
अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार: उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलGovernment Ready for Further Intervention to Improve Economy: Deputy Prime Minister and Finance Minister Paudel
अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार: उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप सशक्त हस्तक्षेप गर्न तयार रहेको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनले अर्थतन्त्रको शिथिलता घटाउन सरकारले नीतिगत तथा कार्यगत हस्तक्षेपलाई प्राथमिकता दिने बताएका हुन्। अर्थमन्त्री पौडेलले हालका आर्थिक र वित्तीय सूचकहरूमा सुधार भए पनि आम लगानीकर्ता र उपभोक्ताको मनोबल अझै वृद्धि नभएको भन्दै थप हस्तक्षेप आवश्यक रहेको बताए।Government Ready for Further Intervention to Improve Economy: Deputy Prime Minister and Finance Minister Paudel Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel stated that the government is ready to make stronger interventions to improve the country's economy. Speaking at a program in the capital, he emphasized that the government would prioritize policy and operational interventions to reduce economic sluggishness. Minister Paudel mentioned that although there has been some improvement in current economic and financial indicators, further intervention is necessary as investor and consumer confidence has not yet fully recovered.


















