NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Economy News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 23 / 49Next
    • बैंकिङ प्रणालीमा थपिएको तरलता संकट: कर्जा प्रवाहको सुस्तता, निक्षेपमा नयाँ रेकर्ड
      Investor

      बैंकिङ प्रणालीमा थपिएको तरलता संकट: कर्जा प्रवाहको सुस्तता, निक्षेपमा नयाँ रेकर्डLiquidity Surplus Worsens in Nepal’s Banking Sector as Credit Demand Remains Weak

      बैंकिङ प्रणालीमा थपिएको तरलता संकट: कर्जा प्रवाहको सुस्तता र विकास ऋणपत्रको तयारी गत आर्थिक वर्षको मध्यदेखि सुरु भएको अधिक तरलताको संकट अहिले नेपाली बैंकिङ क्षेत्रकै प्रमुख चुनौती बनेको छ। मागको कमी, आर्थिक शिथिलता र लगानीयोग्य क्षेत्रमा कर्जाको न्यून मागका कारण बैंकहरूमा भारी मात्रामा रकम थुप्रिएको छ। बैंकहरूले कर्जा प्रवाह गर्न नसक्दा राष्ट्र बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्नसमेत हम्मेहम्मे परेको छ।Liquidity Surplus Worsens in Nepal’s Banking Sector as Credit Demand Remains Weak Since mid of the last fiscal year, excess liquidity has emerged as a critical issue in Nepal’s banking sector. With declining credit demand and a slowdown in business activities, banks are struggling to disburse loans, leading to a pile-up of idle funds. As a result, Nepal Rastra Bank (NRB) is facing increasing difficulty managing monetary operations and maintaining the interest rate corridor.

      NEPSE trading ·26 May, 2025·3 min read
    • शेयर लगानीकर्तालाई राहत : धितो कर्जाको जोखिम भार घटायो राष्ट्र बैंकले
      Investor

      शेयर लगानीकर्तालाई राहत : धितो कर्जाको जोखिम भार घटायो राष्ट्र बैंकलेRelief for Share Investors: Nepal Rastra Bank Reduces Risk Weight on Share-Backed Loans

      शेयर लगानीकर्तालाई राहत : धितो कर्जाको जोखिम भार घटायो राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ, जसले शेयर बजारमा लगानीकर्ताका लागि राहतको संकेत दिएको छ। समीक्षामा विशेषगरी शेयर धितो कर्जासम्बन्धी जोखिम भार घटाइएको छ। अबदेखि शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिएको छ। यस नीतिगत परिवर्तनले बैंकहरूलाई शेयर धितो कर्जा प्रवाह गर्न सहज बनाउने अनुमान गरिएको छ। जोखिम भार कम भएपछि बैंकहरूको पूँजीमा पर्ने भार घट्नेछ, जसले गर्दा उनीहरू थप कर्जा प्रवाह गर्न सक्षम हुनेछन्। शेयर लगानीकर्ताको दृष्टिकोणले हेर्दा यो निर्णयले बजारमा सकारात्मक प्रभाव पार्नेछ। यसले बजारमा तरलता थप बढाउने र सेयर मूल्यहरूमा उत्साहजनक वृद्धि गराउने अपेक्षा गरिएको छ। नेपाल राष्ट्र बैंकको यो निर्णयलाई विश्लेषकहरूले बजारलाई बलियो बनाउने रणनीतिक कदमका रूपमा व्याख्या गरेका छन्। शेयर बजारमा पछिल्ला केही महिना देखिएको संकोचपूर्ण अवस्था परिवर्तन हुने सम्भावना देखिएको छ। यो नीतिगत निर्णय लागू भएसँगै सेयर लगानीकर्तामाझ आशा र आत्मविश्वास बढ्ने अपेक्षा गरिएको छ।Relief for Share Investors: Nepal Rastra Bank Reduces Risk Weight on Share-Backed Loans Nepal Rastra Bank (NRB) has released the third quarterly review of the Monetary Policy for the fiscal year 2081/82, bringing positive news for the capital market. In a move likely to please share investors, the central bank has reduced the risk weight on share-backed (margin) loans from 125% to 100%. This policy revision is expected to ease the flow of margin lending by commercial banks. With a lower risk weight, banks will have reduced capital requirements for such loans, enabling them to lend more aggressively against share collateral. Market analysts suggest that this change will inject more liquidity into the stock market and potentially boost investor sentiment. The reduction in risk weight is seen as a strategic step by the central bank to strengthen the market, especially during a time when the stock market has been witnessing sluggish momentum. Investors and financial institutions alike are hopeful that this move will lead to increased activity and confidence in Nepal’s capital market in the coming weeks.

      NEPSE trading ·25 May, 2025·1 min read
    • गभर्नर पौडेलले डा. गुणाकर भट्टलाई गभर्नरको कार्यालयमा ल्याए : राजीनामा अस्वीकृत
      Investor

      गभर्नर पौडेलले डा. गुणाकर भट्टलाई गभर्नरको कार्यालयमा ल्याए : राजीनामा अस्वीकृत Governor Paudel Appoints Dr. Gunakar Bhatta to Governor's Office: Rejected Resignation Revived

      गभर्नर पौडेलले डा. गुणाकर भट्टलाई गभर्नरको कार्यालयमा ल्याए : राजीनामा अस्वीकृत नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले गभर्नरको कार्यालयमा महत्वपूर्ण पुनःसरुवाको थालनी गरेका छन्। सो क्रममा उनले डा. गुणाकर भट्टलाई आर्थिक अनुसन्धान विभागबाट गभर्नरको कार्यालयमा ल्याएका हुन्। राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यका अनुसार, राष्ट्रिय योजना आयोगमा काजमा सरुवा भएका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठको अवकाशपश्चात उक्त स्थान रिक्त बनेको थियो। त्यसै स्थानमा डा. भट्टलाई सरुवा गरिएको हो। अब उनले गभर्नरको कार्यालयको नेतृत्व सम्हाल्नेछन्। डा. भट्ट स्वयं गभर्नर पदको एक प्रमुख आकांक्षी थिए। उनले गत वैशाखमा गभर्नर बन्ने आशामा कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। तर तत्कालीन कामु गभर्नर एवं गभर्नरको दौडमा रहेकी डेपुटी गभर्नर नीलम ढुंगानाले उनको राजीनामा स्वीकृत नगरेपछि उनी प्रतिस्पर्धाबाट बाहिरिएका थिए। गभर्नर बन्ने सम्भावना समाप्त भएपछि उनी अमेरिका प्रस्थान गरेका थिए। गभर्नर पौडेलले पदभार सम्हाल्नासाथ संगठनभित्रको रणनीतिक पुनःसंरचना सुरु गरेको संकेत यही निर्णयबाट देखिएको छ।Governor Paudel Appoints Dr. Gunakar Bhatta to Governor's Office: Rejected Resignation Revived Newly appointed Governor of Nepal Rastra Bank, Dr. Vishwanath Paudel, has initiated a major internal reshuffle by transferring Dr. Gunakar Bhatta from the Economic Research Department to lead the Governor’s Office. According to Dr. Bhagwat Acharya, Assistant Information Officer at the central bank, the position became vacant after the retirement of Executive Director Prakash Shrestha, who had been seconded to the National Planning Commission. Dr. Bhatta has now been appointed to take over the leadership role in the Governor's Office.

      NEPSE trading ·25 May, 2025·1 min read
    • मौद्रिक नीति तेस्रो त्रैमासिक समिक्षा : राष्ट्र बैंकको व्यवस्थापन समिति बैठक आज बस्दै
      Top

      मौद्रिक नीति तेस्रो त्रैमासिक समिक्षा : राष्ट्र बैंकको व्यवस्थापन समिति बैठक आज बस्दैNRB Management Committee Meeting Today for Third Quarter Monetary Policy Review

      मौद्रिक नीति तेस्रो त्रैमासिक समिक्षा : राष्ट्र बैंकको व्यवस्थापन समिति बैठक आज बस्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा तयारीका लागि आज आइतबार व्यवस्थापन समितिको बैठक बोलाएको छ। बैठक दिउँसो ३ बजे गभर्नर डा. विश्वनाथ पौडेलको अध्यक्षतामा बस्न लागेको हो। बैठकमा दुबै डेपुटी गभर्नर र कार्यकारी निर्देशकमध्येबाट गभर्नरले तोकेको सिनियर अधिकारी सदस्यसचिवको भूमिकामा रहने व्यवस्था छ। कार्यकारी निर्देशकमध्ये पहिलो वरियतामा रहेका अधिकारीलाई व्यवस्थापन समितिको जिम्मेवारी दिइने परिपाटी रहेको छ। मौद्रिक नीति तर्जुमा कार्यविधिअनुसार प्रत्येक त्रैमासिक समिक्षा त्रैमासको समाप्तिपछि ४५ दिनभित्र सम्पन्न गर्नुपर्ने प्रावधान छ। यही व्यवस्था अनुसार समिक्षा तयारी गर्न बैठक बस्न लागिएको हो। गभर्नर पौडेलले आफ्नो कार्यकालको प्रारम्भदेखि नै नियमनभन्दा पनि सुपरीवेक्षणमा विशेष ध्यान दिने बताएका छन्। त्यसैले यसपटकको समिक्षामा ठूला नीतिगत परिवर्तनको अपेक्षा नगरी बजारलाई सकारात्मक सन्देश दिने खालको समिक्षा आउने अनुमान गरिएको छ। नयाँ गभर्नरको नेतृत्वमा पहिलोपटक हुने त्रैमासिक समिक्षा भएकाले यसले गभर्नरको नीति दिशा कतातिर जाने हो भन्ने कुरामा महत्वपूर्ण संकेत दिने बताइँदैछ। त्यसैले मौद्रिक नीति समिक्षालाई यसपटक चासोपूर्वक हेरिएको छ।NRB Management Committee Meeting Today for Third Quarter Monetary Policy Review Kathmandu, May 25 – Nepal Rastra Bank (NRB) has scheduled a management committee meeting today (Sunday) at 3 PM to discuss the third quarterly review of the monetary policy. The meeting will be chaired by the newly appointed Governor Dr. Bishwanath Paudel. As per the NRB structure, the management committee is chaired by the Governor and includes both Deputy Governors and a senior executive director designated by the Governor as the member-secretary. Typically, the most senior executive director is entrusted with the committee responsibilities. According to the Monetary Policy Formulation Procedure, the quarterly review must be conducted within 45 days of the end of each quarter. Today’s meeting is part of the process to finalize the upcoming review. Governor Paudel has emphasized supervisory functions over regulatory functions since taking office. Therefore, this review is expected to send a positive signal to the market rather than introducing major policy changes. Since this will be the first monetary policy review under the new Governor’s leadership, it is being closely watched. Observers believe it will offer important insights into the direction the Governor intends to take moving forward.

      NEPSE trading ·25 May, 2025·1 min read
    • राष्ट्र बैंकले फेरि ३० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै, तरलता व्यवस्थापनको प्रयास जारी
      Investor

      राष्ट्र बैंकले फेरि ३० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै, तरलता व्यवस्थापनको प्रयास जारीNRB Issues Rs. 30 Billion Deposit Collection Instrument Again to Manage Excess Liquidity

      राष्ट्र बैंकले फेरि ३० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै, तरलता व्यवस्थापनको प्रयास जारीNRB Issues Rs. 30 Billion Deposit Collection Instrument Again to Manage Excess Liquidity Nepal Rastra Bank (NRB) has once again issued a Rs. 30 billion deposit collection instrument for 21 days to absorb excess liquidity from the financial system. This move follows the maturity of Rs. 27.5 billion previously placed in a similar instrument on Baisakh 21. According to NRB, interested banks and financial institutions can participate in the auction process and submit bids by 3 PM today. The repayment date, including principal and interest, is set for Ashad 1 (June 14). The interest rate will be determined through the auction process. Each participant must bid for a minimum of Rs. 1 billion and can demand up to Rs. 5 billion, with allocation based on cutoff rates.

      NEPSE trading ·25 May, 2025·1 min read
    • नेपाली बजारमा सुन प्रतितोला १,४०० रुपैयाँले महँगियो, चाँदीको मूल्य स्थिर
      Top

      नेपाली बजारमा सुन प्रतितोला १,४०० रुपैयाँले महँगियो, चाँदीको मूल्य स्थिरGold Price Soars by NPR 1,400 per Tola in Nepali Market, Silver Remains Stable

      आइतबार (जेठ ११) नेपाली बजारमा सुनको मूल्य प्रतितोला १,४०० रुपैयाँले बढेर १,९१,८०० रुपैयाँ पुगेको छ। शुक्रबारको मूल्य १,९०,४०० रुपैयाँ थियो। चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला २,००५ रुपैयाँ कायम छ।On Sunday (Jestha 11), the price of gold in Nepal rose by NPR 1,400 per tola, reaching NPR 191,800. This is up from Friday’s rate of NPR 190,400. However, silver prices remained stable at NPR 2,005 per tola.

      NEPSE TRADING·25 May, 2025·1 min read
    • १० ठूला बैंकको ऋण पोर्टफोलियो रिभ्यु : IMF को सन्देश र आशंका
      Investor

      १० ठूला बैंकको ऋण पोर्टफोलियो रिभ्यु : IMF को सन्देश र आशंकाNRB Selects Bangladesh’s Howladar Yunus & Co. for Loan Portfolio Review of Nepal’s Top 10 Banks

      १० ठूला बैंकको ऋण पोर्टफोलियो रिभ्यु : IMF को सन्देश र आशंका नेपाल राष्ट्र बैंकले देशका १० ठूला वाणिज्य बैंकको ऋण पोर्टफोलियो (Loan Portfolio) को लेखापरीक्षण गर्न बंगलादेशको अन्तर्राष्ट्रिय लेखा परीक्षण फर्म हाउलादार युनुस एण्ड कम्पनीलाई छनोट गरेको छ। यो प्रक्रिया अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) सँग गरिएको विस्तारित कर्जा सुविधा (ECF) सम्झौताको शर्तअनुसार अघि बढाइएको हो। नेपालले ३९५ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण ऋण सम्झौतामा १० ठूला बैंकको ऋण पोर्टफोलियो तेस्रो पक्षबाट अडिट गराउने प्रतिबद्धता जनाएको थियो। राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले हालै प्राविधिक मूल्यांकनको आधारमा बंगलादेशको हाउलादार युनुस एण्ड कम्पनीलाई उत्कृष्ट ठहर गर्दै अन्तिम रुपमा छनोट गरेको हो। अब उक्त कम्पनीले २५ जेठभित्र वित्तीय प्रस्ताव पेश गर्नुपर्नेछ। यसअघि भारतको केपीएमजी कम्पनीको प्रस्ताव अस्वीकृत भएपछि लेखापरीक्षण प्रक्रिया रोकिएको थियो।NRB Selects Bangladesh’s Howladar Yunus & Co. for Loan Portfolio Review of Nepal’s Top 10 Banks Kathmandu, May 25 – Nepal Rastra Bank (NRB) has resumed the process of conducting a loan portfolio review of the country’s top 10 commercial banks, selecting Howladar Yunus & Co., a renowned auditing firm from Bangladesh, as the external auditor. This move follows Nepal’s commitment made during its Extended Credit Facility (ECF) agreement with the International Monetary Fund (IMF). Under this agreement, the Government of Nepal and NRB had agreed to have an international audit conducted for the top 10 commercial banks with the highest credit exposure.

      NEPSE trading ·25 May, 2025·2 min read
    • सरकारद्वारा एक वर्षभित्र पाँच सार्वजनिक संस्थान खारेज गर्ने निर्णय
      Investor

      सरकारद्वारा एक वर्षभित्र पाँच सार्वजनिक संस्थान खारेज गर्ने निर्णयGovernment to Liquidate Five State-Owned Enterprises Within a Year, Assets to Be Transferred to Nepal Government

      सरकारद्वारा एक वर्षभित्र पाँच सार्वजनिक संस्थान खारेज गर्ने निर्णय सरकारले पूर्ण वा बहुसंख्यक स्वामित्वमा रहेका पाँच सार्वजनिक संस्थानलाई एक वर्षभित्र खारेज गर्ने कार्ययोजना स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट स्वीकृत कार्ययोजनामा ती संस्थानलाई खारेज गरी उनीहरूको सम्पत्ति नेपाल सरकारको नाममा ल्याइने उल्लेख छ। खारेज हुने सार्वजनिक संस्थानहरू यसप्रकार छन्: जनकपुर चुरोट कारखाना बुटवल धागो कारखाना नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल नेपाल ओरियन्ड म्याग्नेसाइट कार्ययोजना अनुसार एक वर्षभित्र सम्पूर्ण प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यी संस्थानहरूलाई विघटन गरेपछि सम्पत्ति तथा दायित्व व्यवस्थापन अर्थ मन्त्रालयमार्फत गरिनेछ भने अनुगमन कार्य प्रधानमन्त्री कार्यालयले गर्ने व्यवस्था गरिएको छ। सरकारको यो कदम अकार्यकारी, घाटामा चलिरहेका वा अर्द्धनिष्क्रिय संस्थानको पुनर्संरचना तथा आर्थिक अनुशासन कायम राख्नेसम्बन्धी नीति अनुरूप भएको बताइएको छ। अबको चरणमा खारेज प्रकृयालाई कानुनी र व्यवस्थापकीय ढाँचामा अगाडि बढाइनेछ।Government to Liquidate Five State-Owned Enterprises Within a Year, Assets to Be Transferred to Nepal Government The Government of Nepal has approved a plan to liquidate five fully or majority state-owned public enterprises within the next one year. The decision was endorsed by the Office of the Prime Minister and Council of Ministers on Monday.

      NEPSE trading ·25 May, 2025·1 min read
    • नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर निर्वाचित
      Investor

      नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर निर्वाचित Engineer Deepak Kunwar Elected President of Nepal Land and Housing Development Association

      नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर निर्वाचित नेपाल जग्गा तथा आवास विकास संघको १८औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट सिडी डेपलपर्स प्रालिका प्रबन्ध निर्देशक इञ्जिनियर दीपक कुँवर संघको नयाँ अध्यक्षमा निर्वाचित भएका छन्। संघमा नयाँ १५ सदस्यीय कार्यसमिति समेत चयन गरिएको छ। संघको अन्य पदाधिकारीमा प्रथम उपाध्यक्षमा पुरुषोत्तम पौडेल, द्वितीय उपाध्यक्षमा सुमितकुमार अग्रवाल, र तृतीय उपाध्यक्षमा रोशन भोयद्यो निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा तुलसीप्रसाद अधिकारी, सचिवमा वरुणकुमार आचार्य, र कोषाध्यक्षमा निश्चलबहादुर श्रेष्ठ चयन भएका छन्। सदस्यहरूमा डेकेन्द्रकुमार श्रेष्ठ, मनोजबहादुर श्रेष्ठ, हरिभक्त श्रेष्ठ, सन्दिप श्रेष्ठ, प्रसित भोयद्यो, सिद्धान्तविक्रम धमला, आभास कुँवर र अरनिको सिंह रहेका छन्। नवनिर्वाचित अध्यक्ष कुँवरले घरजग्गा व्यवसाय थलिँदा मुलुकको समग्र अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै यसलाई चलायमान बनाउन राज्यले समयसापेक्ष कानुनी सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले घरजग्गा व्यवसायलाई "उद्योग" को मान्यता दिनुपर्ने माग समेत राखे।Engineer Deepak Kunwar Elected President of Nepal Land and Housing Development Association Engineer Deepak Kunwar, Managing Director of CD Developers Pvt. Ltd., has been elected as the new President of the Nepal Land and Housing Development Association. The election was held during the association’s 18th Annual General Meeting and election program held last night, where a new 15-member executive committee was elected under his leadership.

      NEPSE trading ·25 May, 2025·2 min read
    • धितोपत्र बोर्ड पुनःसंरचना हुँदै, निजी क्षेत्रको प्रतिनिधित्व हट्ने तयारी
      Investor

      धितोपत्र बोर्ड पुनःसंरचना हुँदै, निजी क्षेत्रको प्रतिनिधित्व हट्ने तयारीRestructuring Nepal’s Securities Board: Private Sector Representatives to Be Removed Within a Year

      धितोपत्र बोर्ड पुनःसंरचना हुँदै, निजी क्षेत्रको प्रतिनिधित्व हट्ने तयारी पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (SEBON) को संरचना परिवर्तन हुँदैछ। सरकारले बोर्डको पुनःसंरचना गर्दै एक वर्षभित्र निजी क्षेत्रका प्रतिनिधिहरू हटाउने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयको नेतृत्वमा गठित समितिले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसअनुसार कार्ययोजना तयार गरेको हो। उक्त आयोगको संयोजक पूर्वसचिव रामेश्वर खनाल थिए। हाल बोर्डमा निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (ICAN) का प्रतिनिधिहरू सदस्य रहेका छन्। तर कार्ययोजनाले यी प्रतिनिधित्व हटाई, यसको सट्टा अर्थ मन्त्रालयका राजस्व सचिव तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरलाई स्थायी प्रतिनिधिका रूपमा बोर्डमा राख्ने प्रस्ताव अघि सारेको छ। साथै, नयाँ संरचनामा बोर्डमा ‘विज्ञ सदस्य’ समावेश गर्ने प्रावधान पनि समावेश गरिएको छ, जसले नीति निर्माणलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। यस पुनःसंरचनाको जिम्मेवारी अर्थ मन्त्रालयले पाएको छ र एक वर्षभित्र कार्यान्वयन गर्ने लक्ष्य लिइएको छ। यस्तै, सरकार नेपाल स्टक एक्सचेञ्ज (NEPSE) को पनि पुनःसंरचना गर्दैछ। यद्यपि, नेप्सेमा निजी क्षेत्रको शेयर स्वामित्व भने यथावत् राख्ने र व्यवस्थापन सुधारमा केन्द्रित हुने रणनीति अपनाइनेछ। यस योजनाबाट सरकारको उद्देश्य पुँजी बजार नियमनलाई थप पारदर्शी, व्यावसायिक र उत्तरदायी बनाउनु रहेको देखिन्छ।Restructuring Nepal’s Securities Board: Private Sector Representatives to Be Removed Within a Year The Government of Nepal is preparing to restructure the Securities Board of Nepal (SEBON), aiming to remove private sector representatives from its board within the next year. This move comes as part of a broader reform plan recommended by the High-Level Economic Reform Recommendation Commission, led by former Secretary Rameshwor Khanal. Currently, SEBON’s board includes representatives from private sector bodies such as the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) and the Institute of Chartered Accountants of Nepal (ICAN). However, under the new plan, these roles will be replaced by permanent seats for the Revenue Secretary of the Ministry of Finance and the Deputy Governor of Nepal Rastra Bank.

      NEPSE trading ·24 May, 2025·1 min read
    • नेपाल राष्ट्र बैंकका गभर्नरसँग धितोपत्र बोर्ड अध्यक्षको शिष्टाचार भेट
      Investor

      नेपाल राष्ट्र बैंकका गभर्नरसँग धितोपत्र बोर्ड अध्यक्षको शिष्टाचार भेटCourtesy Meeting Between SEBON Chair and NRB Governor

      नेपाल राष्ट्र बैंकका गभर्नरसँग धितोपत्र बोर्ड अध्यक्षको शिष्टाचार भेट नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन्। आज सम्पन्न भएको भेटमा अध्यक्ष श्रेष्ठले गभर्नर पौडेललाई बधाई दिंदै उनको कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरे। भेटका क्रममा उनीहरूले मुलुकको वित्तीय प्रणालीलाई अनुशासित र गतिशील बनाउन नियामक निकायहरूबीच समन्वय र सहकार्य अत्यावश्यक हुनेमा जोड दिएका थिए। साथै, राष्ट्रको आर्थिक विकासमा दुवै संस्थाले सहकार्य गर्दै अघि बढ्नुपर्नेमा पनि उनीहरू सहमत देखिए। पुँजी बजारलाई अझ सशक्त र चलायमान बनाउनका लागि लगानीकर्ताहरूले समय–समयमा उठाएका मागहरूको समुचित सम्बोधनका विषयमा समेत छलफल भएको धितोपत्र बोर्डले जनाएको छ।Courtesy Meeting Between SEBON Chair and NRB Governor Santosh Narayan Shrestha, Chairman of the Securities Board of Nepal (SEBON), paid a courtesy visit to the newly appointed Governor of Nepal Rastra Bank, Dr. Vishwanath Paudel. During the meeting held today, Chairman Shrestha congratulated Governor Paudel and extended his best wishes for a successful tenure. In the discussion, both officials emphasized the need for coordination and collaboration among regulatory bodies to ensure a disciplined and dynamic financial system that contributes to national economic development. They also discussed the importance of addressing investor concerns in a timely and appropriate manner to further strengthen and uplift Nepal's capital market.

      NEPSE trading ·23 May, 2025·<1 min read
    • एआई र ब्लकचेनमा केन्द्रित ‘राष्ट्रिय डिजिटल नवप्रवर्तन केन्द्र’ स्थापना हुने
      Investor

      एआई र ब्लकचेनमा केन्द्रित ‘राष्ट्रिय डिजिटल नवप्रवर्तन केन्द्र’ स्थापना हुनेGovernment to Establish National Digital Innovation Center Focused on AI and Blockchain

      एआई र ब्लकचेनमा केन्द्रित ‘राष्ट्रिय डिजिटल नवप्रवर्तन केन्द्र’ स्थापना हुने सरकारले कृत्रिम बुद्धिमत्ता (एआई), ब्लकचेन प्रविधि, डिजिटल पूर्वाधार र साइबर सुरक्षाको प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘राष्ट्रिय डिजिटल नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने तयारी गरेको छ। यो योजना पूर्वअर्थ सचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को सिफारिसअनुसार तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ अन्तर्गत समावेश गरिएको हो। कार्ययोजनाअनुसार केन्द्रको स्थापना एक वर्षभित्र गरिनेछ। यो केन्द्रले डिजिटल प्रविधिको क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै नेपाललाई डिजिटल अर्थतन्त्रतर्फ उन्मुख गराउने रणनीतिक केन्द्रको रूपमा कार्य गर्नेछ।Government to Establish National Digital Innovation Center Focused on AI and Blockchain The Government of Nepal has announced plans to establish a National Digital Innovation Center focused on promoting Artificial Intelligence (AI), Blockchain technology, Digital Infrastructure, and Cybersecurity. This initiative is part of the Economic Reform Implementation Plan 2082, developed in line with the recommendations of the High-Level Economic Reform Commission 2081, chaired by former Finance Secretary Rameshore Khanal.

      NEPSE trading ·23 May, 2025·1 min read
    • बीमा कम्पनीलाई लक्षित गर्दै सरकारले पूर्वाधार बण्ड जारी गर्ने तयारी
      Investor

      बीमा कम्पनीलाई लक्षित गर्दै सरकारले पूर्वाधार बण्ड जारी गर्ने तयारीGovernment to Issue Infrastructure Bonds Targeting Insurance Companies

      बीमा कम्पनीलाई लक्षित गर्दै सरकारले पूर्वाधार बण्ड जारी गर्ने तयारी सरकारले बीमा कम्पनीहरूलाई लक्षित गर्दै सुरक्षित र उच्च प्रतिफल दिने पूर्वाधार बण्ड जारी गर्ने तयारी गरेको छ। यो व्यवस्था रामेश्वर खनालको अध्यक्षतामा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसअनुसार ल्याइएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ मा समावेश गरिएको हो। कार्ययोजनाअनुसार आगामी एक वर्षभित्र बीमा कम्पनीहरूका लागि दीर्घकालीन वित्तीय साधन परिचालन गर्न पूर्वाधार बण्ड जारी गरिनेछ। विशेषगरी लामो समयसम्म निश्चित प्रतिफल दिने पूर्वाधार आयोजनामा लगानी गर्न बीमा कम्पनीलाई अवसर दिने उद्देश्य रहेको छ।Government to Issue Infrastructure Bonds Targeting Insurance Companies The Government of Nepal is set to issue infrastructure bonds targeting insurance companies as part of its Economic Reform Implementation Plan 2082. The plan follows the recommendations made by the High-Level Economic Reform Commission led by former Finance Secretary Rameshore Khanal. According to the plan, the government will issue infrastructure bonds within the next one year aimed at encouraging insurance companies to mobilize long-term financial resources by investing in high-return infrastructure projects.

      NEPSE trading ·23 May, 2025·1 min read
    • छिमेकी मुलुकको ठूलो अर्थतन्त्रसँग लय मिलाउन सके नेपाल बन्न सक्छ : डा. बाबुराम भट्टराई
      Top

      छिमेकी मुलुकको ठूलो अर्थतन्त्रसँग लय मिलाउन सके नेपाल बन्न सक्छ : डा. बाबुराम भट्टराईNepal Can Prosper by Aligning with the Economic Rhythm of Its Neighbors: Dr. Baburam Bhattarai

      छिमेकी मुलुकको ठूलो अर्थतन्त्रसँग लय मिलाउन सके नेपाल बन्न सक्छ : डा. बाबुराम भट्टराई नेसपा (नयाँ शक्ति पार्टी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले छिमेकी देशको ठूलो अर्थतन्त्रसँग लय मिलाएर अघि बढ्न सके मात्रै गरीबी, बेरोजगारीको दुश्चक्रबाट मुक्त हुने सम्भावना रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘अर्थदृष्टिः अल्पविकासको अर्थ राजनीति’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले भने, “नेपालले नयाँ ढंगले विश्वसँग गति मिलाएर अगाडि बढ्न सक्यो भने राम्रो हुन्छ। विशेष गरी छिमेकी देशको ठूलो अर्थतन्त्रसँग सन्तुलन मिलाएर अघि बढ्न सके दुश्चक्रबाट माथि उठ्न सकिन्छ।” डा. भट्टराईले राजनीतिक परिवर्तन त आएको भए पनि बलिया संस्था निर्माणमा नेपाल चुकेको बताए। उनले ब्यूरोक्रेसी, वित्तीय संस्था, राजनीतिक संस्था, र भ्रष्टाचार नियन्त्रण निकायहरूलाई सुधार गरेर बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए।Nepal Can Prosper by Aligning with the Economic Rhythm of Its Neighbors: Dr. Baburam Bhattarai Dr. Baburam Bhattarai, Chairman of Naya Shakti Party and former Prime Minister, stated that Nepal has the potential to break free from the vicious cycle of poverty and unemployment if it aligns its growth strategy with the major economies of neighboring countries. Speaking at the launch event of the book "Arthadrishti: Artharajniti of Underdevelopment" on Friday, Dr. Bhattarai emphasized the need for Nepal to move in sync with the global economy, particularly the powerful economies in its neighborhood.

      NEPSE trading ·23 May, 2025·1 min read
    • सरकारद्वारा पुँजी बजार सुधारसम्बन्धी १२ बुँदे कार्ययोजना सार्वजनिक
      Investor

      सरकारद्वारा पुँजी बजार सुधारसम्बन्धी १२ बुँदे कार्ययोजना सार्वजनिकGovernment Unveils 12-Point Capital Market Reform Plan under Economic Reform Implementation Agenda 2082

      सरकारद्वारा पुँजी बजार सुधारसम्बन्धी १२ बुँदे कार्ययोजना सार्वजनिक काठमाडौं, जेठ १० – सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ सार्वजनिक गर्दै पुँजी बजार सुधारका लागि झण्डै एक दर्जन कार्यक्रमहरू समेटिएको नीति सार्वजनिक गरेको छ। कार्ययोजना उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को सिफारिसअनुसार तयार पारिएको हो।Government Unveils 12-Point Capital Market Reform Plan under Economic Reform Implementation Agenda 2082 The Government of Nepal has released the "Economic Reform Implementation Plan 2082," incorporating nearly a dozen capital market reform programs based on the recommendations of the High-Level Economic Reform Commission 2081, led by Rameshore Khanal.

      NEPSE trading ·23 May, 2025·2 min read
    • बजेट तयारीका कारण अर्थ मन्त्रालय प्रवेशमा कडाइ
      Top

      बजेट तयारीका कारण अर्थ मन्त्रालय प्रवेशमा कडाइFinance Ministry Tightens Entry Amid Final Budget Preparations

      बजेट तयारीका कारण अर्थ मन्त्रालय प्रवेशमा कडाइ आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण अन्तिम चरणमा पुगेसँगै अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ। बजेट तयारीलाई व्यवस्थित र योजनाबद्ध बनाउन मन्त्रालय प्रशासनले यस्तो कदम चालेको हो। अर्थ मन्त्रालयका अनुसार, बजेट निर्माणसम्बन्धी परामर्श र सुझाव लिने कार्य पूरा भइसकेको छ। अब तयारीका कामहरू तीव्र गतिमा अघि बढाइँदैछ। “बजेट निर्माणको अन्तिम चरणमा व्यवधान नआओस् भनेर मन्त्रालयमा प्रवेश व्यवस्थापनलाई कडा बनाइएको हो।” गत वैशाख महिनामा अर्थ मन्त्रालयले सबै सरोकारवालासँग छलफल, परामर्श र सुझाव संकलन गर्न खुला पहुँचको व्यवस्था गरेको थियो। विभिन्न संघसंस्था, विशेषज्ञ र सरोकारवाला निकायहरूसँग छलफल गरिसकेपछि अब बजेटको अन्तिम तयारीमा मन्त्रालय केन्द्रित भएको छ। आगामी जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।Finance Ministry Tightens Entry Amid Final Budget Preparations As the preparation of Nepal’s federal budget for the fiscal year 2082/83 enters its final phase, the Ministry of Finance has imposed stricter access controls to its premises. The move aims to ensure a focused and organized approach to finalizing the national budget. Last month, during the consultation phase, the Ministry had facilitated open access for representatives from various sectors, institutions, and policy experts to gather input and feedback. With those engagements now concluded, the internal budget drafting process has accelerated. Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel is scheduled to present the budget statement for fiscal year 2082/83 before a joint session of the Federal Parliament on Jestha 15 (May 28). The upcoming budget is expected to emphasize productivity, fiscal discipline, and effective public service delivery, according to early signals from ministry officials.

      NEPSE trading ·23 May, 2025·1 min read
    • नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो
      Top

      नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्योGold and Silver Prices Drop in Nepali Market

      जेठ ९ गते, नेपाली बजारमा सुन १,१०० र चाँदी २० रुपैयाँले घटे। सुनको मूल्य १ लाख ९० हजार ४०० र चाँदीको २ हजार ५ रुपैयाँ तोलामा पुगेको छ। मूल्य घट्नुको कारण अन्तर्राष्ट्रिय बजारको उतारचढाव मानिएको छ।On May 23 (Jestha 9), gold and silver prices in Nepal dropped. Hallmark gold fell by NPR 1,100 per tola to NPR 190,400, and silver dropped by NPR 20 per tola to NPR 2,005. The decline reflects fluctuations in the international market.

      NEPSE TRADING·23 May, 2025·1 min read
    • विद्युतीय सवारी आयातमा ४५.९० प्रतिशतको वृद्धि, चीनबाट मात्रै ८२ प्रतिशत
      Top

      विद्युतीय सवारी आयातमा ४५.९० प्रतिशतको वृद्धि, चीनबाट मात्रै ८२ प्रतिशतElectric Vehicle Imports Surge by 45.90% in Nepal, China Accounts for Over 82%

      विद्युतीय सवारी आयातमा ४५.९० प्रतिशतको वृद्धि, चीनबाट मात्रै ८२ प्रतिशत चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा विद्युतीय सवारी (ईभी) को आयात उल्लेखनीय रूपमा बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्म ४२ हजार १ सय २ ओटा ईभी गाडी नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५.९० प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा २८ हजार ८ सय ५६ ओटा ईभी मात्र आयात भएका थिए। यस वर्ष १३ हजार २ सय ४६ ओटा विद्युतीय सवारी थप भित्रिएपछि वातावरणमैत्री सवारीप्रतिको आकर्षण बढ्दै गएको प्रष्ट हुन्छ। यसवर्ष ईभी आयातमा कुल ३३ अर्ब ३२ करोड २१ लाख ६६ हजार रुपैयाँ खर्च भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २७.९२ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको वैशाखसम्म ईभी आयातमा २६ अर्ब ४ करोड रुपैयाँ खर्च गरिएको थियो।Electric Vehicle Imports Surge by 45.90% in Nepal, China Accounts for Over 82% Nepal has witnessed a significant rise in the import of electric vehicles (EVs) during the first ten months of the current fiscal year. According to data released by the Department of Customs, a total of 42,102 EVs were imported between mid-July and mid-May, marking a 45.90% increase compared to the same period last fiscal year, when only 28,856 EVs were brought in. This surge translates into an additional 13,246 EVs entering the country this year, reflecting Nepal’s growing shift towards environment-friendly transportation alternatives. The total spending on EV imports this fiscal year has reached Rs. 33.32 billion, which is 27.92% higher than the Rs. 26.04 billion spent during the same period last year. Likewise, customs revenue from EVs has also seen a sharp rise. The government collected Rs. 17.47 billion in EV-related customs duties this fiscal year, compared to Rs. 10.92 billion last year. This marks a 59.90% increase in revenue, amounting to an additional Rs. 6.54 billion.

      NEPSE trading ·23 May, 2025·2 min read
    • आज कुन देशको मुद्राको मूल्य कति ?
      Investor

      आज कुन देशको मुद्राको मूल्य कति ?Nepal Rastra Bank Publishes Foreign Exchange Rates for Today

      नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्‍यो आज कुन देशको मुद्राको मूल्य कति ? नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिददर १८४ रुपैयाँ २५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०५ पैसा कायम गरिएको छ। स्वीस फ्र्याङ्कको खरिददर १६६ रुपैयाँ १६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८९ पैसा रहेको छ।Nepal Rastra Bank Publishes Foreign Exchange Rates for Today Nepal Rastra Bank (NRB) has released the official foreign exchange rates for Thursday. According to the central bank, the buying rate for one US dollar has been set at NPR 137.31, while the selling rate is NPR 137.91. The Euro is being traded at NPR 155.28 (buying) and NPR 155.96 (selling), while the British Pound Sterling is priced at NPR 184.25 (buying) and NPR 185.05 (selling). The Swiss Franc stands at NPR 166.16 for buying and NPR 166.89 for selling.

      NEPSE trading ·23 May, 2025·1 min read
    • नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा चेतप्रसाद उप्रेती नियुक्त
      Investor

      नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा चेतप्रसाद उप्रेती नियुक्तChet Prasad Upreti Appointed as Chairman of Nepal Clearing House Ltd.

      नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा चेतप्रसाद उप्रेती नियुक्त नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेतप्रसाद उप्रेती नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) को सञ्चालक समितिको अध्यक्ष नियुक्त भएका छन्। उनले बिहीबार एक औपचारिक समारोहमा अध्यक्ष पद र गोपनियताको शपथ लिएका हुन्। यसअघि सो पदमा राष्ट्र बैंककै कार्यकारी निर्देशक विश्रुत थापा थिए। उप्रेतीको राष्ट्र बैंकमा विभिन्न विभागमा २७ वर्षभन्दा बढीको अनुभव रहेको छ। उनी त्रिभुवन विश्वविद्यालयबाट एमबीए डिग्री प्राप्त गरेका छन्। हाल उनी राष्ट्र बैंकको गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकको जिम्मेवारीमा कार्यरत छन्। नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाबाट प्रतिनिधिहरू रहने व्यवस्था छ। एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणाली विकास गर्न राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा स्थापना गरिएको प्रवद्र्धित संस्था हो।Chet Prasad Upreti Appointed as Chairman of Nepal Clearing House Ltd. Chet Prasad Upreti, Executive Director at Nepal Rastra Bank (NRB), has been appointed as the Chairman of the Board of Directors of Nepal Clearing House Limited (NCHL). He officially took the oath of office and secrecy at a formal ceremony held today. Upreti replaces Bishrut Thapa, another Executive Director of NRB, who previously held the position. Upreti brings with him over 27 years of experience working in various departments of the central bank. He holds an MBA degree from Tribhuvan University. Currently, he serves as the Executive Director of the Non-Bank Financial Institution Supervision Department at Nepal Rastra Bank.

      NEPSE trading ·22 May, 2025·1 min read