
माबिलुङ इनर्जी लिमिटेडको आईपीओ : साउन २६ गतेदेखि साउन २९ गतेसम्म आवेदन दिन सकिनेMabilung Energy Limited to Open IPO for General Public from Shrawan 26
माबिलुङ इनर्जी लिमिटेडको आईपीओ : साउन २६ गतेदेखि साउन २९ गतेसम्म आवेदन दिन सकिने काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साउन २६ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका १२ लाख ४८ हजार ९०४ कित्ता शेयर निष्काशन गर्न लागेको हो। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट प्राप्त स्वीकृति अनुसार कम्पनीले ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ बराबरको जारी पूँजीमध्ये ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्न पाउने अनुमति प्राप्त गरेको थियो।Mabilung Energy Limited to Open IPO for General Public from Shrawan 26 Kathmandu — Mabilung Energy Limited is set to open its Initial Public Offering (IPO) for the general public starting Shrawan 26. The company is issuing 1,248,904 ordinary shares at a par value of NPR 100 per share. Earlier, the company had already issued and allotted IPO shares to locals of the project-affected areas and to Nepali citizens working abroad. As per the approval received from the Securities Board of Nepal (SEBON), the company was permitted to issue 1,890,530 shares, equivalent to 48.9998% of its total issued capital of NPR 385.824 million. Out of this, 1,248,904 shares are now being issued to the general public.


















