NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Investor News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 25 / 143Next
    • नागरिक लगानी कोषको नाफा ६.९२ प्रतिशतले वृद्धि, खुद नाफा ६६ करोड नाघ्यो
      Investor

      नागरिक लगानी कोषको नाफा ६.९२ प्रतिशतले वृद्धि, खुद नाफा ६६ करोड नाघ्योCitizen Investment Trust’s Profit Rises by 6.92%, Net Profit Reaches NPR 665.3 Million

      नागरिक लगानी कोषको नाफा ६.९२ प्रतिशतले वृद्धि, खुद नाफा ६६ करोड नाघ्यो नागरिक लगानी कोष (सीआईटी) ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म ६६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कोषको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.९२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कोषले ६२ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो। समीक्षा अवधिमा कोषको कुल आम्दानी १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २.८६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिसम्म कोषको कुल आम्दानी १ अर्ब ३ करोड रुपैयाँ रहेको थियो। यस अवधिमा सेवा शुल्क तथा कमिसन आम्दानीमा वृद्धि भएपछि कोषको नाफामा सुधार आएको देखिएको छ। सेवा शुल्क तथा कमिसन आम्दानी ८१ करोड १ लाख रुपैयाँबाट बढेर ८३ करोड ९४ लाख रुपैयाँ पुगेको छ। तर खुद ब्याज आम्दानी भने १९ करोड ३३ लाख रुपैयाँबाट घटेर १७ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ।Citizen Investment Trust’s Profit Rises by 6.92%, Net Profit Reaches NPR 665.3 Million Citizen Investment Trust (CIT) has recorded a net profit of NPR 665.3 million by the end of the second quarter of the current fiscal year 2082/83. This reflects a 6.92 percent increase compared to the same period of the previous fiscal year, when the Trust had earned NPR 622.2 million. During the review period, the Trust’s total income reached NPR 1.06 billion, marking a 2.86 percent rise from NPR 1.03 billion in the corresponding period last year. The improvement in profit has mainly been driven by growth in service fees and commission income. Such income increased from NPR 810.1 million to NPR 839.4 million. However, net interest income declined from NPR 193.3 million to NPR 173.6 million during the same period.

      NEPSE TRADING·8 Feb, 2026·1 min read
    • अन्तर्राष्ट्रिय प्रभावले बढ्यो सुनचाँदीको मूल्य, सुन पुनः तीन लाख नाघ्यो
      Investor

      अन्तर्राष्ट्रिय प्रभावले बढ्यो सुनचाँदीको मूल्य, सुन पुनः तीन लाख नाघ्योGold and Silver Prices Rise in Nepal, Gold Crosses NPR 300,000 Again

      अन्तर्राष्ट्रिय प्रभावले बढ्यो सुनचाँदीको मूल्य, सुन पुनः तीन लाख नाघ्यो साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँले बढ्दै पुनः तीन लाख रुपैयाँ नाघेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले घटेको थियो। सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी तोलामा ३०० रुपैयाँले वृद्धि भई प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।Gold and Silver Prices Rise in Nepal, Gold Crosses NPR 300,000 Again Gold and silver prices in the Nepali market increased on Sunday, the first trading day of the week, influenced by trends in the international market. Due to the global price surge, the local gold rate rose by NPR 9,500 per tola, crossing the NPR 300,000 mark once again. According to the Nepal Gold and Silver Dealers’ Association, fine gold (hallmarked gold) is being traded at NPR 300,500 per tola on Sunday. On the previous trading day, Friday, gold was traded at NPR 291,000 per tola, after dropping by NPR 4,200. Silver prices also recorded an increase. On Sunday, silver rose by NPR 300 per tola to reach NPR 5,010 per tola, as reported by the association. On Friday, silver was traded at NPR 4,710 per tola.

      NEPSE TRADING·8 Feb, 2026·1 min read
    • वानखेडेमा नेपाल र इंग्ल्याण्डको ऐतिहासिक भिडन्त, सुपर–८ यात्राको निर्णायक खेल
      Investor

      वानखेडेमा नेपाल र इंग्ल्याण्डको ऐतिहासिक भिडन्त, सुपर–८ यात्राको निर्णायक खेलHistoric Clash Between Nepal and England at Wankhede, Super-8 Spot at Stake

      वानखेडेमा नेपाल र इंग्ल्याण्डको ऐतिहासिक भिडन्त, सुपर–८ यात्राको निर्णायक खेल मुम्बईस्थित Wankhede Stadium मा आइतबार समूह ‘सी’ अन्तर्गतको पाँचौं खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोली र इंग्ल्याण्ड क्रिकेट टोली आमनेसामने हुँदैछन्। दिउँसो सवा तीन बजे सुरु हुने यो खेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबीचको पहिलो भेट हुनेछ। प्रतियोगिताको ‘सुपर–८’ चरणमा पुग्न दुवै टोलीका लागि यो खेल जित्दै सुखद सुरुवात गर्नु अत्यन्तै महत्वपूर्ण मानिएको छ। इंग्ल्याण्डको यात्रा र बलियो पक्ष सन् २०२२ को टी–२० विश्वकप जितेपछि इंग्ल्याण्डले केही ठूला प्रतियोगितामा अपेक्षाकृत कमजोर प्रदर्शन गरेको थियो। तर पछिल्लो एक वर्षयता उसले उल्लेखनीय पुनरागमन गर्दै खेलेका ११ खेलमध्ये १० मा जित निकाल्न सफल भएको छ। श्रीलंकाविरुद्ध ३–० को क्लिन स्विपले पनि उसको आत्मविश्वास थप बलियो बनाएको छ।Historic Clash Between Nepal and England at Wankhede, Super-8 Spot at Stake Nepal and England are set to face each other in Group ‘C’ match at the iconic Wankhede Stadium in Mumbai on Sunday afternoon at 3:15 PM. This will be the first-ever T20 International meeting between Nepal national cricket team and the England cricket team. With a place in the Super-8 stage on the line, both teams are eager to begin their campaign with a strong and confident victory.

      NEPSE TRADING·8 Feb, 2026·2 min read
    • भरतपुरमा स्वास्थ्यकर्मीका लागि सेयर बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
      Investor

      भरतपुरमा स्वास्थ्यकर्मीका लागि सेयर बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्नShare Market Interaction Program Held for Health Professionals in Bharatpur

      भरतपुरमा स्वास्थ्यकर्मीका लागि सेयर बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भरतपुर, २४ माघ — NIMB Stock Markets Ltd र NIMB Ace Capital ले संयुक्त रूपमा भरतपुर–१० स्थित हाई फाइभ रेष्टुरेन्टमा स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी सेयर बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्। फागुन ६ गते आयोजित उक्त कार्यक्रममा भरतपुर क्षेत्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सेयर बजारको आधारभूत ज्ञान, लगानीका अवसर, जोखिम व्यवस्थापन, दीर्घकालीन लगानी रणनीति तथा पूँजी बजारका वर्तमान अवस्थाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।Share Market Interaction Program Held for Health Professionals in Bharatpur Bharatpur, Feb 6 — NIMB Stock Markets Ltd and NIMB Ace Capital jointly organized a share market interaction program for health professionals in Bharatpur. The program was held at High Five Restaurant, Bharatpur-10, on Thursday. The event witnessed the active participation of doctors, nurses, and other health workers from various healthcare institutions in the region. The main objective of the program was to enhance financial literacy and provide practical knowledge about the capital market among health professionals. During the program, experts from NIMB Stock Markets Ltd and NIMB Ace Capital shared insights on the fundamentals of the stock market, investment opportunities, risk management, long-term investment strategies, and the current scenario of Nepal’s capital market.

      NEPSE TRADING·7 Feb, 2026·1 min read
    • हकप्रद शेयरमा २० प्रतिशत वित्तीय प्रगतिसम्बन्धी प्रावधान हटाउन इप्पानको माग
      Investor

      हकप्रद शेयरमा २० प्रतिशत वित्तीय प्रगतिसम्बन्धी प्रावधान हटाउन इप्पानको मागIPPAN Calls for Removal of 20 Percent Financial Progress Rule on Rights Share Issuance

      हकप्रद शेयरमा २० प्रतिशत वित्तीय प्रगतिसम्बन्धी प्रावधान हटाउन इप्पानको माग स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (Independent Power Producers' Association, Nepal–इप्पान) ले आयोजना निर्माणका लागि हकप्रद शेयर जारी गर्न कम्तीमा २० प्रतिशत वित्तीय प्रगति पुष्टि हुने कागजात अनिवार्य गर्ने प्रावधान हटाउन माग गरेको छ। यस प्रावधानले लगानी व्यवस्थापन र आयोजना निर्माणमा अवरोध सिर्जना गरिरहेको भन्दै इप्पानले सरकारको ध्यानाकर्षण गराएको हो। मंगलबार इप्पानका बरिष्ठ उपाध्यक्ष Mohan Kumar Dangi को नेतृत्वमा गएको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव Chiranjivi Chataut तथा विद्युत नियमन आयोगका अध्यक्ष Ram Prasad Dhital लाई ज्ञापनपत्र बुझाउँदै उक्त प्रावधान हटाउन आग्रह गरेको हो। इप्पानका अनुसार हाल कायम व्यवस्थाअनुसार कुनै कम्पनीले अर्को आयोजना निर्माणका लागि हकप्रद शेयर जारी गर्न प्रस्तावित आयोजनाको कम्तीमा २० प्रतिशत वित्तीय प्रगति भएको पुष्टि गर्नुपर्ने हुन्छ। तर, स्वपुँजी संकलन नगरी यस्तो प्रगति हासिल गर्न कठिन हुने भएकाले यो व्यवस्था व्यवहारिक नभएको इप्पानको भनाइ छ। विद्युत नियमन आयोगको “विद्युतसम्बन्धी शेयरको सार्वजनिक निष्कासनको पूर्व स्वीकृति तथा नियमन निर्देशिका, २०७८” को दफा ५ अन्तर्गत अनुसूची–३ मा यस्तो प्रावधान उल्लेख गरिएको छ। सोही व्यवस्थाका कारण ऋण सम्झौता तथा वित्तीय व्यवस्थापनमा समस्या देखिँदै आएको इप्पानले जनाएको छ।IPPAN Calls for Removal of 20 Percent Financial Progress Rule on Rights Share Issuance The Independent Power Producers' Association, Nepal (IPPAN) has urged the government to remove the provision requiring hydropower projects to show at least 20 percent financial progress before issuing rights shares for project construction. The association argues that the rule has created major obstacles in raising capital and advancing new projects. On Tuesday, an IPPAN delegation led by Senior Vice President Mohan Kumar Dangi submitted a memorandum to Energy Ministry Secretary Chiranjivi Chataut and Electricity Regulatory Commission Chairperson Ram Prasad Dhital. The delegation stated that the existing provision has made investment management and project development increasingly difficult.

      NEPSE TRADING·4 Feb, 2026·2 min read
    • फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा भारत, जापान र यूएनडिपीको सहयोग
      Investor

      फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा भारत, जापान र यूएनडिपीको सहयोगIndia, Japan, and UNDP to Support Nepal’s Upcoming Parliamentary Elections

      फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा भारत, जापान र यूएनडिपीको सहयोग आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै India, Japan तथा विकास साझेदार संस्था United Nations Development Programme (यूएनडिपी) ले नेपाललाई सहयोग गर्ने भएका छन्। Ministry of Finance, Nepal का अनुसार भारतले सवारी साधन उपलब्ध गराउनेछ भने जापानले आर्थिक सहयोग प्रदान गर्नेछ। यस्तै, यूएनडिपीले निर्वाचन आयोगलाई प्रत्यक्ष प्राविधिक तथा संस्थागत सहयोग गर्ने भएको छ। अर्थ मन्त्रालयका अनुसार गृह मन्त्रालयले सुरुवाती चरणमा निर्वाचन व्यवस्थापनका लागि भारत सरकारसँग ७५० वटा सवारी साधन माग गरेको थियो। तर, आवश्यकता र व्यावहारिकतालाई ध्यानमा राख्दै सो संख्या घटाएर ६५० वटा सवारी साधनको प्रस्ताव भारतसमक्ष पठाइएको हो। मन्त्रालयका अनुसार हालसम्म भारतबाट ५३८ वटा सवारी साधन नेपाल भित्रिसकेका छन्।India, Japan, and UNDP to Support Nepal’s Upcoming Parliamentary Elections Nepal’s upcoming House of Representatives election, scheduled for Falgun 21, will receive logistical, financial, and technical support from India, Japan, and the development partner United Nations Development Programme (UNDP). According to the Ministry of Finance, Nepal, India will provide vehicles for election management, Japan will extend financial assistance, and UNDP will offer direct institutional and technical support to the Election Commission.

      NEPSE TRADING·4 Feb, 2026·2 min read
    • शेयर बजारमा साना तथा मध्यम लगानीकर्ताको सक्रियता बढ्दो, ठूला लगानीकर्ताको पकड अझै बलियो
      Investor

      शेयर बजारमा साना तथा मध्यम लगानीकर्ताको सक्रियता बढ्दो, ठूला लगानीकर्ताको पकड अझै बलियोRising Participation of Small and Mid-Level Investors in Nepal’s Stock Market, Large Investors Still Dominate

      शेयर बजारमा साना तथा मध्यम लगानीकर्ताको सक्रियता बढ्दो, ठूला लगानीकर्ताको पकड अझै बलियो पछिल्लो समय नेपाली शेयर बजारमा साना तथा मध्यम स्तरका लगानीकर्ताहरूको सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनाको तथ्यांकअनुसार २५ लाखदेखि १ करोड रुपैयाँसम्मका शेयर धितो कर्जामा सबैभन्दा बढी वृद्धिदर देखिएको छ। राष्ट्र बैंकका अनुसार ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १२.८ प्रतिशतले, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १०.३ प्रतिशतले र २५ लाख रुपैयाँभन्दा कमको कर्जा ७.९ प्रतिशतले वृद्धि भएको छ। यसले बजारमा साना तथा मध्यम लगानीकर्ताको आकर्षण बढ्दै गएको पुष्टि गर्छ। बजारमा तरलताको सहज उपलब्धता र बैंकहरूको ब्याजदर एकल अंकमा झरेपछि लगानीकर्ताहरूले बैंकमार्फत कर्जा लिएर शेयरमा लगानी गर्ने रणनीतिलाई प्राथमिकता दिन थालेका छन्। यसले कारोबार रकम बढाउन र बजारलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्लेषकहरूको भनाइ छ।Rising Participation of Small and Mid-Level Investors in Nepal’s Stock Market, Large Investors Still Dominate In recent months, Nepal’s stock market has witnessed a notable increase in the participation of small and mid-level investors. According to data published by Nepal Rastra Bank for the first six months of fiscal year 2082/83, share-backed loans ranging from NPR 2.5 million to NPR 10 million have recorded the highest growth rates. The central bank’s statistics show that loans between NPR 5 million and NPR 10 million increased by 12.8 percent, loans between NPR 2.5 million and NPR 5 million rose by 10.3 percent, and loans below NPR 2.5 million grew by 7.9 percent. This trend indicates growing interest and involvement of small and medium investors in the capital market.

      NEPSE TRADING·4 Feb, 2026·2 min read
    • निजी क्षेत्रतर्फ कर्जा विस्तार सुस्त, दोस्रो त्रैमासमा अपेक्षित गति नआएको संकेत
      Investor

      निजी क्षेत्रतर्फ कर्जा विस्तार सुस्त, दोस्रो त्रैमासमा अपेक्षित गति नआएको संकेतPrivate Sector Credit Growth Remains Sluggish in Second Quarter

      निजी क्षेत्रतर्फ कर्जा विस्तार सुस्त, दोस्रो त्रैमासमा अपेक्षित गति नआएको संकेत काठमाडौँ— चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जामा अपेक्षित वृद्धि हुन सकेको छैन। नेपाल राष्ट्र बैंक का अनुसार चालु आवको पुस मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशत अर्थात् १ खर्ब ९७ अर्ब ४७ करोड रुपैयाँले बढेर ५६ खर्ब ९५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा कर्जा विस्तारको गति सुस्त देखिएको हो। कर्जा प्रवाहको संरचना हेर्दा वाणिज्य बैंकहरूको कर्जा ३.७ प्रतिशतले बढेको छ भने विकास बैंकको कर्जा २.९ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.२ प्रतिशतले मात्र वृद्धि भएको छ। यसले बैंकिङ प्रणालीमा तरलता उपलब्ध भए पनि निजी क्षेत्रको कर्जा माग अझै कमजोर रहेको संकेत गर्छ। धितोको आधारमा हेर्दा पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) धितोमा आधारित कर्जाको हिस्सा १५ प्रतिशत पुगेको छ। घरजग्गा धितोमा प्रवाहित कर्जाको हिस्सा ६३.९ प्रतिशत रहेको छ। २०८१ पुस मसान्तमा यस्ता धितोमा आधारित कर्जाको अंश क्रमशः १४.५ प्रतिशत र ६४.९ प्रतिशत रहेको थियो, जसले घरजग्गा धितोमा आधारित कर्जा अझै प्रमुख रूपमा रहेको देखाउँछ।Private Sector Credit Growth Remains Sluggish in Second Quarter Kathmandu — Credit flow from banks and financial institutions to Nepal’s private sector has failed to gain the expected momentum in the second quarter of the current fiscal year, indicating continued weakness in domestic economic activity. According to Nepal Rastra Bank, private sector credit increased by only 3.6 percent by mid-January (Poush-end), equivalent to NPR 197.47 billion, reaching a total of NPR 5,695.17 billion. The data show that credit expansion has remained modest across all categories of banks. By mid-January, lending by commercial banks increased by 3.7 percent, while development banks recorded a 2.9 percent rise and finance companies posted a marginal growth of 1.2 percent. Despite ample liquidity in the banking system, the slow pace of lending suggests that private sector demand for credit remains weak. In terms of collateral structure, loans backed by current assets (both agricultural and non-agricultural goods) accounted for 15 percent of total outstanding credit at mid-January. Loans secured by real estate continued to dominate, comprising 63.9 percent of total credit. A year earlier, these shares stood at 14.5 percent and 64.9 percent respectively, indicating only a marginal shift away from real-estate-backed lending.

      NEPSE TRADING·3 Feb, 2026·2 min read
    • सिनर्जी पावरको १९औँ वार्षिक साधारण सभा सम्पन्न, १०.५२६३ प्रतिशत लाभांश पारित
      Investor

      सिनर्जी पावरको १९औँ वार्षिक साधारण सभा सम्पन्न, १०.५२६३ प्रतिशत लाभांश पारितSynergy Power Completes 19th AGM, Approves Dividend and Elects New Directors

      सिनर्जी पावरको १९औँ वार्षिक साधारण सभा सम्पन्न, १०.५२६३ प्रतिशत लाभांश पारित काठमाडौँ— सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड ले १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको जानकारी दिएको छ। कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराउँदै साधारण सभाबाट लाभांश पारित हुनुका साथै सञ्चालक निर्वाचन पनि सम्पन्न भएको जनाएको हो। कम्पनीका अनुसार सुरुमा २०८२ पुस २८ गतेका लागि बोलाइएको १९औँ वार्षिक साधारण सभा आवश्यक गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो। त्यसपछि २०८२ पुस २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार माघ ८ गते पुनः सभा बोलाइएको भए पनि, सभा सुरु हुनुअघि केही शेयरधनीहरूको अभद्र तथा अमर्यादित गतिविधिका कारण पुनः स्थगित भएको कम्पनीले जनाएको छ।Synergy Power Completes 19th AGM, Approves Dividend and Elects New Directors Kathmandu — Synergy Power Development Limited has successfully concluded its 19th Annual General Meeting (AGM), bringing an end to a prolonged period of uncertainty surrounding the company’s annual disclosures and board election process. The company informed the Nepal Stock Exchange that the meeting approved key financial agenda items, including dividends and the election of directors. According to the company, the AGM process had faced multiple disruptions. The meeting originally scheduled for December 28, 2025 (Poush 28, 2082) was postponed due to the lack of a quorum. A rescheduled meeting on January 8, 2026 (Magh 8, 2082) was again suspended before commencement following what the company described as unruly and inappropriate behavior by a group of shareholders. The AGM was finally convened and completed following a decision taken at the board’s 174th meeting held on January 11, 2026.

      NEPSE TRADING·3 Feb, 2026·2 min read
    • तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण
      Investor

      तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारणCompensation Fixed for Families Affected by Tanahun Hydropower Project

      तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण काठमाडौँ— ऋषिङ गाउँपालिका–१, झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना बाट प्रभावित १० घरपरिवारका लागि मुआब्जा निर्धारण गरिएको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले आयोजना निर्माणका क्रममा लोक्पा, धारापानी, धोक्लाक, बुल्साट र झापुटार क्षेत्रमा पुगेका क्षतिका आधारमा मुआब्जा तोकेको आयोजनाले जनाएको छ। समितिले स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा व्यास नगरपालिका–१४, सोढेमा दमौली–भरतपुर प्रसारण लाइनअन्तर्गत टावरको रिटेनिङ वाल निर्माण गर्दा क्षति पुगेका सुन्तलाका बोटको क्षतिपूर्तिसमेत निर्धारण गरेको छ। यसका साथै जलाशय तथा बफर जोन क्षेत्रमा पर्ने ऐलानी प्रयोगकर्ता तथा अव्यवस्थित बसोबासीले माग गरेको क्षतिपूर्तिको विषयमा पनि समितिले छलफल गरी आवश्यक प्रक्रिया अघि बढाएको आयोजनाले जनाएको छ।Compensation Fixed for Families Affected by Tanahun Hydropower Project Compensation has been determined for 10 households affected by the under-construction 140-megawatt Tanahun Hydropower Project in Rishing Rural Municipality–1, Jhaputar. According to the project, the decision was taken during a recent meeting of the Compensation Determination Committee chaired by the Chief District Officer, based on damages incurred during construction activities in areas including Lokpa, Dharapani, Dhoklak, Bulsat, and Jhaputar. Based on a field inspection report submitted by the committee, compensation has also been fixed for orange trees damaged during the construction of a retaining wall for a transmission tower under the Damauli–Bharatpur transmission line in Byas Municipality–14, Sodhe. In addition, the meeting addressed compensation-related demands raised by informal land users and unmanaged settlers residing within the reservoir and buffer zone areas of the project.

      NEPSE TRADING·3 Feb, 2026·1 min read
    • शिखर पावरको स्थानीयका लागि खुला आईपीओ आवेदन अवधि फागुन ८ गतेसम्म
      Investor

      शिखर पावरको स्थानीयका लागि खुला आईपीओ आवेदन अवधि फागुन ८ गतेसम्मShikhar Power Extends IPO Application Deadline for Project-Affected Locals Until February

      शिखर पावरको स्थानीयका लागि खुला आईपीओ आवेदन अवधि फागुन ८ गतेसम्म काठमाडौँ— शिखर पावर डेभलपमेन्ट लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने अवधि फागुन ८ गतेसम्म लम्ब्याएको छ। कम्पनीका अनुसार तोकिएको अवधिभित्र मागभन्दा बढी आवेदन परेमा भने सेयर बिक्री प्रक्रिया समयअगावै बन्द गर्न सकिनेछ। कम्पनीले कुल ३२ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये ९ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। स्थानीय लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।Shikhar Power Extends IPO Application Deadline for Project-Affected Locals Until February Kathmandu — Shikhar Power Development Limited has extended the application deadline for its initial public offering (IPO) allocated to residents of the project-affected area until February 20 (Falgun 8). The company has stated that if applications exceed the allotted shares, the issue may be closed earlier than the revised deadline. The company has received regulatory approval to issue a total of 3.2 million shares. Out of this, 980,000 shares have been reserved specifically for local residents affected by the project. Eligible applicants can apply for a minimum of 10 shares and a maximum of 10,000 shares under this category. Shikhar Power is currently operating the Bhimkhola Small Hydropower Project with a capacity of 4.96 megawatts. The project is already in commercial operation, making the company an active power producer in Nepal’s hydropower sector rather than a purely construction-stage entity.

      NEPSE TRADING·3 Feb, 2026·1 min read
    • बाह्य सूचक सबल, तर आन्तरिक आर्थिक गति अझै सुस्त
      Investor

      बाह्य सूचक सबल, तर आन्तरिक आर्थिक गति अझै सुस्तExternal Sector Strengthens, but Domestic Economic Momentum Remains Sluggish

      बाह्य सूचक सबल, तर आन्तरिक आर्थिक गति अझै सुस्त काठमाडौँ— नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो छ महिनाको तथ्याङ्कले नेपालको बाह्य आर्थिक अवस्था उल्लेखनीय रूपमा सुदृढ देखिए पनि आन्तरिक आर्थिक गतिविधि भने अझै अपेक्षित गतिमा अघि बढ्न नसकेको संकेत गरेको छ। पछिल्ला वर्षहरूमा देखिएका महँगी, विदेशी मुद्रा अभाव र तरलताका चुनौतीहरू क्रमशः कम हुँदै गए पनि उत्पादन, लगानी र उपभोगको गति भने कमजोर नै देखिएको छ। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहनु, विदेशी विनिमय सञ्चिति उच्च रहनु र विप्रेषण आप्रवाह उल्लेखनीय रूपमा बढ्नु अर्थतन्त्रका सकारात्मक पक्ष हुन्। पछिल्ला वर्षहरूको तुलनामा यो मुद्रास्फीति दर निकै सहज मानिन्छ, जसले उपभोग्य वस्तुमा मूल्य दबाब कम भएको र मौद्रिक व्यवस्थापन प्रभावकारी रहेको संकेत गर्छ।External Sector Strengthens, but Domestic Economic Momentum Remains Sluggish Kathmandu — Data released by Nepal Rastra Bank for the first six months of the current fiscal year presents a mixed picture of Nepal’s economy. While most external sector indicators have strengthened noticeably, internal economic activity continues to lag behind expectations, pointing to an uneven recovery. Low inflation, a strong foreign exchange reserve position, and a sharp rise in remittance inflows have emerged as major positive developments. However, these gains have not yet translated into stronger private sector credit expansion, investment, or consumption. As a result, industrial and commercial activities remain subdued despite improved macroeconomic stability.

      NEPSE TRADING·3 Feb, 2026·3 min read
    • पुसमा मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित, खाद्य मूल्य घट्दा महँगी दबाब न्यून
      Investor

      पुसमा मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित, खाद्य मूल्य घट्दा महँगी दबाब न्यूनInflation Eases to 2.42 Percent in Mid-January, Food Prices Pull Down Overall Cost Pressures

      पुसमा मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित, खाद्य मूल्य घट्दा महँगी दबाब न्यून काठमाडौँ— २०८२ साल पुस महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित भएको छ। नेपाल राष्ट्र बैंक का अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो। पछिल्लो तथ्यांकले मुलुकमा महँगीको दबाब उल्लेखनीय रूपमा कम भएको संकेत गर्दछ। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक रहन पुगेको छ। गत वर्ष यही समूहको मुद्रास्फीति ७.६७ प्रतिशत रहेको थियो। खाद्य मूल्यमा आएको गिरावटले समग्र उपभोक्ता मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। यता गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.८१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ४.१९ प्रतिशतको तुलनामा केही कम हो।Inflation Eases to 2.42 Percent in Mid-January, Food Prices Pull Down Overall Cost Pressures Kathmandu — Nepal’s annual point-to-point consumer inflation stood at 2.42 percent in mid-January (Poush 2082), reflecting a sharp moderation in price pressures compared to the same period last year. According to Nepal Rastra Bank, consumer inflation had reached 5.41 percent in mid-January of the previous year, indicating that overall price stability has improved significantly over the past twelve months. A key driver behind the easing inflation has been the decline in food prices. During the review month, inflation in the food and beverage group turned marginally negative at –0.09 percent, a notable reversal from the 7.67 percent increase recorded a year earlier. This decline suggests improved supply conditions and weaker demand-side pressures in essential commodities. In contrast, non-food and services inflation remained relatively elevated at 3.81 percent, though still lower than the 4.19 percent recorded in the same period last year.

      NEPSE TRADING·3 Feb, 2026·3 min read
    • अमेरिका–भारतबीच नयाँ व्यापार सम्झौता, भन्सार दर २५ प्रतिशतबाट घटेर १८ प्रतिशतमा
      Investor

      अमेरिका–भारतबीच नयाँ व्यापार सम्झौता, भन्सार दर २५ प्रतिशतबाट घटेर १८ प्रतिशतमाNew US–India Trade Deal Lowers Tariffs, Signals Strategic and Economic Realignment

      अमेरिका–भारतबीच नयाँ व्यापार सम्झौता, भन्सार दर २५ प्रतिशतबाट घटेर १८ प्रतिशतमा काठमाडौं— डोनाल्ड ट्रम्प ले भारतसँग नयाँ व्यापार सम्झौता भएको घोषणा गरेका छन्। सम्झौताअनुसार अमेरिकाले भारतबाट आयात हुने वस्तुमा लगाउँदै आएको भन्सार दर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा सीमित गर्नेछ। यस कदमलाई दुवै देशबीचको व्यापार सम्बन्धलाई नयाँ उचाइमा लैजाने महत्वपूर्ण निर्णयका रूपमा हेरिएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जानकारी दिँदै भारतले आफ्ना व्यापारिक अवरोधहरू शून्यमा झार्ने सहमति जनाएको उल्लेख गरेका छन्। साथै, भारतले रुसबाट तेल खरिद रोक्ने प्रतिबद्धता जनाएकाले भारतमाथि लगाइएको अतिरिक्त २५ प्रतिशत ‘पेनाल्टी ट्यारिफ’ पनि हटाइने उनको भनाइ छ। ट्रम्पका अनुसार यसले अमेरिकी उद्योग र रोजगारीलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ।New US–India Trade Deal Lowers Tariffs, Signals Strategic and Economic Realignment Former US President Donald Trump has announced a new trade agreement with India, marking a significant shift in bilateral economic relations between the two countries. Under the agreement, the United States will reduce tariffs on imports from India from 25 percent to 18 percent, easing a long-standing trade burden that had affected key Indian export sectors. Sharing the announcement on the social media platform Truth Social, Trump stated that India has agreed to remove its existing trade barriers and halt the purchase of oil from Russia. As part of this understanding, the additional 25 percent “penalty tariff” previously imposed on India will also be withdrawn. The move is being interpreted as both an economic and geopolitical signal, linking trade concessions with broader strategic commitments.

      NEPSE TRADING·3 Feb, 2026·2 min read
    • विश्व बैंकद्वारा नेपालमा दिगो तथा समावेशी वित्त विस्तारका लागि ९५ मिलियन डलरको परियोजना स्वीकृत
      Investor

      विश्व बैंकद्वारा नेपालमा दिगो तथा समावेशी वित्त विस्तारका लागि ९५ मिलियन डलरको परियोजना स्वीकृतWorld Bank Approves USD 95 Million Project to Expand Sustainable and Inclusive Finance in Nepal

      विश्व बैंकद्वारा नेपालमा दिगो तथा समावेशी वित्त विस्तारका लागि ९५ मिलियन डलरको परियोजना स्वीकृत काठमाडौँ— World Bank को कार्यकारी निर्देशक बोर्डले नेपालमा दिगो तथा समावेशी वित्त विस्तार गर्न ९५ मिलियन अमेरिकी डलर (करिब १२ अर्ब रुपैयाँ) बराबरको सस्टेनेबल एन्ड इन्क्लुसिभ फाइनान्स परियोजना स्वीकृत गरेको छ। परियोजनामार्फत एक लाखभन्दा बढी साना तथा मझौला उद्यम (एसएमई) लाई वित्तीय पहुँच विस्तार गर्दै रोजगारीमुखी आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ। यसले नेपालका निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डिसिजीएफ) लाई सुदृढ बनाउने, जोखिम साझेदारी विस्तार गर्ने र महिला नेतृत्वका व्यवसायसहित सेवा नपुगेका क्षेत्रका लागि नयाँ ग्यारेन्टी उत्पादन सुरु गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका कन्ट्री डिभिजन डाइरेक्टर डेभिड सिस्लेन का अनुसार वित्तीय पहुँच सहज बनाइँदा र लेनदेनका अवरोध घट्दा एमएसएमईहरू क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृंखलामा आबद्ध हुन मद्दत पुग्नेछ। यसबाट रोजगारी सिर्जना र निजी क्षेत्र–आधारित आर्थिक वृद्धि प्रवर्द्धन हुने उनको भनाइ छ।World Bank Approves USD 95 Million Project to Expand Sustainable and Inclusive Finance in Nepal Kathmandu — The World Bank Board of Executive Directors has approved a USD 95 million (approximately NPR 12 billion) project aimed at expanding sustainable and inclusive finance in Nepal. The project seeks to improve access to finance for more than 100,000 small and medium-sized enterprises (SMEs), thereby promoting employment-oriented economic growth. A key focus of the initiative is to strengthen Nepal’s Deposit and Credit Guarantee Fund (DCGF) to support risk-sharing mechanisms, enhance financial sustainability, and introduce new guarantee products for underserved segments, including women-led businesses. According to David Sislen, World Bank Country Division Director for Maldives, Nepal, and Sri Lanka, improved access to finance and reduced transaction barriers will help micro, small, and medium enterprises (MSMEs integrate into regional and global value chains. This, he noted, will contribute to job creation and private sector–led economic growth.

      NEPSE TRADING·3 Feb, 2026·1 min read
    • प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेन्टको हकप्रद सेयर लिलाम बिक्री आजदेखि बन्द हुँदै
      Investor

      प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेन्टको हकप्रद सेयर लिलाम बिक्री आजदेखि बन्द हुँदैPrabhu Steels and Hydro Investment’s Right Share Auction Closes Today

      प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेन्टको हकप्रद सेयर लिलाम बिक्री आजदेखि बन्द हुँदै काठमाडौं । प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले जारी गरेको अवितरित हकप्रद सेयरको लिलाम बिक्री आज माघ २० गते बैंकिङ समयपछि बन्द हुने भएको छ। कम्पनीले २०८२ कात्तिक ०९ गतेदेखि २०८२ मंसिर १५ गतेसम्म १ः१.३४ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो। उक्त अवधिमा अवितरित भई जगेडामा रहेको ४ लाख ३७ हजार ५०० कित्ता हकप्रद सेयर माघ ०६ गतेदेखि न्यूनतम मूल्य प्रतिकित्ता ५५ रुपैयाँमा लिलाम बिक्री खुला गरिएको थियो।Prabhu Steels and Hydro Investment’s Right Share Auction Closes Today Kathmandu — Prabhu Steels and Hydro Investment Company Limited has announced that the auction sale of its unallotted right shares will close today, Magh 20, after banking hours. The company had issued right shares in the ratio of 1:1.34 from Kartik 9 to Mangsir 15, 2082. Following the issuance, a total of 437,500 units of unallotted right shares remained in reserve. To dispose of these shares, the company opened an auction sale from Magh 6, setting a minimum bid price of Rs. 55 per share. According to the company’s notice, the auction will automatically close after banking hours today.

      NEPSE TRADING·3 Feb, 2026·1 min read
    • नाइट क्लबजस्तै सुरक्षा, सेयरधनी बाहिर—सिनर्जी पावरको साधारण सभा ‘हाई–भोल्टेज’ विवादमा
      Investor

      नाइट क्लबजस्तै सुरक्षा, सेयरधनी बाहिर—सिनर्जी पावरको साधारण सभा ‘हाई–भोल्टेज’ विवादमाNightclub-Style Security, Shareholders Locked Out — Synergy Power AGM Erupts Into a “High-Voltage” Controversy

      नाइट क्लबजस्तै सुरक्षा, सेयरधनी बाहिर—सिनर्जी पावरको साधारण सभा ‘हाई–भोल्टेज’ विवादमा काठमाडौं— करिब २०० बाउन्सर, कडा प्रहरी घेरा, सेयरधनीलाई नै धम्की र उम्मेदवारलाई प्रवेश निषेध। सोमबार बौद्धस्थित बौद्ध हेरिटेजमा सम्पन्न सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा कम्पनीको इतिहासमै सबैभन्दा विवादित र सनसनीपूर्ण बनेको छ। बिहान १० बजे सुरु भनिएको सभास्थल बाहिर सेयरधनीहरूको भीड थियो, तर भित्र छिर्ने अनुमति केही सीमित व्यक्तिलाई मात्र। सर्वसाधारण सेयरधनी र सञ्चारकर्मीलाई प्रवेश नदिइँदा सभास्थल नाइट क्लबको सुरक्षा व्यवस्थाजस्तै देखिएको आरोप लगानीकर्ताहरूले लगाएका छन्। “सेयरधनी आफ्नै कम्पनीको सभामा छिर्न नपाउने, तर निजी बाउन्सर र सुरक्षा गार्डको रिंग—यो कस्तो सुशासन?” एक आक्रोशित लगानीकर्ताले प्रश्न गरे।Nightclub-Style Security, Shareholders Locked Out — Synergy Power AGM Erupts Into a “High-Voltage” Controversy Kathmandu — Around 200 bouncers, a heavy police presence, threats against shareholders, and even candidates barred from entry. The Annual General Meeting (AGM) of Synergy Power Development Company, held on Monday at Boudha Heritage, has become one of the most controversial and sensational gatherings in the company’s history. Although the meeting was scheduled to begin at 10 a.m., crowds of shareholders were left waiting outside, while entry inside the hall was restricted to a select few. Investors allege that ordinary shareholders and journalists were denied access, giving the venue the feel of a nightclub under tight security rather than a public corporate meeting. “How can shareholders be barred from their own company’s AGM while private bouncers and security guards form a ring inside? What kind of corporate governance is this?” questioned an angry investor.

      NEPSE TRADING·2 Feb, 2026·1 min read
    • अत्यधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप संकलन, ५२ दिनका लागि रकम तानिँदै
      Investor

      अत्यधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप संकलन, ५२ दिनका लागि रकम तानिँदै Nepal Rastra Bank Moves to Absorb Excess Liquidity, Announces NPR 30 Billion Deposit Collection

      अत्यधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप संकलन, ५२ दिनका लागि रकम तानिँदै काठमाडौं — बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंक ले तरलता व्यवस्थापनका लागि आज ५२ दिनको अवधिका लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत बोलकबोल प्रक्रियाबाट उक्त रकम संकलन गर्न लागेको हो । हाल बैंकिङ प्रणालीमा कर्जा प्रवाह अपेक्षित रूपमा विस्तार हुन नसक्दा निक्षेपको ठूलो हिस्सा निष्क्रिय अवस्थामा थुप्रिएको देखिन्छ । यही अवस्थालाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले छोटो अवधिका लागि बजारबाट तरलता सोस्ने नीति अवलम्बन गरेको हो । पछिल्ला महिनाहरूमा निक्षेप संकलन उपकरणको निरन्तर प्रयोगले प्रणालीमा तरलता अत्यधिक भएको संकेत गरेको केन्द्रीय बैंकको बुझाइ छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आज बुधबार दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलपत्र पेस गर्न सक्नेछन् । निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८२ चैत ११ गते गरिनेछ ।त्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंक ले तरलता व्यवस्थापनका लागि आज ५२ दिनको अवधिका लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत बोलकबोल प्रक्रियाबाट उक्त रकम संकलन गर्न लागेको हो ।Nepal Rastra Bank Moves to Absorb Excess Liquidity, Announces NPR 30 Billion Deposit Collection Kathmandu — With excess liquidity continuing to build up in the banking system, Nepal Rastra Bank has announced plans to absorb NPR 30 billion from the market for a period of 52 days. The central bank will collect the funds through its Deposit Collection Instrument (DCI) using a competitive bidding process, as part of its ongoing liquidity management strategy. The repeated use of deposit collection tools in recent months indicates that liquidity in the banking system has risen beyond optimal levels. As credit growth has failed to expand in line with deposit accumulation, a significant volume of funds has remained idle within banks. To prevent excess liquidity from distorting interest rates and financial stability, the central bank has opted to temporarily withdraw funds from the market.

      NEPSE TRADING·1 Feb, 2026·2 min read
    • नेपाल आयल निगमद्वारा इन्धन मूल्य समायोजन, डिजेलमा ३ रुपैयाँ वृद्धि, एलपी ग्यासको मूल्य यथावत
      Investor

      नेपाल आयल निगमद्वारा इन्धन मूल्य समायोजन, डिजेलमा ३ रुपैयाँ वृद्धि, एलपी ग्यासको मूल्य यथावतNepal Oil Corporation Adjusts Fuel Prices, Raises Diesel by NPR 3 per Liter

      नेपाल आयल निगमद्वारा इन्धन मूल्य समायोजन, डिजेलमा ३ रुपैयाँ वृद्धि, एलपी ग्यासको मूल्य यथावत काठमाडौं — नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट माघ १७, २०८२ मा प्राप्त नयाँ खरिद मूल्यका आधारमा डिजेल, पेट्रोल र एलपी ग्यासको लागत बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै डिजेलमा प्रतिलिटर ३ रुपैयाँ मात्र वृद्धि गरिएको निगमले जनाएको छ । निगमका अनुसार समायोजित मूल्य १ फेब्रुअरी २०२६ (माघ १८, २०८२) को बिहान ००:०१ बजेदेखि लागू हुनेछ । निगमले जनाएको अनुसार आईओसीबाट डिजेलको खरिद मूल्य प्रतिलिटर ४ रुपैयाँ ६६ पैसाले बढेर आए पनि त्यसको पूर्ण भार उपभोक्तामाथि नपार्ने निर्णय गरिएको हो । नयाँ मूल्य संरचनाअनुसार पहिलो वर्गका डिपो क्षेत्रमा डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३६ रुपैयाँ ५० पैसा कायम गरिएको छ । दोस्रो वर्गमा १३८ रुपैयाँ र तेस्रो वर्गमा १३९ रुपैयाँ तोकिएको छ । यसअघि पहिलो, दोस्रो र तेस्रो वर्गमा क्रमशः १३३ रुपैयाँ ५० पैसा, १३५ रुपैयाँ र १३६ रुपैयाँ खुद्रा मूल्य कायम थियो ।Nepal Oil Corporation Adjusts Fuel Prices, Raises Diesel by NPR 3 per Liter Kathmandu — Nepal Oil Corporation has revised the retail prices of petroleum products, increasing the price of diesel by NPR 3 per liter while keeping the prices of petrol and liquefied petroleum gas (LPG) unchanged. The adjustment follows new procurement rates received from Indian Oil Corporation (IOC) on Magh 17, 2082. According to the corporation, although the procurement cost of diesel, petrol, and LPG increased under the latest IOC pricing, the full impact has not been passed on to consumers. Diesel procurement costs rose by NPR 4.66 per liter, but only a partial adjustment was made in consideration of consumer welfare. The revised prices came into effect from 12:01 a.m. on February 1, 2026 (Magh 18, 2082). Under the new rate structure, diesel and kerosene prices in first-category depot areas have been set at NPR 136.50 per liter. In second-category areas, the price has been fixed at NPR 138 per liter, while third-category areas will now pay NPR 139 per liter. Previously, prices in these categories stood at NPR 133.50, NPR 135, and NPR 136 per liter respectively.

      NEPSE TRADING·1 Feb, 2026·2 min read
    • भारतीय वित्तमन्त्री सीतारमण आज नवौं बजेट प्रस्तुत गर्दै, कर छुट र कृषिमा प्राथमिकताको अपेक्षा
      Investor

      भारतीय वित्तमन्त्री सीतारमण आज नवौं बजेट प्रस्तुत गर्दै, कर छुट र कृषिमा प्राथमिकताको अपेक्षाIndia Prepares for Ninth Consecutive Budget Under Sitharaman, Tax Relief and Farm Support in Focus

      भारतीय वित्तमन्त्री सीतारमण आज नवौं बजेट प्रस्तुत गर्दै, कर छुट र कृषिमा प्राथमिकताको अपेक्षा काठमाडौं — भारतकी वित्तमन्त्री निर्मला सीतारमण ले आज लगातार नवौं पटक केन्द्रीय बजेट प्रस्तुत गर्ने भएकी छिन् । उनले नयाँ आर्थिक वर्ष २०२६/२७ का लागि बजेट संसदमा प्रस्तुत गर्न लागेकी हुन् । भारतीय संविधानको धारा ११२ अनुसार सरकारले प्रत्येक आर्थिक वर्ष सुरु हुनुअघि संसदमा केन्द्रीय बजेट पेश गर्नुपर्ने व्यवस्था छ । भारतको आर्थिक वर्ष प्रत्येक वर्ष अप्रिल १ देखि सुरु भई अर्को वर्षको मार्च ३१ मा समाप्त हुन्छ । भारतमा आर्थिक वर्ष सुरु हुनुभन्दा करिब दुई महिना अघि बजेट प्रस्तुत गर्ने प्रचलन रहँदै आएको छ । आज प्रस्तुत हुन लागेको बजेटलाई वर्तमान आर्थिक अवस्था, आगामी आम निर्वाचनको प्रभाव र मध्यम वर्ग तथा किसानमुखी अपेक्षासँग जोडेर हेरिएको छ । गत आर्थिक वर्षमा वित्तमन्त्री सीतारमणले ५० लाख ६५ हजार ३४५ करोड भारतीय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी थिइन् । उक्त बजेटमा ११ लाख २१ हजार ९० करोड रुपैयाँ पूँजीगत खर्चका लागि र ३९ लाख ४५ हजार करोड रुपैयाँ चालू खर्चका लागि विनियोजन गरिएको थियो । यसपटक भने आर्थिक वृद्धिदर कायम राख्न, पूर्वाधार विस्तार र सामाजिक क्षेत्रलाई थप बल दिन अझ ठूलो र वृहत्तर बजेट आउने भारतीय सञ्चारमाध्यमहरूले अनुमान गरेका छन् ।India Prepares for Ninth Consecutive Budget Under Sitharaman, Tax Relief and Farm Support in Focus Kathmandu — India is set to unveil its national budget for the fiscal year 2026/27 today, with Finance Minister Nirmala Sitharaman preparing to present her ninth consecutive budget in Parliament. Under Article 112 of the Indian Constitution, the central government is required to table the annual budget before the start of each fiscal year, outlining its revenue, expenditure, and policy priorities. India follows an April–March fiscal calendar, with the financial year beginning on April 1 and ending on March 31 of the following year. In line with long-standing practice, the budget is presented nearly two months before the new fiscal year begins, allowing time for parliamentary debate and administrative preparation. This year’s budget is being closely watched amid expectations of fiscal consolidation, growth support, and relief measures for key economic groups.

      NEPSE TRADING·1 Feb, 2026·2 min read