
कामना सेवा बैंकद्वारा पुनर्निर्माण र प्रहरीलाई सहयोगKamana Sewa Bank to Support Reconstruction and Police Operations
कामना सेवा बैंकद्वारा पुनर्निर्माण र प्रहरीलाई सहयोग कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत हालैको ‘जेन-जेड’ आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माण र प्रभावित कार्यालयलाई सहयोग गर्ने घोषणा गरेको छ। बैंकले मोरङ, विराटनगरस्थित भूमिसुधार तथा मालपोत कार्यालयको पुनर्निर्माण गर्ने भएको छ। यस सम्बन्धमा मालपोत अधिकृत अजय राजबंशी र कमन सेवा बैंकका प्रदेश प्रमुख खिमलाल भुषालबीच सम्झौता भएको छ। क्षतिको मूल्यांकन सम्पन्न भएपछि पुनर्निर्माण कार्य सुरु गरिने बैंकले जनाएको छ।Kamana Sewa Bank to Support Reconstruction and Police Operations Kamana Sewa Bikas Bank Limited (KSBBL), under its Corporate Social Responsibility (CSR) program, has announced its support for the reconstruction of structures damaged during the recent Gen-Z protest. The bank will take the lead in reconstructing the Land Reform and Land Revenue Office in Biratnagar, Morang. An agreement to this effect was signed between Land Revenue Officer Ajay Rajbanshi and KSBBL Province Head Khimlal Bhusal. Reconstruction works will begin once the damage assessments are completed, the bank stated.


















