
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान अघि बढ्दैFormer Home Minister Ramesh Lekhak Arrested, Probe Advances Over Gen-Z Protest Crackdown
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान अघि बढ्दै काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। प्रहरीले उनलाई भक्तपुरको कटुन्जेस्थित निजी निवासबाट शुक्रबार बिहान पक्राउ गरेको हो। नयाँ सरकार गठनसँगै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि यो प्रक्रिया अघि बढाइएको हो। सोही निर्णयलगत्तै गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल गर्दै कानुनी प्रक्रिया अगाडि बढाएका थिए।Former Home Minister Ramesh Lekhak Arrested, Probe Advances Over Gen-Z Protest Crackdown Kathmandu — Former Home Minister Ramesh Lekhak has been arrested, officials from the Kathmandu Valley Crime Investigation Office confirmed. He was taken into custody from his residence in Katunje, Bhaktapur earlier today. The arrest follows a decision by the newly formed government to implement the report prepared by a probe commission led by Gauri Bahadur Karki. Soon after the Cabinet meeting, Home Minister Sudhan Gurung held continuous discussions with heads of security agencies to initiate legal action.


















