये ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपियाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो।SY Panel Nepal Limited IPO Opening from Ashoj 7 Kathmandu – The initial public offering (IPO) of SY Panel Nepal Limited, which was previously postponed due to the Gen-Z movement, will now open for subscription from Ashoj 7. On Bhadra 17, the company received approval from the Securities Board of Nepal (SEBON) to issue 5,232,548 ordinary shares worth NPR 52.32 crore at a face value of NPR 100 each. This is 40% of its issued capital of NPR 1.3089 billion.

      NEPSE TRADING·17 Sep, 2025·1 min read
    • नेप्सेले शेयर कारोबार खुल्ने घोषणा, असोज २ गतेदेखि पूर्ववत् ढंगले कारोबार गर्न सक्ने
      Investor

      नेप्सेले शेयर कारोबार खुल्ने घोषणा, असोज २ गतेदेखि पूर्ववत् ढंगले कारोबार गर्न सक्नेNEPSE Announces Resumption of Trading from Ashwin 2

      नेप्सेले शेयर कारोबार खुल्ने घोषणा, असोज २ गतेदेखि पूर्ववत् ढंगले कारोबार गर्न सक्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले असोज २ गतेदेखि धितोपत्रको द्वितीयक बजार कारोबार पुनः सुरु हुने जानकारी दिएको छ। नेपाल धितोपत्र बोर्डको भदौ २७ गतेको निर्णयअनुसार, असोज २ गतेदेखि नेप्सेमा नियमित शेयर कारोबार सञ्चालन हुने सूचित गरिएको हो। यसअघि विभिन्न कारणले अस्थायी रूपमा रोकिएको कारोबार अब पुनः नियमित ढंगले सञ्चालन हुने भएको छ। नेप्सेका प्रवक्ता मुहारिर पराजुलीले हस्ताक्षरित सूचना अनुसार, लगानीकर्ताले असोज २ गतेदेखि पूर्ववत् ढंगले कारोबार गर्न सक्नेछन्। यस घोषणाले हालैको राजनीतिक तथा सामाजिक घटनाक्रमका कारण प्रभावित बनेका लगानीकर्तामा केही हदसम्म सहजता ल्याउने अपेक्षा गरिएको छ।NEPSE Announces Resumption of Trading from Ashwin 2 The Nepal Stock Exchange (NEPSE) has officially announced that secondary market trading of securities will resume from Ashwin 2, 2082. According to the directive issued by the Securities Board of Nepal (SEBON) on Bhadra 27, NEPSE has confirmed that regular share trading will begin as scheduled. The market had remained temporarily halted due to recent political and social circumstances. As per the official notice signed by NEPSE spokesperson Murahari Parajuli, investors will once again be able to carry out transactions in the stock market from Ashwin 2. This announcement is expected to provide relief and boost confidence among investors, many of whom had faced uncertainty during the suspension period.

      NEPSE TRADING·16 Sep, 2025·1 min read
    • पुनर्निर्माण र निर्वाचनका लागि तीन सदस्यीय कार्यदल गठन, १ खर्ब जुटाउने योजना
      Top

      पुनर्निर्माण र निर्वाचनका लागि तीन सदस्यीय कार्यदल गठन, १ खर्ब जुटाउने योजनाThree-Member Task Force Formed for Reconstruction and Elections, NPR 100 Billion to Be Raised

      अर्थ मन्त्रालयले जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माण र आसन्न निर्वाचनका लागि आवश्यक स्रोत जुटाउन तीन सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा सुमन दाहाल, धनीराम शर्मा र उत्तरकुमार खत्री रहेका छन्। मन्त्रालयले साना तथा टुक्रे आयोजना कटौतीबाट करिब १ खर्ब रुपैयाँ जुट्ने जनाएको छ।The Ministry of Finance has formed a three-member task force to arrange resources for reconstruction after the GenZ movement damages and to fund the upcoming elections. The task force comprises Suman Dahal, Dhaniram Sharma, and Uttarkumar Khatri. The ministry stated that cutting small and scattered projects could generate around NPR 100 billion.

      NEPSE TRADING·16 Sep, 2025·1 min read
    • भदौ २३ गतेको शेयर कारोबारको राफसाफ अनिश्चित, सिडिएससीले प्रक्रिया स्थगित गर्‍यो
      Top

      भदौ २३ गतेको शेयर कारोबारको राफसाफ अनिश्चित, सिडिएससीले प्रक्रिया स्थगित गर्‍योSettlement of Sept 8 Trading Uncertain as CDSC Suspends Clearing Process

      भदौ २३ गते सोमबार भएको शेयर कारोबारको राफसाफ तथा फछर्यौट प्रक्रिया स्थगित गरिएको छ। आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण दलाल भुक्तानी प्रणालीमा समस्या देखिएपछि स्टक ब्रोकर एसोसिएसनको अनुरोधमा सिडिएस एण्ड क्लियरिङ्गले अर्को सूचना नआएसम्मका लागि प्रक्रिया रोक्ने निर्णय गरेको हो। सो दिन बजार ३५.९९ अंकले घटेर २६७२.२५ विन्दुमा झरेको थियो, भने भदौ २२ गतेको कारोबारको राफसाफ भने पूरा भएको छ।The settlement and clearing of share transactions from Monday, Bhadra 23, have been suspended until further notice. CDS and Clearing Ltd. halted the process following a request from the Stock Brokers’ Association, citing technical issues in the payment system due to vandalism and arson during protests. On that day, the NEPSE index fell by 35.99 points to close at 2,672.25, while settlements for Sept 7 (Bhadra 22) were completed successfully.

      NEPSE TRADING·16 Sep, 2025·1 min read
    • वाणिज्य बैंकको मुद्दती ब्याजदर असोजमा झन् घट्यो, निक्षेपकर्ताको प्रतिफल थप चापमा
      Investor

      वाणिज्य बैंकको मुद्दती ब्याजदर असोजमा झन् घट्यो, निक्षेपकर्ताको प्रतिफल थप चापमाCommercial Banks Cut Fixed Deposit Rates Further in Ashoj, Depositors’ Returns Under Growing Pressure

      वाणिज्य बैंकको मुद्दती ब्याजदर असोजमा झन् घट्यो, निक्षेपकर्ताको प्रतिफल थप चापमा काठमाडौं। देशभर सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। भदौको तुलनामा असोजमा मुद्दती निक्षेपको औसत अधिकतम दर झन् तल झरेको छ। उपलब्ध तथ्यांकअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम दर भदौको ५.५७७ प्रतिशतबाट असोजमा ५.४६३५ प्रतिशतमा झरेको छ, जसले ०.११३५ प्रतिशत बिन्दुको थप गिरावट देखाउँछ। यसरी झरेको दरले साना बचतकर्तादेखि नियमित मुद्दती खातामा भरोसा गर्ने आम निक्षेपकर्तासम्मको प्रतिफलमा सीधा असर पार्ने देखिन्छ। बैंक–बैंकको सूचीकृत दर हेर्दा २० मध्ये ९ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा कटौती गरेका छन्। प्राइम कमर्सियल, सानिमा, एभरेष्ट, सिटिजन्स, एनआइसी एशिया, कुमारी, कृषि विकास, नेपाल बैंक र नेपाल एसबीआईले असोजमा कटौती गरेर अघि बढेका छन्। यीमध्ये केही बैंकले एकैपटक ०.५० प्रतिशत बिन्दुसम्म झारेका छन् भने केहीले ०.०७–०.२५ प्रतिशत बिन्दुबीच सानो तर महत्त्वपूर्ण कटौती गरेका छन्। कटौतीको यो लहरले बजारमा ‘सस्तो निक्षेप’ नै बैंकहरूको हालको प्राथमिकता भएको संकेत गर्छ।Commercial Banks Cut Fixed Deposit Rates Further in Ashoj, Depositors’ Returns Under Growing Pressure Kathmandu. All 20 commercial banks operating in Nepal have published their interest rates for Ashoj, and the figures show that fixed deposit rates have fallen further compared to Bhadra. According to the available data, the maximum average interest rate on individual fixed deposits dropped from 5.577% in Bhadra to 5.4635% in Ashoj, a decline of 0.1135 percentage points. This reduction directly affects the returns of small savers and ordinary depositors who rely on fixed deposits for steady income. Out of 20 banks, 9 have slashed their individual fixed deposit rates in Ashoj. Prime Commercial, Sanima, Everest, Citizens, NIC Asia, Kumari, Agriculture Development, Nepal Bank, and Nepal SBI all lowered their rates. Some banks cut sharply by 0.50 percentage points, while others made smaller but meaningful reductions ranging from 0.07 to 0.25 points. This wave of reductions signals that banks are prioritizing “cheap deposits” rather than aggressively competing to attract funds.

      NEPSE TRADING·16 Sep, 2025·4 min read
    •  सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम, बजारमा ऐतिहासिक उचाइ
      Top

      सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम, बजारमा ऐतिहासिक उचाइ Gold and Silver Prices Hit Record Highs in Nepali Market

      भदौ ३१ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य ऐतिहासिक उच्चतामा पुगेका छन्। छापावाल सुन प्रतितोला १,९०० रुपैयाँले बढेर दुई लाख १७ हजार १०० रुपैयाँमा पुगेको छ भने चाँदी प्रतितोला २० रुपैयाँले बढेर दुई हजार ५९५ रुपैयाँमा कारोबार भएको छ। यससँगै दुवै धातुको मूल्यले नयाँ रेकर्ड कायम गरेका छन्। On Tuesday, September 16, 2025, gold and silver prices in Nepal hit record highs. The price of hallmark gold surged by NPR 1,900 per tola to reach NPR 217,100, while silver rose by NPR 20 per tola, trading at NPR 2,595. Both precious metals have set new all-time records in the Nepali market.

      NEPSE TRADING·16 Sep, 2025·1 min read
    • जेनजी आन्दोलन : नेपालको बीमा इतिहासकै सबैभन्दा ठूलो दाबी हुने
      Investor

      जेनजी आन्दोलन : नेपालको बीमा इतिहासकै सबैभन्दा ठूलो दाबी हुनेGenZ Protests Trigger Nepal’s Largest Insurance Claim Crisis

      जेनजी आन्दोलन : नेपालको बीमा इतिहासकै सबैभन्दा ठूलो दाबी हुने भदौ २३ र २४ गते देशभर फैलिएको जेनजी आन्दोलनले नेपाली समाजलाई मात्र होइन, वित्तीय क्षेत्रमा समेत गहिरो घाउ बनाइदिएको छ। राजधानीदेखि बाहिरी शहरसम्म भएको तोडफोड, आगजनी र लुटपाटका कारण बीमा कम्पनीहरूमा हालसम्मकै सबैभन्दा ठूलो दाबी पर्ने आकलन गरिएको छ। बीमा कम्पनीहरूको छातामन्त्री संस्था नेपाल बीमक संघका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदावर क्षेत्रीका अनुसार यस पटकको क्षतिको परिमाण २०७२ सालको भूकम्पभन्दा पनि धेरै ठूलो हुन सक्नेछ। “सबैभन्दा धेरै दाबी भाटभटेनी सुपर स्टोर र हिल्टन होटलतर्फबाट आउने देखिन्छ,” उनले भने। भाटभटेनी सुपर स्टोरका २८ शाखामध्ये २१ वटामा क्षति पुगेको छ। तीमध्ये १२ शाखा पूर्णरूपमा नष्ट भएका छन्। काठमाडौंको नक्साल र चुच्चेपाटी शाखा पूर्णरूपमा जलेर खरानी बनेका छन् भने महाराजगञ्ज, कोटेश्वरलगायतका शाखा पनि ध्वस्त भएका छन्। उपत्यकाबाहिर धरान, विराटनगर, दमक, बिर्तामोडका शाखा समेत जलेर खरानी बनेका छन्।GenZ Protests Trigger Nepal’s Largest Insurance Claim Crisis The GenZ protests of September 23–24 have left Nepal reeling not only socially and politically, but also financially. The wave of vandalism, arson, and looting has resulted in damages so vast that insurers are calling it the single largest insurance claim event in the country’s history. According to Birendra Baidawar Kshetri, President of the Insurance Association of Nepal and CEO of Siddhartha Premier Insurance, the financial burden could even exceed the payouts following the 2015 earthquake. “The biggest claims are expected from Bhatbhateni Superstores and Hilton Hotel,” he said. Bhatbhateni, Nepal’s largest retail chain, has seen 21 of its 28 outlets damaged, with 12 completely destroyed. The flagship stores in Naxal and Chucchepati were reduced to ashes, while Maharajgunj and Koteshwor branches also suffered heavy destruction. Outside the Valley, stores in Dharan, Biratnagar, Damak, and Birtamod were burned down, leaving the retail giant devastated.

      NEPSE TRADING·16 Sep, 2025·2 min read
    • अध्ययनका लागि मात्र एक महिनामा १४ अर्बभन्दा बढी रुपैयाँ विदेशियो
      Top

      अध्ययनका लागि मात्र एक महिनामा १४ अर्बभन्दा बढी रुपैयाँ विदेशियोOver Rs 14 Billion Spent Abroad for Education in Just One Month

      अध्ययनका लागि मात्र एक महिनामा १४ अर्बभन्दा बढी रुपैयाँ विदेशियो देशभित्रै विश्वविद्यालय, कलेज र शैक्षिक संस्था भए पनि विदेशिने विद्यार्थीको संख्या झन् बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा मात्र अध्ययनका लागि रु १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा अध्ययनका लागि रु १४ अर्ब ९६ करोड व्यय भएको थियो। यस वर्षको खर्च अलि कम भए पनि अध्ययनका लागि विदेशिने प्रवृत्ति अझै उच्च नै देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। शिक्षासँगै सेवा खातामा समेत ठूलो रकम बाहिरिएको छ। समीक्षा अवधिमा भ्रमण व्यय २.८ प्रतिशतले घटेर रु २१ अर्ब ७० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु २२ अर्ब ३२ करोड थियो।Over Rs 14 Billion Spent Abroad for Education in Just One Month Despite the presence of universities, colleges, and educational institutions within the country, the trend of students going abroad for higher studies continues to rise. According to the data published by Nepal Rastra Bank on Monday, in the first month of the current fiscal year alone, Rs 14.31 billion was spent on education abroad. In the same period of the previous fiscal year, the amount spent was slightly higher at Rs 14.96 billion, showing a marginal decline this year. However, the overall tendency of Nepali students opting for foreign education remains strong. Alongside education, a large sum has also been spent under the services account. During the review period, travel expenses decreased by 2.8 percent to Rs 21.70 billion, compared to Rs 22.32 billion in the same period last year.

      NEPSE TRADING·16 Sep, 2025·1 min read
    • आन्दोलनमा सिंहदरबार वरिपरिकै सरकारी निकायका ४४४ साना गाडी र ६०९ मोटरसाइकल जले
      Top

      आन्दोलनमा सिंहदरबार वरिपरिकै सरकारी निकायका ४४४ साना गाडी र ६०९ मोटरसाइकल जले444 Government Vehicles and 609 Motorcycles Destroyed in Protests Around Singha Durbar

      आन्दोलनमा सिंहदरबार वरिपरिकै सरकारी निकायका ४४४ साना गाडी र ६०९ मोटरसाइकल जले हालैको आन्दोलनका क्रममा सिंहदरबार र आसपासका सरकारी निकायमा रहेका ठूलो संख्यामा सवारीसाधनमा आगजनी भएको तथ्याङ्क सार्वजनिक भएको छ। गोरखापत्रमा प्रकाशित विवरणअनुसार सबैभन्दा बढी सडक विभागका ६५ वटा साना गाडी जलेका छन्। त्यसपछि सर्वोच्च अदालतका ५१ वटा, सहरी विकास तथा भवन निर्माण विभागका ५० वटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ४७ वटा, अर्थ मन्त्रालयका ३६ वटा, र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३५ वटा सवारी साधन नष्ट भएका छन्।444 Government Vehicles and 609 Motorcycles Destroyed in Protests Around Singha Durbar Kathmandu. Recent protests have caused large-scale damage to government and private vehicles in and around Singha Durbar, according to official data published by Gorkhapatra Daily. The highest number of losses was recorded at the Department of Roads, with 65 four-wheel vehicles destroyed. The report further shows that 51 vehicles of the Supreme Court, 50 from the Department of Urban Development and Building Construction, 47 from the Office of the Prime Minister and Council of Ministers, 36 from the Ministry of Finance, and 35 from the Ministry of Federal Affairs and General Administration were burned during the unrest.

      NEPSE TRADING·16 Sep, 2025·1 min read
    • एचएलआई लार्ज क्याप फण्डको इकाइ बाँडफाँट
      Investor

      एचएलआई लार्ज क्याप फण्डको इकाइ बाँडफाँटUnit Allocation of HLI Large Cap Fund Completed

      एचएलआई लार्ज क्याप फण्डको इकाइ बाँडफाँट सम्पन्न हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले सञ्चालन गरेको ‘एचएलआई लार्ज क्याप फण्ड’को इकाइ बाँडफाँट भदौ ३० गते सम्पन्न भएको छ। कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म बिक्री खुला गरेको उक्त योजना अत्यधिक मागसहित सम्पन्न भएको हो। प्रतिइकाइ १० रुपियाँ अंकित दरमा कुल ४ अर्ब रुपियाँबराबरको ४० करोड इकाइ निष्काशन गरिएकोमा, बीजपुँजी स्वरूप ५० प्रतिशत अर्थात् २ अर्ब रुपियाँ बराबरको २० करोड इकाइ कोष प्रवद्र्धक हिमालयन लाइफ इन्स्योरेन्सलाई सुरक्षित गरिएको थियो। बाँकी न्यूनतम २ अर्ब रुपियाँबराबरको २० करोड इकाइ भने सर्वसाधारणका लागि खुला गरिएको थियो।Unit Allocation of HLI Large Cap Fund Completed Himalayan Investment Banker Limited has completed the unit allocation of the HLI Large Cap Fund on September 15. The scheme, which was open for subscription from September 1 to September 5, received overwhelming applications from the public. Out of the total NPR 4 billion worth of 400 million units issued at a par value of NPR 10 per unit, 50% (NPR 2 billion worth of 200 million units) had been secured for the seed capital by the fund promoter, Himalayan Life Insurance. The remaining minimum NPR 2 billion worth of 200 million units were offered to the general public.

      NEPSE TRADING·16 Sep, 2025·1 min read
    • खानीखोला हाइड्रोपावरको हकप्रद आवेदन म्याद फेरि असोज ६ गतेसम्म
      Investor

      खानीखोला हाइड्रोपावरको हकप्रद आवेदन म्याद फेरि असोज ६ गतेसम्मKhani Khola Hydropower Extends Rights Share Application Deadline to Ashoj 6

      खानीखोला हाइड्रोपावरको हकप्रद आवेदन म्याद फेरि असोज ६ गतेसम्म खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद दोस्रोपटक पनि थपिएको छ। कम्पनीले सुरुमा भदौ २३ गतेसम्म आवेदन दिने व्यवस्था गरेको थियो। तर पर्याप्त आवेदन नपरेपछि भदौ ३१ गतेसम्म लम्ब्याइएको थियो। देशमा देखिएको पछिल्लो जेन–जी घटनाक्रमका कारण कम्पनीले फेरि म्याद बढाउँदै असोज ६ गतेसम्म पुर्‍याएको छ। कम्पनीले हाल कायम ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको चुक्ता पुँजीको शतप्रतिशत अनुपातमा (१:१) हकप्रद शेयर निष्कासन गरिरहेको छ। यसअन्तर्गत प्रतिकित्ता १०० रुपैयाँ दरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर बिक्रीमा छन्।Khani Khola Hydropower Extends Rights Share Application Deadline to Ashoj 6 Khani Khola Hydropower Company Limited has extended the application deadline for its rights shares for the second time. Initially, the deadline was set until Bhadra 23, which was later pushed to Bhadra 31 due to insufficient applications. Following the recent Gen-Z movement and disruptions in the country, the company has once again extended the deadline to Ashoj 6. The company is currently issuing 100% rights shares at a ratio of 1:1, equivalent to its paid-up capital of NPR 465,714,300. This amounts to 4,657,143 rights shares, each priced at NPR 100.

      NEPSE TRADING·16 Sep, 2025·1 min read
    • साउनमा चालु खाता र शोधनान्तर दुवै बचतमा, प्रत्यक्ष लगानी भने घट्यो
      Investor

      साउनमा चालु खाता र शोधनान्तर दुवै बचतमा, प्रत्यक्ष लगानी भने घट्योCurrent Account and BOP in Surplus, But FDI Remains Weak

      साउनमा चालु खाता र शोधनान्तर दुवै बचतमा, प्रत्यक्ष लगानी भने घट्यो काठमाडौं, भदौ — आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालले चालु खाता र शोधनान्तर दुवै क्षेत्रमा बचत देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विप्रेषण आप्रवाह, सेवा आय र अन्य वैदेशिक भुक्तानी सुधारसँगै देशको बाह्य क्षेत्र मजबुत बनेको हो। समीक्षा अवधिमा चालु खाता रु. ७८ अर्ब १४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष सोही महिनामा यो बचत रु. ३३ अर्ब ८ करोड मात्र थियो। अमेरिकी डलरमा हेर्दा गत वर्ष चालु खाता २५ करोड डलर बचतमा रहेकामा यस वर्ष साउनमा यो ५६ करोड डलर पुगेको छ। यसले नेपालमा वैदेशिक विनिमय भुक्तानी क्षमतामा उल्लेखनीय सुधार भएको देखाउँछ। समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु. १ अर्ब ४ करोड पुगेको छ। गत वर्ष सोही महिनामा यो रकम रु. २२ करोड मात्र थियो। तर, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भने घटेर रु. ६९ करोडमा सीमित भएको छ। गत वर्ष साउनमा प्रत्यक्ष लगानी रु. ८० करोड आएको थियो। यसले लगानीकर्ताको सतर्कता अझै कायम रहेको देखाउँछ।Current Account and BOP in Surplus, But FDI Remains Weak Kathmandu, August — Nepal recorded a surplus in both the current account and overall balance of payments (BOP) during the first month of FY 2082/83, signaling improved external stability. According to Nepal Rastra Bank, stronger remittance inflows, higher service income, and controlled payments contributed to this improvement, though foreign direct investment (FDI) inflows continued to decline. The current account surplus reached NPR 78.14 billion in Shrawan, a sharp rise compared to NPR 33.08 billion in the same month last year. In US dollar terms, the surplus increased from USD 250 million last year to USD 560 million this year. This reflects a stronger ability to meet external payment obligations and maintain liquidity in the foreign exchange market.

      NEPSE TRADING·16 Sep, 2025·1 min read
    • साउनमा विप्रेषण झण्डै ३० प्रतिशतले बढ्यो, श्रम स्वीकृति लिने संख्यामा पनि वृद्धि
      Investor

      साउनमा विप्रेषण झण्डै ३० प्रतिशतले बढ्यो, श्रम स्वीकृति लिने संख्यामा पनि वृद्धिRemittance Surges Nearly 30% in Shrawan, Labor Approvals Also Rise

      साउनमा विप्रेषण झण्डै ३० प्रतिशतले बढ्यो, श्रम स्वीकृति लिने संख्यामा पनि वृद्धि काठमाडौं, भदौ — आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढ्दै रु. १७७ अर्ब ४१ करोड पुगेको छ। गत वर्ष सोही अवधिमा विप्रेषण १७.७ प्रतिशतले बढेको थियो र जम्मा रु. १३६ अर्ब ६० करोडमा सीमित भएको थियो। नेपालले पाएको विप्रेषण रकम अमेरिकी डलरमा पनि उच्च वृद्धि देखिएको छ। समीक्षा अवधिमा डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले बढेर १ अर्ब २७ करोड डलर पुगेको छ। गत वर्ष सोही अवधिमा यो वृद्धि दर १५.८ प्रतिशत थियो। यसले देखाउँछ कि नेपाली श्रमिकहरूले पठाउने रकम मात्र बढेको छैन, विनिमय दर र डलरमै पनि उल्लेख्य वृद्धि भएको छ।Remittance Surges Nearly 30% in Shrawan, Labor Approvals Also Rise Nepal witnessed a significant rise in remittance inflows in the first month of FY 2082/83, providing a strong cushion for the economy. According to Nepal Rastra Bank, remittance inflows surged by 29.9 percent to NPR 177.41 billion in Shrawan, compared to NPR 136.60 billion during the same period last year, when the growth rate was only 17.7 percent. In US dollar terms as well, remittance income recorded impressive growth. Remittance inflows rose by 25 percent to USD 1.27 billion during the review month. In contrast, the same period last year had seen only a 15.8 percent rise. This indicates both higher amounts being sent by migrant workers and stronger inflows in foreign currency terms.

      NEPSE TRADING·16 Sep, 2025·1 min read
    • सेवा खातामा घाटा निरन्तर, पर्यटन आय बढ्दा पनि शिक्षा खर्च उच्च
      Investor

      सेवा खातामा घाटा निरन्तर, पर्यटन आय बढ्दा पनि शिक्षा खर्च उच्चServices Account Still in Deficit Despite Rise in Tourism Income

      सेवा खातामा घाटा निरन्तर, पर्यटन आय बढ्दा पनि शिक्षा खर्च उच्च काठमाडौं, भदौ — चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालले सेवा खातामा अझै घाटा व्यहोर्नु परेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा खुद सेवा आय रु. १३ अर्ब ३९ करोडले घाटा रहेको छ। गत वर्ष सोही अवधिमा यो घाटा रु. १५ अर्ब ६ करोड रहेको थियो। सेवा खातामै सकारात्मक पक्ष भनेको पर्यटन आयमा आएको वृद्धि हो। साउन महिनामा भ्रमण आय १२.७ प्रतिशतले बढेर रु. ५ अर्ब ३८ करोड पुगेको छ। गत वर्ष सोही महिनामा यो रकम रु. ४ अर्ब ७७ करोड मात्र थियो। पर्यटन क्षेत्रमा विदेशी आगन्तुकको चाप बढ्न थालेपछि आयमा वृद्धि भएको देखिन्छ।Services Account Still in Deficit Despite Rise in Tourism Income Nepal’s services account remained in deficit in the first month of FY 2082/83, even though tourism receipts showed encouraging growth. According to Nepal Rastra Bank, the net services income posted a deficit of NPR 13.39 billion in Shrawan, slightly lower than the NPR 15.06 billion deficit recorded in the same period last year. One bright spot was tourism. Tourism receipts rose by 12.7 percent to NPR 5.38 billion in Shrawan, compared to NPR 4.77 billion last year. Analysts say the increase reflects a recovery in tourist arrivals, particularly from regional markets, after years of sluggish performance.

      NEPSE TRADING·16 Sep, 2025·1 min read
    • साउनमा निर्यात संरचनामा उपभोग्य वस्तुको दबदबा, व्यापार सर्त ३.७ प्रतिशतले घट्यो
      Investor

      साउनमा निर्यात संरचनामा उपभोग्य वस्तुको दबदबा, व्यापार सर्त ३.७ प्रतिशतले घट्योExport Structure Dominated by Consumer Goods, Terms of Trade Fall by 3.7%

      साउनमा निर्यात संरचनामा उपभोग्य वस्तुको दबदबा, व्यापार सर्त ३.७ प्रतिशतले घट्यो काठमाडौं, भदौ — नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा वैदेशिक व्यापार संरचना र मूल्य सूचकाङ्कमा उल्लेख्य परिवर्तन देखिएको छ। निर्याततर्फ अन्तिम उपभोग्य वस्तुको हिस्सा उच्च भए पनि आयाततर्फ मध्यवर्ती वस्तुको प्रभावकारी दबदबा देखिएको छ। समीक्षा अवधिमा कुल निर्यातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा ६९.१ प्रतिशत पुगेको छ। मध्यवर्ती वस्तुको हिस्सा २९.९ प्रतिशत र पुँजीगत वस्तुको हिस्सा १ प्रतिशत मात्र रहेको छ। गत वर्ष सोही अवधिमा भने निर्यात संरचना फरक थियो — अन्तिम उपभोग्य वस्तुको हिस्सा ४४.३ प्रतिशत, मध्यवर्ती वस्तुको ५४.६ प्रतिशत र पुँजीगत वस्तुको १.१ प्रतिशत रहेको थियो। यसले देखाउँछ कि यसपटक निर्यातमा घरेलु उपभोगका वस्तुको भूमिका उच्च बनेको छ।Export Structure Dominated by Consumer Goods, Terms of Trade Fall by 3.7% Kathmandu, August — Nepal’s foreign trade structure in the first month of FY 2082/83 showed notable shifts, according to data published by Nepal Rastra Bank. While exports were dominated by consumer goods, imports remained largely driven by intermediate goods. Meanwhile, the country’s terms of trade weakened, raising concerns about competitiveness.

      NEPSE TRADING·16 Sep, 2025·1 min read
    • साउनमा थोक मुद्रास्फीति २.३७ प्रतिशत, उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशतमा सीमित
      Investor

      साउनमा थोक मुद्रास्फीति २.३७ प्रतिशत, उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशतमा सीमितWholesale Inflation at 2.37%, Consumer Inflation at 1.68% in Shrawan

      साउनमा थोक मुद्रास्फीति २.३७ प्रतिशत, उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशतमा सीमित काठमाडौं, भदौ — नेपालमा आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा मुद्रास्फीति नियन्त्रणमा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.३७ प्रतिशत मात्र रह्यो। गत वर्ष सोही महिनामा यो दर ३.६६ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा उपभोग्य वस्तुको थोक मुद्रास्फीति ६.५७ प्रतिशत रहेको छ। त्यसैगरी, मध्यवर्ती वस्तुमा ०.१२ प्रतिशत र पुँजीगत वस्तुमा २.९६ प्रतिशत को मुद्रास्फीति देखिएको छ। निर्माण क्षेत्रमा प्रयोग हुने सामग्रीतWholesale Inflation at 2.37%, Consumer Inflation at 1.68% in Shrawan Nepal’s inflation remained largely under control in the first month of FY 2082/83. According to Nepal Rastra Bank, the country’s annual point-to-point wholesale inflation stood at 2.37 percent in Shrawan, down from 3.66 percent in the same month last year. Within wholesale inflation, consumer goods recorded 6.57 percent inflation, while intermediate goods rose only 0.12 percent. Capital goods inflation was measured at 2.96 percent. Construction-related materials, however, saw a notable increase, with their wholesale price index rising by 4.08 percent.

      NEPSE TRADING·16 Sep, 2025·1 min read
    • साउनमा निर्यात ९५ प्रतिशतले बढ्दा आयात ११ प्रतिशतले बढ्यो, व्यापार घाटा अझै उच्च
      Investor

      साउनमा निर्यात ९५ प्रतिशतले बढ्दा आयात ११ प्रतिशतले बढ्यो, व्यापार घाटा अझै उच्चExports Surge by 95%, Imports Rise 11%, Trade Deficit Still Deep

      साउनमा निर्यात ९५ प्रतिशतले बढ्दा आयात ११ प्रतिशतले बढ्यो, व्यापार घाटा अझै उच्च आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालले वैदेशिक व्यापारमा मिश्रित परिणाम देखाएको छ। निर्यातमा ऐतिहासिक वृद्धि भए पनि आयात अझै उच्च रहने क्रम जारी छ, जसले गर्दा व्यापार घाटा न्यून मात्रामा भए पनि बढेको देखिन्छ। Exports Surge by 95%, Imports Rise 11%, Trade Deficit Still Deep Nepal’s external trade in the first month of FY 2082/83 showed mixed outcomes. Exports rose sharply, almost doubling compared to last year, but imports also continued to expand at a double-digit rate. As a result, the trade deficit, though slightly moderated, remained very high.

      NEPSE TRADING·16 Sep, 2025·2 min read
    • साउनमा मुद्रास्फीति घटेर १.६८ प्रतिशतमा सीमित, उपभोक्ताले पाए केही राहत
      Investor

      साउनमा मुद्रास्फीति घटेर १.६८ प्रतिशतमा सीमित, उपभोक्ताले पाए केही राहतInflation Eases to 1.68% in Shrawan as Food Prices Decline

      साउनमा मुद्रास्फीति घटेर १.६८ प्रतिशतमा सीमित, उपभोक्ताले पाए केही राहत काठमाडौं, भदौ — चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति घटेर १.६८ प्रतिशतमा सीमित भएको छ। गत वर्ष सोही महिनामा यो दर ४.०९ प्रतिशत पुगेको थियो। यसपटक खाद्य मूल्यमा आएको ठूलो गिरावटले समग्र मुद्रास्फीति तल्लो स्तरमा सीमित भएको हो।Inflation Eases to 1.68% in Shrawan as Food Prices Decline Kathmandu, August — Nepal’s consumer inflation in the first month of FY 2082/83 dropped sharply to 1.68 percent, compared to 4.09 percent in the same month last year. According to Nepal Rastra Bank, the significant drop in food prices was the main driver behind this sharp fall in overall inflation, bringing some relief to consumers.

      NEPSE TRADING·16 Sep, 2025·2 min read