
नेप्से ५७ अंकले उकालो, सूचक २,७७२ विन्दुमा — कारोबार १३ अर्ब नाघ्योNEPSE Jumps 57 Points to 2,772 as Turnover Crosses NPR 13 Billion
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५७.५५ अंकले बढेर २,७७२.१७ विन्दुमा पुगेको छ। यस दिन बजार २ प्रतिशतभन्दा बढीले उकालो लाग्दा कारोबार रकम पनि बढेर १३ अर्ब ७८ करोड रुपैयाँ नाघेको छ। कुल ३३१ कम्पनीका शेयर कारोबार हुँदा ९ कम्पनी सकारात्मक सर्किटमा पुगेका छन्। सबै १३ उपसमूह बढेका छन्, जसमा होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.३५ प्रतिशतले बढेको छ।The NEPSE index surged by 57.55 points on Sunday to close at 2,772.17 points, gaining more than 2 percent. Market turnover also increased, crossing NPR 13.78 billion, with shares of 331 companies traded. Nine stocks hit the positive circuit, and all 13 sectoral indices closed higher, led by the Hotels and Tourism sub-index with a 3.35 percent gain.


















