NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Stock News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 16 / 143Next
    • नयाँ वर्ष २०८३ को पहिलो कारोबारमै नेप्सेमा उत्साहजनक उछाल, सबै उपसमूह हरियालीमा
      Top

      1 min read

      नयाँ वर्ष २०८३ को पहिलो कारोबारमै नेप्सेमा उत्साहजनक उछाल, सबै उपसमूह हरियालीमा

      वि.सं. २०८३ को पहिलो कारोबार दिन नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेको छ। कारोबार रकम पनि वृद्धि भई १० अर्बभन्दा बढी पुगेको छ। अधिकांश कम्पनीहरूको शेयर मूल्य बढ्दा ६ कम्पनी सकारात्मक सर्किटमा कारोबार भएका छन्। सबै १३ उपसमूह हरियालीमा बन्द हुँदा होटल तथा पर्यटन क्षेत्र सर्वाधिक बढेको देखिएको छ।

      NEPSE TRADING

      ·

      15 Apr, 2026

    • एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Top

      1 min read

      एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

      एपोलो हाइड्रोपावर लिमिटेड को आईपीओमा आवेदन दिने आज (बैशाख २) अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँट गरिसकेपछि बाँकी ७ लाख ८० हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरेको हो। न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको ६ मेगावाट बुकु खोला आयोजना मध्यम जोखिमयुक्त रहेको र लगानी फिर्ता अवधि ७.७७ वर्ष रहेको छ। आवेदन MeroShare वा आस्बा प्रणालीमार्फत दिन सकिन्छ।

      NEPSE TRADING

      ·

      15 Apr, 2026

    • पूँजीबजार सुधारमा सरकारको जोड, विदेशी संस्थागत लगानी भित्र्याउने स्पष्ट संकेत
      Investor

      2 min read

      पूँजीबजार सुधारमा सरकारको जोड, विदेशी संस्थागत लगानी भित्र्याउने स्पष्ट संकेत

      पूँजीबजार सुधारमा सरकारको जोड, विदेशी संस्थागत लगानी भित्र्याउने स्पष्ट संकेत सरकारले नेपालको पूँजीबजारलाई थप पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउने लक्ष्यसहित दीर्घकालीन सुधारको संकेत दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव मागेपछि पूँजीबजार सुधार सरकारको प्राथमिकतामा परेको स्पष्ट देखिएको छ। यसअघि सार्वजनिक गरिएको सय बुँदे कार्ययोजनालाई आधार बनाएर तयार पारिएको यो मस्यौदा अब नीतिगत रूपमा संस्थागत गर्ने तयारी गरिएको जनाइएको छ।

      NEPSE TRADING

      ·

      15 Apr, 2026

    • नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर उत्साह र उल्लास
      Investor

      1 min read

      नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर उत्साह र उल्लास

      नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर उत्साह र उल्लास आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा सुरु भएको छ। नयाँ वर्षको पहिलो दिनको अवसरमा देशभरका विभिन्न सहर तथा गाउँहरूमा बिहानैदेखि उल्लासपूर्ण वातावरण देखिएको छ। सर्वसाधारणले आफन्त, मित्र र परिवारजनसँग भेटघाट गर्दै एकआपसमा शुभकामना साटासाट गरेका छन्। विगत वर्षका अनुभवलाई सम्झँदै नयाँ आशा र उत्साहका साथ वर्षको सुरुवात गरिएको छ।

      NEPSE TRADING

      ·

      14 Apr, 2026

    • नेपाल स्टक एक्सचेन्ज (NEPSE) २०८२ को अन्तिम कारोबार दिन घट्यो, बजारमा सुस्तता यथावत
      Top

      1 min read

      नेपाल स्टक एक्सचेन्ज (NEPSE) २०८२ को अन्तिम कारोबार दिन घट्यो, बजारमा सुस्तता यथावत

      २०८२ सालको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (NEPSE) परिसूचक ४.१८ अंकले घटेर २८३३.६० विन्दुमा बन्द भएको छ। बजारमा सामान्य गिरावटसँगै कारोबार रकम पनि घटेको छ। केही कम्पनीहरूको शेयर सकारात्मक सर्किटमा कारोबार भए पनि समग्र बजार कमजोर रह्यो। १३ मध्ये ६ उपसमूह बढ्दा ७ उपसमूह घटेका छन्।

      NEPSE TRADING

      ·

      13 Apr, 2026

    • एपोलो हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला, बैशाख २ सम्म आवेदन दिन सकिने
      Top

      1 min read

      एपोलो हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला, बैशाख २ सम्म आवेदन दिन सकिने

      एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ, जसमा २०८३ बैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले दोस्रो चरणमा ७ लाख ८० हजार २०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँमा जारी गरेको हो। न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन पाइनेछ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ रेटिङ्ग दिँदै मध्यम जोखिम देखाएको छ। आईपीओको बिक्री प्रबन्धक Himalayan Capital Limited रहेको छ।

      NEPSE TRADING

      ·

      13 Apr, 2026

    • तीन लघुवित्त संस्थाबीच मर्जर प्रक्रिया अघि बढ्दै, ‘जीवन विकास’को नाममा एकीकृत संस्था सञ्चालन हुने
      Top

      1 min read

      तीन लघुवित्त संस्थाबीच मर्जर प्रक्रिया अघि बढ्दै, ‘जीवन विकास’को नाममा एकीकृत संस्था सञ्चालन हुने

      मोरङको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बाँकेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेपलाञ्चोकको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड बीच मर्जर प्रक्रिया अघि बढेको छ। मर्जरपछि ‘जीवन विकास’कै नाममा संस्था सञ्चालन हुने र केन्द्रीय कार्यालय कटहरी, मोरङमा रहनेछ। संयुक्त पुँजीले संस्थाको वित्तीय आधार मजबुत बन्ने तथा सेवा पहुँच, शाखा विस्तार र डिजिटल सेवामा सुधार हुने अपेक्षा गरिएको छ। मर्जर २०८३ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

      NEPSE TRADING

      ·

      13 Apr, 2026

    • हिमालयन पावर पार्टनर लिमिटेडको ५०% हकप्रद शेयर वैशाख १७ देखि खुला
      Top

      1 min read

      हिमालयन पावर पार्टनर लिमिटेडको ५०% हकप्रद शेयर वैशाख १७ देखि खुला

      Himalayan Power Partner Limited (HPPL) ले वैशाख १७ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले १:०.५ अनुपातमा ५३ लाखभन्दा बढी कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँमा जारी गर्नेछ। चैत ९ गतेसम्म कायम शेयरधनीले जेठ ६ गतेसम्म आवेदन दिन सक्नेछन्। निष्काशनबाट उठेको रकम सहवित्तीयकरण ऋण भुक्तानीमा प्रयोग गरिनेछ भने बिक्री प्रबन्धक Global IME Capital Limited रहेको छ।

      NEPSE TRADING

      ·

      13 Apr, 2026

    • नेप्से परिसूचक सामान्य गिरावटसहित बन्द, कारोबार रकममा पनि कमी
      Top

      1 min read

      नेप्से परिसूचक सामान्य गिरावटसहित बन्द, कारोबार रकममा पनि कमी

      साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.४६ अंकले घटेर २८३७.७७ विन्दुमा बन्द भएको छ। कारोबार रकम पनि घट्दै करिब ८ अर्ब ९९ करोड रुपैयाँमा सीमित रह्यो। अधिकांश उपसमूहहरू घटेका भए पनि केही कम्पनीहरूको शेयर सकारात्मक सर्किटमा कारोबार भएको छ। समग्रमा बजारमा मिश्रित तर दबाबयुक्त प्रवृत्ति देखिएको छ।

      NEPSE TRADING

      ·

      10 Apr, 2026

    • नेपाल स्टक एक्सचेन्ज को स्टक डिलर कार्यविधिमा संशोधन, लगानी दायरा विस्तार र प्रक्रिया सरलीकरण
      Top

      1 min read

      नेपाल स्टक एक्सचेन्ज को स्टक डिलर कार्यविधिमा संशोधन, लगानी दायरा विस्तार र प्रक्रिया सरलीकरण

      नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्टक डिलर कार्यविधिमा संशोधन गर्दै पूँजीबजारलाई थप तरल र गतिशील बनाउने कदम चालेको छ। नयाँ व्यवस्थाअनुसार डिलरहरूले अब शेयरसँगै सरकारी ऋणपत्र, म्युचुअल फण्ड र डिबेन्चरमा पनि लगानी गर्न पाउने भएका छन्। नाफामा रहेका कम्पनी मात्र किन्नुपर्ने पुरानो प्रावधान हटाइएको छ भने न्यूनतम चुक्ता पूँजी सीमा २५ करोड पुर्याइएको छ। साथै, प्रक्रिया सरल बनाउँदै डिलरहरूले कम्पनी सूची स्वीकृत गराउनु नपर्ने व्यवस्था गरिएको छ।

      NEPSE TRADING

      ·

      10 Apr, 2026

    • नेप्से परिसूचक बिहीबार बढ्यो, सबै उपसमूहको वृद्धिसँगै कारोबार रकम पनि बढ्यो
      Top

      1 min read

      नेप्से परिसूचक बिहीबार बढ्यो, सबै उपसमूहको वृद्धिसँगै कारोबार रकम पनि बढ्यो

      बिहीबार नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा पुगेको छ। सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स सबैले वृद्धि देखाएका छन्। यस दिन ३३८ स्टकको २ करोड ७९ लाख कित्ता शेयरमा करिब ९ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ। आठ स्टकले सकारात्मक सर्किट हिट गरेका छन् भने हिम स्टार उर्जा र हिमालयन रि इन्स्योरेन्सका शेयर मूल्यमा ठूलो वृद्धि भएको छ। नेशनल हाइड्रोपावर कम्पनी कारोबार रकममा शीर्ष स्थानमा रहेको छ। सबै १३ उपसमूहको परिसूचकमा वृद्धिदेखिएको छ।

      NEPSE TRADING

      ·

      9 Apr, 2026

    • नेप्सेले दैनिक शेयर मूल्य सीमा १५ प्रतिशत पुर्यायो, सर्किट ब्रेकर प्रणालीमा संशोधन
      Top

      1 min read

      नेप्सेले दैनिक शेयर मूल्य सीमा १५ प्रतिशत पुर्यायो, सर्किट ब्रेकर प्रणालीमा संशोधन

      नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली संशोधन गर्दै व्यक्तिगत कम्पनीका शेयरको दैनिक मूल्य सीमा १० प्रतिशतबाट १५ प्रतिशत पुर्याएको छ। प्री-ओपन सेसनको मूल्य सीमा ५ प्रतिशत तय गरिएको छ। नेप्से इन्डेक्सको सर्किट ब्रेकर दुई तहमा संशोधित गरिएको छ: ५ प्रतिशत उतारचढावमा १५ मिनेटको रोक, र ८ प्रतिशतमा दिनभरको बजार बन्द। धितोपत्र बोर्डले अनुमोदन गरिसकेको छ र नेप्से कार्यान्वयन मिति छिट्टै घोषणा गर्नेछ। नयाँ सीमा बजार तरलता बढाउन र वास्तविक मूल्य पत्ता लगाउन मद्दत पुर्याउने अपेक्षा छ, तर अस्थिरता बढ्न सक्ने छ।

      NEPSE TRADING

      ·

      9 Apr, 2026

    • एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
      Top

      1 min read

      एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

      एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले ७ लाख ८० हजार २०० कित्ता शेयर सार्वजनिकमा बिक्री गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा चैत ३० गते र ढिलोमा बैशाख १० गतेसम्म खुला रहनेछ। कम्पनीको रेटिङ्ग मध्यम जोखिम स्तरको रहेको छ।

      NEPSE TRADING

      ·

      9 Apr, 2026

    • यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड को १०% हकप्रद शेयर निष्काशन आजदेखि खुला
      Top

      1 min read

      यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड को १०% हकप्रद शेयर निष्काशन आजदेखि खुला

      यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले चैत २६ गतेदेखि १० प्रतिशत हकप्रद शेयर निष्काशन खुला गरेको छ। कम्पनीले २३ करोड १० लाख रुपैयाँ बराबरको २३ लाख १० हजार कित्ता शेयर जारी गर्दैछ। फागुन १४ गतेसम्म कायम शेयरधनीहरूले वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन्। हकप्रदपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।

      NEPSE TRADING

      ·

      9 Apr, 2026

    • नेप्से २,८०० विन्दु पार गर्दै बढ्यो, कारोबारमा वृद्धि
      Top

      1 min read

      नेप्से २,८०० विन्दु पार गर्दै बढ्यो, कारोबारमा वृद्धि

      नेप्से परिसूचक बुधबार २,८०२.५२ विन्दुमा बन्द भयो, जुन अघिल्लो दिनभन्दा ४५.१२ अंकले बढेको हो। सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि बढेका छन्। ३४६ कम्पनीमा १ करोड ८८ लाख १६ हजार कित्ता शेयर, कुल ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सातवटा स्टक सकारात्मक सर्किटमा पुगेका छन् भने सान्भि इनर्जी र बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर मूल्य महत्वपूर्ण रूपमा बढेको छ। एसवाई प्यानल नेपाल सबैभन्दा बढी कारोबारमा रहेको छ। सबै १३ उपसमूहको परिसूचक बढेको छ, उत्पादन तथा प्रशोधन उपसमूहको अग्रता छ।

      NEPSE TRADING

      ·

      8 Apr, 2026

    • पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी: सम्पत्ति शुद्धीकरण मुद्दामा सिआइबीको कडा एक्सन
      Investor

      1 min read

      पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी: सम्पत्ति शुद्धीकरण मुद्दामा सिआइबीको कडा एक्सन

      पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी: सम्पत्ति शुद्धीकरण मुद्दामा सिआइबीको कडा एक्सन नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौँ जिल्ला अदालतले उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ अनुमति दिएको हो।

      NEPSE TRADING

      ·

      8 Apr, 2026

    • कालिन्चोक हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Top

      1 min read

      कालिन्चोक हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

      कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले कुल ६ लाख ८४ हजार ७५० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा खुला गरेको हो। यसअघि स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँट गरिसकिएको छ। न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने यस आईपीओमा केयर रेटिङ्ग नेपालले ‘डबल बी’ रेटिङ्ग दिएको छ, जसले औसत जोखिम देखाउँछ। आवेदन Mero Share वा बैंकमार्फत दिन सकिनेछ।

      NEPSE TRADING

      ·

      8 Apr, 2026

    • नेप्सेद्वारा नयाँ कारोबार तालिका सार्वजनिक, अब सोमबारदेखि शुक्रबारसम्म मात्र शेयर कारोबार
      Top

      1 min read

      नेप्सेद्वारा नयाँ कारोबार तालिका सार्वजनिक, अब सोमबारदेखि शुक्रबारसम्म मात्र शेयर कारोबार

      नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले नयाँ कारोबार कार्यतालिका सार्वजनिक गरेको छ। मन्त्रिपरिषद् को निर्णयअनुसार अब सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा हुनेछ। सोही अनुसार शेयर बजार अब सोमबारदेखि शुक्रबारसम्म मात्र सञ्चालन हुने छ भने आइतबार कारोबार बन्द रहनेछ।

      NEPSE TRADING

      ·

      8 Apr, 2026

    • महिला लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्री सूचना
      Investor

      1 min read

      महिला लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्री सूचना

      महिला लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्री सूचना महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीहरूले आफ्‍नो नाममा रहेको ८४,५३७ कित्ता संस्थापक शेयर बिक्री गर्नका लागि निवेदन दिएका छन्। यो बिक्री प्रक्रिया नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम रित पुऱ्याई अघि बढाइएको हो। सूचना प्रकाशित गरिएको मितिले ३५ दिन भित्र इच्छुक संस्थापक शेयरधनीहरूले आवश्यक कागजातहरू सहित केन्द्रीय कार्यालय साँगा, काभ्रेपलाञ्चोक वा शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, कमलादी, काठमाण्डौंमा निवेदन दिन सक्नेछन्।

      NEPSE TRADING

      ·

      7 Apr, 2026

    • सपोर्ट लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्री सम्बन्धी सूचना
      Investor

      1 min read

      सपोर्ट लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्री सम्बन्धी सूचना

      सपोर्ट लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्री सम्बन्धी सूचना सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीले आफ्‍नो नाममा रहेको १,७४९ कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन दिनु भएको छ। यस बिक्रीको प्रक्रिया नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकिकृत निर्देशन, २०८२ को निर्देशन नं. १०/०८२, १२ (ख) बमोजिम हो।

      NEPSE TRADING

      ·

      7 Apr, 2026