
सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब : बैंकमा थन्क्याउन छाडेर ऊर्जामा लगानी गर्ने तयारीSocial Security Fund Tops Rs 111 Billion, Plans to Shift Money from Bank Deposits into Energy
कोषको आकार र दायित्व दुवै बढ्दो छ । हालसम्म २३ हजार ४७६ रोजगारदाता र २९ लाख ५८ हजार ४२९ योगदानकर्ता कोषमा सूचीकृत भइसकेका छन् भने विभिन्न शीर्षकमा २० अर्ब ४५ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी भइसकेको छ । त्यसमध्ये सबैभन्दा ठूलो हिस्सा अवकाश योजनाअन्तर्गतको १६ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाअन्तर्गत ३ अर्ब २३ करोड, आश्रित परिवार सुरक्षाअन्तर्गत ३४ करोड ९५ लाख र दुर्घटना तथा अशक्तता सुरक्षाअन्तर्गत २८ करोड ४४ लाख रुपैयाँ भुक्तानी भएको छ । आगामी आर्थिक वर्षको बजेटले विभिन्न सरकारी कोषमा थुप्रिएको रकमलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने नीति अघि सारेको सन्दर्भमा सामाजिक सुरक्षा कोषले पनि आफ्नो लगानी रणनीति पुनःसंरचना गर्न थालेको हो ।Both the fund's size and its obligations are growing. A total of 23,476 employers and 2,958,429 contributors have enrolled so far, and the fund has paid out more than Rs 20.45 billion in claims under various headings. The largest share — over Rs 16.58 billion — has gone to the retirement scheme, followed by Rs 3.23 billion under medical, health and maternity protection, Rs 349.5 million under dependent family protection and Rs 284.4 million under accident and disability protection. The move comes as the budget for the coming fiscal year adopts a policy of mobilizing money sitting in various government funds toward productive sectors — a context in which the Social Security Fund, too, has begun restructuring its investment strategy.










