NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Stock News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 15 / 143Next
    • आँखुखोला जलविद्युतको आम्दानी र नाफा वृद्धि, तेस्रो त्रैमासमा सुधार
      Top

      1 min read

      आँखुखोला जलविद्युतको आम्दानी र नाफा वृद्धि, तेस्रो त्रैमासमा सुधार

      आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) को चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म विद्युत बिक्री आम्दानी ३१.९४ प्रतिशतले बढेर १७ करोड २४ लाख रुपैयाँ पुगेको छ। आम्दानी वृद्धि र वित्तीय खर्च घट्दा कम्पनीको खुद नाफा १३.८२ प्रतिशतले बढेर ३ करोड ८३ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी २ रुपैयाँ ५६ पैसा कायम हुँदा अन्य इक्विटी भने ऋणात्मक रहेको छ।

      NEPSE TRADING

      ·

      24 Apr, 2026

    • टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ वैशाख २३ देखि खुल्ने, ४२.३० लाख कित्ता शेयर निष्काशन
      Investor

      1 min read

      टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ वैशाख २३ देखि खुल्ने, ४२.३० लाख कित्ता शेयर निष्काशन

      टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ वैशाख २३ देखि खुल्ने, ४२.३० लाख कित्ता शेयर निष्काशन काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) वैशाख २३ गतेदेखि खुला गर्ने भएको छ। कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति पाएअनुसार कुल ४२ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको हो।

      NEPSE TRADING

      ·

      24 Apr, 2026

    • हकप्रदमा न्यून आवेदनपछि बुद्धभूमी नेपाल हाइड्रोपावरले म्याद थप्यो, ऋण घटाउने लक्ष्य
      Investor

      1 min read

      हकप्रदमा न्यून आवेदनपछि बुद्धभूमी नेपाल हाइड्रोपावरले म्याद थप्यो, ऋण घटाउने लक्ष्य

      हकप्रदमा न्यून आवेदनपछि बुद्धभूमी नेपाल हाइड्रोपावरले म्याद थप्यो, ऋण घटाउने लक्ष्य काठमाडौँ । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड (BNHC) ले शतप्रतिशत हकप्रद शेयरमा अपेक्षाभन्दा कम आवेदन परेपछि आवेदन दिने अवधि थप गरेको छ। कम्पनीले चैत २२ गतेदेखि १:१ अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो, जसको कुल मूल्य ४० करोड रुपैयाँ बराबर हुन्छ।

      NEPSE TRADING

      ·

      24 Apr, 2026

    • सानिमा बैंकको नाफा २ अर्ब नाघ्यो, तेस्रो त्रैमाससम्म वित्तीय सूचकमा उल्लेख्य सुधार
      Investor

      1 min read

      सानिमा बैंकको नाफा २ अर्ब नाघ्यो, तेस्रो त्रैमाससम्म वित्तीय सूचकमा उल्लेख्य सुधार

      सानिमा बैंकको नाफा २ अर्ब नाघ्यो, तेस्रो त्रैमाससम्म वित्तीय सूचकमा उल्लेख्य सुधार काठमाडौँ । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म उत्साहजनक वित्तीय प्रगति हासिल गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चैत मसान्तसम्म आइपुग्दा बैंकको नाफा, कर्जा विस्तार तथा अन्य प्रमुख सूचकहरूमा उल्लेख्य सुधार देखिएको हो।

      NEPSE TRADING

      ·

      24 Apr, 2026

    • लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि सम्झँदै मुलुकभर विविध कार्यक्रम
      Investor

      2 min read

      लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि सम्झँदै मुलुकभर विविध कार्यक्रम

      लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि सम्झँदै मुलुकभर विविध कार्यक्रम काठमाडौँ । देशभर आज लोकतन्त्र दिवस मनाइँदै छ। जनआन्दोलन–२०६२/६३ को सफलतासँग जोडिएको यो दिनले नेपाली जनताको अधिकार प्राप्तिको ऐतिहासिक मोडलाई स्मरण गराउँछ। ११ वैशाख २०६३ मा तत्कालीन राजाबाट प्रतिनिधिसभा पुनर्स्थापना गर्ने घोषणा भएपछि लोकतान्त्रिक प्रक्रियाले पुनः गति लिएको थियो, जसको सम्झनामा हरेक वर्ष यो दिवस मनाइँदै आएको हो।

      NEPSE TRADING

      ·

      24 Apr, 2026

    • लगानीकर्ता संघहरूको संयुक्त दबाब: संशोधित विनियमावली फिर्ता र आईपीओ प्रिमियम स्थगित गर्न माग
      Top

      1 min read

      लगानीकर्ता संघहरूको संयुक्त दबाब: संशोधित विनियमावली फिर्ता र आईपीओ प्रिमियम स्थगित गर्न माग

      नेपालका पाँच प्रमुख सेयर लगानीकर्ता संघहरूले संयुक्त रूपमा नेप्सेलाई पत्र बुझाउँदै हालै संशोधित विनियमावली फिर्ता लिन, सरोकारवालासँग परामर्श गरी मात्र लागू गर्न, तथा आईपीओ प्रिमियम र बुक बिल्डिङ्ग विधि अस्थायी रूपमा स्थगित गर्न माग गरेका छन्। साथै, विधायन ऐन २०८१ अनुसार सबै सरोकारवालाको सहभागिता सुनिश्चित गर्नुपर्ने र मनपरी ढंगले कानून संशोधन नगर्न आग्रह गर्दै माग पूरा नभए कानूनी उपचारमा जाने चेतावनी दिएका छन्।

      NEPSE TRADING

      ·

      23 Apr, 2026

    • नेप्से लगातार गिरावटमा, तीन दिनसम्म घटेर २,८०० विन्दुभन्दा तल झर्यो
      Top

      1 min read

      नेप्से लगातार गिरावटमा, तीन दिनसम्म घटेर २,८०० विन्दुभन्दा तल झर्यो

      बिहीबार नेप्से परिसूचक लगातार तेस्रो दिन घट्दै १७.०१ अंकले झरेर २,७८७.१५ विन्दुमा बन्द भएको छ। यससँगै नेप्से १० कारोबार दिनपछि पुनः २,८०० विन्दुभन्दा तल पुगेको हो। कारोबार रकम पनि घटेर ५ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ। बजारमा केही कम्पनीहरू जस्तै पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्ट सकारात्मक सर्किटमा रहे पनि समग्र बजारमा गिरावट देखियो। उपसमूहमध्ये उत्पादन तथा प्रशोधन र व्यापार मात्र बढे भने अन्य अधिकांश उपसमूह घटेका छन्।

      NEPSE TRADING

      ·

      23 Apr, 2026

    • छिमेक लघुवित्तका ६९ हजार संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य ४४५ रुपैयाँ
      Investor

      1 min read

      छिमेक लघुवित्तका ६९ हजार संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य ४४५ रुपैयाँ

      छिमेक लघुवित्तका ६९ हजार संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य ४४५ रुपैयाँ काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड ले ६९ हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। कम्पनीले यसपटक सर्वसाधारणसहित इच्छुक सबै लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था गरेको जनाएको छ।

      NEPSE TRADING

      ·

      23 Apr, 2026

    • नेपाल लाइफ इन्स्योरेन्सको ५० हजार संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य ४०१ रुपैयाँ
      Investor

      1 min read

      नेपाल लाइफ इन्स्योरेन्सको ५० हजार संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य ४०१ रुपैयाँ

      नेपाल लाइफ इन्स्योरेन्सको ५० हजार संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य ४०१ रुपैयाँ काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले संस्थापक समूहअन्तर्गतको ५० हजार कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। कम्पनीले इच्छुक तथा योग्य व्यक्ति, कम्पनी र संघसंस्थालाई सहभागिता जनाउन सक्ने गरी सेयर खरिदका लागि आह्वान गरेको जनाएको छ।

      NEPSE TRADING

      ·

      23 Apr, 2026

    • नेप्से लगातार दोस्रो दिन घट्यो, कारोबार रकम भने ७ अर्ब ८१ करोड नाघ्यो
      Top

      1 min read

      नेप्से लगातार दोस्रो दिन घट्यो, कारोबार रकम भने ७ अर्ब ८१ करोड नाघ्यो

      बुधबार नेप्से परिसूचक २.९५ अंकले घट्दै २८०४.१७ विन्दुमा बन्द भएको छ, लगातार दोस्रो दिन गिरावट देखिएको हो। तर, कारोबार रकम भने बढेर ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी पुगेको छ। यस दिन ३ स्टकले सकारात्मक सर्किट लेभल छुए भने केही कम्पनीहरूको शेयर मूल्य उल्लेख्य रूपमा बढ्यो र केही घट्यो। नेशनल हाइड्रोपावर कम्पनी सबैभन्दा बढी कारोबार हुने स्टक बन्यो। समग्रमा १३ उपसमूहमध्ये ५ बढ्दा ८ उपसमूह घटेका छन्, जसमा होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भयो।

      NEPSE TRADING

      ·

      22 Apr, 2026

    • बुक बिल्डिङ्ग प्रक्रियामा नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो
      Top

      1 min read

      बुक बिल्डिङ्ग प्रक्रियामा नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

      नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुक बिल्डिङ्ग निर्देशिका अन्तर्गत शेयर निष्काशनका लागि सम्झौता गरेका कम्पनीहरूको संख्या ७ पुगेको जनाएको छ। नेप्सेले पहिलेका ५ कम्पनीको सूची अद्यावधिक गर्दै यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेड थप गरेको हो। यसअघि सूचीमा नर्भिक इन्टरनेशनल हस्पिटल, जगदम्बा स्पिनिङ्ग मिल्स, टाइम फर्मास्युटिकल्स, लक्ष्मी स्टील्स र पूर्वाञ्चल ल्युव आयल रहेका थिए। यी कम्पनीहरूले योग्य संस्थागत लगानीकर्ताका लागि बुक बिल्डिङ्ग विधिमार्फत शेयर मूल्य निर्धारण गर्ने प्रक्रिया सञ्चालन गर्नेछन्।

      NEPSE TRADING

      ·

      22 Apr, 2026

    • सुन र चाँदीको मूल्यमा गिरावट
      Top

      <1 min read

      सुन र चाँदीको मूल्यमा गिरावट

      बैशाख ९ गते बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। सुन प्रतितोला ८०० रुपैयाँले घटेर तीन लाख ५०० रुपैयाँमा र चाँदी तोलामा ३० रुपैयाँले घटेर पाँच हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ ।

      NEPSE TRADING

      ·

      22 Apr, 2026

    • सर्वोत्तम पेन्ट्सको आईपीओ बैशाख २१ देखि, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता
      Top

      1 min read

      सर्वोत्तम पेन्ट्सको आईपीओ बैशाख २१ देखि, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

      सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले बैशाख २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ८५ हजार कित्ता शेयर यस समूहका लागि छुट्याएको छ। न्यूनतम १० र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम मिति बैशाख २४ गते तोकिएको छ, आवश्यक परे जेठ ४ गतेसम्म लम्बिन सक्नेछ। कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ रेटिङ्ग दिइएको छ, जसले मध्यम जोखिम जनाउँछ।

      NEPSE TRADING

      ·

      22 Apr, 2026

    • मञ्जुश्री फाइनान्सको नाफा २८ प्रतिशतले वृद्धि, इम्पेयरमेन्ट घट्दा प्रदर्शन सुधार
      Investor

      1 min read

      मञ्जुश्री फाइनान्सको नाफा २८ प्रतिशतले वृद्धि, इम्पेयरमेन्ट घट्दा प्रदर्शन सुधार

      मञ्जुश्री फाइनान्सको नाफा २८ प्रतिशतले वृद्धि, इम्पेयरमेन्ट घट्दा प्रदर्शन सुधार मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार फाइनान्सको वित्तीय अवस्था सुधारउन्मुख देखिएको छ भने नाफा, आम्दानी र प्रमुख सूचकहरूमा सकारात्मक वृद्धि देखिएको छ।

      NEPSE TRADING

      ·

      22 Apr, 2026

    • अख्तियार अनुसन्धान हल्लाको असरः नेप्से ३३ अंकले घट्यो, सबै उपसमूह राताम्मे
      Top

      1 min read

      अख्तियार अनुसन्धान हल्लाको असरः नेप्से ३३ अंकले घट्यो, सबै उपसमूह राताम्मे

      बिहीबार नेप्से परिसूचक ३३.८३ अंकले घट्दै २८३३.०३ विन्दुमा झरेर बन्द भएको छ। निजी क्षेत्रमाथि अख्तियारले अनुसन्धान गर्ने हल्लाले लगानीकर्तामा अनिश्चितता बढ्दा बजारमा गिरावट आएको हो। यस दिन कारोबार रकम पनि घटेर ९ अर्ब ३१ करोड रुपैयाँमा सीमित भयो। १३ वटै उपसमूह घटेका छन्, जसमा वित्त उपसमूह सबैभन्दा धेरै घट्यो। पाँच कम्पनी सकारात्मक सर्किटमा पुगे पनि अधिकांश स्टक दबाबमा रहे।

      NEPSE TRADING

      ·

      16 Apr, 2026

    • मार्जिन कारोबार प्रणाली सञ्चालन फेरि धकेलियो, प्राविधिक तयारी नसकिँदा एक हप्ता ढिलाइ
      Top

      1 min read

      मार्जिन कारोबार प्रणाली सञ्चालन फेरि धकेलियो, प्राविधिक तयारी नसकिँदा एक हप्ता ढिलाइ

      सेयर बजारमा बहुप्रतीक्षित मार्जिन कारोबार प्रणाली प्राविधिक तयारी अपुग भएकाले तत्काल लागू नहुने भएको छ। नयाँ वर्ष २०८३ वैशाख २ गतेदेखि सुरु गर्ने योजना भए पनि कम्तीमा एक हप्ता ढिलाइ हुने देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले १२३ कम्पनीलाई मार्जिन कारोबारका लागि योग्य घोषणा गरिसकेको छ, जसमा बैंक, वित्तीय संस्था, बीमा, जलविद्युत तथा अन्य क्षेत्रका कम्पनीहरू समावेश छन्। यो प्रणालीले लगानीकर्तालाई ऋण लिएर सेयर किनबेच गर्ने सुविधा दिने अपेक्षा गरिएको छ। तर बारम्बारको ढिलाइले बजारमा केही अन्योलता सिर्जना भएको छ।

      NEPSE TRADING

      ·

      16 Apr, 2026

    • एनआईसी एशिया लघुवित्तको नाफामा उछाल, तर वितरणयोग्य नाफा ऋणात्मक—एनपीएल बढ्दा जोखिम संकेत
      Investor

      2 min read

      एनआईसी एशिया लघुवित्तको नाफामा उछाल, तर वितरणयोग्य नाफा ऋणात्मक—एनपीएल बढ्दा जोखिम संकेत

      एनआईसी एशिया लघुवित्तको नाफामा उछाल, तर वितरणयोग्य नाफा ऋणात्मक—एनपीएल बढ्दा जोखिम संकेत काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLBSL) ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको सञ्चालन आम्दानी र नाफामा उल्लेखनीय सुधार देखिए पनि वितरणयोग्य नाफा भने ऋणात्मक बनेको छ, जसले संस्थाको वित्तीय स्वास्थ्यमा मिश्रित संकेत देखाएको छ ।

      NEPSE TRADING

      ·

      16 Apr, 2026

    • युनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, ७% बोनस शेयर प्रस्तावित
      Top

      1 min read

      युनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, ७% बोनस शेयर प्रस्तावित

      युनाइटेड मोदी हाइड्रोपावर (UMHL) को लाभांश सुरक्षित गर्ने आज बैशाख ३ गते अन्तिम दिन रहेको छ, किनकि कम्पनीले बैशाख ४ गते बुकक्लोज गर्दैछ। आजसम्म कायम शेयरधनीहरूले मात्र प्रस्तावित ७% बोनस शेयर र ०.३६८४२% नगद लाभांश प्राप्त गर्न तथा बैशाख २७ गते काठमाडौँमा हुने वार्षिक साधारण सभामा सहभागी हुन पाउनेछन्। सभामा नाम परिवर्तन, हकप्रद शेयर जारी, तथा अन्य महत्वपूर्ण प्रस्तावहरू पनि पारित गरिनेछन्।

      NEPSE TRADING

      ·

      16 Apr, 2026

    • एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड को नाफामा तीव्र वृद्धि, तर लाभांश वितरण सम्भावना न्यून।
      Top

      1 min read

      एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड को नाफामा तीव्र वृद्धि, तर लाभांश वितरण सम्भावना न्यून।

      एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १०.६९ करोड रुपैयाँ खुद नाफा कमाउँदै उल्लेख्य प्रगति गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा अत्यधिक वृद्धि हो। आम्दानी र सञ्चालन मुनाफा पनि उल्लेख्य बढेका छन्। तर वितरणयोग्य मुनाफा ऋणात्मक रहेकाले यस वर्ष पनि लाभांश वितरण नगर्ने सम्भावना देखिएको छ। साथै, खराब कर्जा बढेर १६.५९ प्रतिशत पुगेकाले जोखिम उच्च रहेको छ।

      NEPSE TRADING

      ·

      16 Apr, 2026

    • सोपान फर्मास्यूटिकल्सले सर्वसाधारणका लागि आईपीओ खुला गर्यो, बैशाख ८ सम्म आवेदन दिने अवसर।
      Top

      1 min read

      सोपान फर्मास्यूटिकल्सले सर्वसाधारणका लागि आईपीओ खुला गर्यो, बैशाख ८ सम्म आवेदन दिने अवसर।

      सोपान फर्मास्यूटिकल्स लिमिटेडले बैशाख ३ गतेदेखि सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९०० कित्ता आईपीओ निष्काशन गरेको छ। लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् र आवेदन अवधि बैशाख ८ गतेसम्म रहनेछ (आवश्यक परे बैशाख १७ सम्म लम्बिन सक्ने)। कम्पनीलाई केयरएनपी सिंगल बी रेटिङ्ग दिइएको छ, जसले उच्च जोखिम संकेत गर्दछ।

      NEPSE TRADING

      ·

      16 Apr, 2026