
करिब एक खर्ब विकास बजेट रोक्का हुँदा खर्च खुम्चियो, पूर्वाधार आयोजना प्रभावितFreeze on Nearly NPR 100 Billion in Development Spending Begins to Slow Economic Activity
करिब एक खर्ब विकास बजेट रोक्का हुँदा खर्च खुम्चियो, पूर्वाधार आयोजना प्रभावित सरकारले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने नाममा करिब सवा एक खर्ब रुपैयाँ बराबरको विकास बजेट रोक्का गरेपछि त्यसको प्रत्यक्ष असर देखिन थालेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को छ महिना पूरा हुँदासम्म विकास खर्च न्यून रहँदा पूर्वाधार निर्माण र आर्थिक गतिविधि प्रभावित बनेका छन्। गत पुस मसान्तसम्म चालु आवको आधा अवधि पूरा भइसकेको छ। यस अवधिमा अधिकांश विकासे निकायले अर्धवार्षिक समीक्षा गरिरहेका छन्। ती समीक्षामा विकास बजेट खर्च निकै कम भएको तथ्यांक सार्वजनिक हुँदै गएको छ, जसले सरकारको खर्च क्षमतामाथि प्रश्न उठाएको छ। मन्त्रिपरिषद्को गत असोज ४ गतेको निर्णयअनुसार करिब सवा एक खर्ब रुपैयाँ बराबरको विकास बजेट रोक्का गरिएको थियो। त्यसपछि अर्थ मन्त्रालयले विभिन्न मन्त्रालय र निकायलाई १५ बुँदे परिपत्र जारी गर्दै बजेट खर्चमा कडाइ गरेको थियो। परिपत्रपछि केही योजनाको बजेट फुकुवा भए पनि मन्त्रालयहरूले माग गरेअनुसार पर्याप्त रकम फुकुवा हुन सकेको छैन।Freeze on Nearly NPR 100 Billion in Development Spending Begins to Slow Economic Activity The impact of the government’s decision to freeze nearly NPR 100 billion in development expenditure has begun to surface, with capital spending falling sharply midway through the fiscal year. As more than six months of fiscal year 2025/26 have passed, government agencies report significantly low development budget utilization, raising concerns about stalled infrastructure projects and weakening economic momentum.


















