
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ तान्दैNepal Rastra Bank to Absorb Rs 20 Billion to Manage Excess Liquidity
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज पुनः २० अर्ब रुपैयाँ बराबरको रकम तान्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै उक्त रकम बैंकिङ प्रणालीबाट बाहिर ल्याउन लागेको हो। राष्ट्र बैंकका अनुसार आज दिउँसो २ बजे निक्षेप संकलनका लागि बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ। बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको समयभित्र ब्याजदर प्रस्तावसहित बोलकबोलमा सहभागी हुन सक्नेछन्। निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको कुल रकमसम्म, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न पाउने व्यवस्था गरिएको छ। यसले बोलकबोल प्रक्रियालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने राष्ट्र बैंकको अपेक्षा छ।Nepal Rastra Bank to Absorb Rs 20 Billion to Manage Excess Liquidity Nepal Rastra Bank (NRB) is set to withdraw Rs 20 billion from the banking system on Sunday as part of its ongoing efforts to manage excess liquidity. The central bank will use its deposit collection instrument to absorb surplus funds currently circulating within the financial system. According to NRB, the bidding process for the deposit collection will take place at 2:00 PM. Commercial banks as well as development and finance companies will be able to participate in the auction by submitting interest rate bids within the specified timeframe.


















