
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन आज अन्तिम दिन Today is the final day for Nepalis working abroad to apply for the IPO of Sunyukund Hydroelectric Limited.
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन आज (पुस १४ गते) अन्तिम दिन हो। कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ६८ हजार ९६७ कित्ता साधारण शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको हो। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीलाई केयर रेटिङ्ग नेपालले CARE-NP BB- रेटिङ्ग प्रदान गरेको छ। ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। Today (Poush 14) is the final day for Nepalis working abroad to apply for the IPO of Sunyukund Hydroelectric Limited. The company has allocated 68,967 ordinary shares, representing 10 percent of the shares reserved for the general public, for Nepalis employed overseas. Applicants can apply for a minimum of 10 shares and a maximum of 50,000 shares. CARE Ratings Nepal has assigned the company a CARE-NP BB- issuer rating. Sunyukund Hydroelectric operates an 11 MW Upper Tadi Khola Hydropower Project, and the IPO issue is being managed by Kumari Capital Limited.


















