
शंकास्पद कारोबार ४९% ले वृद्धि, वित्तीय जानकारी इकाईको प्रतिवेदन सार्वजनिकSuspicious Transactions Surge by 49%, Financial Information Unit Releases 2024 Report
शंकास्पद कारोबार ४९% ले वृद्धि, वित्तीय जानकारी इकाईको प्रतिवेदन सार्वजनिक काठमाडौं, ६ जेठ २०८२ – नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले सन् २०२४ मा शंकास्पद कारोबार र गतिविधिमा ४९ प्रतिशतले वृद्धि भएको जनाएको छ। इकाईले हालै प्रकाशित गरेको सन् २०२४ को गतिविधिसम्बन्धी न्यूजलेटरमा यस्तो तथ्यांक उल्लेख गरिएको छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार सूचक संस्थाहरूले इकाईमा पेस गरेका शंकास्पद कारोबार र गतिविधि प्रतिवेदनको संख्या सन् २०२३ मा ६,२५५ रहेकोमा सन् २०२४ मा ४९% ले बढेर ९,३०४ पुगेको छ। यीमध्ये १,८९४ प्रतिवेदनको विश्लेषण गरिएकोमा १,०८६ प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने निकाय र नियामकीय कारबाहीका लागि नियमनकारी निकायमा पठाइएको छ। बाँकी ८०८ प्रतिवेदन भविष्यमा थप जानकारी प्राप्त भएमा पुनः विश्लेषण गर्न अभिलेखीकरण गरिएको छ। सूचक संस्थाहरूले सन् २०२३ मा १७ लाख ८३ हजार १८३ सीमा कारोबारको विवरण पेस गरेका थिए, जुन सन् २०२४ मा बढेर १९ लाख ७२ हजार ८५५ पुगेको छ। सम्पत्ति शुद्धीकरण र आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी रिपोर्टिङका लागि इकाईको गोएएमएल प्रणालीमा आवद्ध संस्थाहरूको संख्या सन् २०२३ मा १,४९६ रहेकोमा सन् २०२४ मा १,९०५ पुगेको छ।Suspicious Transactions Surge by 49%, Financial Information Unit Releases 2024 Report The Financial Information Unit of Nepal Rastra Bank has reported a 49% increase in suspicious transactions and activities in 2024, according to its recently published 2024 activity newsletter. Under the Asset Laundering Prevention Act, 2064, the number of suspicious transaction and activity reports submitted by reporting entities to the unit rose from 6,255 in 2023 to 9,304 in 2024, marking a 49% growth. Of these, 1,894 reports were analyzed, with 1,086 forwarded for further investigation to law enforcement/investigative bodies and regulatory actions to regulatory authorities. The remaining 808 reports have been archived for re-analysis if additional information becomes available in the future.


















