
नयाँ मन्त्रिपरिषदमा अनुभवी नेतृत्वको प्रवेश : अर्थमन्त्रीमा रामेश्वर खनालEntry of Experienced Leadership in the New Cabinet: Rameshore Khanal Appointed as Finance Minister
नयाँ मन्त्रिपरिषदमा अनुभवी नेतृत्वको प्रवेश : अर्थमन्त्रीमा रामेश्वर खनाल काठमाडौं । मुलुक गम्भीर आर्थिक संकटको अवस्थामा रहेको बेला प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदलाई पूर्णता दिँदै महत्वपूर्ण मन्त्रालयहरूमा अनुभवी नेतृत्वलाई जिम्मेवारी दिनुभएको छ। अर्थ मन्त्रालयको नेतृत्व पूर्वअर्थ सचिव रामेश्वर खनालले सम्हाल्ने भएका छन् भने गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङ नियुक्त भएका छन्। खनाल लामो समयसम्म अर्थ मन्त्रालयमा विविध जिम्मेवारी सम्हाल्दै आएका, अनुसन्धान र नीतिगत काममा सक्रिय रहेका तथा उच्चस्तरीय आर्थिक सुधार आयोगको अध्यक्षसमेत भइसकेका कारण उनको नियुक्ति विशेष चासोको विषय बनेको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका आर्थिक सल्लाहकारसमेत भइसकेका उनले अब नीतिगत अनुभवलाई व्यवहारिक सुधारमा परिणत गर्ने अपेक्षा गरिएको छ।Entry of Experienced Leadership in the New Cabinet: Rameshore Khanal Appointed as Finance Minister At a time when the country is facing deep economic challenges, Prime Minister Sushila Karki has expanded her cabinet by entrusting key ministries to experienced figures. Former Finance Secretary Rameshore Khanal has been appointed as the Minister of Finance, while Om Prakash Aryal has taken charge of the Home Ministry and Kulman Ghising has been given the Energy Ministry portfolio. Khanal’s appointment has generated significant attention. With long experience in the Ministry of Finance, a strong background in policy research, and his role as chair of the High-Level Economic Reform Commission, he is seen as a capable technocrat. Having also served as the economic advisor to former Prime Minister Dr. Baburam Bhattarai, Khanal is expected to translate his policy expertise into practical reforms.


















