
कलश स्टक मार्केटद्वारा निःशुल्क प्राविधिक विश्लेषणसम्बन्धी शेयर शिक्षा कार्यक्रम सम्पन्नKalash Stock Market Conducts Free Technical Analysis Training Program
कलश स्टक मार्केटद्वारा निःशुल्क प्राविधिक विश्लेषणसम्बन्धी शेयर शिक्षा कार्यक्रम सम्पन्न बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं. ७४) ले शेयर बजारमा आवद्ध लगानीकर्ताहरूका लागि निःशुल्क प्राविधिक विश्लेषणसम्बन्धी शेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम २०८२ साल पुस ५ गते काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्केटमा आयोजना गरिएको थियो। कार्यक्रममा शेयर बजार विश्लेषक अजित खनाल ले स्रोत व्यक्तिका रूपमा सहभागी लगानीकर्ताहरूलाई शेयर बजारका प्रमुख प्राविधिक पक्षहरूबारे प्रशिक्षण दिएका थिए। तालिममा उल्लेख्य संख्यामा लगानीकर्ताहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।Kalash Stock Market Conducts Free Technical Analysis Training Program Kalash Stock Market Pvt. Ltd. (Broker No. 74), with its head office located in Buddhanagar, successfully conducted a free share education program on technical analysis for stock market investors on Poush 5, 2082. The program was held at Quality Banquet, Buddhanagar, Kathmandu, and saw the participation of a significant number of investors. Renowned share market analyst Ajit Khanal served as the resource person, where he provided in-depth insights into key technical aspects of the stock market and guided participants on market analysis techniques.


















