
नेप्से ओरालो, कारोबार रकम पनि घट्योNEPSE Slips as Market Turnover Declines
साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.८३ अंक घटेर २६२०.९२ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि घट्दै ४ अर्ब ७१ करोड रुपैयाँमा सीमित भयो। १३ उपसमूहमध्ये १२ उपसमूह घट्दा समग्र बजार कमजोर देखियो। यद्यपि, विन नेपाल लघुवित्त सकारात्मक सर्किटमा रहँदा एसवाई प्यानल नेपाल र हिम स्टार ऊर्जामा लगानीकर्ताको आकर्षण देखियो।On the final trading day of the week, the Nepal Stock Exchange (NEPSE) index fell by 12.83 points to close at 2,620.92. Market turnover also declined to NPR 4.71 billion, reflecting cautious investor sentiment. Out of 13 sectoral indices, 12 ended lower, indicating overall market weakness. However, Vin Nepal Laghubitta hit the positive circuit, while SY Panel Nepal and Him Star Urja attracted notable buying interest.


















