
रिलायन्स स्पिनिङ मिल्सको आईपीओसम्बन्धी मुद्दामा सर्वोच्चको चासोSupreme Court Seeks High Court Verdict in Reliance Spinning Mills IPO Case
रिलायन्स स्पिनिङ मिल्सको आईपीओसम्बन्धी मुद्दामा सर्वोच्चको चासो आम सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उच्च अदालत पाटनको फैसला झिकाउन आदेश दिएको छ। खगेन्द्रराज कँडेलले अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्डलगायतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चले यसअघि उच्च अदालतले कम्पनीको पक्षमा गरेको फैसलासहितको मिसिल माग गरेको हो। आईपीओ प्रक्रियामा त्रुटि भएको दाबी गर्दै केही लगानीकर्ताले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए। त्यहाँबाट कम्पनीको पक्षमा फैसला भएपछि असन्तुष्ट लगानीकर्ताहरू सर्वोच्च अदालत पुगेका हुन्।Supreme Court Seeks High Court Verdict in Reliance Spinning Mills IPO Case The Supreme Court has ordered the retrieval of the Patan High Court’s verdict in a case related to the IPO of Reliance Spinning Mills Limited, which is preparing to issue shares to the general public. The order was issued in response to a writ petition filed by Khagendra Raj Kandel against the Ministry of Finance, the Securities Board of Nepal, and other concerned bodies. Investors had earlier approached the Patan High Court alleging irregularities in the company’s IPO process. After the High Court ruled in favor of Reliance Spinning Mills, dissatisfied investors moved the Supreme Court seeking further review.


















