
चिरख्वा हाइड्रोपावरको सातौँ वार्षिक साधारण सभा पौष २३ गते हुँदै, १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावChirkhwa Hydropower Announces 7th AGM for January 7, 2026; Rights Issue Proposal on the Agenda
चिरख्वा हाइड्रोपावरको सातौँ वार्षिक साधारण सभा पौष २३ गते हुँदै, १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव चिरख्वा हाइड्रोपावर लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा (AGM) आगामी २०८२ साल पौष २३ गते, बुधवार (जनवरी ७, २०२६) मा आयोजना गर्ने भएको छ। कम्पनीको २०८२/०८/२३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सभा कुण्डलिनी रोयल्स, जोरपाटी, काठमाडौं मा बिहान १०:०० बजे सुरु हुनेछ। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै शेयरधनीहरूलाई कम्पनी ऐन, २०६३ को दफा ६७(२) बमोजिम सभामा सहभागी हुन अनुरोध गरेको छ। सभामा आर्थिक विवरण, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिका निर्णय अनुमोदनदेखि हकप्रद शेयर जारी गर्ने प्रस्तावसम्मका महत्वपूर्ण एजेन्डाहरू पेश गरिनेछन्।Chirkhwa Hydropower Announces 7th AGM for January 7, 2026; Rights Issue Proposal on the Agenda Chirkhwa Hydropower Limited has announced that its 7th Annual General Meeting (AGM) will be held on 23rd Poush 2082 (January 7, 2026). The decision was endorsed by the company’s Board of Directors during a meeting held on 23rd Mangsir 2082. The AGM is scheduled to take place at Kundalini Royals, Jorpati, Kathmandu, beginning at 10:00 AM. The company issued an official notice informing shareholders that the meeting has been convened in accordance with Section 67(2) of the Companies Act, 2063. The AGM will deliberate on key financial, operational, and structural proposals presented by the board.


















