NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 128 / 234Next
    • नाडा अध्यक्ष चौधरीको माग : सावारी साधन खरिद कर्जाको सीमा बढाउनुपर्छ
      Top

      नाडा अध्यक्ष चौधरीको माग : सावारी साधन खरिद कर्जाको सीमा बढाउनुपर्छNADA President Chaudhary Calls for Increase in Vehicle Loan Limit

      नाडा अध्यक्ष चौधरीको माग : सावारी साधन खरिद कर्जाको सीमा बढाउनुपर्छ नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सावारी साधन खरिदका लागि आवश्यक पर्ने कर्जाको सीमा बढाउन सरकारसँग माग गरेका छन्। राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो को उद्घाटन कार्यक्रममा उनले मोबिलिटी क्षेत्र सरकारको सारथि बनेको भन्दै यसलाई अझ प्रोत्साहन गर्न ग्राहकलाई सहजीकरण गर्नुपर्ने धारणा राखे। चौधरीले मोबिलिटी क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौँ युवालाई रोजगारी दिएको र व्यापार व्यवसायलाई समेत गतिशील बनाएको बताए। उनले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पुनरावलोकनमा अटो क्षेत्रको कर्जाको सीमा सम्बन्धी विषयमा सरकार सकारात्मक हुने आशा व्यक्त गरे। उनले एशोसिएसनले देशभरका करिब ९० प्रतिशत अटो व्यवसायीलाई प्रतिनिधित्व गर्ने उल्लेख गर्दै यो अटो शो केवल प्रदर्शनी नभई व्यापारिक केन्द्र बनेको दाबी गरे। उनका अनुसार, यो अटो शोले कुल अटोमोबाइल व्यापारको करिब ४० प्रतिशत हिस्सा ओगट्ने क्षमता राख्छ। त्यसैगरी, चौधरीले अटोमोबाइल क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको उल्लेख गर्दै हालसम्म यो क्षेत्रमा १० लाखभन्दा बढी रोजगारी सिर्जना भएको र ३ हजार व्यवसायी एकीकृत भएको जानकारी दिए।NADA President Chaudhary Calls for Increase in Vehicle Loan Limit Karan Chaudhary, President of the NADA Automobiles Association of Nepal, has urged the government to increase the loan limit required for purchasing vehicles. Speaking at the inauguration of the NADA Auto Show, which began Tuesday at Bhrikutimandap, he said that since the mobility sector has been a key driver of the economy, the state should also facilitate customers to keep the sector moving forward.

      NEPSE TRADING·19 Aug, 2025·1 min read
    • ओलीको भनाइ: देश अब युवाले हाँक्नुपर्छ
      Top

      ओलीको भनाइ: देश अब युवाले हाँक्नुपर्छOli’s Remark: The Nation Must Now Be Led by the Youth

      ओलीको भनाइ: देश अब युवाले हाँक्नुपर्छ प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन्। राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो’ को उद्घाटन कार्यक्रममा बोल्दै उनले अटोमोबाइल एशोसिएसन अफ नेपालको नेतृत्व युवा करण चौधरीले गरिरहेको उदाहरण दिँदै देशको बागडोर पनि युवाले सम्हाल्नुपर्ने धारणा राखे। ओलीले अटो शोमा प्रस्तुत नयाँ प्रविधिका कारण कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्दै विश्व प्रविधिमा दिनप्रतिदिन नयाँ फड्को मारिरहेको र नेपालले पनि ती प्रविधिहरूलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए। युवाले प्रविधि र नवप्रवर्तनलाई अगाडि बढाइरहेका कारण मुलुकले नयाँ उचाइ हासिल गर्ने विश्वास उनले व्यक्त गरे।Oli’s Remark: The Nation Must Now Be Led by the Youth Prime Minister KP Sharma Oli has said that the leadership of the nation should now be taken over by the youth. Speaking at the inauguration of the ‘NADA Auto Show’, which began Tuesday at Bhrikutimandap in the capital, he pointed out that since the Automobile Association of Nepal is being led by young Karan Chaudhary, the country too must now be steered by the younger generation. Oli expressed confidence that the Auto Show would be successful due to the latest technologies showcased at the event. Highlighting that the world has already made great strides in technology, he stressed that Nepal too must embrace such innovations to move forward. He added that young people are taking leaps in innovation and technology, and the country should capitalize on their potential.

      NEPSE TRADING·19 Aug, 2025·1 min read
    • मंगलबार सुनचाँदीको मूल्यमा गिरावट
      Investor

      मंगलबार सुनचाँदीको मूल्यमा गिरावटGold and Silver Prices Decline on Tuesday

      मंगलबार सुनचाँदीको मूल्यमा गिरावट नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १,२०० रुपैयाँले घटेको हो। सो अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार भने यसै सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँ कायम थियो। यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। सोमबार प्रतितोला २ हजार ३१५ रुपैयाँमा रहेको चाँदी मंगलबार घटेर २ हजार ३०० रुपैयाँमा झरेको महासंघले जनाएको छ।Gold and Silver Prices Decline on Tuesday The Nepali market witnessed a drop in both gold and silver prices on Tuesday. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of hallmark gold fell by Rs. 1,200 per tola compared to Monday. With this decline, the price of hallmark gold stood at Rs. 195,100 per tola on Tuesday, down from Rs. 196,300 per tola on Monday. Similarly, silver prices also dropped. Silver, which was priced at Rs. 2,315 per tola on Monday, decreased to Rs. 2,300 per tola on Tuesday, as per the notice issued by the federation.

      NEPSE TRADING·19 Aug, 2025·<1 min read
    • चार कम्पनीका कुल २ लाख ६५ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा
      Investor

      चार कम्पनीका कुल २ लाख ६५ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमाOver 265,000 Promoter Shares of Four Companies Up for Sale

      चार कम्पनीका कुल २ लाख ६५ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा विभिन्न चार कम्पनीका संस्थापक शेयर बिक्रीमा आउने भएका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कालिका लघुवित्त, स्वावलम्बन लघुवित्त र मेरोमाइक्रोफाइनान्सले मिलेर कुल २ लाख ६५ हजार ७२० कित्ता संस्थापक शेयर बिक्री गर्न लागेका हुन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १,३१५ कित्ता, कालिका लघुवित्तको ७,९६८ कित्ता, स्वावलम्बन लघुवित्तको ८४,०६५ कित्ता र मेरोमाइक्रोफाइनान्सको १ लाख ७२ हजार ३७२ कित्ता शेयर बिक्री हुनेछन्। यी शेयरहरुको प्रतिकित्ता मूल्य क्रमशः १००, ३३०, ३७५ र ३०० रुपैयाँ तोकिएको छ। शेयर खरिद गर्न इच्छुकले भदौ ४ गतेदेखि २४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन्। आवेदन पत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा बुझाउनुपर्नेछ। बोलपत्र पेस गर्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सम्पूर्ण कित्ता, कालिका लघुवित्तका न्यूनतम १,००० कित्ता र स्वावलम्बन तथा मेरोमाइक्रोफाइनान्सका ५,००० कित्ता अनिवार्य माग गर्नुपर्ने व्यवस्था छ।Over 265,000 Promoter Shares of Four Companies Up for Sale A total of 265,720 promoter shares from four companies are being put up for sale. The companies include Nepal Investment Mega Bank, Kalika Laghubitta, Swabalamban Laghubitta, and Mero Microfinance. Specifically, 1,315 shares of Nepal Investment Mega Bank, 7,968 shares of Kalika Laghubitta, 84,065 shares of Swabalamban Laghubitta, and 172,372 shares of Mero Microfinance will be sold. The per-share prices have been set at Rs. 100, Rs. 330, Rs. 375, and Rs. 300 respectively.

      NEPSE TRADING·19 Aug, 2025·1 min read
    • महुली लघुवित्तले शेयर संरचना परिवर्तन गर्ने
      Top

      महुली लघुवित्तले शेयर संरचना परिवर्तन गर्नेMahuli Laghubitta to Change Shareholding Structure

      महुली लघुवित्तले शेयर संरचना परिवर्तन गर्ने महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयर संरचना परिवर्तन गर्ने भएको छ। साविकको महुली लघुवित्त र नवकिरण लघुवित्त मर्ज भएर बनेको यस संस्थामा हाल संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ। कम्पनीले अब संस्थापक समूहतर्फको ५.७२ प्रतिशत शेयर सर्वसाधारण समूहमा परिवर्तन गर्ने निर्णय गरेको छ। यस परिवर्तनपछि संस्थापक समूहको स्वामित्व ६४.२८ प्रतिशत रहनेछ भने सर्वसाधारण समूहको स्वामित्व ३५.७२ प्रतिशत पुग्नेछ। यद्यपि, कुनै संस्थापक शेयरधनीले आफ्नो शेयर स्वामित्व परिवर्तन नगर्न चाहने भएमा ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय अग्निसाइर कृष्णासवरण–६, महुली, सप्तरीमा निवेदन दिनुपर्नेछ। निवेदन नपरेको खण्डमा भने शेयरधनी मञ्जुर रहेको ठानी स्वामित्व संरचना परिवर्तनको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।Mahuli Laghubitta to Change Shareholding Structure Mahuli Laghubitta Bittiya Sanstha Limited has announced that it will be changing its shareholding structure. The company was formed after the merger of the former Mahuli Laghubitta and Navakiran Laghubitta. At present, the ownership structure consists of 70% promoter shares and 30% public shares. Now, the company has decided to transfer 5.72% of the promoter shares into the public group. After this change, promoter ownership will decrease to 64.28%, while public ownership will rise to 35.72%.

      NEPSE TRADING·19 Aug, 2025·1 min read
    • स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Top

      स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिनLast Day to Apply for Swastik Laghubitta’s IPO

      स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि सर्वसाधारणका लागि खुलेको आईपीओमा आवेदन दिने आज (भदौ ३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको आईपीओको बाँडफाँट सम्पन्न गरेपछि बाँकी सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। लघुवित्तले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपियाँबराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये पहिलो चरणमा १ हजार १५५ कित्ता कर्मचारीका लागि, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि र २३ हजार १०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो।Last Day to Apply for Swastik Laghubitta’s IPO Today (Bhadra 3) is the final day to apply for the IPO issued by Swastik Laghubitta Bittiya Sanstha Limited, which was opened to the public from Shrawan 30. The company had first issued shares to Nepalis working abroad, and after their allotment, the remaining shares were made available for the general public. Swastik Laghubitta had received approval to issue 231,000 ordinary shares worth Rs. 231 million, equivalent to 40% of its issued capital. Out of this, 1,155 shares were allocated for employees, 11,550 shares for mutual funds, and 23,100 shares for Nepalis working abroad. The remaining 195,195 shares were opened to the general public, with applications closing today, Bhadra 3.

      NEPSE TRADING·19 Aug, 2025·1 min read
    • बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको आईपीओ भदौ ११ गतेदेखि खुल्ने
      Top

      बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको आईपीओ भदौ ११ गतेदेखि खुल्नेBandipur Cable Car & Tourism Ltd. to Issue IPO from Bhadra 11

      बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको आईपीओ भदौ ११ गतेदेखि खुल्ने बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आगामी भदौ ११ गतेदेखि सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) खुला गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपियाँमध्ये २०.७० प्रतिशत अर्थात् ५८ लाख ६० हजार कित्ता साधारण शेयर प्रतिकित्ता १०० अंकित दरमा निष्काशन गर्ने अनुमति पाएको हो। यसअघि कम्पनीले ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ५ लाख २९ हजार ४०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ निष्काशन गरिसकेको छ। त्यस्तै २ लाख ६४ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५८ हजार ८२० कित्ता कर्मचारीलाई सुरक्षित गरेर बाँकी ४३ लाख ४१ हजार ८० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिनेछ।Bandipur Cable Car & Tourism Ltd. to Issue IPO from Bhadra 11 Bandipur Cable Car & Tourism Limited is set to open its Initial Public Offering (IPO) to the public from Bhadra 11. The company has received approval from the Securities Board of Nepal (SEBON) to issue 20.70% of its issued capital, equivalent to 5.86 million ordinary shares at a face value of Rs. 100 each, from its total issued capital of Rs. 2.83 billion.

      NEPSE TRADING·19 Aug, 2025·1 min read
    • हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा : १२% बोनस शेयर र ०.६३२% नगद
      Top

      हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा : १२% बोनस शेयर र ०.६३२% नगदHathway Investment Declares Dividend: 12% Bonus Shares and 0.632% Cash

      हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। भदौ २ गतेको सञ्चालक समिति बैठकको निर्णय आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयन हुनेछ।Hathway Investment Nepal Limited (HATHY) has declared a 12% bonus share and 0.632% cash dividend for tax purposes from last fiscal year’s profit. The decision, made on Bhadra 2, will be implemented after approval from the upcoming AGM.

      NEPSE TRADING·19 Aug, 2025·<1 min read
    • खानी खोला हाइड्रोपावरको १००% हकप्रद शेयर निष्काशन
      Stock

      खानी खोला हाइड्रोपावरको १००% हकप्रद शेयर निष्काशनKhani Khola Hydropower’s 100% Rights Share Issuance

      खानी खोला हाइड्रोपावरले आजदेखि १०० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ। कम्पनीले १ बराबर १ अनुपातमा ४६ लाखभन्दा बढी कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ। भदौ २३ गतेसम्म आवेदन दिन सकिने यो निष्काशनलाई इक्रा नेपालले सिंगल बी रेटिङ्ग दिएको छ। निष्काशनपछि पूँजी दोब्बर हुने र संकलित रकम ऋण घटाउन र वित्तीय स्थिति सुधारमा प्रयोग गरिनेछ।Khani Khola Hydropower has opened its 100% rights issue from today, offering 4.65 million shares in a 1:1 ratio to shareholders. Applications are open until Bhadra 23, with the issue rated ICRA NP Single B, signaling high risk. After issuance, the company’s capital will double, with proceeds aimed at debt repayment, interest reduction, and financial strengthening.

      NEPSE TRADING·19 Aug, 2025·1 min read
    • नबिलको एनआई ३१ म्युचुअल फण्डमा आवेदन दिने अन्तिम मौका : आज (भदौ ३) अन्तिम दिन
      Stock

      नबिलको एनआई ३१ म्युचुअल फण्डमा आवेदन दिने अन्तिम मौका : आज (भदौ ३) अन्तिम दिनApply for NIBL’s NI 31 Mutual Fund: Deadline Today (Bhadra 3)

      नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडद्वारा सञ्चालित एनआई ३१ म्युचुअल फण्ड मा आवेदन दिने आज (भदौ ३) अन्तिम दिन हो। यस योजनाअन्तर्गत १५ करोड रुपैयाँ बराबरका १ करोड ५० लाख इकाई निष्काशन गरिएको छ, जसमा १५ प्रतिशत व्यवस्थापकले सुरक्षित राखी बाँकी इकाई सर्वसाधारणका लागि खुला गरिएको छ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।Today (Bhadra 3) is the final day to apply for NIBL’s NI 31 Mutual Fund. The scheme has issued 15 million units worth NPR 150 million, of which 15% is reserved for the fund manager and the remaining offered to the public. Investors can apply for a minimum of 100 units and up to a maximum of 2.5 million units.

      NEPSE TRADING·19 Aug, 2025·1 min read
    • श्रीनगर एग्रीटेकको आईपीओ : उद्योग प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका लागि अवसर
      Stock

      श्रीनगर एग्रीटेकको आईपीओ : उद्योग प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका लागि अवसरSrinagar Agritech IPO: Opportunity for Industry-Affected Locals and Nepalis Working Abroad

      श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। यस आईपीओमा रुपन्देही र पाल्पा जिल्लाका उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरिएको छ। कम्पनीले कुल ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्न लागेको हो। न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। उद्योग प्रभावित क्षेत्रका लागि आवेदन अवधि भदौ २५ देखि असोज ९ सम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भदौ १५ देखि भदौ २५ सम्म खुला रहनेछ। इक्रा नेपालले कम्पनीलाई उच्च जोखिम संकेत गर्ने रेटिङ प्रदान गरेको छ।Srinagar Agritech Industries Limited will issue its IPO from August 27 (Bhadra 11), targeting locals from the industry-affected areas of Rupandehi and Palpa, as well as Nepalis working abroad. The company will issue a total of 3,262,500 shares, with applications allowed for a minimum of 10 and a maximum of 10,000 shares. The application window for locals runs from August 27 to September 25, while for migrant workers it is from August 31 to September 10. ICRA Nepal has rated the company with a high-risk grading.

      NEPSE TRADING·19 Aug, 2025·1 min read
    • वरुण हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
      Investor

      वरुण हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिनToday is the Last Day to Apply for Barun Hydropower’s Rights Issue

      वरुण हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको हकप्रद शेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ। कम्पनीले गत असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो, जसमा आज (भदौ ३) सम्म आवेदन दिन सकिनेछ। कम्पनीले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो। यस अन्तर्गत प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कूल ५३ लाख ५८ हजार १५० कित्ता शेयर जारी गरिएको छ। यसबाट कम्पनीले करिब ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।Today is the Last Day to Apply for Barun Hydropower’s Rights Issue Barun Hydropower Company Limited has announced that today is the final day for investors to apply for its rights shares. The company had opened the issuance of 100% rights shares on Ashar 31 (July 15, 2025), and applications will close today. The company is issuing rights shares at a 1:1 ratio, offering a total of 5,358,150 shares at a par value of Rs. 100 each, amounting to Rs. 535.8 million. Earlier, the company had set its book closure date on Jestha 22 (June 5, 2025). Therefore, only those shareholders whose names were registered and shares were traded on NEPSE up to Jestha 21 (June 4, 2025) are eligible to apply for the rights issue.

      NEPSE TRADING·19 Aug, 2025·1 min read
    • नेप्सेले तीन म्युचुअल फण्डको इकाईमूल्य समायोजन
      Stock

      नेप्सेले तीन म्युचुअल फण्डको इकाईमूल्य समायोजनNEPSE Adjusts Unit Prices of Three Mutual Funds

      भदौ ३ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन म्युचुअल फण्डको इकाईमूल्य समायोजन गरेको छ। समायोजनपछि सनराइज फोकस्ड इक्विटी फण्ड (SFEF) को मूल्य ९ रुपैयाँ १ पैसा, सनराइज फर्स्ट म्युचुअल फण्ड (SFMF) को ९ रुपैयाँ ४९ पैसा र लक्ष्मी उन्नती कोष (LUK) को ९ रुपैयाँ ८१ पैसा कायम भएको छ। अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा गरिएको यो समायोजनसँगै दोस्रो बजारमा यी फण्डहरूको कारोबार नयाँ दरमा सुरु भएको छ।On August 19 (Bhadra 3), the Nepal Stock Exchange (NEPSE) adjusted the unit prices of three mutual funds. After revision, Sunrise Focused Equity Fund (SFEF) stands at Rs. 9.01, Sunrise First Mutual Fund (SFMF) at Rs. 9.49, and Laxmi Unnati Kosh (LUK) at Rs. 9.81. The adjustment was based on the previous day’s closing prices, and trading in the secondary market has now opened at these revised levels.

      NEPSE TRADING·19 Aug, 2025·1 min read
    • रिलायन्स स्पिनिङ मिल्सको नाफामा उल्लेख्य वृद्धि, एक बर्षमा १ अर्ब ४८ करोड
      Investor

      रिलायन्स स्पिनिङ मिल्सको नाफामा उल्लेख्य वृद्धि, एक बर्षमा १ अर्ब ४८ करोडSignificant Profit Growth of Reliance Spinning Mills

      रिलायन्स स्पिनिङ मिल्सको नाफामा उल्लेख्य वृद्धि सुनसरीस्थित रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य नाफा आर्जन गरेको छ। कम्पनीले सो अवधिमा कुल १ अर्ब ४८ करोड ५ हजार रुपैयाँ नाफा कमाएको जनाएको छ, जुन अघिल्लो वर्षको ८६ करोड ५० लाख रुपैयाँ नाफाभन्दा ६१ करोड ५० लाख रुपैयाँले बढी हो। यसले कम्पनीको लाभांशीय क्षमतामा ठुलो सुधार भएको स्पष्ट देखाउँछ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा कुल १० अर्ब २३ करोड ८३ लाख १२ हजार ६ सय रुपैयाँ बराबरको व्यापार गरेको छ। अघिल्लो वर्षको ९ अर्ब २० करोड ६० लाख ८ सय ३१ रुपैयाँको तुलनामा यो उल्लेख्य वृद्धि हो। यसले उद्योगको उत्पादन र बजारमा खपत बढेको संकेत गर्दछ।Significant Profit Growth of Reliance Spinning Mills Reliance Spinning Mills, based in Sunsari, has reported remarkable profit growth in the fiscal year 2081/82. The company earned a total profit of Rs. 1.48 billion, an increase of Rs. 615 million compared to the previous year’s profit of Rs. 865 million. This sharp growth highlights the company’s strengthened profitability. According to the financial report, the company recorded a total trade value of Rs. 10.23 billion during the year, compared to Rs. 9.20 billion in the previous fiscal year. The data shows significant improvement in production and sales performance.

      NEPSE TRADING·19 Aug, 2025·1 min read
    • नेप्सेले नक्कली जानकारीबारे सचेत गर्‍यो
      Investor

      नेप्सेले नक्कली जानकारीबारे सचेत गर्‍योNEPSE Warns Investors Against Fake Information

      नेप्सेले नक्कली जानकारीबारे सचेत गर्‍यो नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमार्फत शेयर बजारसम्बन्धी भ्रामक तथा अप्रमाणित सामग्री, स्टक टिप, शेयर सिफारिस र नक्कली विज्ञापनहरू देखिन थालेको भन्दै लगानीकर्तालाई सचेत गराएको छ। नेप्सेले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, "यस्ता गतिविधिहरूले लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पारिरहेको छ, त्यसैले कुनै पनि किसिमको शेयर खरिद–बिक्री सम्बन्धी निर्णय गर्दा आधिकारिक स्रोत बाहेक अरुमा भर नपर्न सबैलाई आग्रह गरिएको छ।"NEPSE Warns Investors Against Fake Information Kathmandu, August 18 – Nepal Stock Exchange Limited (NEPSE) has issued a public notice cautioning investors about the growing trend of misleading and unverified information being circulated on social media regarding the stock market. These include false stock tips, company recommendations, fabricated analyses, and fake advertisements, which NEPSE says are negatively impacting investor confidence.

      NEPSE TRADING·18 Aug, 2025·1 min read
    • UMRH: शुद्ध नाफा २६ लाखमा झर्‍यो, EPS ५.७०, लाभांश ४.२१
      Stock

      UMRH: शुद्ध नाफा २६ लाखमा झर्‍यो, EPS ५.७०, लाभांश ४.२१UMRH: Net Profit Falls to Rs. 26M, EPS at 5.70, Dividend Rs. 4.21

      युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरको आम्दानी चौथो त्रैमासमा १५ करोड ९८ लाख रुपैयाँ पुगे पनि वार्षिक आधारमा २०.३६% घट्यो। कम्पनीले १४ करोड २६ लाख रुपैयाँ स्थूल नाफा कमाउँदै ८९.२२% मार्जिन कायम राख्यो। तर शुद्ध नाफा घटेर २ करोड ६२ लाख रुपैयाँमा पुगेपछि EPS ५.७० मा झर्‍यो। बुक भ्यालु घटे पनि बजार मूल्य ६११.६९ मा उक्लियो। कम्पनीले प्रतिशेयर ४.२१ रुपैयाँ लाभांश घोषणा गरेको छ।United IDI Mardi RB Hydropower reported Rs. 159.85 million revenue in Q4, down 20.36% YoY. Gross profit remained strong at Rs. 142.62 million with an 89.22% margin. However, net income fell sharply to Rs. 26.26 million, lowering EPS to Rs. 5.70. Book value declined, but market value per share rose to Rs. 611.69. The company declared Rs. 4.21 dividend per share.

      NEPSE TRADING·18 Aug, 2025·1 min read
    • रिडी पावर चौथो त्रैमास: १० करोड ६८ लाख नाफा, ५०.९०% राजस्व वृद्धि
      Stock

      रिडी पावर चौथो त्रैमास: १० करोड ६८ लाख नाफा, ५०.९०% राजस्व वृद्धिRidi Power Q4: Rs. 106.8M Profit, 50.9% Revenue Growth

      रिडी पावरले २०८१/८२ को चौथो त्रैमासमा १० करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष घाटामा गएको कम्पनीले यसपटक ५०.९०% राजस्व वृद्धि गर्दै ३५ करोड ५७ लाख आम्दानी गरेको हो। ग्रस मार्जिन ७१.९०% र खुद नाफा मार्जिन ३०.०२% पुगेको छ। EPS ४.६० रुपैयाँ, ROA २.८७% र ROE ४.८०% पुगेको छ। यो नतिजाले कम्पनीमा लगानीकर्ताको विश्वास बढाएको छ।Ridi Power posted a net profit of Rs. 106.81 million in Q4 FY 2024/25, compared to a heavy loss last year. Revenue surged 50.9% YoY to Rs. 355.75 million, with a gross margin of 71.9% and a net margin of 30.02%. EPS improved to Rs. 4.60, ROA stood at 2.87%, and ROE at 4.80%. The company’s turnaround reflects rising demand and strong cost management.

      NEPSE TRADING·18 Aug, 2025·1 min read
    • नेपाल फाइनान्सले चौथो त्रैमासमा २१.७४ करोड नाफा, आम्दानीमा उल्लेख्य सुधार
      Stock

      नेपाल फाइनान्सले चौथो त्रैमासमा २१.७४ करोड नाफा, आम्दानीमा उल्लेख्य सुधारNepal Finance Posts Rs. 21.7 Million Q4 Profit Amid Improved Revenue

      नेपाल फाइनान्सले २०८१/८२ को चौथो त्रैमासमा २१.७४ करोड नाफा कमाएको छ। यस अवधिमा कम्पनीको कुल आम्दानी ३३.९१ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २४% बढी हो। EPS रु. २.८६ रहेको छ। पूँजी पर्याप्तता २५.८०% बलियो भए पनि NPL बढेर ९.७४% पुगेको छ, जसले सम्पत्ति गुणस्तरमा चुनौती देखाएको छ।Nepal Finance Limited posted Rs. 21.7 million net profit in Q4 FY 2024/25, with revenue rising 24% YoY to Rs. 339 million. Gross profit margin improved to 26.68%, and EPS stood at Rs. 2.86. While capital adequacy remained strong at 25.80%, NPLs increased to 9.74%, raising asset quality concerns.

      NEPSE TRADING·18 Aug, 2025·1 min read
    • ओम मेगाश्री फार्मास्युटिकल्सको चौथो त्रैमासिक नतिजा : आम्दानीमा वृद्धि, नाफा मार्जिनमा केही गिरावट
      Stock

      ओम मेगाश्री फार्मास्युटिकल्सको चौथो त्रैमासिक नतिजा : आम्दानीमा वृद्धि, नाफा मार्जिनमा केही गिरावटOm Megashree Pharmaceuticals Posts Stable Growth in Q4, Profit Margins Decline Slightly

      ओएमपीएलले चौथो त्रैमासमा २७ करोड ७७ लाख रुपैयाँ आम्दानी र ८९ लाख रुपैयाँ शुद्ध नाफा कमायो। तर नाफा मार्जिन करिब ३% मात्र रह्यो र ईपीएस १.४९ रुपैयाँमा झर्‍यो। सानो नाफा हुँदाहुँदै पनि कम्पनीको सेयर मूल्य १,५१७ रुपैयाँमा कारोबार भइरहेको छ, जसले अत्यधिक मूल्यांकनको जोखिम देखाउँछ।OMPL posted steady revenue growth in Q4 with Rs. 277.96 million in revenue and Rs. 8.92 million net profit. However, its net margin remains low (~3%) and EPS declined to Rs. 1.49. Despite modest profits, its share price trades at Rs. 1,517.76 with a very high PE ratio of 1,019.96, showing overvaluation risk.

      NEPSE TRADING·18 Aug, 2025·1 min read
    • हरियो बत्ती : कारोबार रकम घटे पनि नेप्से परिसूचकमा सुधार
      Investor

      हरियो बत्ती : कारोबार रकम घटे पनि नेप्से परिसूचकमा सुधारGreen Signal in Nepse: Market Closes Higher Despite Lower Turnover

      हरियो बत्ती : कारोबार रकम घटे पनि नेप्से परिसूचकमा सुधार साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हरियो बत्तीमा बन्द भएको छ। अघिल्लो दिन आइतबार घाटामा गएको बजार सोमबार भने सुधार भएको हो। नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स १.६६ अंक, फ्लोट इन्डेक्स ०.६६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६४ अंकले उकालो लागेका छन्, जसले ठूला, मध्यम तथा साना कम्पनीमा लगानी भएको सेयरमा सामान्य वृद्धि देखाएको संकेत गर्छ।Green Signal in Nepse: Market Closes Higher Despite Lower Turnover On the second trading day of the week, the Nepal Stock Exchange (Nepse) ended on a positive note. After closing lower on Sunday, the market rebounded on Monday with the benchmark index rising by 9.16 points to settle at 2770.39. The Sensitive Index gained 1.66 points, the Float Index climbed 0.66 points, and the Sensitive Float Index edged up by 0.64 points, reflecting modest gains across large-, mid-, and small-cap companies.

      NEPSE TRADING·18 Aug, 2025·2 min read