NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 98 / 186Next
    • विकास हाइड्रोपावरको वार्षिक साधारणसभा असोज १० गते
      Investor

      विकास हाइड्रोपावरको वार्षिक साधारणसभा असोज १० गतेAnnual General Meeting of Vikas Hydropower on September 26

      विकास हाइड्रोपावरको वार्षिक साधारणसभा असोज १० गते विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारणसभा असोज १० गते गर्ने भएको छ । साधारणसभा काठमाडौँको नयाँबजारस्थित सासा ब्यान्क्वेटमा आयोजना हुने कम्पनीले जनाएको छ । उक्त साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा अन्य वित्तीय विवरण पारित गरिनेछ । साथै, सर्वसाधारण समूहबाट ३ जना सञ्चालक नियुक्त गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने एजेन्डा पनि सभामा प्रस्तुत गरिनेछ । कम्पनीले यसपालि लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ २४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी मात्र साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।Annual General Meeting of Vikas Hydropower on September 26 Kathmandu – Vikas Hydropower Company Limited has announced that its Annual General Meeting (AGM) will be held on September 26 (Ashoj 10) at Sasa Banquet, New Baneshwor, Kathmandu. The AGM will endorse the Board of Directors’ report, the auditor’s report, and other financial statements. It will also appoint three directors from the public shareholder group and approve necessary amendments to the company’s Memorandum of Association and Articles of Association.

      NEPSE TRADING·1 Sep, 2025·1 min read
    • बुंगल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला
      Investor

      बुंगल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुलाBungol Hydro Limited Opens IPO for the General Public

      बुंगल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला बुंगल हाइड्रो लिमिटेडले आज भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले जारी पूँजी ८३ करोडको ३५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँका दरले २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। यसअघि कम्पनीले पहिलो चरणमा ८ लाख ३० हजार कित्ता आयोजना प्रभावितका लागि र २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यसपछि १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ६२ हजार २५० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी १७ लाख १ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो। उक्त आईपीओमा १ लाख ७० हजार १ सय ५० जनाले न्यूनतम १०–१० कित्ताका दरले पाउनेछन्। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ।Bungol Hydro Limited Opens IPO for the General Public Bungol Hydro Limited has opened its Initial Public Offering (IPO) for the general public from today, Bhadra 16, until Bhadra 19. The company received approval from the Securities Board of Nepal (SEBON) to issue 29,05,000 shares, equivalent to 35% of its issued capital of NPR 830 million, at a face value of NPR 100 per share. In the earlier phase, the company had already allocated 830,000 shares to project-affected locals and 207,500 shares to Nepali citizens working abroad with labor approval. Additionally, 103,750 shares have been reserved for mutual funds and 62,250 shares for the company’s employees. The remaining 1,701,500 shares are now available for the general public.

      NEPSE trading ·1 Sep, 2025·1 min read
    • नेप्से परिसूचक ३१ अंकले घट्दा कारोबार रकम ६ अर्बमा सिमित
      Top

      नेप्से परिसूचक ३१ अंकले घट्दा कारोबार रकम ६ अर्बमा सिमितNEPSE Index Falls by 31 Points; Turnover Drops to NPR 6 Billion

      साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ। नेप्से परिसूचक ३१.१७ अंकले घट्दै २७४९.८३ विन्दुमा पुगेको छ भने कारोबार रकम पनि घटेर करिब ६ अर्ब ६ करोडमा सीमित भएको छ। ३२१ स्टकमा ९७ हजारभन्दा बढी पटकको कारोबारमार्फत १ करोड ४८ लाख कित्ता शेयर किनबेच भएको छ। सबै १३ उपसमूह घटेका छन्, जसमा विकास बैंक १.५९% ले सबैभन्दा बढी घटेको छ। नेपाल पुनर्बीमा कम्पनी करिब ४५ करोडको कारोबारसहित अग्रस्थानमा रह्यो।On Sunday, the first trading day of the week, the NEPSE index dropped by 31.17 points to close at 2,749.83. Total turnover also fell to NPR 6.06 billion, with over 97,000 transactions involving 14.8 million shares across 321 stocks. All 13 sectoral indices declined, led by Development Banks with a 1.59% drop. Nepal Reinsurance topped the turnover chart with over NPR 454 million worth of trades.

      NEPSE TRADING·31 Aug, 2025·1 min read
    • केन्द्रीय बैंकले थप ५५ अर्ब निक्षेप संकलन गर्दै, वित्तीय प्रणालीमा अधिक तरलताको चाप
      Investor

      केन्द्रीय बैंकले थप ५५ अर्ब निक्षेप संकलन गर्दै, वित्तीय प्रणालीमा अधिक तरलताको चापNepal Rastra Bank to Absorb Additional Rs. 55 Billion Amid Excess Liquidity

      केन्द्रीय बैंकले थप ५५ अर्ब निक्षेप संकलन गर्दै, वित्तीय प्रणालीमा अधिक तरलताको चाप वित्तीय प्रणालीमा अधिक तरलताको चाप यथावत रहेकाले नेपाल राष्ट्र बैंकले आज फेरि ५५ अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत तरलता प्रशोचन गर्ने भएको छ। गत साउन ४ गते खिचिएको ५० अर्ब निक्षेप आज परिपक्व हुने भएकाले सोसँगै थप तरलता व्यवस्थापन गर्न लागिएको हो। बैंक तथा वित्तीय संस्थाहरूमा लामो समयदेखि अधिक तरलता थुप्रिँदै आएको छ। ब्याजदर लगातार घटे पनि कर्जा प्रवाह सुस्त रहँदा राष्ट्र बैंकले पटक–पटक निक्षेप तानेर तरलता व्यवस्थापन गर्दै आएको छ। चालु आर्थिक वर्षको डेढ महिनामै राष्ट्र बैंकले ३ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरिसकेको छ।Nepal Rastra Bank to Absorb Additional Rs. 55 Billion Amid Excess Liquidity Excess liquidity pressure in the financial system continues, and the Nepal Rastra Bank (NRB) has announced it will absorb an additional Rs. 55 billion through deposit collection today. The move comes as a Rs. 50 billion deposit, earlier absorbed on Shrawan 4, matures today. Banks and financial institutions have been facing a persistent liquidity surplus for a long time. Despite continuously declining interest rates, loan disbursement has remained sluggish. To manage this, NRB has repeatedly been pulling funds from the banking system. Within just one and a half months of the current fiscal year, the central bank has already absorbed Rs. 378.10 billion in liquidity.

      NEPSE TRADING·31 Aug, 2025·1 min read
    • सुन प्रतितोला २ लाख ३ हजार ६ सय पुग्दै नयाँ रेकर्ड, चाँदी पनि महँगियो
      Investor

      सुन प्रतितोला २ लाख ३ हजार ६ सय पुग्दै नयाँ रेकर्ड, चाँदी पनि महँगियोGold Hits Record High at Rs. 203,600 Per Tola, Silver Also Surges

      सुन प्रतितोला २ लाख ३ हजार ६ सय पुग्दै नयाँ रेकर्ड, चाँदी पनि महँगियो शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आइतबार थप महँगिँदै नयाँ रेकर्ड कायम गरेको छ। आज एकै दिनमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेर २ लाख ३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो। अघिल्लो कारोबार दिन सुनको मूल्य २ लाख ६ सय रुपैयाँमा थियो। सुनसँगै चाँदीमा पनि उछाल देखिएको छ। आज मात्र चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ बढेर २ हजार ४२५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी २ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार सुन–चाँदी दुवैको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको हो।Gold Hits Record High at Rs. 203,600 Per Tola, Silver Also Surges Gold, which had already crossed Rs. 200,000 per tola on Friday, became even more expensive on Sunday, setting a new record. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of gold rose by Rs. 3,000 in a single day, reaching Rs. 203,600 per tola — the highest ever. On the previous trading day, gold was priced at Rs. 200,600 per tola. Silver also saw a sharp rise, setting a new record. Its price increased by Rs. 65 per tola, reaching Rs. 2,425 per tola on Sunday. On the previous day, silver was traded at Rs. 2,360 per tola. The Federation confirmed that both gold and silver prices have now reached their highest levels in history.

      NEPSE TRADING·31 Aug, 2025·1 min read
    • वैदेशिक रोजगार बोर्डले १ अर्ब ५३ करोड मुद्दती निक्षेपमा लगानी गर्ने
      Investor

      वैदेशिक रोजगार बोर्डले १ अर्ब ५३ करोड मुद्दती निक्षेपमा लगानी गर्नेForeign Employment Board to Invest Rs. 1.53 Billion in Fixed Deposit

      वैदेशिक रोजगार बोर्डले १ अर्ब ५३ करोड मुद्दती निक्षेपमा लगानी गर्ने वैदेशिक रोजगार बोर्डले धरौटी खातामा रहेको १ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको बोर्डले उक्त रकमलाई एक वर्षका लागि मुद्दतीमा राख्ने तयारी गरेको हो। यसका लागि न्यूनतम ब्याजदर ३ प्रतिशतभन्दा माथि हुनुपर्ने शर्त राखिएको छ। उक्त रकम लिन इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकहरूले आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदरका विवरणसहित भदौ २२ गते दिउँसो ३ बजेसम्म बोर्डको आर्थिक प्रशासन शाखामा दरभाउपत्र बुझाउनुपर्नेछ। आवेदन फाराम भने बोर्डको वेबसाइट मार्फत डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।Foreign Employment Board to Invest Rs. 1.53 Billion in Fixed Deposit The Foreign Employment Board, under the Ministry of Labour, Employment, and Social Security, has decided to invest Rs. 1.53 billion (1.5375 billion) currently held in its deposit account into a fixed deposit for one year. The Board has set a condition that the interest rate must be above 3 percent. Interested Class “A” commercial banks are required to submit their proposals, including the amount they wish to take and the offered interest rate, to the Board’s Economic Administration Division by 3 PM on Bhadra 22. The application form for submission will be available on the Board’s official website.

      NEPSE TRADING·31 Aug, 2025·<1 min read
    • दशैंका लागि भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट सटही हुने
      Investor

      दशैंका लागि भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट सटही हुनेNew and Fresh Banknotes Exchange for Dashain from Bhadra 29 to Ashoj 10

      दशैंका लागि भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट सटही हुने आगामी भदौ २९ गतेदेखि असोज १० गतेसम्म दशैंका लागि नयाँ तथा सुकिला नोट सटही गर्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकले सूचना प्रकाशित गर्दै सर्वसाधारण तथा विभिन्न संघ–संस्थाका लागि तोकिएको मितिमा बैंकिङ कारोबार गर्ने क्रममा सुकिला नोट साट्ने व्यवस्था मिलाइएको जनाएको छ। राष्ट्र बैंकका अनुसार, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रदेश कार्यालयहरू तथा इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मार्फत सुकिला नोट सटही गर्न सकिनेछ। यस व्यवस्थाले दशैं पर्वमा प्रचलनमा आउने नयाँ तथा सुकिला नोटको माग सहज रुपमा पूरा गर्ने अपेक्षा गरिएको छ।New and Fresh Banknotes Exchange for Dashain from Bhadra 29 to Ashoj 10 The exchange of new and fresh banknotes for the upcoming Dashain festival will be available from Bhadra 29 to Ashoj 10, according to Nepal Rastra Bank (NRB). Issuing a notice, NRB informed that the facility has been arranged for the general public as well as various organizations during regular banking transactions within the mentioned period. As per NRB, fresh banknotes can be exchanged through its provincial offices located in Biratnagar, Janakpur, Birgunj, Pokhara, Siddharthanagar, Nepalgunj, and Dhangadhi, along with licensed Class A, B, and C banks and financial institutions. This arrangement is expected to meet the high demand for new and fresh banknotes during the Dashain festival.

      NEPSE TRADING·31 Aug, 2025·1 min read
    • नारायणी डेभलपमेन्ट बैंकको १००% हकप्रद शेयर असोज २ गतेदेखि खुला
      Investor

      नारायणी डेभलपमेन्ट बैंकको १००% हकप्रद शेयर असोज २ गतेदेखि खुलाNarayani Development Bank to Issue 100% Rights Shares from Ashoj 2

      नारायणी डेभलपमेन्ट बैंकको १००% हकप्रद शेयर असोज २ गतेदेखि खुला नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले असोज २ गतेदेखि १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। यस अन्तर्गत हाल कायम १ कित्ता शेयर बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर जारी हुनेछ। यस क्रममा बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ हुनेछ। हकप्रद प्रयोजनका लागि बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार भदौ ८ गतेसम्म नेप्सेमा शेयरधनी बनेकाहरूले आवेदन दिन सक्नेछन्। आवेदन असोज २२ गतेसम्म दिन सकिने व्यवस्था छ।Narayani Development Bank to Issue 100% Rights Shares from Ashoj 2 Narayani Development Bank Limited (NABBC) has announced that it will open the issuance and sale of 100% rights shares starting from Ashoj 2. Under this plan, the bank will issue rights shares in the ratio of 1:1, meaning one new share for every existing share. The bank will issue 2,624,676 rights shares at a par value of Rs. 100 each, amounting to a total of Rs. 262,467,600. For this purpose, the bank had already declared a book closure on Bhadra 9. Therefore, only those shareholders who held shares traded until Bhadra 8 are eligible to apply. Applications will remain open until Ashoj 22.

      NEPSE TRADING·31 Aug, 2025·1 min read
    • श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने आज अन्तिम दिन
      Investor

      श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने आज अन्तिम दिनToday is the Last Day for Nepalis Abroad to Apply for Srinagar Agritech Industries IPO

      श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने आज अन्तिम दिन काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणमा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्ने आज (भदौ १५) अन्तिम दिन हो। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशत बराबर ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ अर्थात् ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति दिएको थियो। यसअन्तर्गत १० प्रतिशत अर्थात् ३ लाख ९ हजार ९३८ कित्ता शेयर विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको माग गर्दै आवेदन दिन सक्नेछन्। उक्त आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।Today is the Last Day for Nepalis Abroad to Apply for Srinagar Agritech Industries IPO Today (Bhadra 15) is the final day for Nepalis working abroad to apply for the IPO of Srinagar Agritech Industries Limited, which opened on Bhadra 11. The Securities Board of Nepal (SEBON) had authorized the company to issue 20% of its paid-up capital of NPR 1.63 billion — equivalent to NPR 326.25 million, or 3,262,500 ordinary shares at a par value of NPR 100 each. Out of this, 10% — a total of 309,938 shares — has been allocated specifically for Nepalis working abroad. Applicants can apply for a minimum of 10 shares and a maximum of 10,000 shares. Nabil Investment Banking Limited is the issue and sales manager for the IPO.

      NEPSE TRADING·31 Aug, 2025·1 min read
    • हिमालयन इन्भेष्टमेन्ट बैंकरद्वारा ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्कासन सुरु
      Investor

      हिमालयन इन्भेष्टमेन्ट बैंकरद्वारा ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्कासन सुरुHimalayan Investment Banker Launches ‘HLI Large Cap Fund’ from Today

      हिमालयन इन्भेष्टमेन्ट बैंकरद्वारा ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्कासन सुरु काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले आज (भदौ १५ गते)देखि ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्कासन सुरु गरेको छ। यो योजना हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने कम्पनीको पहिलो बन्दमुखी योजना हो। कम्पनीले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँबराबरको ४० करोड इकाइमध्ये बीज पुँजीका लागि ५० प्रतिशत अर्थात २ अर्ब रुपैयाँबराबरको २० करोड इकाइ हिमालयन लाइफ इन्स्योरेन्सलाई सुरक्षित गरेको छ। बाँकी न्यूनतम २ अर्ब रुपैयाँबराबरको २० करोड इकाइ सर्वसाधारणका लागि निष्कासनमा ल्याइएको हो। लगानीकर्ताले यस योजनाको इकाइ खरिदका लागि भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा भदौ २९ गतेसम्म म्याद थप गरिनेछ।Himalayan Investment Banker Launches ‘HLI Large Cap Fund’ from Today Kathmandu — Himalayan Investment Banker Limited has launched the ‘HLI Large Cap Fund’ from today (Bhadra 15). This is the company’s first closed-end scheme under the Himalayan Life Insurance Mutual Fund. The company is issuing 400 million units worth NPR 4 billion at a par value of NPR 10 per unit. Out of this, 50% — i.e., 200 million units worth NPR 2 billion — has been secured for the fund promoter, Himalayan Life Insurance. The remaining minimum 200 million units worth NPR 2 billion are being issued to the general public. Investors can apply for the fund’s units until Bhadra 18. If sufficient applications are not received within this period, the deadline will be extended until Bhadra 29.

      NEPSE TRADING·31 Aug, 2025·1 min read
    • सपोर्ट लघुवित्तको विशेष साधारणसभा असोज ४ गते इटहरीमा
      Investor

      सपोर्ट लघुवित्तको विशेष साधारणसभा असोज ४ गते इटहरीमाSupport Laghubitta Calls Special General Meeting on Ashoj 4

      सपोर्ट लघुवित्तको विशेष साधारणसभा असोज ४ गते इटहरीमा सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। सभा आगामी असोज ४ गते इटहरीस्थित स्काइ लक्स होटलमा बिहान ११ बजेबाट सुरु हुने भएको छ। भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो। सभामा लघुवित्तको पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरिनेछ। हाल संस्थामा संस्थापक शेयरधनीको स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत रहेको छ। विशेष साधारणसभाबाट यसलाई परिवर्तन गरी ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारण बनाइनेछ। यस प्रयोजनका लागि लघुवित्तले भदौ २५ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार भदौ २४ गतेसम्म नेप्सेमा नाम दर्ता भएका शेयरधनीले मात्र साधारणसभामा उपस्थित हुन पाउनेछन्।Support Laghubitta Calls Special General Meeting on Ashoj 4 Kathmandu — Support Laghubitta Bittiya Sanstha Limited has announced that it will hold a Special General Meeting (SGM) on Ashoj 4 at Sky Lux Hotel, Itahari, Sunsari, starting at 11 AM. The decision to convene the meeting was made by the company’s board of directors on Bhadra 14. The main agenda of the SGM is to approve the proposal to change the company’s capital structure. At present, the ownership is divided as 70% promoter shareholders and 30% public shareholders. The meeting will propose to revise this ratio to 60% promoters and 40% public shareholders.

      NEPSE TRADING·31 Aug, 2025·1 min read
    • एशियन लाइफ इन्स्योरेन्सको ३ लाख ५८ हजार अवितरित हकप्रद शेयर लिलामीमा बिक्री हुने
      Investor

      एशियन लाइफ इन्स्योरेन्सको ३ लाख ५८ हजार अवितरित हकप्रद शेयर लिलामीमा बिक्री हुनेAsian Life Insurance to Auction 358,512 Unsubscribed Rights Shares

      एशियन लाइफ इन्स्योरेन्सको ३ लाख ५८ हजार अवितरित हकप्रद शेयर लिलामीमा बिक्री हुने काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले असार २५ गतेदेखि साउन २० गतेसम्म हाल कायम चुक्ता पुँजीको १ः०.४२ अनुपातमा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो। बिक्री अवधिभर २७ हजार ६२२ जना शेयरधनीले आवेदन दिएपछि १ करोड ३९ लाख २० हजार ८०० कित्ता शेयर बाँडफाँट भइसकेको छ। बाँकी ३ लाख ५८ हजार ५१२.४८ कित्ता शेयर भने बिक्री नभएकाले अब लिलामी प्रक्रियाबाट बिक्रीमा आउने भएको हो। यसअन्तर्गत संस्थापक समूहका लागि ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहका लागि ३ लाख २८ हजार ४७३.९१ कित्ता शेयर लिलामीमा राखिनेछ। इच्छुक व्यक्तिहरू, कम्पनी तथा संघसंस्थाले यो शेयर खरिद गर्न सक्नेछन्।Asian Life Insurance to Auction 358,512 Unsubscribed Rights Shares Kathmandu — Asian Life Insurance Company has announced that it will sell its unsubscribed rights shares through an auction process. Earlier, from Ashad 25 to Shrawan 20, the company had issued 14,279,312.48 rights shares at a ratio of 1:0.42 of its paid-up capital, each share priced at NPR 100. During the subscription period, 27,622 shareholders applied, and a total of 13,920,800 shares were allotted. However, 358,512.48 shares remained unsubscribed, which will now be put up for auction. Among these, 30,038.57 shares belong to the promoter group, while 328,473.91 shares are from the public group. Any individual, company, or institution is eligible to participate in the auction.

      NEPSE TRADING·31 Aug, 2025·1 min read
    • बन्दीपुर केबलकार एन्ड टुरिजमको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Investor

      बन्दीपुर केबलकार एन्ड टुरिजमको आईपीओमा आवेदन दिने आज अन्तिम दिनToday is the Final Day to Apply for Bandipur Cable Car & Tourism IPO

      बन्दीपुर केबलकार एन्ड टुरिजमको आईपीओमा आवेदन दिने आज अन्तिम दिन काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज (भदौ १५) अन्तिम दिन रहेको छ। कम्पनीले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएअनुसार कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात ५८ लाख ६० हजार कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्कासन गर्न अनुमति पाएको थियो। यसअन्तर्गत ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, ५ लाख २९ हजार ४०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ। त्यस्तै २ लाख ६४ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५८ हजार ८२० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ। बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।Today is the Final Day to Apply for Bandipur Cable Car & Tourism IPO Today (Bhadra 15) is the last day to apply for the IPO of Bandipur Cable Car & Tourism Limited. The company opened its IPO issuance to the public from Bhadra 11. As approved by the Securities Board of Nepal (SEBON), the company was permitted to issue 20.70% of its issued capital worth NPR 2.83 billion — a total of 5,860,000 ordinary shares at a face value of NPR 100 each. Out of this, 566,000 shares were allocated to locals of the project-affected area, while 529,400 shares were reserved for Nepalis working abroad. Similarly, 264,000 shares were allocated for mutual funds, and 158,820 shares were reserved for company employees. The remaining 4,341,080 shares have been issued to the general public.

      NEPSE TRADING·31 Aug, 2025·1 min read
    • नेपाल वितरक संघको अध्यक्षमा प्रेमहरि मैनाली निर्विरोध चयन
      Investor

      नेपाल वितरक संघको अध्यक्षमा प्रेमहरि मैनाली निर्विरोध चयनPrem Hari Mainali Elected Unopposed as President of Nepal Distributors Association

      नेपाल वितरक संघको अध्यक्षमा प्रेमहरि मैनाली निर्विरोध चयन काठमाडौं । नेपाल वितरक संघको २४औं साधारणसभाले प्रेमहरि मैनालीलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ। शनिबार सम्पन्न साधारणसभाबाट मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको हो। वरिष्ठ उपाध्यक्षमा नवराज दाहाल, उपाध्यक्षमा केशवप्रसाद मैनाली, महासचिवमा गणेशप्रसाद तिमिल्सिना, सचिवमा अशोक कुमार कँडेल, कोषाध्यक्षमा दिनेशमणि रिसाल र सह–कोषाध्यक्षमा रमेश प्रजापती निर्वाचित भएका छन्। त्यस्तै, कार्यसमिति सदस्यमा विनोद अधिकारी, भोजप्रसाद फुयाल (उमेश), दिपक घिमिरे, कपिल रेग्मी, निलकण्ठ ढकाल, रामप्रसाद ढकाल, फणिन्द्र खड्का (विकास), रुकेश महर्जन, किरण कार्की, भुवन श्रेष्ठ, प्रविण कुमार कर्माचार्य, सन्तोष पौडेल, सुवोध झा, गणेश कार्की र जयराम लवजू निर्वाचित भएका छन्। निबर्तमान अध्यक्ष रामहरि घिमिरे पदेन सदस्य रहनेछन्। प्रतिनिधि सभाका सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा र निबर्तमान अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो।Prem Hari Mainali Elected Unopposed as President of Nepal Distributors Association The 24th General Assembly of the Nepal Distributors Association has elected Prem Hari Mainali unopposed as its new president. The assembly, held on Saturday, unanimously endorsed a new executive committee under Mainali’s leadership. Navaraj Dahal has been elected as Senior Vice President, Keshav Prasad Mainali as Vice President, Ganesh Prasad Timilsina as General Secretary, Ashok Kumar Kandel as Secretary, Dinesh Mani Risal as Treasurer, and Ramesh Prajapati as Joint Treasurer.

      NEPSE TRADING·31 Aug, 2025·1 min read
    • प्रधानमन्त्री ओलीद्वारा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत–चीन सहमतिको विरोध
      Investor

      प्रधानमन्त्री ओलीद्वारा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत–चीन सहमतिको विरोध PM Oli Objects to India–China Agreement on Making Lipulekh a Trade Route

      प्रधानमन्त्री ओलीद्वारा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत–चीन सहमतिको विरोध प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा भारत–चीनबीच लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमतिको विषयमा आपत्ति जनाएका छन्। परराष्ट्र सचिव अमृत राईका अनुसार, शनिबार दिउँसो भएको भेटमा प्रधानमन्त्री ओलीले सो सहमतिले नेपाली भूमिको सार्वभौमसत्तामाथि प्रहार गर्ने भन्दै आफ्नो स्पष्ट असहमति व्यक्त गरेका हुन्। उनले भने, “सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका भूभाग नेपालकै हो भन्ने कुरा स्पष्ट छ। यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास छ।” भेटमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यलाई अझै प्रगाढ बनाउन दुवै पक्ष सहमत भएका राईले जानकारी दिएका छन्।PM Oli Objects to India–China Agreement on Making Lipulekh a Trade Route Prime Minister KP Sharma Oli, during his meeting with Chinese President Xi Jinping, raised strong objections to the India–China agreement to use Lipulekh as a trade route. According to Foreign Secretary Amrit Rai, the meeting held on Saturday afternoon saw PM Oli express clear dissatisfaction, stating that such an agreement undermines Nepal’s sovereignty over its territory. He remarked, “As per the 1816 Sugauli Treaty, all lands east of the Mahakali River belong to sovereign Nepal. We believe that China will stand in support of Nepal on this matter.”

      NEPSE TRADING·30 Aug, 2025·1 min read
    • प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी बीच दुई पक्षीय भेटवार्ता
      Top

      प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी बीच दुई पक्षीय भेटवार्ताPM Oli Holds Bilateral Talks with Chinese President Xi Jinping

      प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी बीच दुई पक्षीय भेटवार्ता थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता सम्पन्न भएको छ । शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री ओलीले आज अपराह्न राष्ट्रपति सीसँग थियानजिन अतिथिगृहमा भेटवार्ता गरेका हुन् । भेटवार्ताअघि राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई सो अतिथिगृहमा विशेष स्वागत गरेका थिए । दुई देशबीच आपसी सम्बन्ध, सहयोग र क्षेत्रीय विषयमा छलफल भएको बताइएको छ ।PM Oli Holds Bilateral Talks with Chinese President Xi Jinping Prime Minister KP Sharma Oli held bilateral talks with Chinese President Xi Jinping in Tianjin today. Prime Minister Oli, who arrived in China to attend the Shanghai Cooperation Organization (SCO) Summit, met President Xi at the Tianjin State Guest House this afternoon. Prior to the talks, President Xi extended a warm welcome to Prime Minister Oli at the guest house. The discussions focused on mutual relations, cooperation, and regional issues, according to officials.

      NEPSE trading ·30 Aug, 2025·<1 min read
    • वाणिज्य बैंकलाई काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा समय थप
      Investor

      वाणिज्य बैंकलाई काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा समय थपNRB Extends Time for Implementation of Counter-Cyclical Buffer

      वाणिज्य बैंकलाई काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा समय थप काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई लागु हुने काउन्टर साइक्लिकल बफर (Counter Cyclical Buffer) कार्यान्वयन गर्ने समय थप गरेको छ। यस प्रावधान अनुसार वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षमा थप पुँजी राख्नु नपर्ने भएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै चालु आर्थिक वर्षका लागि काउन्टरसाइक्लिकल बफरलाई शून्य प्रतिशत कायम गरेको हो। यसअघि आ.व. २०८०/८१ देखि वाणिज्य बैंकहरुले क्यापिटल एडूक्वेसी फ्रेमवर्क, २०१५ बमोजिम यस्तो बफर कायम गर्नुपर्ने व्यवस्था गरिएको थियो।NRB Extends Time for Implementation of Counter-Cyclical Buffer Kathmandu – Nepal Rastra Bank (NRB) has extended the time for banks and financial institutions to implement the Counter-Cyclical Buffer (CCyB). With this provision, commercial banks will not be required to maintain additional capital under the buffer during the current fiscal year. NRB amended the Unified Directive 2081 and set the counter-cyclical buffer at zero percent for this fiscal year. Earlier, from FY 2080/81, commercial banks were required to maintain the buffer as per the Capital Adequacy Framework, 2015.

      NEPSE TRADING·30 Aug, 2025·1 min read
    • नेपाल राष्ट्र बैंकको नयाँ सीएसआर मार्गदर्शन जारी
      Investor

      नेपाल राष्ट्र बैंकको नयाँ सीएसआर मार्गदर्शन जारीNepal Rastra Bank Issues New CSR Guidelines

      नेपाल राष्ट्र बैंकको नयाँ सीएसआर मार्गदर्शन जारी काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) खर्चलाई व्यवस्थित गर्न नयाँ मार्गदर्शन जारी गरेको छ। यसअघि २०८१ मा बनेको सीएसआर मार्गदर्शनलाई संशोधन गर्दै २०८२ मा नयाँ प्रावधानसहित लागु गरिएको हो। राष्ट्र बैंकको भनाइ अनुसार यसले सीएसआर खर्चलाई निष्पक्ष, पारदर्शी र लक्षित समुदायमुखी बनाउनेछ। बैंक तथा वित्तीय संस्थाले आफ्नो नाफाको कम्तीमा १ प्रतिशत रकम सीएसआर कोषमा राख्नुपर्ने व्यवस्था यथावत राखिएको छ। तर नयाँ प्रावधानअनुसार सो कोषमा जम्मा भएको रकमको कम्तीमा ६० प्रतिशत रकम सोही आर्थिक वर्षभित्र खर्च गर्नुपर्नेछ। यसले खर्चलाई ढिला नगरी तत्काल लाभग्राहीसम्म पु¥याउने सुनिश्चित गर्नेछ।Nepal Rastra Bank Issues New CSR Guidelines Nepal Rastra Bank (NRB) has issued new guidelines to regulate the Corporate Social Responsibility (CSR) spending of banks and financial institutions (BFIs). The previously introduced CSR Guidelines 2081 have been amended and reintroduced as CSR Guidelines 2082. According to NRB, this revision aims to make CSR spending fair, transparent, and more targeted toward underprivileged communities. As per the provision, banks and financial institutions must allocate at least 1% of their profit into the CSR fund. The new rule requires that at least 60% of the deposited CSR amount be spent within the same fiscal year. This ensures timely utilization of the funds so that the benefits reach the intended communities without delay.

      NEPSE TRADING·30 Aug, 2025·2 min read
    • “सहुलियतपूर्ण कर्जा : संशोधित कार्यविधि लागू, किसान, महिला र युवालाई बढी सुविधा”
      Top

      “सहुलियतपूर्ण कर्जा : संशोधित कार्यविधि लागू, किसान, महिला र युवालाई बढी सुविधा”“Concessional Loan: Revised Guidelines Implemented with Greater Benefits for Farmers, Women, and Youth”

      नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जासम्बन्धी संशोधित कार्यविधि कार्यान्वयनमा ल्याएको छ। अब कर्जा प्रवाहमा नेपाल सरकारबाट नपाएको ब्याज अनुदान राष्ट्र बैंकले उपलब्ध गराउनेछ। असार मसान्तसम्म ९४ हजार ९२० ऋणीलाई ७८ अर्ब ६६ करोड कर्जा प्रवाह भए पनि १ अर्ब रुपैयाँभन्दा बढी वक्यौता अझै बाँकी छ। संशोधित प्रावधानअनुसार कृषि तथा पशुपन्छी कर्जा सीमा ५ करोड, महिला उद्यमशील कर्जा २५ लाख, वैदेशिक रोजगारीबाट फर्केकालाई स्वरोजगार कर्जा २० लाख, शिक्षित युवा परियोजना तथा दलित उद्यम कर्जा २० लाख, स्टार्टअप कर्जा २५ लाख, बोइलर प्रतिस्थापन कर्जा २५ लाख र विपद् पीडित आवास कर्जा ५ लाखसम्म तोकिएको छ।Nepal Rastra Bank has enforced the revised concessional loan procedure. Under the new rules, NRB will provide the interest subsidy not covered by the government. As of the end of Ashad 2082, Rs. 78.66 billion was disbursed to 94,920 borrowers, with over Rs. 1 billion still unsettled. The revised provisions raise loan ceilings: up to Rs. 50 million for agriculture and livestock, Rs. 2.5 million for women entrepreneurs, Rs. 2 million for returnee migrant workers and educated youth, Rs. 2 million for Dalit entrepreneurs, Rs. 2.5 million for startups and boiler replacement, and Rs. 500,000 for disaster-hit housing.

      NEPSE TRADING·29 Aug, 2025·1 min read
    • नबिल म्युचुअल फण्डका NBF2 र NBF3 बाट १३% नगद प्रतिफल घोषणा
      Top

      नबिल म्युचुअल फण्डका NBF2 र NBF3 बाट १३% नगद प्रतिफल घोषणाNabil Mutual Fund’s NBF2 and NBF3 Announce 13% Cash Return

      नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ (NBF2) र नबिल ब्यालेन्स्ड फण्ड ३ (NBF3) ले आर्थिक वर्ष 2081/82 का लागि प्रतिफल घोषणा गरेका छन्। दुबै फण्डले १३–१३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेका छन्। भदौ १२ गते बसेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। साथै, लाभांश वितरण प्रयोजनार्थ भदौ २२ गते बुकक्लोज हुने भएकाले भदौ १९ गतेसम्म इकाईधनी भएका लगानीकर्ताले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्।Nabil Balanced Fund 2 (NBF2) and Nabil Balanced Fund 3 (NBF3), operated under Nabil Mutual Fund, have announced returns for FY 2081/82. Both funds declared a 13% cash dividend. The decision was made during the board meeting of Nabil Investment Banking held on Bhadra 12. For dividend distribution purposes, the book closure date has been set for Bhadra 22. Hence, only unit holders who are on record until Bhadra 19 will be eligible to receive the dividends.

      NEPSE TRADING·29 Aug, 2025·<1 min read