
१०० दिनमा खर्च नियन्त्रण र सुशासनमा ठोस सुधार : प्रधानमन्त्री कार्कीGovernment Tightens Spending, Pushes Good Governance in First 100 Days: PM Karki
१०० दिनमा खर्च नियन्त्रण र सुशासनमा ठोस सुधार : प्रधानमन्त्री कार्की काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासन सुदृढ गर्ने दिशामा ठोस कदम चालिएको दाबी गरेकी छन्। जेन–जी आन्दोलनपछि गत भदौ २७ गते गठन भएको सरकारको १०० दिन पूरा भएको अवसरमा शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले राज्यको स्रोतसाधनको दुरुपयोग रोक्न प्राथमिकताका साथ काम गरिएको बताइन्। प्रधानमन्त्री कार्कीका अनुसार पदमा रहँदा वा अवकाशपछि पनि मापदण्डविपरीत लिइँदै आएका अनधिकृत तथा अवाञ्छित सुविधा कटौती गरिएको छ। यसबाट जनताले तिरेको कर जोगिनुका साथै राज्यको खर्चभार घटेको उनको भनाइ छ। उनका अनुसार मापदण्डविपरीत खटिएका ५०० सुरक्षाकर्मी र सवारी साधन फिर्ता गरी जनताको सेवामा परिचालन गरिएको छ भने अनावश्यक ३८ वटा कार्यालय खारेज र ३२३ दरबन्दी कटौती गरिएको छ।Government Tightens Spending, Pushes Good Governance in First 100 Days: PM Karki Kathmandu. Prime Minister Sushila Karki has said that the government has taken concrete steps to curb unnecessary expenditure and strengthen financial discipline during its first 100 days in office. Addressing the nation on Friday to mark 100 days of the government formed on September 27 following the Gen-Z movement, Prime Minister Karki said unauthorized and unwarranted state facilities enjoyed by individuals both in office and after retirement have been withdrawn, helping safeguard taxpayers’ money.


















