
सागर डिष्टिलरीको आईपीओ स्थगितSagar Distillery IPO Postponed
सागर डिष्टिलरीको आईपीओ स्थगित सागर डिष्टिलरीले आजदेखि सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको प्राथमिक शेयर (IPO) प्रक्रिया स्थगित भएको छ। बुधबार जारी गरिएको विज्ञप्तिमा कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै उक्त आईपीओ अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जानकारी दिएको हो। यसअघि, कम्पनीले ७२ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँबराबरको १४ लाख ५२ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने अनुमति पाएको थियो। उक्तमध्ये १० प्रतिशत (१ लाख ४५ हजार २०० कित्ता) शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट भइसकेको छ। त्यस्तै, ५ प्रतिशत (७२ हजार ६०० कित्ता) सामूहिक लगानी कोषहरूलाई, र ४३ हजार ५६० कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिसकिएको थियो। सर्वसाधारण लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर मात्र बाँकी रहेकोमा आजदेखि आवेदन खुल्ने तयारी थियो। तर, अहिले उक्त प्रक्रिया अनिश्चितकालका लागि रोकिएको छ।Sagar Distillery IPO Postponed Sagar Distillery has postponed its Initial Public Offering (IPO), which was scheduled to open for the general public today (Bhadra 25). In a notice issued on Wednesday, the company’s issue manager, Muktinath Capital, announced that due to the current adverse situation in the country, the public offering process has been suspended until further notice. Earlier, the company had received approval to issue 1,452,000 shares worth Rs. 145.2 million, which is 20% of its paid-up capital of Rs. 726 million.


















