
बैंकमा निक्षेप थुप्रियो, लगानीको ठाउँ साँघुरियोBanks awash with deposits, but lending avenues shrink
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समेत प्रणालीमा स्रोत प्रशस्त भए पनि उत्पादनशील क्षेत्रमा परिचालन गर्न नसकिएको स्विकारिसकेका छन्। अहिलेको असली चुनौती तरलता व्यवस्थापन नभई लगानीका अवसर सिर्जना गर्नु रहेको विज्ञहरू बताउँछन्। पूर्वाधार बन्ड, परियोजना–आधारित डिबेन्चर र नगरपालिका बन्डजस्ता दीर्घकालीन उपकरणमार्फत थुप्रिएको स्रोतलाई उत्पादनमा खन्याउन सकिने उनीहरूको सुझाव छ। कर्जाको माग उल्लेख्य नबढुन्जेल र अर्थतन्त्रले गति नलिउन्जेल बैंकमा पैसा थुप्रिने क्रम तत्काल रोकिने सम्भावना भने कम छ।Finance Minister Swarnim Wagle has himself acknowledged that, despite ample resources in the system, they cannot be channelled into productive sectors. Experts argue the real challenge now is not managing liquidity but creating investment opportunities. They suggest developing long-term instruments such as infrastructure bonds, project-based debentures and municipal bonds to steer the idle funds into production. Until credit demand picks up meaningfully and the economy gains pace, they say, the pile-up of cash in banks is unlikely to ease anytime soon.








