
नेप्सेले तीन म्युचुअल फण्डको इकाईमूल्य समायोजनNEPSE Adjusts Unit Prices of Three Mutual Funds
भदौ ३ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन म्युचुअल फण्डको इकाईमूल्य समायोजन गरेको छ। समायोजनपछि सनराइज फोकस्ड इक्विटी फण्ड (SFEF) को मूल्य ९ रुपैयाँ १ पैसा, सनराइज फर्स्ट म्युचुअल फण्ड (SFMF) को ९ रुपैयाँ ४९ पैसा र लक्ष्मी उन्नती कोष (LUK) को ९ रुपैयाँ ८१ पैसा कायम भएको छ। अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा गरिएको यो समायोजनसँगै दोस्रो बजारमा यी फण्डहरूको कारोबार नयाँ दरमा सुरु भएको छ।On August 19 (Bhadra 3), the Nepal Stock Exchange (NEPSE) adjusted the unit prices of three mutual funds. After revision, Sunrise Focused Equity Fund (SFEF) stands at Rs. 9.01, Sunrise First Mutual Fund (SFMF) at Rs. 9.49, and Laxmi Unnati Kosh (LUK) at Rs. 9.81. The adjustment was based on the previous day’s closing prices, and trading in the secondary market has now opened at these revised levels.


















