
नेप्से परिसूचकमा ‘ड्रागनफ्लाई डोजी’, २०० डे मुभिङ एभरेजमा बलियो टेस्ट — लगानीकर्तामा सम्भावित रिभर्सलको संकेतNEPSE Forms ‘Dragonfly Doji’, Successfully Tests 200-Day Moving Average — Signs of Reversal Amid Correction Phase
नेप्से परिसूचकमा ‘ड्रागनफ्लाई डोजी’, २०० डे मुभिङ एभरेजमा बलियो टेस्ट — लगानीकर्तामा सम्भावित रिभर्सलको संकेत लगातार छ दिनसम्म उकालो लागेको नेप्से परिसूचक सोमबार र मंगलबार लगातार दुई दिन घटेको छ। सोमबार नेप्से २२.३५ अंकले घट्दा मंगलबार भने ०.१४ अंकको सामान्य गिरावटसहित २६८३.८६ विन्दुमा आइपुग्यो। बजारमा देखिएको यो करेक्सन छोटो अवधिमा मुनाफा सुरक्षित गर्न थालेका लगानीकर्ताको कदमको परिणामका रूपमा व्याख्या गरिएको छ। दुई दिनको करेक्सनसँगै बजार कारोबार रकममा समेत उल्लेख्य गिरावट देखिएको छ। सोमबार ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार घटेर ६ अर्ब ५७ करोड रुपैयाँमा सीमित रह्यो। मंगलबार ५६ हजार २७६ पटकको कारोबारमार्फत ३०४ वटा स्टकका १ करोड ५० लाख कित्ता शेयर किनबेच भए।NEPSE Forms ‘Dragonfly Doji’, Successfully Tests 200-Day Moving Average — Signs of Reversal Amid Correction Phase After six consecutive bullish sessions, the NEPSE index declined for the second straight day on Monday and Tuesday. On Monday, the index dropped by 22.35 points, followed by a minor 0.14-point decline on Tuesday, closing at 2,683.86 points. The correction is attributed to short-term investors securing profits.


















