
सुनचाँदीको मूल्य नयाँ उच्चमाGold and Silver Prices Reach New High
सुनचाँदीको मूल्य नयाँ उच्चमा आज शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँमा पुगेको छ। यसैगरी, चाँदीले पनि नयाँ रेकर्ड कायम गरेको छ। आज प्रतितोला चाँदीको मूल्य ५५ रुपैयाँले बढेर २ हजार ७४० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य भएको बताइएको छ। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र मागमा आएको वृद्धि नै सुनचाँदीको मूल्य बढ्नुको प्रमुख कारण हो।Gold and Silver Prices Reach New High The prices of gold and silver increased on Friday, setting new records in the domestic market. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of gold, which was traded at Rs. 221,300 per tola on Thursday, rose by Rs. 1,200 today to reach Rs. 222,500 per tola. Similarly, silver also hit a new record high. Its price climbed by Rs. 55 per tola, reaching Rs. 2,740 per tola, the highest level recorded so far.


















