
बुङ्गल हाइड्रोको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक श्रमिकलाई लक्षितBungal Hydropower IPO Opens Today for Locals and Migrant Workers
बुङ्गल हाइड्रो लिमिटेडले आज असार २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले ८३ करोड रुपैयाँ जारी पुँजीको ३५% अर्थात् २९ लाख ५ हजार कित्ता शेयर निष्कासन गर्दैछ। जसमध्ये १०% अर्थात् ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। यसमध्ये ६५% अत्यधिक प्रभावित क्षेत्र बुङ्गल नपा-६ र साविक पिपलकोट तथा कफल्सेरी गाविसका बासिन्दालाई र बाँकी ३५% बुङ्गल नपा-१, २, ३, ४, ५, ८, ९, १०, ११ का बासिन्दालाई बाँडफाँट गरिनेछ। Bungal Hydropower Limited has opened its Initial Public Offering (IPO) from today, Ashad 29, targeting project-affected locals and Nepali citizens working abroad. The company is issuing 29,05,000 shares, equivalent to 35% of its total issued capital of Rs. 830 million. Out of this, 830,824 shares (10%) are allocated for residents of the project-affected areas. Among them, 65% will be distributed to residents of Bungal Municipality Ward-6 (former Pipalakot and Kaflaseri VDCs), while the remaining 35% will go to residents of Wards 1, 2, 3, 4, 5, 8, 9, 10, and 11 of Bungal Municipality.


















