NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 68 / 232Next
    • बैंकिङ क्षेत्रमा केही समस्या भए पनि वित्तीय प्रणाली कमजोर छैन : अर्थमन्त्री खनाल
      Investor

      बैंकिङ क्षेत्रमा केही समस्या भए पनि वित्तीय प्रणाली कमजोर छैन : अर्थमन्त्री खनालFinancial System Remains Strong Despite Some Banking Sector Issues: Finance Minister Khanal

      बैंकिङ क्षेत्रमा केही समस्या भए पनि वित्तीय प्रणाली कमजोर छैन : अर्थमन्त्री खनाल अर्थमन्त्री रामेश्वर खनालले हाल बैंकिङ तथा वित्तीय क्षेत्रमा केही समस्या देखिए पनि समग्र वित्तीय प्रणाली कमजोर अवस्थामा नरहेको स्पष्ट पारेका छन्। राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले समय–समयमा विभिन्न कारणले बैंकिङ क्षेत्रमा समस्या देखिनु स्वाभाविक प्रक्रिया भएको बताए। उनले अहिले देखिएका समस्याका कारण वित्तीय क्षेत्र नै कमजोर भएको भन्ने निष्कर्ष निकाल्न नहुने उल्लेख गरे। अर्थमन्त्री खनालका अनुसार हाल केही बैंकहरूको सम्पत्ति तथा कर्जाको गुणस्तरसम्बन्धी परीक्षण (एसेट क्वालिटी रिभ्यु) करिब सम्पन्न हुने चरणमा पुगेको छ। यसले बैंकिङ प्रणालीलाई थप पारदर्शी र सुदृढ बनाउने विश्वास उनले व्यक्त गरे।Financial System Remains Strong Despite Some Banking Sector Issues: Finance Minister Khanal Finance Minister Rameshwar Khanal has clarified that although some problems are currently visible in the banking and financial sector, the overall financial system of the country is not weak. Speaking at a program organized on the occasion of the 61st anniversary of Rastriya Banijya Bank, Minister Khanal stated that it is natural for issues to emerge in the banking sector from time to time due to various reasons. He emphasized that the presence of such challenges does not mean the financial sector is in a fragile conditi

      NEPSE TRADING·24 Jan, 2026·1 min read
    • सुपर हेवा पावरको आइपिओ प्रत्याभूति सम्झौता
      Top

      सुपर हेवा पावरको आइपिओ प्रत्याभूति सम्झौताSuper Hewa Power IPO Guarantee Deal

      सुपर हेवा पावर कम्पनी लिमिटेड ले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेड सँग प्रत्याभूति व्यवस्थापन सम्झौता गरेको छ। कम्पनीले ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसले आयोजना सम्पन्न भएपछि राष्ट्रिय विद्युत आपूर्तिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।Super Hewa Power Company Limited has signed an issue management guarantee agreement with Muktinath Capital Limited for its upcoming IPO. The company is developing a 6 MW hydropower project, which is expected to contribute to Nepal’s electricity supply after completion.

      NEPSE TRADING·23 Jan, 2026·1 min read
    • प्रिमियर डिस्टिलरी लिमिटेडको आईपीओ आउँदै
      Top

      प्रिमियर डिस्टिलरी लिमिटेडको आईपीओ आउँदै Premier Distillery Limited to Issue IPO

      प्रिमियर डिस्टिलरी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ । उक्त आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा Siddhartha Capital Limited नियुक्त गरिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने योजना बनाएको छ । १ अर्ब रुपैयाँभन्दा बढी लगानीमा स्थापित यस उद्योगले मदिरा उत्पादनमार्फत आयात प्रतिस्थापन र स्वदेशी उद्योग प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।Premier Distillery Limited is set to issue an Initial Public Offering (IPO) and has appointed Siddhartha Capital Limited as the issue and sales manager. The company plans to issue 22.5 lakh ordinary shares to the general public at a face value of Rs. 100 per share. Established in 2012 with an investment of over Rs. 1 Arba, the distillery produces grain-based extra neutral alcohol and various spirits, contributing to import substitution and strengthening Nepal’s domestic liquor manufacturing sector.

      NEPSE TRADING·23 Jan, 2026·1 min read
    • सुनको मूल्य तोलाकै ३ लाख नाघ्यो, चाँदीले पनि बनायो नयाँ रेकर्ड
      Top

      सुनको मूल्य तोलाकै ३ लाख नाघ्यो, चाँदीले पनि बनायो नयाँ रेकर्डGold Price Crosses NPR 300,000 per Tola, Silver Hits Record High

      माघ ९ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। सुनको मूल्य प्रतितोला ९ हजार २०० रुपैयाँले बढेर ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य तोलामा २७० रुपैयाँले बढेर ६ हजार १९० रुपैयाँ पुगेको छ। दुबै बहुमूल्य धातुको मूल्य एकै दिन उच्चतम विन्दुमा पुग्नुले बजारमा सुरक्षित लगानीप्रतिको आकर्षण बढेको संकेत गरेको छ।On Friday, January 23, 2026, gold and silver prices in Nepal reached record highs. Gold rose by NPR 9,200 per tola to NPR 301,400, while silver increased by NPR 270 per tola to NPR 6,190. The sharp rise in both precious metals reflects strong demand for safe-haven assets in the domestic market.

      NEPSE TRADING·23 Jan, 2026·1 min read
    • पाल्पा सिमेन्टको उद्योग प्रभावित स्थानीयका लागि जारी आईपीओको आवेदन म्याद माघ ११ गतेसम्म थप
      Top

      पाल्पा सिमेन्टको उद्योग प्रभावित स्थानीयका लागि जारी आईपीओको आवेदन म्याद माघ ११ गतेसम्म थपPalpa Cement Extends IPO Application Deadline for Industry-Affected Locals Until February 4

      पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने म्याद माघ ११ गतेसम्म थप गरेको छ। कम्पनीले जारी पूँजीको ५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता शेयर पश्चिम नवलपरासी र पाल्पा जिल्लाका प्रभावित स्थानीयका लागि निष्काशन गरेको हो। न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने यस आईपीओलाई इन्फोमेरिक्सले आईआरएन बीबी+ रेटिङ दिएको छ।Palpa Cement Industries Limited has extended the application deadline for its IPO issued to local residents of industry-affected areas until February 4 (Magh 11). The company has allocated 1.875 million shares, representing 5 percent of its issued capital, to eligible locals of West Nawalparasi and Palpa districts. Applications range from a minimum of 10 shares to a maximum of 100,000 shares, and the IPO carries an IRN BB+ rating from Infomerics, indicating moderate risk.

      NEPSE TRADING·23 Jan, 2026·1 min read
    • नेपालले पहिलोचोटि अन्तर्राष्ट्रिय बजारमा कार्बन क्रेडिट बिक्री गर्ने सम्झौता सम्पन्न
      Investor

      नेपालले पहिलोचोटि अन्तर्राष्ट्रिय बजारमा कार्बन क्रेडिट बिक्री गर्ने सम्झौता सम्पन्नNepal Signs First International Carbon Credit Sales Agreement

      नेपालले पहिलोचोटि अन्तर्राष्ट्रिय बजारमा कार्बन क्रेडिट बिक्री गर्ने सम्झौता सम्पन्न नेपालले पहिलोचोटि व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय बजारमा कार्बन बिक्री गर्ने सम्झौतामा हस्ताक्षर गर्न लागेको छ। यस सम्झौतामा नेपाल सरकार र अमेरिकी गैरनाफामूलक संस्था ‘इमर्जेन्ट फरेस्ट फाइनान्स एक्सिलिरेटर इन्कर्पोरेटेड’ बीच कार्बन क्रेडिटको बिक्री हुने छ, जसले नेपाललाई आफ्नो वन संरक्षणको लागि अन्तर्राष्ट्रिय बजारबाट आम्दानी गर्ने अवसर प्रदान गर्नेछ।Nepal Signs First International Carbon Credit Sales Agreement For the first time, Nepal is set to sign an agreement to sell carbon credits in the international market. The agreement, between the Nepalese government and the U.S.-based nonprofit organization "Emergent Forest Finance Accelerator Incorporated," will allow Nepal to sell carbon credits in exchange for its forest conservation efforts, providing the country with a new source of revenue in the international market.

      NEPSE TRADING·22 Jan, 2026·2 min read
    • सिनर्जी पावर डेवलपमेन्ट लिमिटेडको वार्षिक साधारण सभा पुनः स्थगित, 'अण्डा पहिला कि चल्ला पहिला?' भन्ने विवादले भाडभैलो
      Investor

      सिनर्जी पावर डेवलपमेन्ट लिमिटेडको वार्षिक साधारण सभा पुनः स्थगित, 'अण्डा पहिला कि चल्ला पहिला?' भन्ने विवादले भाडभैलोSynergy Power Development Limited's Annual General Meeting Postponed Again, Controversy of 'Which Came First, the Egg or the Chicken?'

      सिनर्जी पावर डेवलपमेन्ट लिमिटेडको वार्षिक साधारण सभा पुनः स्थगित, 'अण्डा पहिला कि चल्ला पहिला?' भन्ने विवादले भाडभैलो सिनर्जी पावर डेवलपमेन्ट लिमिटेडको १९ औं वार्षिक साधारण सभा दुईपटक स्थगित भएको छ, र यसको मुख्य कारण बनेको छ ‘अण्डा पहिला कि चल्ला पहिला?’ भन्ने विवाद। यस घटनाले कम्पनीको भविष्य र नेतृत्वमा गम्भीर प्रश्न उठाएको छ। कम्पनीको साधारण सभा स्थगित हुनुको प्रमुख कारण पुरानो र नयाँ संचालक समिती बीचको द्वन्द्व हो। पुरानो संचालक समितीले कोरम पूरा गर्न सिग्नेचर खोजेका थिए भने नयाँ समितीमा जान चाहानेले प्रोक्सीको विवरण मागेका थिए। कुरो नमिल्दा, सभा अध्यक्ष हल छोडेर हिडेका थिए। यसपछि कम्पनी सचिवले सभा स्थगित भएको जानकारी दिएका छन्।Synergy Power Development Limited's Annual General Meeting Postponed Again, Controversy of 'Which Came First, the Egg or the Chicken?' Synergy Power Development Limited's 19th Annual General Meeting (AGM) has been postponed twice, with the primary reason being the controversy surrounding the question "Which came first, the egg or the chicken?" This incident has raised serious questions about the company's future and leadership. The postponement of the AGM was mainly due to a conflict between the old and the new board of directors. The old board was seeking signatures to meet quorum requirements, while the new board members wanted to verify proxy details. When this issue could not be resolved, the meeting chairman left the hall. Following this, the company secretary verbally announced the postponement of the meeting.

      NEPSE TRADING·22 Jan, 2026·1 min read
    • नेप्से परिसूचक बढेर बन्द, कारोबार रकम ९ अर्ब माथि
      Top

      नेप्से परिसूचक बढेर बन्द, कारोबार रकम ९ अर्ब माथिNEPSE Index Closes Higher with Trading Volume Above NPR 9 Billion

      साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ९.२३ अंक बढेर २७१४.६१ विन्दुमा पुगेको छ। यस दिन कारोबार रकम ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँसम्म पुगेको छ। ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने एक्सेल डेभलपमेन्ट बैंक र रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य क्रमशः १०% र ९% बढेको छ। कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। वित्त उपसमूहको परिसूचक २.३८% बढेको छ भने व्यापार उपसमूहको परिसूचक १.१५% घटेको छ।On the last trading day of the week, the NEPSE index rose by 9.23 points to 2714.61. The total trading volume reached NPR 9.07 billion. Four stocks traded at positive circuit levels, while the share prices of Excel Development Bank and Rawa Energy Development increased by 10% and 9%, respectively. Ankhu Khola Hydroelectric Company topped the trading volume chart. The finance sub-index grew by 2.38%, while the trading sub-index saw a decline of 1.15%.

      NEPSE TRADING·22 Jan, 2026·1 min read
    • सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ देखि आईपीओ निष्काशन गर्ने
      Top

      सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ देखि आईपीओ निष्काशन गर्नेSurya Kunda Hydro Electric Limited to Launch IPO from Magh 18

      सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि आफ्नो आईपीओ निष्काशन गर्ने घोषणा गरेको छ। यस अघि आयोजना प्रभावित स्थानिय बासिन्दा र विदेशमा कार्यरत नेपालीहरुलाई आईपीओ वितरण गरिसकेको कम्पनी अब १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने तयारीमा छ। यसमध्ये ६ लाख ८९ हजार ६७५ कित्ता स्थानीय बासिन्दा र ६८ हजार ९६७ कित्ता विदेशी नेपालीहरुलाई दिइएको छ। दोस्रो चरणमा १३ हजार ७९३ कित्ता कर्मचारी र ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषलाई बाँडिनेछन्। शेष शेयर सर्वसाधारणलाई उपलब्ध गराइनेछ। आवेदन न्यूनतम १० कित्ताका लागि गर्न सकिनेछ र माघ २१ गते बन्द हुनेछ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई "CARE NP BB-" रेटिङ्ग दिएको छ। कम्पनीको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ। कुमारी क्यापिटल लिमिटेड आईपीओ प्रबन्धकको रूपमा कार्यरत छ।Surya Kunda Hydro Electric Limited is set to launch its IPO starting from Magh 18, after initially offering shares to affected local residents and Nepali workers abroad. The company is now issuing 13,79,350 shares, which constitutes 20% of its capital. Of these, 6,89,675 shares were allocated to local residents, and 68,967 shares to Nepali workers abroad. In the second phase, 13,793 shares will be offered to employees, and 34,484 shares to collective investment funds. The remaining shares will be available to the public. Investors can apply for a minimum of 10 shares, and the IPO will close by Magh 21, with the latest closing date on Falgun 3. Care Ratings Nepal has given a "CARE NP BB-" rating, indicating moderate risk. The company’s Upper Tadi Khola Hydroelectric Project has a total cost of NPR 236.84 million, with an expected payback period of 7.71 years. Kumari Capital Limited is the IPO manager.

      NEPSE TRADING·22 Jan, 2026·1 min read
    • सुन र चाँदी दुबैको मूल्य घट्यो
      Top

      सुन र चाँदी दुबैको मूल्य घट्योGold and Silver Prices Drop

      आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा घटोत्तरी भएको छ। छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँ पुगेको छ, जुन बुधबारको तुलनामा २ हजार ९०० रुपैयाँ कम हो। चाँदीको मूल्यमा पनि ५० रुपैयाँको घटोत्तरी भएको छ र अहिले ५ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ।Today, the prices of gold and silver have decreased in the Nepali market. The price of hallmarked gold has dropped to NPR 292,200 per tola, a decrease of NPR 2,900 compared to Wednesday. Similarly, the price of silver has also decreased by NPR 50, with the current rate being NPR 5,870 per tola.

      NEPSE TRADING·22 Jan, 2026·1 min read
    • आरएसडिसी लघुवित्तको नाफा ७३.५ प्रतिशतले बढ्यो, इम्पेरमेन्ट चार्ज रिभर्सका कारण
      Top

      आरएसडिसी लघुवित्तको नाफा ७३.५ प्रतिशतले बढ्यो, इम्पेरमेन्ट चार्ज रिभर्सका कारणRSDC Microfinance's Net Profit Jumps 73.5% Due to Reversed Impairment Charge

      आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ७३.५ प्रतिशतले वृद्धि गर्दै ७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिमा ४ करोड ४१ लाख रुपैयाँ थियो। ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्सको कारण नाफा बढेको हो। लघुवित्तको प्रतिशेयर आम्दानी पनि १४ रुपैयाँ ८३ पैसा पुगेको छ। संस्थाको चुक्ता पूँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेको छ र यो अवधिमा ५ अर्ब ३१ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरिएको छ।RSDC Microfinance Financial Institution has reported a 73.5% increase in its net profit for the first half of the current fiscal year, reaching NPR 76.6 million, compared to NPR 44.1 million during the same period last year. Despite a decline in interest income, the reversal of impairment charges significantly boosted the profit. The institution’s earnings per share also grew, reaching NPR 14.83. Additionally, the microfinance’s operating profit surged by 69.48%, and its paid-up capital stands at NPR 1.034 billion. The microfinance disbursed NPR 5.31 billion in loans during the period.

      NEPSE TRADING·22 Jan, 2026·1 min read
    • प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र, अर्थ मन्त्रालयद्वारा १९ अर्ब २१ करोड रुपैयाँ निकासा
      Investor

      प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र, अर्थ मन्त्रालयद्वारा १९ अर्ब २१ करोड रुपैयाँ निकासाFinance Ministry Releases Rs19.21 Billion to Accelerate Election Preparations

      प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र, अर्थ मन्त्रालयद्वारा १९ अर्ब २१ करोड रुपैयाँ निकासा काठमाडौं — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तीव्र बनाउन अर्थ मन्त्रालयले १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ। निर्वाचन आयोग, गृह मन्त्रालय, रक्षा मन्त्रालय तथा अन्य सुरक्षा निकायका लागि आवश्यक खर्च व्यवस्थापन गर्न उक्त रकम छुट्याइएको हो। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार हालसम्म गृह मन्त्रालयलाई १० अर्ब ३९ करोड, रक्षा मन्त्रालयलाई १ अर्ब ९९ करोड र निर्वाचन आयोगलाई ६ अर्ब ७२ करोड रुपैयाँ निकासा भइसकेको छ। निर्वाचन आयोगले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा करीब २७ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ, जसमध्ये हालसम्म ७० प्रतिशतभन्दा बढी रकम निकासा भइसकेको मन्त्रालयले जनाएको छ। यसअघि गृह र रक्षा मन्त्रालयले निर्वाचन सुरक्षाका लागि साढे २० अर्ब रुपैयाँ आवश्यक पर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेका थिए। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा निर्वाचन प्रहरीका लागि आवश्यक जनशक्ति, भत्ता, उपकरण र व्यवस्थापन खर्चका आधारमा उक्त प्रस्ताव तयार गरिएको थियो।Finance Ministry Releases Rs19.21 Billion to Accelerate Election Preparations Kathmandu — The government has stepped up preparations for the upcoming House of Representatives election by releasing Rs19.21 billion to cover election-related and security expenses. The funds were released by the Ministry of Finance ahead of the election scheduled for Falgun 21. According to Finance Ministry spokesperson Tank Prasad Pandey, the released amount includes Rs10.39 billion for the Ministry of Home Affairs, Rs1.99 billion for the Ministry of Defence, and Rs6.72 billion for the Election Commission of Nepal. The Election Commission has estimated that the total cost of conducting the election will be around Rs27 billion, and more than 70 percent of the required funds have already been released.

      NEPSE TRADING·21 Jan, 2026·2 min read
    • सुनचाँदीको भाउमा वृद्धि, सुन तोलाको १० हजार ४०० रुपैयाँले महँगियो
      Investor

      सुनचाँदीको भाउमा वृद्धि, सुन तोलाको १० हजार ४०० रुपैयाँले महँगियोGold and Silver Prices Rise on Wednesday

      सुनचाँदीको भाउमा वृद्धि, सुन तोलाको १० हजार ४०० रुपैयाँले महँगियो काठमाडौं — आज बुधबार सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको १० हजार ४०० रुपैयाँले वृद्धि भएको हो। यससँगै आज एक तोला सुनको मूल्य २ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार सुनको मूल्य २ लाख ८४ हजार ७०० रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ५ हजार ९२० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, अमेरिकी डलरको उतारचढाव र विश्व आर्थिक अनिश्चितताका कारण पछिल्लो समय सुनचाँदीको भाउमा चाप परेको व्यवसायीहरूको भनाइ छ।Gold and Silver Prices Rise on Wednesday Kathmandu — Prices of gold and silver increased in the domestic market on Wednesday, according to local traders. The price of gold rose sharply by Rs10,400 per tola, bringing the price of one tola of gold to Rs295,200. On Tuesday, gold was traded at Rs284,700 per tola. Silver prices also edged up. The price of silver increased by Rs40 per tola to reach Rs5,920 per tola.

      NEPSE TRADING·21 Jan, 2026·<1 min read
    • विश्व अर्थतन्त्रप्रति बढ्दो चिन्ताले टोकियो सेयर बजार ओरालो
      Investor

      विश्व अर्थतन्त्रप्रति बढ्दो चिन्ताले टोकियो सेयर बजार ओरालोTokyo Stocks Slide as Global Economic Worries and Tariff Fears Rattle Investors

      विश्व अर्थतन्त्रप्रति बढ्दो चिन्ताले टोकियो सेयर बजार ओरालो काठमाडौं — विश्व अर्थतन्त्रको भविष्यप्रति बढ्दै गएको चिन्ताका बीच मंगलबार टोकियो सेयर बजारमा गिरावट आएको छ। अमेरिकाले ग्रिनल्यान्डसम्बन्धी विषयलाई लिएर कडा भन्सार शुल्क (ट्यारिफ) लगाउने चेतावनी दिएपछि लगानीकर्ता सतर्क बनेका हुन्। दुई सय २५ कम्पनी समेटिएको मानक निक्केई स्टक एभरेज सूचकाङ्क सोमबारको तुलनामा ५९२.४७ अङ्क (१.११ प्रतिशत) घट्दै ५२,९९१.१० अङ्कमा बन्द भयो। त्यस्तै, टोपिक्स सूचकाङ्क पनि ३०.८० अङ्क (०.८४ प्रतिशत) घटेर ३,६२५.६० अङ्कमा सीमित रह्यो। यसैबीच, जापान सरकारको १० वर्षे बेंचमार्क बन्डको प्रतिफल केही समयका लागि २.३५० प्रतिशतसम्म पुगेको थियो, जुन फेब्रुअरी १९९९ यताकै उच्च स्तर हो। विश्लेषकहरूका अनुसार प्रधानमन्त्री सानेए ताकाइचीको सरकारले सरकारी खर्च बढाउने र थप ऋण जारी गर्ने अपेक्षाले बन्ड बिक्री चाप बढ्दा प्रतिफल उक्लिएको हो।Tokyo Stocks Slide as Global Economic Worries and Tariff Fears Rattle Investors Kathmandu — Japan’s stock market fell on Tuesday amid growing concerns over the global economic outlook, as investors turned cautious following fresh tariff-related tensions involving the United States. The benchmark Nikkei 225, which tracks 225 major Japanese companies, dropped 592.47 points, or 1.11 percent, to close at 52,991.10 compared to Monday’s session. The broader TOPIX also declined, shedding 30.80 points, or 0.84 percent, to end the day at 3,625.60.

      NEPSE TRADING·21 Jan, 2026·1 min read
    • आईएमएफले भारतको आर्थिक वृद्धिदरको अनुमान बढायो, चालु आर्थिक वर्षमा ७.३ प्रतिशत पुग्ने प्रक्षेपण
      Latest

      आईएमएफले भारतको आर्थिक वृद्धिदरको अनुमान बढायो, चालु आर्थिक वर्षमा ७.३ प्रतिशत पुग्ने प्रक्षेपणIMF Raises India’s Growth Forecast to 7.3 Percent for the Current Fiscal Year

      आईएमएफले भारतको आर्थिक वृद्धिदरको अनुमान बढायो, चालु आर्थिक वर्षमा ७.३ प्रतिशत पुग्ने प्रक्षेपण काठमाडौं — अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालु आर्थिक वर्ष (अप्रिल २०२५–मार्च २०२६) का लागि भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदरको अनुमान बढाएको छ। आईएमएफले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार भारतको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। यसअघि आईएमएफले भारतको आर्थिक वृद्धिदर ६.६ प्रतिशत रहने अनुमान गरेको थियो। संशोधित अनुमान भारत सरकारद्वारा सोही अवधिका लागि गरिएको ७.४ प्रतिशत वृद्धिदरको प्रक्षेपणभन्दा केही मात्र कम हो। आईएमएफका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक (अक्टोबर–डिसेम्बर २०२५) मा अपेक्षाभन्दा बलियो आर्थिक गतिविधि देखिनु र चौथो त्रैमासिक (जनवरी–मार्च २०२६) मा पनि आर्थिक गति मजबुत रहनुले वृद्धिदरको अनुमान माथि सार्न सहयोग पुगेको हो। उपभोग, सेवा क्षेत्रको विस्तार र सार्वजनिक तथा निजी लगानीमा देखिएको सुधारले अर्थतन्त्रलाई टेवा दिएको प्रतिवेदनमा उल्लेख छ।IMF Raises India’s Growth Forecast to 7.3 Percent for the Current Fiscal Year Kathmandu — The International Monetary Fund (IMF) has revised upward its growth forecast for India for the current fiscal year (April 2025–March 2026), projecting that the country’s gross domestic product (GDP) will expand by 7.3 percent. Previously, the IMF had estimated India’s economic growth at 6.6 percent for the same period. The revised projection is only slightly lower than the 7.4 percent growth estimate put forward by the Indian government. According to the IMF’s latest report, the upward revision reflects stronger-than-expected economic performance in the third quarter (October–December 2025), along with the continuation of solid growth momentum in the fourth quarter (January–March 2026). The fund noted that resilient domestic demand and sustained activity across key sectors helped support overall economic expansion.

      NEPSE TRADING·21 Jan, 2026·1 min read
    • प्रतिनिधिसभा निर्वाचनमा उद्योगी–व्यवसायीको बाक्लो उम्मेदवारी, नीति निर्माणमा पहुँच खोज्ने प्रयास
      Investor

      प्रतिनिधिसभा निर्वाचनमा उद्योगी–व्यवसायीको बाक्लो उम्मेदवारी, नीति निर्माणमा पहुँच खोज्ने प्रयासBusiness Leaders Crowd the Electoral Field as Entrepreneurs Seek a Direct Role in Policy Making

      प्रतिनिधिसभा निर्वाचनमा उद्योगी–व्यवसायीको बाक्लो उम्मेदवारी, नीति निर्माणमा पहुँच खोज्ने प्रयास काठमाडौं — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यसपटक प्रत्यक्षतर्फ उद्योगी–व्यवसायीहरूको उल्लेख्य सहभागिता देखिएको छ। मनोनयन दर्ता गर्नेमा शेयर कारोबारीदेखि सहकारी सञ्चालक र ठूला उद्योगी व्यवसायीसम्म रहेका छन्। यस निर्वाचनमा करीब दुई दर्जनभन्दा बढी उद्योगी–व्यवसायीले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये नेपालकै पहिलो अर्बपति विनोद चौधरी पनि रहेका छन्। उनले नेपाली कांग्रेसबाट नवलपरासी पश्चिम–१ बाट मंगलबार उम्मेदवारी दर्ता गराएका हुन्। चौधरीको यो दोस्रो चुनावी प्रतिस्पर्धा हो। व्यवसायीहरूका अनुसार राजनीतिमा आकर्षण बढ्नुको मुख्य कारण नीति निर्माण तहमा प्रत्यक्ष पहुँच चाहनु हो। उद्योगमैत्री कानुन, कर प्रणालीमा सुधार, लगानीको सुरक्षा तथा निजी क्षेत्रमैत्री वातावरण सिर्जना गर्न संसद्मा व्यवसायिक अनुभव भएका प्रतिनिधि आवश्यक रहेको उनीहरूको तर्क छ। नीति बनाउने ठाउँमै नपुगेसम्म उद्योग–व्यवसायका दीर्घकालीन समस्या समाधान नहुने उनीहरू बताउँछन्।Business Leaders Crowd the Electoral Field as Entrepreneurs Seek a Direct Role in Policy Making Kathmandu — Nepal’s upcoming House of Representatives election scheduled for Falgun 21 has drawn an unusually large number of candidates from the business community, signaling a growing effort by entrepreneurs to enter mainstream politics. From stock market investors and cooperative operators to large industrialists, more than two dozen business figures have registered their candidacies in the direct electoral race this time. Among the high-profile entrants is Binod Chaudhary, Nepal’s first billionaire, who has filed his candidacy from Nawalparasi West–1 representing Nepali Congress. This marks Chaudhary’s second attempt at electoral politics. His candidacy has drawn particular attention as it reflects the increasing willingness of big business figures to seek legislative authority.

      NEPSE TRADING·21 Jan, 2026·3 min read
    • सुप्रिम हेल्थ केयरले आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दर्ता गर्‍यो
      Investor

      सुप्रिम हेल्थ केयरले आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दर्ता गर्‍योSupreme Health Care Limited Files IPO Application with Regulator

      सुप्रिम हेल्थ केयरले आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दर्ता गर्‍यो काठमाडौं — सुप्रिम हेल्थ केयर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गरेको छ। कम्पनीले माघ ६ गते बोर्डमा औपचारिक रूपमा आवेदन पेस गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख कित्ता साधारण सेयर जारी गर्ने प्रस्ताव गरेको छ। यसमार्फत कम्पनीले १४ करोड रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य राखेको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भएपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ। कम्पनीका अनुसार संकलित पूँजी स्वास्थ्य सेवासम्बन्धी पूर्वाधार विस्तार तथा व्यवसायिक क्षमता अभिवृद्धिमा प्रयोग गरिनेछ।Supreme Health Care Limited Files IPO Application with Regulator Kathmandu — Supreme Health Care Limited has filed an application with the Nepal Securities Board to issue an Initial Public Offering (IPO). The company formally submitted the application to the regulator on Magh 6. Under the proposal, Supreme Health Care plans to issue 1.4 million ordinary shares at a face value of Rs100 per share, aiming to raise Rs140 million in paid-up capital from the public. The company has appointed Global IME Capital Limited as the issue and sales manager for the IPO.

      NEPSE TRADING·21 Jan, 2026·1 min read
    • चालु आर्थिक वर्षको छ महिनामा सवा एक खर्बभन्दा बढी सार्वजनिक ऋण थपियो
      Investor

      चालु आर्थिक वर्षको छ महिनामा सवा एक खर्बभन्दा बढी सार्वजनिक ऋण थपियोPublic Debt Rises by More Than Rs132 Billion in First Six Months of the Fiscal Year

      चालु आर्थिक वर्षको छ महिनामा सवा एक खर्बभन्दा बढी सार्वजनिक ऋण थपियो काठमाडौं — चालु आर्थिक वर्षको पहिलो छ महिनामा सरकारको सार्वजनिक ऋण उल्लेख्य रूपमा बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदन अनुसार साउनदेखि पुस मसान्तसम्म १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको हो। यस अवधिमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दै जाँदा ऋण दायित्व अझै बढेको छ। कार्यालयका अनुसार विनिमय दरको असरले मात्रै पुस मसान्तसम्म ७० अर्ब ६८ करोड रुपैयाँ बराबरको अतिरिक्त ऋण दायित्व थपिएको छ। नेपालले बाह्य ऋणको साँवा भुक्तानी अमेरिकी डलरमा गर्नुपर्ने भएकाले डलर बलियो हुँदा ऋणको भार स्वाभाविक रूपमा बढ्ने गर्छ। राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलर बराबर १४५.७६ रुपैयाँ पुगेको छ।Public Debt Rises by More Than Rs132 Billion in First Six Months of the Fiscal Year Kathmandu — Nepal’s public debt has increased sharply in the first half of the current fiscal year, reflecting weak revenue performance, rising expenditure pressure, and the impact of a depreciating national currency. According to the latest monthly report of the Public Debt Management Office, public debt rose by Rs132.34 billion between mid-July and mid-January. A major contributor to the rise in debt burden has been the weakening of the Nepali rupee against the US dollar. By mid-January, exchange rate fluctuations alone had added Rs70.68 billion to Nepal’s public debt liability. As Nepal must repay external loan principals in US dollars, a stronger dollar directly increases the country’s debt obligations in rupee terms. Nepal Rastra Bank data show that one US dollar stood at Rs145.76 on Tuesday.

      NEPSE TRADING·21 Jan, 2026·3 min read
    • चुनावी माहोलको असर: नेप्से ४२ अंकले उकालो, कारोबार रकम ११ अर्ब नाघ्यो
      Top

      चुनावी माहोलको असर: नेप्से ४२ अंकले उकालो, कारोबार रकम ११ अर्ब नाघ्योElection Momentum Lifts NEPSE by 42 Points as Turnover Crosses NPR 11 Billion

      मंगलबार साताको दोस्रो कारोबार दिन सेयर बजार उकालो लाग्दै नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ विन्दुमा पुगेको छ। चुनावी माहोल तीव्र बन्दै जाँदा लगानीकर्ताको मनोबल बढेको र बजारमा उत्साह देखिएको हो। यस दिन कारोबार रकम पनि उल्लेख्य रूपमा बढेर करिब ११ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। गोर्खाज फाइनान्स सकारात्मक सर्किटमा कारोबार हुँदा अधिकांश जलविद्युत र वित्तीय कम्पनीका सेयरमा राम्रो वृद्धि देखिएको छ। १३ वटै उपसमूहका परिसूचक हरियालीमा रहेकामा होटल तथा पर्यटन उपसमूह सर्वाधिक बढेको छ।The stock market extended its bullish trend on Tuesday, with the NEPSE index rising by 42.26 points to close at 2,714.81. Growing political momentum ahead of the upcoming elections boosted investor confidence and market sentiment. Daily turnover also increased significantly to around NPR 11.85 billion. Gorakha Finance hit the positive circuit, while hydropower and financial stocks posted notable gains. All 13 sub-indices ended in positive territory, led by the Hotel and Tourism sector.

      NEPSE TRADING·20 Jan, 2026·1 min read
    • शिखर पावरको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता
      Investor

      शिखर पावरको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकताShikhar Power Opens IPO for Local Residents and Nepalis Working Abroad

      शिखर पावरको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेड ले आज माघ ६ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी पहिलो चरणमा आईपीओ बिक्री सुरु गरेको हो। कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत बराबरको ३२ करोड रुपैयाँ मूल्यका ३२ लाख कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको छ। सोमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र विदेशमा कार्यरत नेपालीका लागि सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी पुँजीको १० प्रतिशत बराबरको ९ करोड ८० लाख रुपैयाँको आईपीओ निष्काशन गरिएको छ। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९ लाख ८० हजार कित्ता साधारण सेयर बिक्री खुला गरिएको हो। वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र विद्युत उत्पादन अनुमतिपत्रमा उल्लेखित विवरणका आधारमा स्थानीयका लागि सेयर छुट्याइएको कम्पनीले स्पष्ट पारेको छ।Shikhar Power Opens IPO for Local Residents and Nepalis Working Abroad Kathmandu — Shikhar Power Development Limited has opened its Initial Public Offering (IPO) from today, Magh 6, targeting project-affected local residents and Nepali citizens working abroad in the first phase of the issuance. The company has received approval to issue 3.2 million ordinary shares worth NPR 320 million, representing 32.65 percent of its issued capital of NPR 980 million. In the initial phase, the IPO has been made available specifically to locals affected by the project and Nepalis employed overseas. For project-affected local residents, Shikhar Power is issuing IPO shares equivalent to 10 percent of its issued capital, amounting to NPR 98 million. Accordingly, 980,000 ordinary shares with a par value of NPR 100 per share have been allocated for local residents. The company stated that the allocation is based on details outlined in the Environmental Impact Assessment (EIA) report and the electricity generation license.

      NEPSE TRADING·20 Jan, 2026·1 min read