
निरन्तर तेस्रो दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावटNEPSE Falls for Third Straight Session, Trading Turnover Declines
सोमबार नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन पनि घटेर १३.८८ अंकले ओरालो लाग्दै २५८१.२१ विन्दुमा बन्द भएको छ। बजारसँगै कारोबार रकम पनि घटेर ३ अर्ब ५१ करोड रुपैयाँमा सीमित भएको छ। १३ उपसमूहमध्ये केवल व्यापार उपसमूह बढ्दा बाँकी १२ उपसमूह घटेका छन्, जसमा होटल तथा पर्यटन र जीवन बीमा उपसमूह सबैभन्दा धेरै घटेका छन्।On Monday, the NEPSE index declined for the third consecutive trading day, falling by 13.88 points to close at 2,581.21. Market turnover also dropped to NPR 3.51 billion. Among the 13 sectoral indices, only the Trading sub-index gained, while the remaining 12 sectors ended lower, with Hotel & Tourism and Life Insurance posting the biggest losses.


















