
कामना सेवा विकास बैंक : १५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय Kamana Sewa Development Bank Announces Dividend, What About Other Development Banks?
कामना सेवा विकास बैंक : १५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय राष्ट्रियस्तरका विकास बैंकमध्ये कामना सेवा विकास बैंकले पहिलोपटक गत आर्थिक वर्ष (२०८१/८२) को लाभांश घोषणा गरेको छ। बैंकले १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकको सञ्चालक समितिको बैठकले आइतबार यस प्रस्ताव पारित गरेको हो। गत वर्ष १२ प्रतिशत लाभांश वितरण गरेको कामना सेवाले यस वर्ष वितरण दर बढाएको छ। प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको १९औं वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले लाभांश प्राप्त गर्नेछन्। नेपालमा हाल राष्ट्रियस्तरका ८ वटा विकास बैंक सञ्चालनमा रहेका छन्। तीमध्ये ज्योति विकास बैंक मात्र घाटामा रहेकाले लाभांश दिन नसक्ने देखिएको छ। बाँकी ७ वटा विकास बैंकहरूले भने वितरणयोग्य नाफा भएका कारण यस वर्ष लाभांश दिने क्षमता बनाएका छन्।Kamana Sewa Development Bank Announces Dividend, What About Other Development Banks? Among the national-level development banks, Kamana Sewa Development Bank has become the first to announce dividend distribution for the last fiscal year (2081/82 BS). The bank decided to distribute a total dividend of 15.7895%, which includes 10% bonus shares and 5.7895% cash dividend (including tax). The decision was approved at the bank’s board meeting held on Sunday. Last year, the bank had distributed 12% dividend, but this year it has increased the rate. Shareholders will receive the dividend once it is approved by Nepal Rastra Bank and endorsed by the bank’s upcoming 19th Annual General Meeting (AGM). Currently, there are eight national-level development banks in operation. Among them, only Jyoti Development Bank is in loss and unable to distribute dividends. The remaining seven banks, however, have distributable profits and are in a position to announce dividends this year.


















