
सिटी होटल लिमिटेडको ८०% हकप्रद शेयर निष्कासन सुरु, असोज १२ गतेसम्म आवेदन दिन सकिनेCity Hotel Limited Opens 80% Rights Share Issue, Applications Open Until September 28
सिटी होटल लिमिटेडको ८०% हकप्रद शेयर निष्कासन सुरु, असोज १२ गतेसम्म आवेदन दिन सकिने सिटी होटल लिमिटेडले आजदेखि (भदौ २३ गते) आफ्ना विद्यमान सेयरधनीहरूलाई लक्षित गर्दै ८० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले प्रतिशेयर अंकित मूल्य रू. १०० दरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य रू. १ अर्ब ३३ करोड ९२ लाख रहनेछ। यस प्रयोजनका लागि कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो। तदनुसार, साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरूले आवेदन दिन पाउनेछन्। हकप्रद निष्कासनमा आवेदन दिने अन्तिम मिति असोज १२ गते तोकिएको छ।City Hotel Limited Opens 80% Rights Share Issue, Applications Open Until September 28 City Hotel Limited has opened the issuance and sale of its 80 percent rights shares starting today (Bhadra 23, 2082). The company is offering rights shares in the ratio of 8 new shares for every 10 existing shares held, equivalent to 13,392,000 units of rights shares at a par value of Rs. 100 per share. The total issue amounts to Rs. 1.3392 billion. For the purpose of the rights issue, the company had announced a book closure on 27 Shrawan 2082. Accordingly, shareholders who were listed in NEPSE trading records by 26 Shrawan 2082 are eligible to apply. The deadline for applications is set for 12 Ashwin 2082 (September 28, 2025).


















