NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 124 / 195Next
    • आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर स्थिर, युरो र पाउण्डमा सामान्य घटबढ
      Investor

      आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर स्थिर, युरो र पाउण्डमा सामान्य घटबढ

      आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर स्थिर, युरो र पाउण्डमा सामान्य घटबढ काठमाडौं, जेठ २७ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको विनिमय दरमा कुनै परिवर्तन देखिएको छैन भने अन्य प्रमुख मुद्राहरूमा सामान्य घटबढ देखिएको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ७१ पैसा र बिक्री दर १३७ रुपैयाँ ३१ पैसा कायम गरिएको छ। यो हिजोकै दर हो।

      NEPSE trading ·9 Jun, 2025·2 min read
    • सान्भी इनर्जीको आईपीओ सोमबार बाँडफाँट हुँदै, १० कित्ता मात्र २ लाख ४१ हजार आवेदकलाई पक्का
      Investor

      सान्भी इनर्जीको आईपीओ सोमबार बाँडफाँट हुँदै, १० कित्ता मात्र २ लाख ४१ हजार आवेदकलाई पक्का

      सान्भी इनर्जीको आईपीओ सोमबार बाँडफाँट हुँदै, १० कित्ता मात्र २ लाख ४१ हजार आवेदकलाई पक्का सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) सोमबार दिउँसो ३ बजे बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार, बाँडफाँट ठमेलस्थित कार्यालयबाट आयोजना गरिनेछ। कम्पनीको आईपीओमा २१ लाख ८ हजार २३२ जना आवेदकले आवेदन दिएका थिए, जसअनुसार २ करोड ५८ लाख ९० हजार ६२० कित्ता शेयरको माग भएको छ। तर, उपलब्ध शेयर सीमित भएकाले केवल २ लाख ४१ हजार ५३० जना आवेदकलाई मात्र १० कित्ता शेयर वितरण हुने निश्चित भएको छ।

      NEPSE trading ·8 Jun, 2025·1 min read
    • हिमालयन रि–इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न, ४.५०% बोनस र नगद लाभांश पारित
      Investor

      हिमालयन रि–इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न, ४.५०% बोनस र नगद लाभांश पारित

      हिमालयन रि–इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न, ४.५०% बोनस र नगद लाभांश पारित हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। सभाबाट कम्पनीका शेयरधनीहरूलाई ४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रु. २,४६,३१,५७८.९५ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ। साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, र वित्तीय विवरणहरू पारित गर्दै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्तावसमेत पारित गरेको छ। कम्पनीले बीमा पुनर्बीमा क्षेत्रमा आफ्नो व्यावसायिक पहुँच विस्तार गरिरहेको उल्लेख गर्दै, वित्तीय सूचकहरूमा सुधार आएको रिपोर्ट सभामा प्रस्तुत गरिएको थियो।

      NEPSE trading ·8 Jun, 2025·<1 min read
    • १० वाणिज्य बैंक : अन्तर्राष्ट्रिय लेखा परीक्षणमा ढिलाइ, आईएमएफको सर्त प्रभावित
      Top

      १० वाणिज्य बैंक : अन्तर्राष्ट्रिय लेखा परीक्षणमा ढिलाइ, आईएमएफको सर्त प्रभावित

      अन्तर्राष्ट्रिय लेखा परीक्षणमा ढिलाइ, आईएमएफको सर्त प्रभावित अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत नेपालले पाउने कर्जाको बाँकी किस्ता प्रभावित हुने अवस्था सिर्जना भएको छ। राष्ट्र बैंकले १० वाणिज्य बैंकहरूको पूर्ण लेखा परीक्षणका लागि अघि बढाएको प्रक्रिया विवादमा फसेपछि लेखा परीक्षण कार्य ढिलाइ हुने निश्चित भएको हो। राष्ट्र बैंकले छनोट गरेको बंगलादेशी लेखा परीक्षण संस्था हाउलादार युनुस एन्ड कम्पनी को विरुद्धमा प्रतिस्पर्धी संस्था मेहेरा–जेकेएसएस–एसएसबीडीआई ज्वाइन्ट भेन्चर ले सर्वोच्च अदालतमा रिट दायर गरेपछि प्रक्रिया रोकिएको छ। न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ।

      NEPSE trading ·8 Jun, 2025·3 min read
    • नासा सेक्युरिटिजले ‘नासा एक्स’ प्रणाली ल्यायो, शेयर कारोबारमा आधुनिकता
      Investor

      नासा सेक्युरिटिजले ‘नासा एक्स’ प्रणाली ल्यायो, शेयर कारोबारमा आधुनिकता

      नासा सेक्युरिटिजले ‘नासा एक्स’ प्रणाली ल्यायो, शेयर कारोबारमा आधुनिकता नेपाली शेयर बजारमा डिजिटल कारोबारलाई अझ सशक्त बनाउन नासा सेक्युरिटिजले नयाँ प्रविधियुक्त कारोबार प्रणाली ‘नासा एक्स’ सार्वजनिक गरेको छ। ब्रोकर नम्बर ५८ अन्तर्गत सञ्चालनमा रहेको नासा सेक्युरिटिजले आइतबार राजधानीको दरबारमार्गस्थित आफ्नो केन्द्रीय कार्यालयबाट यस प्रणालीको औपचारिक सुरुवात गरेको हो। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले उक्त कारोबार प्रणालीको उद्घाटन गरेका थिए। कार्यक्रमको दौरान श्रेष्ठले आधुनिक प्रविधिको प्रयोगमार्फत लगानीकर्तालाई थप सहज र भरपर्दो सेवा दिनु बजारको आवश्यकता भएको उल्लेख गरे।

      NEPSE trading ·8 Jun, 2025·1 min read
    • नेप्से ओरालो, तर हाइड्रो पावर कम्पनीमा चासो बढ्दै — बजार ‘साइडवेज ट्रेन्ड’मा अल्झियो
      Investor

      नेप्से ओरालो, तर हाइड्रो पावर कम्पनीमा चासो बढ्दै — बजार ‘साइडवेज ट्रेन्ड’मा अल्झियो

      नेप्से ओरालो, तर हाइड्रो पावर कम्पनीमा चासो बढ्दै — बजार ‘साइडवेज ट्रेन्ड’मा अल्झियो आइतबार साताको पहिलो कारोबार दिन पनि नेप्से परिसूचक घट्दै ११.०६ अंकले ओरालो लागेको छ। सूचक २,६२९.८९ विन्दुमा पुगेर बन्द भएको हो। यो पछिल्ला केही दिनयता निरन्तर घटिरहेको बजारको क्रमलाई निरन्तरता दिएको अवस्था हो। विश्लेषकहरूका अनुसार समग्र बजार कमजोर देखिए पनि जलविद्युत् समूहमा भने लगानीकर्ताको गतिविधि देखिएको छ। राधी, युनिभर्सल पावर, ङ्यादी ग्रुप र बुटवल पावर जस्ता कम्पनीहरूमा उल्लेख्य कारोबार भएको छ।

      NEPSE trading ·8 Jun, 2025·2 min read
    • टेलिकम भ्रष्टाचार प्रकरणमा एमडी संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा
      Top

      टेलिकम भ्रष्टाचार प्रकरणमा एमडी संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा

      टेलिकम भ्रष्टाचार प्रकरणमा एमडी संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकममा भएको भ्रष्टाचार प्रकरणमा संलग्न भएको ठहर गर्दै प्रबन्ध निर्देशक (एमडी) संगीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आइतबार विशेष अदालतमा दायर गरेको मुद्दामा टेलिकमको बिलिङ प्रणालीको मर्मत–सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा अनियमितता र भ्रष्टाचार भएको उल्लेख गरिएको छ।

      NEPSE trading ·8 Jun, 2025·1 min read
    • डिम्याट खाता ६७ लाख नाघ्यो, तर सक्रिय लगानीकर्ता कम
      Investor

      डिम्याट खाता ६७ लाख नाघ्यो, तर सक्रिय लगानीकर्ता कम

      डिम्याट खाता ६७ लाख नाघ्यो, तर सक्रिय लगानीकर्ता कम काठमाडौं – सेयर बजारमा कारोबार गर्न अनिवार्य गरिएको डिम्याट खाता (हितग्राही खाता) खोल्नेको संख्या ६७ लाख ५२ हजार नाघेको नेपाल धितोपत्र बोर्डको तथ्यांकले देखाएको छ। तर, यति धेरै डिम्याट खाता खुले पनि बजारमा सक्रिय रूपमा कारोबार गर्ने लगानीकर्ताको संख्या भने तुलनात्मक रूपमा निकै कम रहेको पाइएको छ। २०७७ सालको असार मसान्तमा करिब १७ लाख डिम्याट खाता रहेकोमा, त्यसपछिका आर्थिक वर्षहरूमा तीव्र वृद्धि हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म यो संख्या ६७ लाख ५२ हजार ७ सय पुगेको

      NEPSE trading ·8 Jun, 2025·2 min read
    • अर्थ मन्त्रालय र मातहतका निकायमा एक खर्बभन्दा बढी बेरुजू
      Top

      अर्थ मन्त्रालय र मातहतका निकायमा एक खर्बभन्दा बढी बेरुजू

      अर्थ मन्त्रालय र मातहतका निकायमा एक खर्बभन्दा बढी बेरुजू चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म अर्थ मन्त्रालय र त्यसअन्तर्गतका निकायमा जम्मा एक खर्ब ११ अर्ब १८ करोड रुपैयाँ बेरुजू देखिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार मन्त्रालय स्वयम्‌मा मात्र पाँच करोड ३० लाख रुपैयाँ बेरुजू रहेको छ। पारदर्शिता र वित्तीय अनुशासनका लागि चुनौती बनेको यो बेरुजू रकम विभिन्न निकायहरूमा यस प्रकार देखिएको छ:

      NEPSE trading ·8 Jun, 2025·1 min read
    • धितोपत्र बोर्डका कर्मचारी भन्छन् - “संस्थागत सुधार र पारदर्शिता अब अपरिहार्य”
      Investor

      धितोपत्र बोर्डका कर्मचारी भन्छन् - “संस्थागत सुधार र पारदर्शिता अब अपरिहार्य”

      धितोपत्र बोर्डका कर्मचारी भन्छन् : “संस्थागत सुधार र पारदर्शिता अब अपरिहार्य” नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष नारायण पौडेलले आज सम्पन्न ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डको भौतिक संरचना, संस्थागत सुशासन र कार्यसंस्कृतिमा व्यापक सुधारको खाँचो औंल्याएका छन्। पौडेलले संस्थागत कमजोर संरचना र प्रभावकारी नेतृत्वको अभावले गर्दा कर्मचारीहरूमा निराशा बढेको उल्लेख गर्दै अब दीर्घकालीन सुधारका लागि उच्च तहबाट ठोस कदम चालिनुपर्नेमा जोड दिए। उनले पारदर्शिता, निष्पक्षता, समान व्यवहार, र सहकार्यमा आधारित वातावरण स्थापना नगरेसम्म संस्थाको विश्वसनीयता कायम हुन नसक्ने बताएका छन्।

      NEPSE trading ·8 Jun, 2025·1 min read
    • अर्थमन्त्री पौडेलको आग्रह: 'पुँजी बजारमा नयाँ उपकरण ल्याउनुहोस्, इन्साइडर ट्रेडिङ रोक्नुहोस्'
      Investor

      अर्थमन्त्री पौडेलको आग्रह: 'पुँजी बजारमा नयाँ उपकरण ल्याउनुहोस्, इन्साइडर ट्रेडिङ रोक्नुहोस्'

      अर्थमन्त्री पौडेलको आग्रह: 'पुँजी बजारमा नयाँ उपकरण ल्याउनुहोस्, इन्साइडर ट्रेडिङ रोक्नुहोस्' उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पुँजी बजारको विकासका लागि नयाँ उपकरण ल्याउन आग्रह गरेका छन्। आइतबार सम्पन्न बोर्डको ३३औं वार्षिकोत्सव कार्यक्रममा उनले पुँजी बजारमा पारदर्शिता, विश्वसनीयता र लगानीकर्ताको आत्मविश्वास बढाउन आवश्यक कदम चाल्न सुझाव दिएका हुन्। उनले भने, “सेबोनले इन्साइडर ट्रेडिङ, टीका टिप्पणी र अपारदर्शी क्रियाकलापहरू रोक्न सक्नुपर्छ। यिनै कमजोरीहरूलाई नियन्त्रण गरे मात्र पुँजी बजारको दिगो विकास सम्भव हुन्छ।” साथै, उनले सेबोनलाई नीतिगत प्रक्रियाहरूमा पनि पूर्ण पारदर्शिता अपनाउन आग्रह गरे।

      NEPSE trading ·8 Jun, 2025·1 min read
    • स्थानीय बजारमा सुनको मूल्यमा तीन हजारको गिरावट, चाँदी पनि सस्तो
      Trending

      स्थानीय बजारमा सुनको मूल्यमा तीन हजारको गिरावट, चाँदी पनि सस्तो

      स्थानीय बजारमा सुनको मूल्यमा तीन हजारको गिरावट, चाँदी पनि सस्तो नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य ३ हजार रुपैयाँले घटेर १ लाख ९० हजार ७०० रुपैयाँमा कायम भएको छ। शुक्रबारको तुलनामा यो गिरावट ठूलो मानिएको छ। सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज एक तोला चाँदी ५ रुपैयाँले घटेर २ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ।

      NEPSE trading ·8 Jun, 2025·<1 min read
    • इन्फिनिटी लघुवित्तमा ज्ञानीश्वर पन्त प्रमुख कार्यकारी अधिकृत नियुक्त
      Investor

      इन्फिनिटी लघुवित्तमा ज्ञानीश्वर पन्त प्रमुख कार्यकारी अधिकृत नियुक्त

      इन्फिनिटी लघुवित्तमा ज्ञानीश्वर पन्त प्रमुख कार्यकारी अधिकृत नियुक्त इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले श्री ज्ञानीश्वर पन्तलाई प्रमुख कार्यकारी अधिकृत (CEO) मा नियुक्त गरेको छ। २०८२ साल जेठ २४ गते शनिबार बिहान १० बजे बसेको सञ्चालक समितिको ११५औं बैठकको निर्णयअनुसार उनलाई नियुक्त गरिएको हो। पन्तको नियुक्ति २०८२ जेठ २५ गतेदेखि लागू हुने र उनको कार्यकाल चार वर्षको रहने कम्पनीले जनाएको छ। यसअघि उनी संस्थाका नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए। उक्त नियुक्तिसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज लिमिटेड, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, सिडिएस एण्ड क्लियरिङ लिमिटेड र लक्ष्मी सनराइज क्यापिटल लिमिटेड लगायत सरोकारवाला निकायहरूलाई पठाइएको छ। कम्पनीका सचिवको रूपमा श्री ज्ञानीश्वर पन्तले नै उक्त जानकारी सार्वजनिक गरेका हुन्।

      NEPSE trading ·8 Jun, 2025·1 min read
    • माया खोला हाईड्रोपावरको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन
      Investor

      माया खोला हाईड्रोपावरको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

      माया खोला हाईड्रोपावरको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन काठमाडौं, जेठ २५ – माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको सातौं तथा आठौं वार्षिक साधारणसभा जेठ २३ गते, शुक्रबार सम्पन्न भएको छ। उक्त साधारणसभाबाट कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरू निर्वाचित भएका छन्।

      NEPSE trading ·8 Jun, 2025·1 min read
    • सिद्धार्थ बैंकमा कमला बाग्ले स्वतन्त्र सञ्चालक नियुक्त
      Investor

      सिद्धार्थ बैंकमा कमला बाग्ले स्वतन्त्र सञ्चालक नियुक्त

      सिद्धार्थ बैंकमा कमला बाग्ले स्वतन्त्र सञ्चालक नियुक्त सिद्धार्थ बैंक लिमिटेडले श्रीमती कमला बाग्लेलाई स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको २०८२ साल जेठ २३ गते अपरान्ह ३:३० बजे बसेको ४५२औं बैठकले उक्त निर्णय गरेको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, कम्पनी ऐन, २०६३, साथै बैंक तथा वित्तीय संस्थाका सञ्चालकका लागि आवश्यक योग्यता तथा कार्य अनुभवसम्बन्धी विनियमावली, २०७४ र बैंकको आन्तरिक नियमावलीअनुसार कमला बाग्लेलाई चार वर्षको कार्यकालका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको हो। श्रीमती बाग्ले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट २०४२ साल माघ २८ गते जारी नागरिकता प्रमाणपत्र नं. ३६ को आधारमा नियुक्त भएको उल्लेख छ। उक्त नियुक्तिको जानकारी नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) लाई औपचारिक रूपमा पठाइएको छ। सिद्धार्थ बैंकका कम्पनी सचिव ब्रह्मण घिमिरेद्वारा हस्ताक्षरित पत्रमार्फत उक्त सूचना सार्वजनिक गरिएको

      NEPSE trading ·8 Jun, 2025·1 min read
    • समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तको मर्ज प्रक्रिया अघि बढ्यो
      Investor

      समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तको मर्ज प्रक्रिया अघि बढ्यो

      समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तको मर्ज प्रक्रिया अघि बढ्यो समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई पत्र पठाउँदै आफ्नो संस्था र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभ्ने (मर्ज) प्रक्रियाको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको जानकारी गराएको छ। नेपाल राष्ट्र बैंकले २०८२/०२/२२ मा पठाएको पत्रको आधारमा दुवै संस्थाले मर्ज प्रक्रिया अगाडि बढाउने तयारी गरेका हुन्। अबको प्रक्रियामा यथासम्भव दुवै संस्थाको शेयर मूल्यांकन, समायोजन योजना, नयाँ नाम र सञ्जाल निर्धारणको काम अघि बढ्नेछ। यस सूचनालाई नेपाल स्टक एक्सचेञ्जका साथै नेपाल राष्ट्र बैंक, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, ग्लोबल आइएमई क्यापिटल, कम्पनी रजिष्ट्रार कार्यालय लगायतका सरोकारवाला निकायलाई जानकारी गराइएको

      NEPSE trading ·8 Jun, 2025·1 min read
    • नेपालका व्यावसायिक बैंकका CEO हरुको करोडौँ तलब!
      Investor

      नेपालका व्यावसायिक बैंकका CEO हरुको करोडौँ तलब!

      नेपालका व्यावसायिक बैंकका CEO हरुको करोडौँ तलब! नेपालका व्यावसायिक बैंकहरूका प्रमुख कार्यकारी अधिकृत (CEO) हरुको वार्षिक तलब करोडौँ रुपैयाँमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ। तलबको आधारमा सबैभन्दा अगाडि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका CEO गोरखा राणा छन्, जसले वार्षिक ८.५ करोड रुपैयाँ पारिश्रमिक पाउने गरेका छन्। त्यसैगरी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका CEO ज्योति प्रकाश पाण्डे को तलब ४.१२ करोड, प्रभु बैंकका CEO अशोक शेरचन को तलब ३.९४ करोड, र NIC एशिया बैंकका CEO रोशन कुमार न्यौपाने को तलब २.९८ करोड रुपैयाँ रहेको छ। यसैक्रममा, NMB बैंकका CEO सुनिल केसी को तलब २.४१ करोड र नेपाल बैंक लिमिटेडका CEO ज्ञानेन्द्र प्रसाद ढुंगाना को तलब २.३६ करोड रुपैयाँ रहेको छ।

      NEPSE trading ·8 Jun, 2025·1 min read
    • आर्थिक ऐन २०८२/८३ अन्तर्गत सरकारद्वारा कर दरहरू संशोधन
      Top

      आर्थिक ऐन २०८२/८३ अन्तर्गत सरकारद्वारा कर दरहरू संशोधन

      नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को लागि आर्थिक ऐनमार्फत नयाँ कर दरहरु लागू गरेको छ। प्रमुख बुँदाहरू यसप्रकार छन्: १०% दूरसञ्चार सेवा शुल्क मोबाइल, टेलिफोन र इन्टरनेट सेवामा। २% डिजिटल सेवा कर विदेशी सेवा प्रदायकबाट हुने डिजिटल सेवामा (३ लाखसम्म र व्यवसायिक डिजिटल सेवा मा छुट)। १% वैदेशिक रोजगार सेवा कर रोजगार सेवा प्रदायक कम्पनीबाट। १५% देखि २०% फिल्म विकास कर विदेशी चलचित्र र केबिन शोहरूमा। सडक मर्मत कर: पेट्रोलमा लिटरको NPR ४, डिजेलमा NPR २। प्रदूषण नियन्त्रण कर: पेट्रोल तथा डिजेलमा प्रति लिटर Rs. १.५।

      Nepsetrading·7 Jun, 2025·1 min read
    • बजेट २०८२/८३ मा सामान्य कर दरमा व्यापक संशोधन: इन्धन, सुर्ती, शिक्षा र हरित करमा परिवर्तन
      Top

      बजेट २०८२/८३ मा सामान्य कर दरमा व्यापक संशोधन: इन्धन, सुर्ती, शिक्षा र हरित करमा परिवर्तन

      आर्थिक वर्ष २०८२/८३ को बजेटमा नेपाल सरकारले सामान्य कर दरमा महत्वपूर्ण परिवर्तन घोषणा गरेको छ। स्वास्थ्य जोखिम कर अन्तर्गत बिडीमा प्रति सिगरेट ३० पैसा, सिगरेट तथा सिगारमा ६० पैसा, र खैनी, सुर्ती, गुटखा आदिमा प्रति केजी ६० रुपैयाँ कर निर्धारण गरिएको छ। पूर्वाधार विकासका लागि पेट्रोल र डिजेलको आयातमा प्रति लिटर १० रुपैयाँ कर लाग्ने भएको छ। विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूले विदेशी मुद्रा साट्दा अब ३% सेवा शुल्क तिर्नुपर्नेछ। पर्यावरणीय सन्तुलनका लागि हरित कर लागू गरिएको छ जसअन्तर्गत कोइला, पेट्रोलियम पदार्थ र अन्य तेलमा प्रति किलो वा लिटर ०.५ देखि १ रुपैयाँ कर लाग्नेछ। क्यासिनोहरूले पनि अब उच्च रोयल्टी तिर्नुपर्नेछ — सामान्य क्यासिनोले वार्षिक ५ करोड र मेसिन चल्ने क्यासिनोले १.५ करोड रुपैयाँ तिर्नुपर्नेछ।

      Nepsetrading·7 Jun, 2025·2 min read
    • नेपाल सरकारको आ.व. २०८२/८३ (२०२५/२६) को बजेटका प्रमुख बुँदाहरू
      Top

      नेपाल सरकारको आ.व. २०८२/८३ (२०२५/२६) को बजेटका प्रमुख बुँदाहरू

      थप रूपमा, खाद्यान्नमा अग्रिम कर हटाउने, भूमि बैंक विस्तार गर्ने, सहकारी निक्षेप सुरक्षा, दुरुपयोग भएको कोषको फिर्ता व्यवस्था, निर्यात उद्योगलाई बन्डेड गोदाम सुविधा र उद्योगसम्बन्धी सेवाहरूलाई एकद्वार प्रणालीबाट प्रविधिमैत्री बनाउने योजना पनि बजेटमा समावेश छन्।

      Nepsetrading·7 Jun, 2025·5 min read