
८ महिनामा राजस्व संकलन लक्ष्यको ८२% मात्र, पुँजीगत खर्च २०% भन्दा कमRevenue Collection Reaches Only 82% of Target in 8 Months, Capital Spending Below 20%
चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा सरकारले ७ खर्ब ५१ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२.६० प्रतिशत मात्र हो। वार्षिक लक्ष्य १४ खर्बभन्दा बढी भए पनि फागुनसम्म कुल लक्ष्यको करिब ५० प्रतिशत मात्रै राजस्व उठेको छ। यस अवधिमा कर राजस्व ६ खर्ब ७६ अर्ब र गैरकर राजस्व करिब ७० अर्ब रुपैयाँ संकलन भएको छ। आठ महिनामा सरकारको कुल आम्दानी करिब ७ खर्ब ६५ अर्ब रुपैयाँ हुँदा खर्च ९ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ, जसका कारण बजेट घाटा २ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ। यता पुँजीगत खर्च भने निकै न्यून रहँदै वार्षिक लक्ष्यको करिब १९ प्रतिशत मात्रै खर्च भएको छ।The government collected Rs 751.86 billion in revenue during the first eight months of the fiscal year 2025/26, achieving only 82.60 percent of the target set for the period. Despite an annual target of over Rs 1.4 trillion, only about 50 percent has been achieved by Falgun. During this period, tax revenue reached Rs 676 billion and non-tax revenue around Rs 70 billion. While total income stood at about Rs 765 billion, government expenditure reached Rs 926 billion, resulting in a budget deficit of Rs 279 billion. Meanwhile, capital expenditure remains very low at only about 19 percent of the annual target.


















