
अपर हेवाखोला हाईड्रोपावरको ३५ लाख ३० हजार कित्ता सेयरको लक-इन अवधि आजबाट समाप्तLock-In Period of 3.53 Million Shares of Upper Hewakhola Hydropower Ends Today
अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको ३५ लाख ३० हजार कित्ता सेयरको लक-इन अवधि आजबाट समाप्त भएको छ। संस्थापक, स्थानिय बासिन्दा र कर्मचारीका लागि बाँडफाँड गरिएका सेयर आजदेखि खरिदबिक्री गर्न मिल्ने भएको हो। यद्यपि, सञ्चालक तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरूले भने अझै सेयर बेचबिखन गर्न नपाउने कम्पनीले जनाएको छ।The 3.53 million locked-in shares of Upper Hewakhola Hydropower Company Limited—allocated to promoters, local residents, and employees—have become tradable from today. This includes 3 million promoter shares, 500,000 shares for locals, and 30,000 employee shares. However, company directors and top executives are still restricted from trading.


















