
कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य सार्वजनिकKalimati Market Publishes Today’s Wholesale Prices of Fruits and Vegetables
हरियो लसुन प्रतिकिलो २०० रुपैयाँ र हरियो धनियाँ प्रतिकिलो १५० रुपैयाँ तोकिएको छ। चाइनिज सुकेको लसुन प्रतिकिलो २२० रुपैयाँ र नेपाली सुकेको लसुन प्रतिकिलो १८० रुपैयाँ कायम भएको छ। माछातर्फ सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ तोकिएको छ। ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा माछा ३०० रुपैयाँ र छडी माछा प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ। समितिले सार्वजनिक गरेको मूल्य थोक कारोबारका लागि अधिकतम दर हो। खुद्रा बजारमा भने ढुवानी, नाफा, स्थान र उपलब्धताका आधारमा मूल्य केही फरक पर्न सक्ने देखिन्छ।Green garlic is priced at Rs 200 per kg and green coriander at Rs 150 per kg. Dried Chinese garlic is priced at Rs 220 per kg, while dried Nepali garlic is priced at Rs 180 per kg. Among fish items, dried fish has been fixed at Rs 1,000 per kg. Fresh rohu fish is priced at Rs 340 per kg, bachuwa fish at Rs 300 per kg and chhadi fish at Rs 250 per kg. The prices published by the committee are maximum wholesale rates. Retail prices may vary depending on transport cost, local market conditions, trader margins and availability.














