NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 133 / 234Next
    • सिटी होटलको सेयरमूल्य समायोजन, बजार खुल्नेबित्तिकै पोजेटिभ सर्किट
      Investor

      सिटी होटलको सेयरमूल्य समायोजन, बजार खुल्नेबित्तिकै पोजेटिभ सर्किटCity Hotel’s Share Price Adjusted, Hits Positive Circuit Right After Market Opens

      सिटी होटलको सेयरमूल्य समायोजन, बजार खुल्नेबित्तिकै पोजेटिभ सर्किट नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सिटी होटल लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले ८० प्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले सेयरमूल्य ५७८ रुपैयाँ ४२ पैसामा समायोजन गरेको हो। अघिल्लो कारोबार दिन सोमबारको अन्तिम मूल्य ९६१ रुपैयाँ १५ पैसाका आधारमा गरिएको समायोजनपछि आज बजार खुल्नेबित्तिकै कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ। यससँगै दोस्रो बजारमा कारोबार सुरु भएको हो।City Hotel’s Share Price Adjusted, Hits Positive Circuit Right After Market Opens The Nepal Stock Exchange (NEPSE) today adjusted the share price of City Hotel Limited. The adjustment was made after the company closed its books to issue an 80% rights share, setting the new price at Rs. 578.42. Based on the previous trading day’s (Monday) closing price of Rs. 961.15, NEPSE revised the valuation accordingly. Right after the market opened today, City Hotel’s stock hit the positive circuit limit, marking the start of trading in the secondary market at the adjusted price.

      NEPSE TRADING·12 Aug, 2025·<1 min read
    • सुन तोलामा १,३०० र चाँदी १० रुपैयाँले घट्यो
      Latest

      सुन तोलामा १,३०० र चाँदी १० रुपैयाँले घट्योGold Drops by NPR 1,300 Per Tola, Silver Falls by NPR 10

      साउन २७ गते मंगलबार नेपाली बजारमा सुन प्रतितोला १,३०० रुपैयाँले घटेर १ लाख ९६ हजार ८०० रुपैयाँमा पुगेको छ। चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भएको छ। सोमबार सुनको मूल्य १ लाख ९८ हजार १०० रुपैयाँ र चाँदीको मूल्य २ हजार ३१५ रुपैयाँ थियो।On Tuesday, August 12, gold prices in Nepal fell by NPR 1,300 per tola to NPR 196,800, while silver prices dropped by NPR 10 per tola to NPR 2,305. On Monday, gold was priced at NPR 198,100 per tola and silver at NPR 2,315 per tola

      NepseTrading·12 Aug, 2025·<1 min read
    • १२.७९% बिक्री आम्दानी वृद्धि, घोराही सिमेन्टको घाटा आधाभन्दा बढीले घट्यो
      Stock

      १२.७९% बिक्री आम्दानी वृद्धि, घोराही सिमेन्टको घाटा आधाभन्दा बढीले घट्योSales Up 12.79%, Ghorahi Cement Cuts Loss by More Than Half

      घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आर्थिक वर्षमा नोक्सानी घटाउँदै ६६ करोड रुपैयाँमा सीमित गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ४४ करोड रुपैयाँभन्दा ५४% कम हो। बिक्री आम्दानी १२.७९% बढेर ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ भने कुल नाफा २३२.५४% ले बढेको छ। वित्तीय खर्च भने १७.१०% बढेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक १४ रुपैयाँ ४६ पैसा छ।Ghorahi Cement Industry Limited reduced its loss to NPR 660 million in the last fiscal year, down 54% from NPR 1.44 billion in the previous year. Sales revenue increased by 12.79% to NPR 5.05 billion, while gross profit rose by 232.54%. Financial expenses grew by 17.10%. The company’s EPS stands at negative NPR 14.46.

      NepseTrading·12 Aug, 2025·1 min read
    • चिलिमे हाइड्रोपावरको आम्दानी र नाफा वृद्धि, ईपीएसमा गिरावट
      Top

      चिलिमे हाइड्रोपावरको आम्दानी र नाफा वृद्धि, ईपीएसमा गिरावटChilime Hydropower Sees Revenue and Profit Growth, EPS Falls

      चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) को विद्युत बिक्री आम्दानी ०.८१ प्रतिशत बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा खुद नाफा ०.१६ प्रतिशत बढेर ६७ करोड ९५ लाख रुपैयाँ भए पनि प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७४ पैसामा झरेको छ। कम्पनीको चुक्ता पूँजी ८ अर्ब ७८ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्ग २ अर्ब ६८ करोड रुपैयाँ रहेको छ।Chilime Hydropower Company Limited (CHCL) reported a 0.81% rise in electricity sales revenue, reaching NPR 1.12 billion. Net profit increased by 0.16% to NPR 679.5 million, while earnings per share dropped to NPR 7.74. The company’s paid-up capital stands at NPR 8.78 billion, with retained earnings of NPR 2.68 billion.

      NEPSE TRADING·12 Aug, 2025·1 min read
    • हिमालयन बैंकको नाफा २२.१५% बढ्यो
      Stock

      हिमालयन बैंकको नाफा २२.१५% बढ्योHimalayan Bank’s Profit Rises by 22.15%

      हिमालयन बैंक लिमिटेडको चौथो त्रैमासमा खुद नाफा २२.१५ प्रतिशतले बढेर १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज ठूलो मात्रामा घट्दा मुनाफा बढ्न सफल भएको हो। वितरणयोग्य मुनाफा भने ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक छ। प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९८ पैसा पुगेको छ भने पी/ई अनुपात ३३.९८ गुणा र प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ७ पैसा रहेको छ।Himalayan Bank Limited’s net profit rose by 22.15% to NPR 1.51 billion in the fourth quarter. Despite a drop in net interest income, a significant reduction in impairment charges boosted profitability. The distributable profit remained negative at NPR 7.10 billion. EPS stood at NPR 6.98, with a P/E ratio of 33.98 times and net worth per share at NPR 175.07.

      NEPSE TRADING·12 Aug, 2025·1 min read
    • नबिल बैंकको वार्षिक नाफा ७ अर्ब १२ करोड पुग्यो, वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड
      Top

      नबिल बैंकको वार्षिक नाफा ७ अर्ब १२ करोड पुग्यो, वितरणयोग्य नाफा ४ अर्ब ७७ करोडNabil Bank’s Annual Net Profit Surges to NPR 7.12 Billion, Distributable Profit at NPR 4.77 Billion

      नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षमा ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशत बढी हो। खुद ब्याज आम्दानीमा न्यून वृद्धि भए पनि इम्पेरमेन्ट चार्ज घट्दा नाफा बढेको हो। बैंकको वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६४ पैसा रहेको छ। प्रतिशेयर आम्दानी २६ रुपैयाँ ३४ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात २०.५५ गुणा र प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा रहेको छ।Nabil Bank Limited (NABIL) reported a net profit of NPR 7.12 billion in the last fiscal year, up 15.01% from NPR 6.19 billion a year earlier. The growth was mainly driven by a sharp drop in impairment charges, despite minimal growth in net interest income. The bank’s distributable profit stood at NPR 4.77 billion, with distributable EPS of NPR 17.64. Earnings per share rose to NPR 26.34, while the price-to-earnings ratio was 20.55 times and net worth per share was NPR 235.58.

      NEPSE TRADING·12 Aug, 2025·1 min read
    • एनएमबि बैंकको खुद नाफामा ४६% वृद्धि, इम्पेरमेन्ट चार्ज घट्दा मुनाफामा ठुलो उछाल
      Investor

      एनएमबि बैंकको खुद नाफामा ४६% वृद्धि, इम्पेरमेन्ट चार्ज घट्दा मुनाफामा ठुलो उछालNMB Bank Reports 46% Surge in Net Profit for FY 2081/82, Boosted by Lower Impairment Charges

      एनएमबि बैंकको खुद नाफामा ४६% वृद्धि, इम्पेरमेन्ट चार्ज घट्दा मुनाफामा ठुलो उछाल एनएमबि बैंक लिमिटेड (NMB) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ, जसअनुसार अघिल्लो वर्षको तुलनामा बैंकको नाफा उल्लेखनीय रूपमा बढेको छ। बैंकले गत वर्ष सोही अवधिमा २ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको थियो भने यस वर्ष नाफा ४६.२२% वृद्धि हुँदै ३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। यो नाफा वृद्धिको मुख्य कारण बैंकको इम्पेरमेन्ट चार्ज (ऋण नोक्सानी प्रावधान) घट्नु हो। अघिल्लो वर्ष २ अर्ब ३ करोड रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष घटेर ९५ करोड ८ लाख रुपैयाँमा झरेको छ। यसका कारण सञ्चालन मुनाफा र अन्तिम खुद नाफामा ठुलो सुधार देखिएको हो।NMB Bank Reports 46% Surge in Net Profit for FY 2081/82, Boosted by Lower Impairment Charges NMB Bank Limited (NMB) has published its unaudited financial results for the fourth quarter of fiscal year 2081/82, showing a significant improvement in profitability compared to the previous year. The bank posted a net profit of NPR 3.28 billion, up from NPR 2.24 billion in the same period last year, marking a robust 46.22% growth. The strong bottom-line performance is largely attributed to reduced impairment charges, which dropped sharply from NPR 2.03 billion last year to just NPR 958 million this year. While net interest income (NII) and fee-based income also saw healthy growth, the decline in loan loss provisioning was a major driver for the jump in operating profit and net earnings.

      NEPSE TRADING·12 Aug, 2025·2 min read
    • सेयर बजार फेरि ओरालो, उच्च लाभको आशामा खरिद गरेका लगानीकर्ताको पूँजी ‘बालुवामा पानी’, प्रविधिक विश्लेषक भन्छन् – करेक्सन अन्त्यको चरणमा
      Top

      सेयर बजार फेरि ओरालो, उच्च लाभको आशामा खरिद गरेका लगानीकर्ताको पूँजी ‘बालुवामा पानी’, प्रविधिक विश्लेषक भन्छन् – करेक्सन अन्त्यको चरणमाStock Market Declines Again, Investors’ High Hopes Turn to “Water on Sand”; Technical Analysts See Correction Phase Nearing Its End

      सेयर बजार फेरि ओरालो, उच्च लाभको आशामा खरिद गरेका लगानीकर्ताको पूँजी ‘बालुवामा पानी’, प्रविधिक विश्लेषक भन्छन् – करेक्सन अन्त्यको चरणमा काठमाडौं, साउन २६ – गत बिहीबार बढेको नेपालको पुँजी बजार सोमबार पुनः ओरालो लागेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको आडमा केही समय उकालो लागेको बजार पछिल्ला दिनहरूमा लगातार खुम्चिँदै गएको हो। बजारको गिरावटसँगै लगानीकर्ताको मनोबल कमजोर भएको छ। केही साताअघि नेप्से ३,००० बिन्दुमाथि पुगेपछि ३,२०० बिन्दु पार गर्ने आशामा हौसिएका लगानीकर्ताहरू अहिले घाटामा परेका छन्। माफियाको प्रभाव र उच्च लाभको अपेक्षामा शेयर खरिद गरेका धेरैको लगानी ‘बालुवामा पानी’ जस्तै बगिरहेको छ, जसले लगानीकर्तामा असन्तुष्टि बढाएको छ।Stock Market Declines Again, Investors’ High Hopes Turn to “Water on Sand”; Technical Analysts See Correction Phase Nearing Its End Kathmandu, Aug 11 — After showing gains last Thursday, Nepal’s capital market fell again on Monday, continuing its downward trajectory despite having risen earlier on the back of the current fiscal year’s monetary policy. With the market’s decline, investor sentiment has weakened. A few weeks ago, when NEPSE climbed above 3,000 points, many investors purchased shares expecting the index to surpass 3,200. Now, those high-return expectations have turned into losses, with investments “like water on sand” due to market manipulation and mafia influence, fueling investor frustration.

      NEPSE trading ·11 Aug, 2025·2 min read
    • गत आर्थिक वर्षमा ५३ हजार ५७१ व्यक्ति तथा संस्था सीआईसीको कालोसूचीमा
      Investor

      गत आर्थिक वर्षमा ५३ हजार ५७१ व्यक्ति तथा संस्था सीआईसीको कालोसूचीमा53,571 Individuals and Institutions Blacklisted by CIC in FY 2081/82

      गत आर्थिक वर्षमा ५३ हजार ५७१ व्यक्ति तथा संस्था सीआईसीको कालोसूचीमा आर्थिक वर्ष २०८१/८२ मा कर्जा सूचना केन्द्र (सीआईसी)को कालोसूचीमा पर्ने व्यक्तिहरू तथा संस्थाको संख्या ५३ हजार ५७१ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा २.४२ प्रतिशत अर्थात् १ हजार २६८ ले बढी हो। आर्थिक वर्ष २०८०/८१ मा ५२ हजार ३०३ व्यक्ति तथा संस्था कालोसूचीमा परेका थिए। सीआईसीका प्रवक्ता विजय कुँवरका अनुसार अघिल्ला वर्षहरूमा कालोसूचीमा पर्नेको संख्या तीव्र गतिमा बढे पनि गत वर्षको वृद्धि दर भने न्यून रह्यो। पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा भने यो संख्या ७२२.३९ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७७/७८ मा कालोसूचीमा पर्ने संख्या ६ हजार ५१४ मात्र रहेकोमा २०७८/७९ मा १५ हजार ९९५, २०७९/८० मा ३४ हजार ८१, २०८०/८१ मा ५२ हजार ३०३ र २०८१/८२ मा ५३ हजार ५७१ पुगेको छ।53,571 Individuals and Institutions Blacklisted by CIC in FY 2081/82 In the fiscal year 2081/82, the number of individuals and institutions blacklisted by the Credit Information Bureau (CIC) reached 53,571. This marks an increase of 2.42% (1,268 cases) compared to the previous fiscal year, when 52,303 were blacklisted. According to CIC spokesperson Bijay Kunwar, although the number of blacklisted cases had been rising rapidly in previous years, the growth rate in the last fiscal year remained relatively low. Over the past five years, however, the figure has surged by 722.39%. In FY 2077/78, the blacklist contained only 6,514 cases, which rose to 15,995 in 2078/79, 34,081 in 2079/80, 52,303 in 2080/81, and 53,571 in 2081/82.

      NEPSE trading ·11 Aug, 2025·1 min read
    • व्यक्तिगत आवास निर्माण कर्जामा २४ अर्बभन्दा बढीको वृद्धि
      Investor

      व्यक्तिगत आवास निर्माण कर्जामा २४ अर्बभन्दा बढीको वृद्धिOver NPR 24 Billion Increase in Personal Housing Loans

      व्यक्तिगत आवास निर्माण कर्जामा २४ अर्बभन्दा बढीको वृद्धि व्यक्तिगत आवास निर्माणमा हालसालै तीव्र वृद्धि देखिँदा यससँग सम्बन्धित कर्जा प्रवाहमा समेत उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत आवास निर्माणका लागि २४ अर्ब ६३ करोड ३० लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्, जुन गत आवको तुलनामा ठूलो वृद्धि हो। नेपाल राष्ट्र बैंकका अनुसार, ५४ वटा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले घर निर्माणका लागि कुल ४ खर्ब १० अर्ब ४ करोड ५० लाख रुपैयाँ कर्जा उपलब्ध गराएका छन्। यो अघिल्लो वर्षको सोही अवधिभन्दा करिब २४ अर्ब रुपैयाँ बढी हो।Over NPR 24 Billion Increase in Personal Housing Loans A significant rise in personal housing construction has driven notable growth in housing-related loans. By the end of Jestha in the fiscal year 2081/82, banks and financial institutions had disbursed more than NPR 24.63 billion in additional loans for personal housing construction compared to the previous fiscal year. According to Nepal Rastra Bank, 54 commercial banks, development banks, and finance companies have provided a total of NPR 410.04 billion in loans for personal housing. This marks an increase of about NPR 24 billion over the same period last year.

      NEPSE trading ·11 Aug, 2025·1 min read
    • नेरुडे माइक्रोफाइनान्सको चौथो त्रैमासमा १९.६६ करोड नाफा, EPS १८.१७, NPL ११.३२%
      Stock

      नेरुडे माइक्रोफाइनान्सको चौथो त्रैमासमा १९.६६ करोड नाफा, EPS १८.१७, NPL ११.३२%Nerude Microfinance Posts NPR 196.6 Million Profit in Q4, EPS NPR 18.17, NPL 11.32%

      नेरुडे माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा १९ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको २५ करोड ४१ लाख रुपैयाँको तुलनामा घटेको हो। कुल सम्पत्ति २१ अर्ब ७७ करोड रुपैयाँ, निक्षेप ६ अर्ब ५० करोड रुपैयाँ, र कर्जा लगानी २० अर्ब १३ करोड रुपैयाँ पुगेको छ। EPS १८.१७ रुपैयाँ, NPL ११.३२% र आधारदर १३.१५% रहेको छ।Nerude Microfinance earned NPR 196.6 million profit in Q4 FY 2081/82, down from NPR 254.1 million last year. Total assets stood at NPR 21.77 billion, deposits at NPR 6.50 billion, and loans at NPR 20.13 billion. EPS was NPR 18.17, NPL 11.32%, and base rate 13.15%.

      NEPSE TRADING·11 Aug, 2025·1 min read
    • माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाबाट ३ अर्ब युनिटभन्दा बढी विद्युत् उत्पादन
      Investor

      माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाबाट ३ अर्ब युनिटभन्दा बढी विद्युत् उत्पादनUpper Marsyangdi-A Hydropower Project Generates Over 3 Billion Units of Electricity

      लमजुङको मस्र्याङ्दी गाउँपालिका–८, भुलभुलेस्थित ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाले शुक्रबार साँझसम्ममा ३ अर्ब युनिट (किलोवाट–घण्टा) भन्दा बढी विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गरेको छ। चीनको बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोपावर कम्पनीको ९० प्रतिशत र नेपाली सगरमाथा पावर कम्पनीको १० प्रतिशत लगानीमा सन् २०१३ बाट निर्माण थालिएको यस आयोजना सन् २०१६ सेप्टेम्बरमा सम्पन्न भई २०१७ जनवरी १ देखि व्यावसायिक उत्पादनमा आएको हो। आयोजना निर्माणका लागि करिब १६ अर्ब रुपैयाँ लागत लागेको थियो।Upper Marsyangdi-A Hydropower Project Generates Over 3 Billion Units of Electricity The 50 MW Upper Marsyangdi–A Hydropower Project, located in Bhulbhule, Marsyangdi Rural Municipality–8 of Lamjung, has supplied more than 3 billion units (kilowatt-hours) of electricity to the national transmission system as of Friday evening. Constructed with 90% investment from China’s multinational Sino Hydropower Company and 10% from Nepal’s Sagarmatha Power Company, the project began in 2013, was completed in September 2016, and commenced commercial production on January 1, 2017. The construction cost was approximately NPR 16 billion.

      NEPSE trading ·11 Aug, 2025·1 min read
    • सिक्लेस हाइड्रोपावरको १५.७८ प्रतिशत लाभांश घोषणा, १ः१ हकप्रद शेयर जारी गर्ने तयारी
      Top

      सिक्लेस हाइड्रोपावरको १५.७८ प्रतिशत लाभांश घोषणा, १ः१ हकप्रद शेयर जारी गर्ने तयारीSikles Hydropower Declares 15.78% Dividend, Plans 1:1 Rights Share Issue

      सिक्लेस हाइड्रोपावरको १५.७८ प्रतिशत लाभांश घोषणा, १ः१ हकप्रद शेयर जारी गर्ने तयारी सिक्लेस हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजीको १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनी सचिव निराजन महर्जनका अनुसार, हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को सञ्चित नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। कम्पनीले लाभांश वितरणपछि कायम हुने चुक्ता पूँजीमा १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने तयारीसमेत गरेको छ। अन्य आयोजना निर्माण तथा विस्तारमा लगानी गर्नका लागि हुने यस हकप्रद निष्काशनका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिएपछि आगामी साधारण सभामा प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ।Sikles Hydropower Declares 15.78% Dividend, Plans 1:1 Rights Share Issue Sikles Hydropower Limited has announced a 15.78% dividend on its current paid-up capital. According to Company Secretary Nirajan Maharjan, the board meeting held last evening approved the proposal to distribute a 15% bonus share and a 0.789% cash dividend (for tax purposes) from the accumulated profits of fiscal years 2080/81 and 2081/82.

      NEPSE trading ·11 Aug, 2025·1 min read
    • दाउन्ने एग्रो फार्मको वार्षिक अण्डा उत्पादन ११ करोड नाघ्यो, आईपीओ प्रक्रियामा प्रवेश
      Investor

      दाउन्ने एग्रो फार्मको वार्षिक अण्डा उत्पादन ११ करोड नाघ्यो, आईपीओ प्रक्रियामा प्रवेशDaunne Agro Farm’s Annual Egg Production Surpasses 110 Million, Moves Forward with IPO Process

      दाउन्ने एग्रो फार्मको वार्षिक अण्डा उत्पादन ११ करोड नाघ्यो, आईपीओ प्रक्रियामा प्रवेश आईपीओ जारी गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्म लिमिटेडले गत आर्थिक वर्षमा रु ११ करोड ११ लाख ४२ हजार मूल्यबराबरको अण्डा उत्पादन गरेको छ। कम्पनीले एक वर्षमा पाँच लाख २९ हजार २५० पेटी अण्डा उत्पादन गरी बिक्री गरेको हो। कम्पनीका अध्यक्ष विनोद पोखरेलका अनुसार हाल दैनिक एक हजार ४५० पेटी अण्डा उत्पादन हुँदै आएको छ।Daunne Agro Farm’s Annual Egg Production Surpasses 110 Million, Moves Forward with IPO Process Daunne Agro Farm Limited, which is preparing to issue its Initial Public Offering (IPO), produced eggs worth NPR 111,142,000 in the last fiscal year. The company produced and sold 529,250 crates of eggs over the year. According to Chairman Binod Pokharel, the farm is currently producing 1,450 crates of eggs daily. Located on about 11 bighas of land in Sardi, Binayi Tribeni Rural Municipality–3, Nawalparasi (Susta East–Triveni East), the farm is currently home to 400,000 chickens, with plans to increase the number to 600,000 in the near future.

      NEPSE trading ·11 Aug, 2025·1 min read
    • नेपाली बजारमा सुन १,१०० र चाँदी १५ रुपैयाँले सस्तो
      Top

      नेपाली बजारमा सुन १,१०० र चाँदी १५ रुपैयाँले सस्तोGold Drops by NPR 1,100, Silver Down by NPR 15 in Nepali Market

      साउन २६ गते, सोमबार नेपाली बजारमा सुन प्रतितोला १,१०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ। नयाँ मूल्यअनुसार छापावाला सुन प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला २,३१५ रुपैयाँमा कारोबार भइरहेको छ। On Monday, August 11, the price of gold in Nepal fell by NPR 1,100 per tola and silver by NPR 15 per tola. Hallmark gold is now trading at NPR 198,100 per tola, while silver stands at NPR 2,315 per tola.

      NEPSE TRADING·11 Aug, 2025·<1 min read
    • सानिमा बैंकको नाफा बढ्यो, वित्तीय सूचकमा मिश्रित परिणाम
      Top

      सानिमा बैंकको नाफा बढ्यो, वित्तीय सूचकमा मिश्रित परिणामSanima Bank Profit Up, Mixed Performance in Key Financial Indicators

      सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.२५ प्रतिशतले बढी हो। खुद ब्याज आम्दानी २.८२ प्रतिशतले बढेर ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २.९७ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड रुपैयाँ भएको छ। इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। बैंकको NPL ३.०१ प्रतिशत, EPS १८.९३ रुपैयाँ, नेटवर्थ १६८.८३ रुपैयाँ र P/E अनुपात १९.८० गुणा रहेको छ ।Sanima Bank Limited posted a net profit of NPR 2.57 billion by the fourth quarter of FY 2081/82, up 7.25% from last year. Net interest income rose 2.82% to NPR 6.35 billion, while operating profit increased 2.97% to NPR 3.57 billion. Impairment charges climbed to NPR 1.88 billion. The bank’s NPL ratio reached 3.01%, EPS stood at NPR 18.93, net worth per share at NPR 168.83, and the P/E ratio at 19.80.

      NEPSE TRADING·11 Aug, 2025·1 min read
    • बुङ्गल हाइड्रोको आयोजना प्रभावित क्षेत्रका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Top

      बुङ्गल हाइड्रोको आयोजना प्रभावित क्षेत्रका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिनToday is the Final Day to Apply for Bungad Hydropower’s IPO for Project-Affected Areas

      बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि असार २९ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। कुल ८३ करोड रुपैयाँको जारी पूँजीमध्ये ३५ प्रतिशत अर्थात २९ लाख ५ हजार कित्ता शेयरमध्ये ८ लाख ३० हजार ८२४ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। यसमध्ये ६५ प्रतिशत अति प्रभावित क्षेत्रका र ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरिनेछ। न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। केयर रेटिङ नेपालले यस आईपीओलाई ‘CARE-NP Single B’ रेटिङ प्रदान गरेको छ। कम्पनीको १०.७० मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजना करिब ३ अर्ब २ करोड रुपैयाँ लागतमा बनेको हो।Today is the final day to apply for the IPO of Bungad Hydropower Limited targeted at residents of project-affected areas. Out of its NPR 830 million issued capital, 35% or 2.905 million shares have been offered, including 830,824 shares at NPR 100 each allocated for locals. Of these, 65% are for highly affected areas and 35% for general affected areas. The application range is from a minimum of 10 shares to a maximum of 20,000 shares. CARE Ratings Nepal has given the IPO a “CARE-NP Single B” rating. The company’s 10.70 MW Upper Sanigad Hydropower Project was built at a cost of around NPR 3.02 billion.

      NEPSE TRADING·11 Aug, 2025·1 min read
    • एभरेष्ट बैंकको नाफा र EPS दुबैमा उल्लेखनीय वृद्धि
      Top

      एभरेष्ट बैंकको नाफा र EPS दुबैमा उल्लेखनीय वृद्धिEverest Bank Sees Significant Growth in Profit and EPS

      एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा ४ अर्ब ९१ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२.८१% बढी हो। खुद ब्याज आम्दानी ९ अर्ब १२ करोड रुपैयाँ र सञ्चालन मुनाफा ७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी (EPS) ३७ रुपैयाँ ९९ पैसा पुगेको छ भने खराब कर्जा अनुपात ०.३८% मा झरेको छ।Everest Bank Limited posted a net profit of NPR 4.91 billion in Q4 FY 2081/82, up 32.81% from last year. Net interest income reached NPR 9.12 billion, and operating profit stood at NPR 7.45 billion. Earnings per share (EPS) rose to NPR 37.99, while the non-performing loan ratio dropped to 0.38%.

      NEPSE TRADING·11 Aug, 2025·1 min read
    • भन्सार शुल्क वृद्धिका कारण डब्लुटिओले २०२६ को विश्व व्यापार वृद्धिदर घटायो
      Top

      भन्सार शुल्क वृद्धिका कारण डब्लुटिओले २०२६ को विश्व व्यापार वृद्धिदर घटायोWTO Lowers 2026 Global Trade Growth Forecast Amid Tariff Hikes

      भन्सार शुल्क वृद्धिका कारण डब्लुटिओले २०२६ को विश्व व्यापार वृद्धिदर घटायो विश्व व्यापार संगठन (डब्लुटिओ) ले सन् २०२६ का लागि विश्व वस्तु व्यापार (मर्चेन्डाइज ट्रेड) वृद्धिदरको पूर्वानुमान घटाएर १.८ प्रतिशतमा झारेको छ, जुन यसअघि २.५ प्रतिशत हुने अनुमान गरिएको थियो। डब्लुटिओले यस गिरावटको प्रमुख कारणका रूपमा अमेरिकाले भन्सार शुल्क वृद्धि गरेको नीतिलाई औंल्याएको छ। शुक्रबार सार्वजनिक गरिएको पछिल्लो व्यापार पूर्वानुमानमा डब्लुटिओले अमेरिकाले अगस्ट ७ देखि लागू गरेको ‘पारस्परिक भन्सार दर’ ले न केवल अमेरिकी आयात घटाउने, तर साझेदार मुलुकहरूको निर्यातमा समेत गम्भीर असर पार्ने चेतावनी दिएको छ। यो असर सन् २०२५ को दोस्रो छमाहीदेखि २०२६ सम्म झनै गहिरिने अनुमान गरिएको छ। सोही कारण डब्लुटिओले सन् २०२५ का लागि पनि व्यापार वृद्धिदरको अनुमान घटाउँदै ०.९ प्रतिशतमा झारेको छ, जुन यसअघि अप्रिलमा २ प्रतिशत हुने अनुमान गरिएको थियो। हालको अनुमान भन्सार नबढाउने अवस्थामा हुने २.७ प्रतिशतको वृद्धिदरभन्दा निकै कम हो। यो आंशिक रूपमा अमेरिकाबाट भइरहेको अग्रिम आयात (फ्रन्टलोडिङ) को असर भएको जनाइएको छ।WTO Lowers 2026 Global Trade Growth Forecast Amid Tariff Hikes The World Trade Organization (WTO) has downgraded its forecast for global merchandise trade growth in 2026 to 1.8 percent, down from its earlier projection of 2.5 percent. The WTO attributed this decline primarily to the United States’ policy of increasing tariffs. In its latest trade outlook released on Friday, the WTO stated that the “reciprocal tariff rates” implemented by the U.S. on August 7 would not only reduce American imports but also significantly impact the exports of its partner countries. This effect is expected to deepen from the second half of 2025 through 2026.

      NEPSE trading ·10 Aug, 2025·1 min read
    • 2080/81 मा सर्वाधिक लाभांश वितरण गर्ने कम्पनीको सूचीमा युनिलिभर नेपाल पहिलो स्थानमा
      Top

      2080/81 मा सर्वाधिक लाभांश वितरण गर्ने कम्पनीको सूचीमा युनिलिभर नेपाल पहिलो स्थानमाUnilever Nepal Tops Dividend Payout List in NEPSE for Fiscal Year 2080/81

      यस वर्षको लाभांश घोषणाले, बजारमा देखिएका विभिन्न चुनौतीहरूका बाबजुद, केही कम्पनीहरूले उत्कृष्ट प्रदर्शन गरेको प्रमाणित गरेको छ। विशेषगरी, युनिलिभर नेपालको रेकर्ड तोड्ने लाभांश वितरणले लगानीकर्ताहरूको आत्मविश्वासमा वृद्धि गर्ने र पूँजी बजारमा नयाँ लगानी भित्र्याउने अपेक्षा गरिएको छ।This year’s dividend announcements underline the strong performance of select companies in NEPSE, despite the broader market challenges. High dividend payouts, particularly Unilever Nepal’s record-breaking distribution, are expected to boost investor confidence and potentially attract new capital inflows into the stock market.

      NepseTrading·9 Aug, 2025·1 min read