Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
6 Oct, 2026
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्बन्धी सूचनाGurans Laghubitta Bittiya Sanstha Limited: 11th Annual General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on October 6, 2026

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड

कर्पोरेट कार्यालय बुढीगंगा-१, पुष्पलालचौक, मोरङ

एघारौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०८३/०६/२०)

यस गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको मिति २०८३/०६/१९ अपरान्ह ५ बजे बसेको संचालक समितिको १६९ औं बैठकको निर्णयानुसार यस वित्तीय संस्थाको एघारौं वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा देहायका विषयहरुमा छलफल तथा निर्णय गर्न बस्ने भएकोले कम्पनी ऐन २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुलाई जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ।

वार्षिक साधारण सभा हुने मिति, समय र स्थान :

मिति : २०८३/०७/१० गते मंगलबार (तदानुसार अक्टुबर २७, २०२६)

समय : बिहान ९ : ०० बजे ।

स्थान : हिले कान्जिरोवा मकालु होटल, धनकुटा नगरपालिका वडा नं. १, हिले धनकुटा ।

छलफलका विषयहरु :

(क) साधारण प्रस्तावहरु :

(१) संचालक समितिको तर्फबाट अध्यक्षले पेस गर्नुहुने आ.व.२०८२/८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ असार मसान्तको वासलात, आ.व. २०८२/८३ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरण तथा सम्बन्धित लेखा टिप्पणीहरु छलफल गरी पारित गर्ने ।

(३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

(४) संचालक समितिले सिफारिस गरे बमोजिम आ.व. २०८२/८३ को वितरणयोग्य मुनाफाबाट हालको चुक्ता पूँजीको ०.५ प्रतिशतले हुने रकम रु. ६,६१,७९०/२७ (अक्षरेपी रु.छ लाख एकसठ्ठी हजार सात सय नब्बे र पैसा सत्ताइस मात्र) नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने ।

(ख) विशेष प्रस्तावहरु :

(१) संचालक समितिबाट सिफारिस भए बमोजिम आ.व. २०८२/८३ सम्मको वितरणयोग्य मुनाफाबाट हालको चुक्ता पूँजी रु.१३,२३,५८,०५३/७५ (अक्षरेपी रु. तेह्र करोड तेइस लाख अन्ठाउन्न हजार त्रिपन्न र पैसा पचहत्तर मात्र) को ९.५ प्रतिशतले हुने रकम रु. १,२५,७४,०१५/११ (अक्षरेपी रु.एक करोड पच्चिस लाख चौहत्तर हजार पन्ध्र र पैसा एघार मात्र) बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने ।

(२) प्रस्तावित बोनश शेयर बराबर संख्याको जारी तथा चुक्ता पूँजी वृद्धि गर्न संस्थाको प्रबन्धपत्रको दफा ६(ख) र ६(ग) मा संशोधन गर्ने प्रस्ताव पारित गर्ने ।

(३) संचालकहरुको दैनिक तथा भ्रमण भत्ता वृद्धि गर्ने सम्बन्धी संस्थाको नियमावलीको नियम १२.(१)(ग) मा संशोधन गर्ने प्रस्ताव पारित गर्ने ।

(४) उपरोक्त विशेष प्रस्ताव उपर नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप प्रचलित कानुनको अधिनमा रही संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन वा परिमार्जन वा समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने ।

(ग) विविध :

एघारौं वार्षिक साधारण सभा सम्बन्धी थप जानकारी :

(१) एघारौं वार्षिक साधारण सभा प्रयोजनको लागि मिति २०८३/०६/२८ गते कम्पनीको शेयर दाखिल खारेज बन्द गरिनेछ । साथै, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३/०६/२७ गतेसम्म नियमानुसार कारोबार भई प्रचलित कानुन बमोजिम शेयर नामसारी भएका शेयरधनीहरु मात्र साधारण सभामा भाग लिन योग्य रहनेछन् ।

(२) सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरुले, शेयर हितग्राही (डिम्याट) खाता नम्बर र आफ्नो परिचय खुल्ने फोटो सहितको आधिकारिक परिचय पत्र अनिवार्य रुपमा साथमा लिई आउनु पर्नेछ ।

(३) सभामा भाग लिने प्रत्येक शेयरधनी महानुभावले सभाको दिन सभा हुने स्थानमा उपस्थित भई त्यहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नु पर्नेछ । हाजिरी पुस्तिका सभा हुने दिन बिहान ८:०० बजे देखि खुल्ला रहनेछ ।

(४) सभामा भाग लिनको लागि आफ्नो प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले आफ्नो सम्पूर्ण शेयरको एउटै प्रतिनिधि हुने गरी प्रचलित कानुन बमोजिम प्रतिनिधिपत्र (प्रोक्सी फाराम) भरी सभा हुनु भन्दा कम्तीमा ४८ घण्टा अगाडि अर्थात मिति २०८३/०७/०८ का दिन बिहान ९:०० बजेभित्र यस वित्तीय संस्थाको कर्पोरेट कार्यालय बुढीगंगा-१, मोरङमा दर्ता गरिसक्नु पर्नेछ ।

(५) सभामा भाग लिनको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसकेपछि प्रतिनिधि फेरबदल गर्न चाहेमा यस अघि दिएको प्रतिनिधि बदर गरी यो प्रतिनिधिलाई मान्यता दिइयोस् भन्ने छुट्टै पत्र सहित प्रोक्सी फाराम सभा सुरु हुनु भन्दा कम्तीमा २४ घण्टा अगाडि अर्थात मिति २०८३/०७/०९ का दिन बिहान ९:०० बजेभित्र यस वित्तीय संस्थाको कर्पोरेट कार्यालय बुढीगंगा-१, मोरङमा दर्ता गराएको अवस्थामा अघिल्लो प्रतिनिधिलाई स्वतः बदर भएको मानी पछिल्लो प्रतिनिधि (प्रोक्सी) लाई मान्यता दिइनेछ । प्रतिनिधि नियुक्त गरिसकेको शेयरधनी आफै सभामा उपस्थित भई हाजिरी पुस्तिकामा दस्तखत गरेमा निजले दिएको प्रतिनिधि स्वतः बदर हुनेछ ।

(६) नावालक शेयरधनीहरुको तर्फबाट यस कम्पनीको शेयर लगत किताबमा संरक्षकको रुपमा नाम दर्ता भएका व्यक्तिले सभामा भाग लिन वा प्रतिनिधि नियुक्त गर्न सक्नेछन् ।

(७) संगठित संस्था शेयरधनी भएमा त्यस्ती संगठित संस्थाको तर्फबाट साधारण सभामा उपस्थित हुनको लागि प्रचलित कानुन बमोजिम मनोनित व्यक्तिले शेयरधनी संस्थाको आधिकारिक पत्र पेस गर्नु पर्नेछ ।

(८) छलफलका विषयसूची मध्ये विविध शीर्षक अन्तर्गत छलफल गर्न इच्छुक शेयरधनी महानुभावहरुले सभा हुनु भन्दा ७ दिन अगावै छलफलको विषय कम्पनी सचिव मार्फत संचालक समितिको अध्यक्षलाई लिखित जानकारी दिनुपर्नेछ । प्राप्त विषय संचालक समितिको अध्यक्षलाई उचित लागेमा मात्र छलफलको लागि समावेश गरिनेछ ।

(९) शेयरधनी महानुभावहरुको जानकारीको लागि वार्षिक प्रतिवेदन संस्थाको वेवसाइटमा राखिनेछ ।

(१०) थप जानकारीको लागि संस्थाको कर्पोरेट कार्यालय बुढीगंगा-१, मोरङको टोल फ्रि नं. १८१०५००००४९ वा मोवाइल नं. ९८०२९३१३७५ मा सम्पर्क राख्नुहुन समेत अनुरोध गर्दछौं ।

संचालक समितिको आज्ञाले,

कम्पनी सचिव

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको आ.व. २०८२/८३ को संक्षिप्त आर्थिक विवरण (कम्पनी ऐन २०६३ को दफा ८४(४) प्रयोजनको लागि प्रकाशित विवरण)

(संक्षिप्त आर्थिक विवरण संस्थाको वार्षिक वित्तीय विवरण र संचालक समितिको प्रतिवेदनको संक्षिप्त विवरणको रुपमा रहेको छ ।)

शेयरधनी महानुभावहरु,

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभाको प्रयोजनार्थ आ.व.२०८२/८३ को संस्थाको वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत संस्थाको समग्र कारोबारको संक्षिप्त वार्षिक आर्थिक विवरण निम्नानुसार रहेको जानकारी गराउँदछौं ।

क) विगत तथा समीक्षा वर्षको कम्पनीको कारोबारको सिंहावलोकन

१. वासलात अन्तर्गतका मुख्य शीर्षकहरु (रकम रु. हजारमा)

क्र.सं. विवरण समीक्षा आ.व. २०८२/८३ गत आ.व. २०८१/८२ वृद्धि/कमी
१. शेयर पूँजी रु.१३,२३,५८११,५८,५०१,६५,०८
२. जगेडा कोष रु.५,७८,९४४,३९,८२१,३९,१२
३. संचित मुनाफा३,१०,७७२,५१,३४५९,४३
४. तिर्न बाँकी कर्जा सापट रु.१,३८,२५,००१,३०,२५,०८७,९९,९२
५. निक्षेप दायित्व रु.६३,८२,९३४५,५५,७०१८,२७,२३
६. कर्जा सापट रु.२,२१,७१,८८१,९३,६२,९६२८,०८,९२

नोट : संचित मुनाफामा रहेको रु.३ करोड १० लाख ७७ हजार मध्ये हालको चुक्ता पूँजीको ९.५ प्रतिशतले हुने रकम बोनस शेयर र ०.५ प्रतिशतले हुने रकम नगद लाभांश (कर प्रयोजनार्थ) शेयरधनीहरुलाई वितरण गर्न अनुमोदनको लागि एघारौं वार्षिक साधारण सभामा प्रस्ताव गरिएको छ ।

२. नाफा नोक्सान अन्तर्गतका मुख्य शीर्षकहरु : (रकम रु. हजारमा)

क्र.सं. विवरण समीक्षा आ.व. २०८२/८३ गत आ.व. २०८१/८२ वृद्धि/कमी
१. व्याज आम्दानी३०,८०,०३२८,७७,१९२,०२,८४
२. कमिसन तथा अन्य आम्दानी१,८५,३७२,४४,९४-५९,५७
३. व्याज खर्च१२,३०,२९१३,०८,०८-७७,७९
४. कर्मचारी तथा अन्य संचालन खर्च११,४१,७२१०,६०,८४८०,८८
५. इम्पेरिमेन्ट चार्ज३,४८,४७१,३९,०४२,०९,४३
६. आयकर व्यवस्था१,६३,४६१,८७,८५-२४,३९
७. खुद मुनाफा३,८१,४५४,२६,३२-४४,८७

ख) लेखापरीक्षकको मन्तव्य :

बाह्य लेखापरीक्षक वि.पि.एसोसिएटस् चार्टर्ड एकाउन्टेन्टस्बाट वित्तीय संस्थाको आ.व. २०८२/८३ को लेखापरीक्षण गरी वासलात, नाफा-नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा लेखाका सर्वमान्य सिद्धान्त अनुरुप यथार्थपरक रहेको राय सहितको प्रतिवेदन यस वित्तीय संस्थामा प्राप्त भएको छ ।

Gurans Laghubitta Bittiya Sanstha Limited

Corporate Office: Budhiganga-1, Pushpalal Chowk, Morang

Notice Regarding the 11th Annual General Meeting

(First Date of Publication: 2083/06/20)

As per the decision of the 169th meeting of the Board of Directors of Gurans Laghubitta Bittiya Sanstha Limited held on 2083/06/19 at 5:00 PM, the 11th Annual General Meeting of this financial institution will be held on the following date, time, and venue to discuss and decide on the matters listed below. This notice is published for the information and attendance of all shareholder members in accordance with Section 67 of the Companies Act, 2063.

Date, Time, and Venue of the Annual General Meeting:

Date: Tuesday, 2083/07/10 (corresponding to October 27, 2026)

Time: 9:00 AM

Venue: Hile Kanjirova Makalu Hotel, Dhankuta Municipality Ward No. 1, Hile, Dhankuta.

Agenda for Discussion:

(A) Ordinary Resolutions:

(1) To discuss and approve the Annual Report of FY 2082/83 presented by the Chairman on behalf of the Board of Directors.

(2) To discuss and approve the Balance Sheet as of Ashad end 2083, Profit and Loss Account, and Cash Flow Statement for FY 2082/83 along with the Auditor's Report and related financial notes.

(3) To appoint the Auditor for the fiscal year 2083/84 pursuant to Section 111 of the Companies Act, 2063 and to determine their remuneration.

(4) To approve the proposal recommended by the Board of Directors to distribute cash dividend (for tax purposes) of 0.5% of the current paid-up capital amounting to Rs. 6,61,790/27 (in words, Rupees Six Lakh Sixty-One Thousand Seven Hundred Ninety and Paisa Twenty-Seven only) from the distributable profit of FY 2082/83.

(B) Special Resolutions:

(1) To approve the proposal recommended by the Board of Directors to issue bonus shares of 9.5% of the current paid-up capital of Rs. 13,23,58,053/75 (in words, Rupees Thirteen Crore Twenty-Three Lakh Fifty-Eight Thousand Fifty-Three and Paisa Seventy-Five only) amounting to Rs. 1,25,74,015/11 (in words, Rupees One Crore Twenty-Five Lakh Seventy-Four Thousand Fifteen and Paisa Eleven only) from the distributable profit up to FY 2082/83.

(2) To approve the proposal to amend Clauses 6(b) and 6(c) of the Memorandum of Association of the institution to increase the authorized and paid-up capital by the amount of the proposed bonus shares.

(3) To approve the proposal to amend Rule 12.(1)(c) of the Articles of Association of the institution regarding the increase of daily and travel allowances of directors.

(4) To authorize the Board of Directors to make necessary amendments, modifications, or adjustments to the Memorandum and Articles of Association of the institution in accordance with prevailing laws if any regulatory authority suggests or directs changes to the above special resolutions.

(C) Miscellaneous:

Additional Information Regarding the 11th Annual General Meeting:

(1) For the purpose of the 11th Annual General Meeting, the share registration book of the company will remain closed on 2083/06/28. Only shareholders whose shares have been transferred in accordance with prevailing laws and traded on Nepal Stock Exchange Limited until 2083/06/27 will be eligible to participate in the Annual General Meeting.

(2) Shareholders wishing to participate in the meeting must bring their Demat account number and an official photo identity card showing their identity.

(3) Every shareholder participating in the meeting must sign the attendance register available at the meeting venue on the day of the meeting. The attendance register will remain open from 8:00 AM on the day of the meeting.

(4) Shareholders who wish to appoint a proxy to attend the meeting must fill out the proxy form in accordance with prevailing laws, ensuring a single proxy for all their shares, and register it at the Corporate Office of this financial institution in Budhiganga-1, Morang at least 48 hours before the meeting, i.e., by 9:00 AM on 2083/07/08.

(5) If a shareholder wishes to change the proxy after appointing one, they must submit a separate letter stating that the previous proxy is cancelled and this new proxy is recognized, along with the proxy form, at least 24 hours before the meeting, i.e., by 9:00 AM on 2083/07/09, at the Corporate Office of this financial institution in Budhiganga-1, Morang. In such case, the previous proxy will be automatically cancelled and the latest proxy will be recognized. If the shareholder who appointed a proxy attends the meeting in person and signs the attendance register, the proxy given by them will be automatically cancelled.

(6) In the case of minor shareholders, the person registered as the guardian in the share register of the company may participate in the meeting or appoint a proxy.

(7) In the case of corporate shareholders, the person nominated in accordance with prevailing laws to attend the Annual General Meeting on behalf of such corporate entity must present the official letter of the shareholder institution.

(8) Shareholders wishing to discuss matters under the 'Miscellaneous' agenda must submit written information to the Chairman of the Board of Directors through the Company Secretary at least 7 days prior to the meeting. The received topics will be included for discussion only if deemed appropriate by the Chairman of the Board of Directors.

(9) For the information of shareholders, the Annual Report will be placed on the website of the institution.

(10) For further information, please contact the Corporate Office of the institution in Budhiganga-1, Morang at Toll-Free No. 18105000049 or Mobile No. 9802931375.

By Order of the Board of Directors,

Company Secretary

Condensed Financial Statements of Gurans Laghubitta Bittiya Sanstha Limited for FY 2082/83 (Published for the purpose of Section 84(4) of the Companies Act, 2063)

(This condensed financial statement is a summary of the annual financial statements of the institution and the report of the Board of Directors.)

Dear Shareholders,

For the purpose of the 11th Annual General Meeting of Gurans Laghubitta Bittiya Sanstha Limited, we hereby present the condensed annual financial statements of the overall business of the institution, including the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement for FY 2082/83 as follows.

A) Overview of the Company's Business in the Past and Review Year

1. Major Heads under Balance Sheet (Amount in Rs. Thousands)

S.N. Particulars Review FY 2082/83 Previous FY 2081/82 Increase/Decrease
1. Share Capital Rs.13,23,5811,58,501,65,08
2. Reserve Fund Rs.5,78,944,39,821,39,12
3. Retained Earnings3,10,772,51,3459,43
4. Borrowings Rs.1,38,25,001,30,25,087,99,92
5. Deposit Liabilities Rs.63,82,9345,55,7018,27,23
6. Loans and Advances Rs.2,21,71,881,93,62,9628,08,92

Note: Out of Rs. 3 Crore 10 Lakh 77 Thousand in retained earnings, a proposal has been made in the 11th Annual General Meeting for approval to distribute bonus shares of 9.5% of the current paid-up capital and cash dividend (for tax purposes) of 0.5% to the shareholders.

2. Major Heads under Profit and Loss Account: (Amount in Rs. Thousands)

S.N. Particulars Review FY 2082/83 Previous FY 2081/82 Increase/Decrease
1. Interest Income30,80,0328,77,192,02,84
2. Commission and Other Income1,85,372,44,94-59,57
3. Interest Expense12,30,2913,08,08-77,79
4. Employee and Other Operating Expenses11,41,7210,60,8480,88
5. Impairment Charge3,48,471,39,042,09,43
6. Income Tax Provision1,63,461,87,85-24,39
7. Net Profit3,81,454,26,32-44,87

B) Auditor's Opinion:

The external auditor V.P. Associates, Chartered Accountants, has audited the financial statements of the institution for FY 2082/83 and has issued a report stating that the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement for the same period, along with other financial statements, present a true and fair view in accordance with the directives issued by Nepal Rastra Bank and generally accepted accounting principles.

Advertisement