
सुनको भाउ एकैदिन तोलामा १,९०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालोGold Price Drops by Rs. 1,900 Per Tola in a Single Day, Silver Price Also Declines
सुनको भाउ एकैदिन तोलामा १,९०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो सुनको भाउ आज एकैदिन तोलामा एक हजार नौ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवnसायी महासङ्घका अनुसार सुनको मूल्य घटेर आज तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। गएको बिहीबार हालसम्मकै उच्च एक लाख ८० हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ शुक्रबार तीन हजार नौ सय रुपैयाँले घटेर एक लाख ७६ हजार चार सय रुपैयाँमा झरेको थियो। यस्तै, चाँदीको भाउ पनि आज घटेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य ७० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको भाउ तोलाको एक हजार आठ सय ७० रुपैयाँ रहेको थियो।Gold Price Drops by Rs. 1,900 Per Tola in a Single Day, Silver Price Also Declines The price of gold has decreased by Rs. 1,900 per tola in a single day today. According to the Nepal Gold and Silver Dealers’ Association, gold is being traded at Rs. 174,500 per tola after the decline. On Thursday, the gold price had reached an all-time high of Rs. 180,300 per tola, but it dropped by Rs. 3,900 on Friday, settling at Rs. 176,400 per tola.


















