
डोल्पामा ३२८ मेगावाटको जलाशययुक्त भारबुङ जलविद्युत् आयोजना अघि बढ्दैReservoir-Based Hydropower Project Planned in Dolpa, Environmental Review Underway
डोल्पामा ३२८ मेगावाटको जलाशययुक्त भारबुङ जलविद्युत् आयोजना अघि बढ्दै डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको ठूलो जलविद्युत् आयोजना निर्माण हुने भएको छ। विकास र पूर्वाधारका दृष्टिले पछाडि परेको मानिने डोल्पामा ३२८ मेगावाट क्षमताको भारबुङ जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया अघि बढाइएको छ। विद्युत् विकास विभागका अनुसार आयोजनाका लागि आवश्यक अध्ययन पूरा भइसकेको छ र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिससहित वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको छ। आयोजनाअन्तर्गत डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके गाउँपालिका क्षेत्रमा भौतिक संरचना निर्माण गरिनेछ। भारबुङ नदीको पानी प्रयोग गरी ३२५ मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माण गरिनेछ भने तातु खोलाको १.१२ क्युसेक पानी प्रयोग गरी नदी प्रवाहमा आधारित प्रणालीमार्फत थप ३.१० मेगावाट क्षमताका दुई प्रणाली सञ्चालन गरिने विवरणमा उल्लेख छ।Reservoir-Based Hydropower Project Planned in Dolpa, Environmental Review Underway A large reservoir-based hydropower project is set to be developed in Dolpa district, a region long considered lagging behind in infrastructure and economic development. The proposed 328-megawatt Bhargung Hydropower Project is moving forward, with the government initiating detailed studies and the environmental impact assessment (EIA) process.


















