
होटल तथा पर्यटन क्षेत्रमा नयाँ पाँचतारे कम्पनीको प्रवेश, होटल फरेष्ट इनको आईपीओ खुलाFive-Star Hotel Forest Inn Launches IPO, Strengthening Tourism Sector Presence on NEPSE
होटल तथा पर्यटन क्षेत्रमा नयाँ पाँचतारे कम्पनीको प्रवेश, होटल फरेष्ट इनको आईपीओ खुला नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा होटल तथा पर्यटन क्षेत्रको उपस्थिति थप सुदृढ बनाउँदै अर्को पाँचतारे होटल कम्पनी होटल फरेष्ट इन लिमिटेड ले प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि माघ ४ गतेदेखि आईपीओ खुला गरेको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। उक्त आईपीओ छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत दिन सकिनेछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।Five-Star Hotel Forest Inn Launches IPO, Strengthening Tourism Sector Presence on NEPSE The presence of the hotel and tourism sector on the Nepal Stock Exchange (NEPSE) is set to become stronger with the entry of another five-star hotel company, Hotel Forest Inn Limited, which has launched its Initial Public Offering (IPO). The company has opened the first phase of its IPO exclusively for Nepali citizens working abroad from Magh 4. Hotel Forest Inn Limited has received approval from the Securities Board of Nepal to issue 40 million shares worth NPR 4 billion at a face value of NPR 100 per share. Of the total issued shares, 10 percent (400,000 shares) have been allocated for Nepalis employed in foreign countries.


















