NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 110 / 233Next
    • १२ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा
      Investor

      १२ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा12 Construction Companies and Suppliers Blacklisted

      १२ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा सरकारले १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले असोज ८ गतेको निर्णय अनुसार जारी गरेको सूचनामार्फत यी कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो। कार्यालयले जनाएको अनुसार, कालोसूचीमा परेका कम्पनीहरूले अबदेखि सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रिया वा ठेक्कामा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।12 Construction Companies and Suppliers Blacklisted The government has blacklisted 12 construction companies and suppliers. The Public Procurement Monitoring Office announced through a notice that, as per the decision made on Ashoj 8 (September 24, 2025), the blacklist has come into effect from the date of publication.

      NEPSE TRADING·25 Sep, 2025·<1 min read
    • इष्टर्न हाइड्रोपावरको ५५ लाख बढी सेयर लकइन अवधि खुल्दै
      Investor

      इष्टर्न हाइड्रोपावरको ५५ लाख बढी सेयर लकइन अवधि खुल्दैEastern Hydropower’s 5.5 Million Shares to Be Free from Lock-In

      इष्टर्न हाइड्रोपावरको ५५ लाख बढी सेयर लकइन अवधि खुल्दै इष्टर्न हाइड्रोपावर लिमिटेडको ठूलो परिमाणमा रहेको सेयरको लकइन अवधि अब समाप्त हुन लागेको छ । २०८२ साल कार्तिक १६ गतेदेखि कम्पनीका संस्थापक, आयोजना प्रभावित स्थानीय तथा कर्मचारीसँग रहेका कुल ५५ लाख ४१ हजार २९५ कित्ता सेयर बजारमा बिक्री गर्न मिल्नेछ। कम्पनीका संस्थापकले धारण गरेका ४९ लाख ६० हजार कित्ता, आयोजना प्रभावित स्थानीयको नाममा रहेको ५ लाख ६९ हजार ६९५ कित्ता, र कर्मचारीसँग रहेको ११ हजार ६०० कित्ता सेयर यसअघि तीन वर्षका लागि लकइनमा राखिएका थिए। नेपालको सेयर बजार नियमअनुसार सार्वजनिक निष्काशनमार्फत बाँडफाँड भएको सेयरको ३ वर्षसम्म संस्थापक र कर्मचारीले सेयर बिक्री गर्न नपाउने व्यवस्था छ। तर, लकइन अवधि सकिएपछि उनीहरूले आफ्ना सेयर बिक्री गर्न पाउनेछन्। यद्यपि, कम्पनीका सञ्चालकले भने आफ्ना सेयर तत्काल बिक्री गर्न पाउने छैनन्।Eastern Hydropower’s 5.5 Million Shares to Be Free from Lock-In Eastern Hydropower Limited is set to see the end of the lock-in period for a large portion of its shares. Starting from Kartik 16, 2082 (November 1, 2025), a total of 5,541,295 shares held by founders, project-affected locals, and company employees will become tradable in the secondary market. Out of this, 4.96 million shares are held by the company’s founders, 569,695 shares by project-affected locals, and 11,600 shares by employees. These shares had been under a mandatory three-year lock-in period after the company’s IPO allotment.

      NEPSE TRADING·25 Sep, 2025·1 min read
    • सागर डिष्टिलरी सेयर बाँडफाँट: ३ लाख आवेदन, १.१९ लाख पाउने
      Stock

      सागर डिष्टिलरी सेयर बाँडफाँट: ३ लाख आवेदन, १.१९ लाख पाउनेSagarmatha Distillery IPO Allotment: 2.35M Applications, 119K Allotted

      सागर डिष्टिलरी लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओ सेयर शुक्रबार बिहान बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले गोलाप्रथाबाट बाँडफाँट प्रक्रिया सम्पन्न गर्ने तयारी गरेको हो। यो आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजार ४९३ जनाले आवेदन दिएका थिए। कुल माग २ करोड ६५ लाख १ हजार १५० कित्ता पुगेको थियो, जसको मूल्य २ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी हुन्छ। तर, उपलब्ध सेयर सीमित भएकाले १ लाख १९ हजार ६४ जनाले मात्रै १० कित्ताका दरले सेयर हात पार्नेछन्।Sagarmatha Distillery Limited is set to allot its Initial Public Offering (IPO) shares on Friday morning. The allotment will be conducted by the issue manager, Muktinath Capital, through a lottery system due to oversubscription. By the closing day, the IPO had attracted 2,352,493 applicants, seeking a total of 26.5 million shares worth more than NPR 2.65 billion. However, since the demand far exceeded the supply, only 119,064 applicants will be lucky enough to receive 10 shares each.

      NEPSE TRADING·25 Sep, 2025·1 min read
    • जोशी हाइड्रोपावरले हकप्रद सेयर बाँडफाँड गर्यो, बाँकी सेयर लिलामीमार्फत बिक्री हुने
      Stock

      जोशी हाइड्रोपावरले हकप्रद सेयर बाँडफाँड गर्यो, बाँकी सेयर लिलामीमार्फत बिक्री हुनेJoshi Hydropower Allots Rights Shares, Remaining Shares to be Sold via Auction

      जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ देखि भदौ १९ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरको बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले रितपूर्वक आवेदन दिएका सेयरधनीहरुलाई कुल २२ लाख २४ हजार १७३ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो।Joshi Hydropower Development Company Limited has successfully allotted its rights shares, which were open for subscription from Shrawan 15 to Bhadra 19. The company distributed a total of 2,224,173 rights shares to shareholders who applied validly.

      NEPSE TRADING·25 Sep, 2025·<1 min read
    • दशैंअघि बैंकमा निक्षेप उकालो, लगानीयोग्य रकम १० खर्ब नाघ्यो
      Investor

      दशैंअघि बैंकमा निक्षेप उकालो, लगानीयोग्य रकम १० खर्ब नाघ्योDeposits Surge Ahead of Dashain, Investable Funds Cross Rs. 1 Trillion

      दशैंअघि बैंकमा निक्षेप उकालो, लगानीयोग्य रकम १० खर्ब नाघ्यो काठमाडौं । दशैं–तिहार नजिकिँदै गर्दा बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप तीव्रगतिमा बढ्दै हालसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असोज ५ गतेसम्म कुल निक्षेप ७३ खर्ब ७१ अर्ब नाघेको छ। वाणिज्य बैंकहरुको निक्षेप ६६ खर्ब २१ अर्ब तथा अन्य वित्तीय संस्थाहरुको निक्षेप ७ खर्ब ५१ अर्ब पुगेको छ। यस अवधिमा बैंकिङ प्रणालीमार्फत कुल ५६ खर्ब २९ अर्ब कर्जा प्रवाह भएको छ। वाणिज्य बैंकहरुले ५० खर्ब ६ अर्ब तथा अन्य वित्तीय संस्थाले ६ खर्ब २४ अर्ब कर्जा वितरण गरेका छन्। तर निक्षेप वृद्धिसँगै कर्जा लगानी सुस्त हुँदा सीडी रेसियो ७५.४२ प्रतिशतमा झरेको छ। यसरी करिब १० खर्ब ४ अर्ब रुपैयाँ लगानीयोग्य रकम बैंकिङ प्रणालीमा थुप्रिएको देखिन्छ।Deposits Surge Ahead of Dashain, Investable Funds Cross Rs. 1 Trillion Kathmandu — With Dashain and other major festivals approaching, deposits in banks and financial institutions have surged to record highs. According to the latest data from Nepal Rastra Bank (NRB), total deposits reached Rs. 7.371 trillion as of Ashoj 5. Commercial banks hold Rs. 6.621 trillion, while other financial institutions account for Rs. 751 billion.

      NEPSE TRADING·25 Sep, 2025·2 min read
    • सुनमा १,७०० र चाँदीमा १५ रुपैयाँको भारी गिरावट
      Stock

      सुनमा १,७०० र चाँदीमा १५ रुपैयाँको भारी गिरावटGold Drops by Rs. 1,700, Silver by Rs. 15 in Nepali Market

      असोज ९ गते, बिहीबार नेपाली बजारमा सुनको मूल्यमा ठुलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला रु. १,७०० ले घटेर रु. २,२१,३०० मा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् बुधबार यसको मूल्य रु. २,२३,००० मा पुगेको थियो, जुन हालसम्मकै उच्च दर थियो।On Thursday, September 25 (Ashoj 9), the Nepali bullion market witnessed a sharp decline in prices of precious metals. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of hallmark gold fell by Rs. 1,700 per tola, settling at Rs. 221,300. Just a day earlier, on Wednesday, the price had hit an all-time high of Rs. 223,000 per tola.

      NEPSE TRADING·25 Sep, 2025·<1 min read
    • NLO लाभांश अन्तिम दिन: २० प्रतिशत  बोनस
      Stock

      NLO लाभांश अन्तिम दिन: २० प्रतिशत बोनसNLO लाभांश अन्तिम दिन : 20% Bonus

      असोज ९ गते, बिहीबार नेपाल ल्यूब आयल लिमिटेड (NLO) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। कम्पनीले असोज १२ देखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार गरी कायम भएका शेयरधनीहरुले लाभांश पाउनेछन्।Thursday, September 25 (Ashoj 9) is the final day for shareholders of Nepal Lube Oil Limited (NLO) to secure dividends. The company has announced a book closure from September 28 to October 17 (Ashoj 12–31), meaning only those holding shares by today will be eligible for dividends and AGM participation.

      NEPSE TRADING·25 Sep, 2025·1 min read
    • गुराँस लघुवित्तले १५% लाभांश घोषणा, १४.२५% बोनस र ०.७५% नगद
      Stock

      गुराँस लघुवित्तले १५% लाभांश घोषणा, १४.२५% बोनस र ०.७५% नगदGurans Laghubitta Announces 15% Dividend: 14.25% Bonus Shares, 0.75% Cash

      गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।Gurans Laghubitta Bittiya Sanstha Limited (GLBSL) has announced a 15% dividend distribution to its shareholders from the profit of the previous fiscal year. The Board of Directors, in its meeting held on Ashoj 8, decided to provide a 14.25% bonus share and 0.75% cash dividend (for tax purposes), making a total of 15%.

      Nepse trading·25 Sep, 2025·<1 min read
    • शेयर बजार फेरि दबाबमा
      Investor

      शेयर बजार फेरि दबाबमाStock Market Under Pressure Again

      शेयर बजार फेरि दबाबमा काठमाडौं । जेनजी आन्दोलनपछि केही दिन आंशिक सुधार देखिएको शेयर बजार बुधबार पुनः दबाबमा परेको छ। मंगलबारसम्म १७० अंकको सुधार गर्दै लगानीकर्तामा आशा जगाएको नेप्से परिसूचक बुधबार भने २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा झ¥यो। यस दिन कारोबार रकम पनि घट्यो। मंगलबार ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बुधबार ४ अर्ब १२ करोड रुपैयाँबराबरको मात्र किनबेच भयो। विश्लेषकहरूका अनुसार नाफा सुरक्षित गर्ने प्रवृत्ति र दशैं खर्च व्यवस्थापनका कारण बजारमा बिक्रीको चाप बढेको हो।Stock Market Under Pressure Again After showing some recovery in the last two trading days following the Gen-Z protests, Nepal’s stock market once again came under pressure on Wednesday. The NEPSE index, which had climbed by 170 points until Tuesday, slipped by 27.89 points to close at 2654.35. Trading volume also declined. While turnover had crossed NPR 5 billion on Tuesday, Wednesday’s transactions amounted to only NPR 4.12 billion. Analysts say that profit-booking and the need to manage Dashain festival expenses led to increased selling pressure.

      NEPSE TRADING·24 Sep, 2025·1 min read
    • ओईसिडीको प्रतिवेदन : विश्व आर्थिक वृद्धिदर क्रमशः घट्दै
      Investor

      ओईसिडीको प्रतिवेदन : विश्व आर्थिक वृद्धिदर क्रमशः घट्दैOECD Report: Global Economic Growth Projected to Decline Gradually

      ओईसिडीको प्रतिवेदन : विश्व आर्थिक वृद्धिदर क्रमशः घट्दै काठमाडौं । आर्थिक सहयोग तथा विकास संगठन (ओईसिडी) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले विश्व अर्थतन्त्रको वृद्धिदर क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ। प्रतिवेदनअनुसार सन् २०२४ मा ३.३ प्रतिशत रहेको आर्थिक वृद्धिदर सन् २०२५ मा ३.२ प्रतिशतमा झर्नेछ भने सन् २०२६ मा झनै घटेर २.९ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। ओईसिडीका अनुसार वृद्धिदरमा आएको यस गिरावटका मुख्य कारणहरूमा अग्रिम व्यापार आपूर्ति प्रणालीको अन्त्य, भन्सार दरमा वृद्धि र नीतिगत अनिश्चितता रहेका छन्, जसले लगानी र अन्तर्राष्ट्रिय व्यापारलाई कमजोर बनाएको छ। यद्यपि दीर्घकालीन अनुमान कमजोर देखिए पनि सन् २०२५ को पहिलो छ महिनामा केही उदाउँदो अर्थतन्त्रहरूले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेका छन्। भन्सार बढ्नुअघि व्यापारीहरूले आपूर्ति तीव्र पारेका कारण उत्पादन र व्यापारमा अस्थायी वृद्धि देखिएको हो।OECD Report: Global Economic Growth Projected to Decline Gradually Kathmandu – The Organisation for Economic Co-operation and Development (OECD) has projected that global economic growth will continue to decline in the coming years. According to its latest report, the world economy, which grew by 3.3% in 2024, is expected to slow down to 3.2% in 2025 and further fall to 2.9% in 2026. The OECD highlighted several key reasons behind this slowdown, including the end of advanced trade supply mechanisms, rising tariffs, and policy uncertainty, all of which have weakened investment and international trade. Despite the weak long-term outlook, some emerging economies showed stronger-than-expected performance in the first half of 2025. This was mainly due to businesses accelerating shipments before tariff hikes, leading to a temporary boost in production and trade.

      NEPSE TRADING·24 Sep, 2025·1 min read
    • झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न
      Investor

      झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्नIPO Allotment of Jhapa Energy Limited Completed

      झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न काठमाडौं । झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि ३० गतेसम्म सर्वसाधारणमा निष्काशन गरेको आईपीओ आज बाँडफाँट भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार आईपीओमा आवेदक मध्ये ४७ हजार ३ सय २७ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ता शेयर प्राप्त गरेका छन्। बाँडफाँटको नतिजा हिमालयन क्यापिटल, मेरोसेयर एकाउन्ट, सीडीएस एण्ड क्लियरिङको वेबसाइट (https://iporesult.cdsc.com.np/) र कम्पनीको आधिकारिक वेबसाइट बाट हेर्न सकिनेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्काशन गर्न गत असार ३१ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसअघि जारी पूँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीलाई बिक्री गरी बाँडफाँट सम्पन्न भइसकेको छ।IPO Allotment of Jhapa Energy Limited Completed Kathmandu – The IPO allotment of Jhapa Energy Limited, which was issued to the general public from Bhadra 20 to Bhadra 30, has been completed today. According to the issue manager, Himalayan Capital Limited, a total of 47,327 applicants received 10 shares each, while 6 applicants received 11 shares each. Investors can check the IPO results through Himalayan Capital, their MeroShare accounts, the CDS and Clearing website (https://iporesult.cdsc.com.np/), and the company’s official website. Jhapa Energy had received approval from the Securities Board of Nepal (SEBON) on Ashad 31 to issue a total of 950,475 shares at a par value of Rs. 100 per share.

      NEPSE TRADING·24 Sep, 2025·1 min read
    • नेप्सेमा कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको सेयर मूल्य समायोजन
      Investor

      नेप्सेमा कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको सेयर मूल्य समायोजनNEPSE Adjusts Share Prices of Kamana Sewa Bikas Bank and Universal Power Company

      नेप्सेमा कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको सेयर मूल्य समायोजन काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन गरिएको छ। नेप्सेले कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनीको सेयर मूल्य लाभांश वितरण र साधारण सभा प्रयोजनार्थ बुकक्लोज भएपछि समायोजन गरेको हो। नेप्सेका अनुसार, कामना सेवा विकास बैंकले १० प्रतिशत बोनस सेयर र युनिभर्सल पावर कम्पनीले ९ प्रतिशत बोनस सेयर घोषणा गरेपछि सेयर मूल्य समायोजन गरिएको हो। समायोजनपश्चात कामना सेवा विकास बैंकको सेयर मूल्य रु ४७७.७३ कायम भएको छ भने युनिभर्सल पावर कम्पनीको सेयर मूल्य रु ३८०.२८ कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा कामना सेवा विकास बैंकको सेयर प्रतिकित्ता रु ५२५.५० र युनिभर्सल पावरको सेयर रु ४१४.५० मा अन्तिम कारोबार भएको थियो। सोही मूल्यलाई आधार मानेर नेप्सेले समायोजन गरेको हो। यसरी समायोजित मूल्यलाई आधार बनाएर आजदेखि दोस्रो बजारमा यी कम्पनीहरूको कारोबार सुरु हुनेछ।NEPSE Adjusts Share Prices of Kamana Sewa Bikas Bank and Universal Power Company Kathmandu – The Nepal Stock Exchange (NEPSE) has adjusted the share prices of Kamana Sewa Bikas Bank and Universal Power Company following their book closure for the purpose of dividend distribution and annual general meeting (AGM). According to NEPSE, the adjustment was made after the companies declared bonus shares — 10 percent for Kamana Sewa Bikas Bank and 9 percent for Universal Power Company.

      NEPSE TRADING·24 Sep, 2025·1 min read
    • सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिव सुविधा खारेज
      Investor

      सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिव सुविधा खारेजGovernment Scraps Personal Secretary Facility for Lawmakers and Political Office Bearers

      सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिव सुविधा खारेज काठमाडौं । सरकारले सांसद र राजनीतिक पदाधिकारीलाई दिइँदै आएको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयका अनुसार मन्त्रीस्तरीय निर्णयमार्फत यस्तो सुविधा हटाइने भएको हो। यस निर्णय अनुसार अबदेखि सांसदसहित अन्य राजनीतिक पदाधिकारीले स्वकीय सचिव राख्न पाउने छैनन्। तर, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख तथा संघ–प्रदेश सरकारका मन्त्रीहरू भने स्वकीय सचिव राख्न सक्नेछन्। त्यस्तै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष बाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका पदाधिकारीका लागि सल्लाहकार नियुक्ति गर्न पनि रोक लगाइने भएको छ।Government Scraps Personal Secretary Facility for Lawmakers and Political Office Bearers Kathmandu – The Government of Nepal has decided to abolish the facility of personal secretaries for lawmakers and political office bearers. According to the Ministry of Finance, the decision was made at the ministerial level as part of a cost-cutting measure. With this decision, Members of Parliament and other political office holders will no longer be entitled to personal secretaries. However, the facility will still be available to the President, Vice President, Prime Minister, Speaker of the House of Representatives, Chairperson of the National Assembly, Provincial Chiefs, and ministers of both the federal and provincial governments.

      NEPSE TRADING·24 Sep, 2025·1 min read
    • शिव श्री हाइड्रोपावरले हकप्रद सेयर आवेदन अवधि असोज २३ गतेसम्म थप
      Top

      शिव श्री हाइड्रोपावरले हकप्रद सेयर आवेदन अवधि असोज २३ गतेसम्म थपShiv Shree Hydropower Extends Rights Share Application Deadline till Ashwin 23

      शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड (SSHL) ले आफ्नो शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने अवधि असोज २३ गतेसम्म थप गरेको छ। कम्पनीले १:१ अनुपातमा १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर प्रतिशेयर रू. १०० दरमा जारी गर्दैछ, जसले कम्पनीको चुक्ता पूँजी २ अर्ब ९५ करोड रुपैयाँ पुग्नेछ। संकलित रकम बैंक ऋण भुक्तानीमा प्रयोग गरिनेछ।Shiv Shree Hydropower Limited (SSHL) has extended the application deadline for its 100% rights issue until Ashwin 23. The company is issuing 14.76 million units of rights shares at Rs. 100 each in a 1:1 ratio, which will raise its paid-up capital to Rs. 2.95 billion. The proceeds will be used to repay bank loans.

      NEPSE TRADING·24 Sep, 2025·1 min read
    • मञ्जुश्री फाइनान्सले १५% नगद लाभांश घोषणा
      Investor

      मञ्जुश्री फाइनान्सले १५% नगद लाभांश घोषणाManjushree Finance Declares 15% Cash Dividend

      मञ्जुश्री फाइनान्सले १५% नगद लाभांश घोषणा काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। कम्पनीको असोज ७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित नाफा तथा वित्तीय विवरणको आधारमा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। कम्पनीले प्रष्ट पारे अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति लिएपछि मात्र कार्यान्वयन हुनेछ। त्यसपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि नगद लाभांश सेयरधनीहरूलाई वितरण गरिनेछ।Manjushree Finance Declares 15% Cash Dividend Kathmandu – Manjushree Finance Limited has announced a dividend payout for its shareholders from the profits of the fiscal year 2081/82. The company has proposed to distribute 15 percent cash dividend on the current paid-up capital. The decision was made during the Board of Directors’ meeting held on Tuesday, Aswin 7. The dividend proposal is based on the company’s accumulated profit and audited financial statements of the fiscal year.

      NEPSE TRADING·24 Sep, 2025·1 min read
    • नेपाललाई जर्मनीदेखि रुससम्म व्यापारमा नाफा, नाफा हुने देश कुन कुन हुन ?
      Top

      नेपाललाई जर्मनीदेखि रुससम्म व्यापारमा नाफा, नाफा हुने देश कुन कुन हुन ? From Germany to Russia, Nepal Records Trade Surplus: Which Countries Brought Profits?

      नेपालले केही मुलुकसँग नाफा कमायो, तर समग्र घाटा यथावत काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालले धेरैजसो मुलुकसँग व्यापार घाटा खेप्दा पनि केही मुलुकसँग भने नाफा (Trade Surplus) कमाएको छ। भन्सार विभागका तथ्याङ्कअनुसार, १२६ देशहरूमध्ये करिब डेढ दर्जन मुलुकसँग नेपालको व्यापार नाफामा देखिएको छ। नेपालले सबैभन्दा ठूलो नाफा जर्मनीसँग कमाएको छ। यस अवधिमा जर्मनीसँगको आयात ७ अर्ब १६ करोड रुपैयाँमा सीमित रहँदा निर्यात भने ८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। यसरी जर्मनीसँग मात्रै १ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी नाफा भएको छ। जर्मनीतर्फ नेपाली कर्पेट, गार्मेन्ट्स, हस्तकलाका सामान र चिया–कफी जस्ता वस्तु प्रमुख निर्यात बनेका छन्।From Germany to Russia, Nepal Records Trade Surplus: Which Countries Brought Profits? Kathmandu – In the first two months of the current fiscal year 2082/83, while Nepal faced trade deficits with most countries, it still managed to record a trade surplus with a handful of nations. According to data from the Department of Customs, Nepal enjoyed positive trade balances with about a dozen countries out of 126 trading partners. The largest surplus came from Germany. Imports from Germany amounted to Rs. 7.16 billion, while exports surged to Rs. 8.72 billion, leaving Nepal with a surplus of more than Rs. 1.56 billion. Major exports to Germany included handmade carpets, garments, handicrafts, and tea and coffee products. Nepal also posted a notable surplus with Russia. Imports during the two-month period were just Rs. 9 million, while exports crossed Rs. 310 million, generating a surplus of over Rs. 220 million.

      NEPSE TRADING·23 Sep, 2025·1 min read
    • भारतसँग मात्र १ खर्ब ३५ अर्ब घाटा : आयातमा निर्भरता झन् बढ्यो
      Investor

      भारतसँग मात्र १ खर्ब ३५ अर्ब घाटा : आयातमा निर्भरता झन् बढ्योTrade Deficit with India Crosses Rs. 135 Billion: Import Dependence Deepens

      भारतसँग मात्र १ खर्ब ३५ अर्ब घाटा : आयातमा निर्भरता झन् बढ्यो काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालले भारतसँगको व्यापारमा मात्रै १ खर्ब ३५ अर्ब रुपैयाँभन्दा बढी घाटा व्यहोरेको छ। भन्सार विभागका अनुसार यस अवधिमा भारतबाट १ खर्ब ७३ अर्ब ५४ करोड रुपैयाँको सामान आयात गरिएको छ भने निर्यात भने ३८ अर्ब ३५ करोड रुपैयाँमा सीमित रह्यो। भारतसँगको व्यापारिक सम्बन्ध परम्परागत रूपमा घनिष्ठ भए पनि नेपाल लगातार आयात–निर्भर बन्दै गएको तथ्याङ्कले देखाउँछ। पेट्रोलियम पदार्थ, गाडी, खाद्यान्न, औषधि, लत्ता कपडा लगायतका वस्तुमा भारत मुख्य आपूर्तिकर्ता बनेको छ। यता, नेपालले भारततर्फ प्रमुख रूपमा सोयाबिन तेल, चिया, अदुवा, मसला र कर्पेट निर्यात गरेको छ। तर निर्यात वृद्धिको गति आयात वृद्धिको तुलनामा न्यून रहँदा कुल घाटा अझै बढेको छ। विशेषज्ञहरूको भनाइमा, भारतसँगको व्यापार घाटा घटाउन नेपालले आयात प्रतिस्थापन गर्ने उत्पादनमा लगानी, निर्यात विविधीकरण र गुणस्तरीय उत्पादनमार्फत भारतीय बजारमा प्रवेश बढाउनुपर्ने आवश्यकता छ। नत्र, भारतसँगको निर्भरता अझ बढ्दै जाने र विदेशी मुद्रा सञ्चितिमा थप दबाब पर्न सक्ने चेतावनी उनीहरूले दिएका छन्।Trade Deficit with India Crosses Rs. 135 Billion: Import Dependence Deepens Kathmandu – In the first two months of the current fiscal year 2082/83, Nepal recorded a massive trade deficit of more than Rs. 135 billion with India alone. According to the Department of Customs, imports from India reached Rs. 173.54 billion, while exports stood at just Rs. 38.35 billion. Although Nepal and India share a traditionally close trade relationship, the data shows that Nepal has become increasingly dependent on India for essential goods. Petroleum products, vehicles, food grains, medicines, and textiles are among the major items imported from India.

      NEPSE TRADING·23 Sep, 2025·1 min read
    • गार्मेन्ट्स र कर्पेट अझै निर्यातको आधार, तर प्रतिस्पर्धा कडा
      Investor

      गार्मेन्ट्स र कर्पेट अझै निर्यातको आधार, तर प्रतिस्पर्धा कडाGarments and Carpets Still the Backbone of Exports, but Competition Intensifies

      गार्मेन्ट्स र कर्पेट अझै निर्यातको आधार, तर प्रतिस्पर्धा कडा काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालले गरेको कुल निर्यातमा परम्परागत वस्तु गार्मेन्ट्स र कर्पेट अझै पनि प्रमुख आधार बनेका छन्। भन्सार विभागका तथ्याङ्कअनुसार नन–निटेड गार्मेन्ट्स १४ अर्ब ९५ करोड रुपैयाँ, निटेड गार्मेन्ट्स ९ अर्ब १८ करोड रुपैयाँ, र मानव निर्मित फाइबर २० अर्ब रुपैयाँभन्दा बढी निर्यात भएको छ। त्यस्तै, हस्तनिर्मित कर्पेटको निर्यात १७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। यी परम्परागत वस्तुहरूले अझै पनि ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरिरहेका छन्। विशेष गरी युरोपेली मुलुकतर्फ कर्पेटको माग स्थिर रहेको छ भने गार्मेन्ट्स र कपडा दक्षिण एशिया र पश्चिमी मुलुकतर्फ निर्यात भइरहेको छ। तर, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा झन् कडा हुँदै गएको छ। बंगलादेश, भियतनाम र क्याम्बोडिया जस्ता मुलुकहरूले सस्तो मूल्यमा ठूलो मात्रामा कपडा उत्पादन गर्ने भएकाले नेपालका गार्मेन्ट्स उद्योग दबाबमा परेका छन्। उत्पादन लागत उच्च हुनु, प्रविधिगत आधुनिकीकरण नहुनु र आपूर्ति शृंखला कमजोर हुनु नेपालका गार्मेन्ट्स उद्योगका चुनौती मानिएका छन्।Garments and Carpets Still the Backbone of Exports, but Competition Intensifies Kathmandu – In the first two months of the current fiscal year 2082/83, Nepal’s traditional export items, garments and carpets, continue to be the backbone of the country’s foreign trade. According to the Department of Customs, exports of non-knitted garments stood at Rs. 14.95 billion, knitted garments at Rs. 9.18 billion, and man-made staple fibers at more than Rs. 20 billion. Similarly, handmade carpet exports reached Rs. 17.33 billion during the same period. These traditional sectors remain major sources of foreign exchange for Nepal. Carpets continue to find stable demand, particularly in European countries, while garments and textiles are exported mainly to South Asia and Western markets.

      NEPSE TRADING·23 Sep, 2025·1 min read
    • ८.५९ प्रतिशतले बढ्यो व्यापार घाटा : आत्मनिर्भरता कसरी सम्भव?
      Investor

      ८.५९ प्रतिशतले बढ्यो व्यापार घाटा : आत्मनिर्भरता कसरी सम्भव?Trade Deficit Rises by 8.59%: How Can Nepal Achieve Self-Reliance?

      ८.५९ प्रतिशतले बढ्यो व्यापार घाटा : आत्मनिर्भरता कसरी सम्भव? काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालको व्यापार घाटा ८.५९ प्रतिशतले बढेको छ। भन्सार विभागका अनुसार यस अवधिमा नेपालले ३ खर्ब ५ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ भने निर्यात ४७ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको छ। यसरी कुल वैदेशिक व्यापार विस्तार भए पनि आयातको तुलनामा निर्यात न्यून भएकाले व्यापार घाटा अझै चुलिएको हो। गत वर्षको सोही अवधिमा पनि नेपालले ठूलो परिमाणमा आयात गरेको थियो तर यो वर्ष आयातमा १६ प्रतिशतभन्दा बढी वृद्धिसँगै घाटा अझ गहिरिएको विभागले जनाएको छ। निर्यातमा ८८ प्रतिशतको उल्लेख्य वृद्धि देखिए पनि त्यो मुख्यतया भटमासको तेल निर्यातका कारण भएको हो। यसरी एउटै वस्तुमा अत्यधिक निर्भरता कायम रहँदा निर्यात वृद्धिले व्यापार घाटा कम गर्ने क्षमता देखाउन सकेको छैन।Trade Deficit Rises by 8.59%: How Can Nepal Achieve Self-Reliance? Kathmandu – In the first two months of the current fiscal year 2082/83, Nepal’s trade deficit increased by 8.59 percent. According to the Department of Customs, the country imported goods worth over Rs. 305 billion, while exports stood at only Rs. 47.31 billion. Although overall foreign trade expanded, the widening gap between imports and exports has deepened the trade deficit. Compared to the same period last year, imports grew by more than 16 percent, whereas exports, despite recording a strong 88 percent rise, were largely driven by soybean oil shipments. Heavy reliance on a single commodity has limited the capacity of exports to offset the rising import bill, making the trade deficit a persistent challenge.

      NEPSE TRADING·23 Sep, 2025·1 min read
    • पेट्रोलियम आयातमा मात्रै ४५ अर्ब खर्च, वैकल्पिक ऊर्जा अपरिहार्य
      Investor

      पेट्रोलियम आयातमा मात्रै ४५ अर्ब खर्च, वैकल्पिक ऊर्जा अपरिहार्यOver Rs. 45 Billion Spent on Petroleum Imports Alone, Alternative Energy a Must

      पेट्रोलियम आयातमा मात्रै ४५ अर्ब खर्च, वैकल्पिक ऊर्जा अपरिहार्य काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा मात्रै नेपालले ४५ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी पेट्रोलियम पदार्थ आयात गरेको छ। भन्सार विभागका अनुसार पेट्रोलियम पदार्थ नै सबैभन्दा ठूलो आयात वस्तु बनेको छ, जसले कुल आयात रकममा ठूलो हिस्सा ओगटेको छ। नेपालको कुल आयात रकम ३ खर्ब ५ अर्ब रुपैयाँभन्दा बढी पुगेको अवस्थामा पेट्रोलियम पदार्थले मात्र झण्डै १५ प्रतिशत हिस्सा लिएको छ। पेट्रोलियममा यति ठूलो खर्चले विदेशी मुद्रा सञ्चिति र भुक्तानी सन्तुलनमा प्रत्यक्ष दबाब परेको विज्ञहरूको भनाइ छ। विकासशील मुलुक नेपालका लागि इन्धन आयातमा निर्भरता दीर्घकालीन रूपमा गम्भीर चुनौती मानिएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य उतारचढावले अर्थतन्त्रलाई अस्थिर बनाइरहेको सन्दर्भमा, वैकल्पिक ऊर्जा स्रोततर्फ ध्यान दिन अपरिहार्य देखिएको छ।Over Rs. 45 Billion Spent on Petroleum Imports Alone, Alternative Energy a Must Kathmandu – In just the first two months of the current fiscal year 2082/83, Nepal spent more than Rs. 45.39 billion on the import of petroleum products. According to the Department of Customs, petroleum remains the single largest import item, occupying a significant share of the country’s overall import bill. With Nepal’s total imports crossing Rs. 305 billion in the review period, petroleum alone accounted for nearly 15 percent of the total. Experts warn that such a massive expenditure on fuel is putting direct pressure on the country’s foreign exchange reserves and balance of payments.

      NEPSE TRADING·23 Sep, 2025·1 min read