
५५ ठूला परियोजनामा १ खर्ब ७१ अर्ब लगानी स्वीकृत, ऊर्जा क्षेत्रमा सबैभन्दा बढी केन्द्रितInvestment Board Approves Rs 171.65 Billion for 55 Large Projects, Energy Sector Dominates
५५ ठूला परियोजनामा १ खर्ब ७१ अर्ब लगानी स्वीकृत, ऊर्जा क्षेत्रमा सबैभन्दा बढी केन्द्रित लगानी बोर्ड नेपाल (आईबीएन) ले सन् २०२५ डिसेम्बर ३१ सम्ममा कुल ५५ वटा ठूला परियोजनामा १ खर्ब ७१ अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। अमेरिकी डलरमा यो रकम करिब ११ अर्ब ९२ करोड डलर बराबर पर्छ। बोर्डका अनुसार स्वीकृत लगानीमध्ये सबैभन्दा ठूलो हिस्सा ऊर्जा क्षेत्रमा केन्द्रित भएको छ। आईबीएनका अनुसार ऊर्जा क्षेत्रमा मात्रै ४० वटा परियोजनामार्फत १ खर्ब ३३ अर्ब ७१ करोड रुपैयाँ (९ अर्ब २८ करोड डलर) बराबरको लगानी स्वीकृत गरिएको छ। यसले नेपालको ऊर्जा विकासमा स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण निरन्तर बढ्दै गएको संकेत गर्छ। ऊर्जा क्षेत्रमा जलविद्युत्, सौर्य ऊर्जा, प्रसारण लाइन र वितरण प्रणालीलाई प्राथमिकतामा राखिएको बोर्डले जनाएको छ। ऊर्जापछि उत्पादनमूलक उद्योग क्षेत्रमा ९ वटा परियोजनाका लागि २३ अर्ब ६९ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ। यस्तै, पूर्वाधार क्षेत्रमा १ वटा परियोजनामार्फत ६ अर्ब ४९ करोड रुपैयाँ, पर्यटन क्षेत्रमा २ वटा परियोजनाबाट ७ अर्ब १६ करोड रुपैयाँ तथा उपयोगिता क्षेत्रमा ३ वटा परियोजनाका लागि ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरिएको छ।Investment Board Approves Rs 171.65 Billion for 55 Large Projects, Energy Sector Dominates The Investment Board Nepal (IBN) has approved investments worth Rs 171.65 billion for 55 large-scale projects as of December 31, 2025. In dollar terms, the approved amount stands at approximately USD 11.92 billion. The data highlights a strong concentration of investment in priority sectors, particularly energy, reflecting Nepal’s strategic focus on long-term infrastructure and power development. According to IBN, the energy sector accounts for the largest share of approved investments. A total of 40 energy-related projects have received approval, amounting to Rs 133.71 billion, or around USD 9.28 billion. This dominance indicates continued investor confidence in Nepal’s hydropower and renewable energy potential, which remains central to the country’s economic and export ambitions. Manufacturing is the second-largest recipient of approved investment. The board has cleared nine manufacturing projects with a combined investment of Rs 23.69 billion. Analysts note that while manufacturing investment is growing, it remains significantly lower than energy, suggesting that Nepal’s industrial diversification is still in a gradual phase.


















