NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Stock News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 101 / 144Next
    • नेपालमा १०७  लाइसेन्सप्राप्त बैंक तथा वित्तीय संस्थाको विवरण सार्वजनिक, सबैले पेश गरे डेटा
      Investor

      नेपालमा १०७ लाइसेन्सप्राप्त बैंक तथा वित्तीय संस्थाको विवरण सार्वजनिक, सबैले पेश गरे डेटाNRB Report Confirms 107 Licensed BFIs Operating in Nepal with Full Data Availability

      नेपालमा १०७ लाइसेन्सप्राप्त बैंक तथा वित्तीय संस्थाको विवरण सार्वजनिक, सबैले पेश गरे डेटा नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको "बैंकिङ तथा वित्तीय तथ्यांक, मासिक" प्रतिवेदनअनुसार हाल देशभर १०७ बैंक तथा वित्तीय संस्था (BFIs) सञ्चालनमा रहेका छन्। तीमध्ये सबै संस्थाले चालु अवधिसम्मको विवरण राष्ट्र बैंकमा पेश गरेका छन्, जसले नियामक पालना र पारदर्शिताको दृष्टिकोणले राम्रो संकेत दिएको छ।NRB Report Confirms 107 Licensed BFIs Operating in Nepal with Full Data Availability Nepal Rastra Bank (NRB) has released the latest Banking and Financial Statistics, Monthly report, confirming the presence of 107 licensed Banks and Financial Institutions (BFIs) in Nepal. These consist of commercial banks, development banks, finance companies, microfinance institutions, and an infrastructure development bank. As per the provisional data submitted to NRB, all 107 institutions have successfully provided their statistical data, marking a commendable level of compliance and operational transparency.

      NEPSE trading ·13 Jun, 2025·2 min read
    • नेपालको बैंकिङ क्षेत्रको अवलोकन: निक्षेप र कर्जा दुवैमा स्थिर वृद्धि
      Investor

      नेपालको बैंकिङ क्षेत्रको अवलोकन: निक्षेप र कर्जा दुवैमा स्थिर वृद्धिNepal’s Banking Sector Sees Steady Growth in Deposits and Credit — Mid-May 2025 Update

      नेपालको बैंकिङ क्षेत्रको अवलोकन: निक्षेप र कर्जा दुवैमा स्थिर वृद्धि २०७९ जेठसम्मको मासिक बैंक तथा वित्तीय तथ्यांक अनुसार, नेपालका बैंकहरूले सञ्चित निक्षेप र प्रवाह गरिएको कर्जामा निरन्तर वृद्धि देखिएको छ। यो अवस्था आर्थिक स्थायित्व, जनविश्वास र तरलता सुधारको संकेत हो।Nepal’s Banking Sector Sees Steady Growth in Deposits and Credit — Mid-May 2025 Update The monthly banking and financial statistics up to Mid-May 2025 reveal a continued upward trend in both deposit accumulation and credit disbursement by Nepal’s banking institutions. This reflects improving public confidence, economic liquidity, and enhanced lending activities in the financial sector.

      NEPSE trading ·13 Jun, 2025·2 min read
    • वाणिज्य बैंकहरूको नाफा घट्यो, १० बैंक घाटामा, नबिलको अग्रता कायम
      Top

      वाणिज्य बैंकहरूको नाफा घट्यो, १० बैंक घाटामा, नबिलको अग्रता कायमProfit of Commercial Banks Declines Slightly; 10 Banks See Drops, Nabil Bank Leads the Pack

      वाणिज्य बैंकहरूको नाफा घट्यो, १० बैंक घाटामा, नबिलको अग्रता कायम चालु आर्थिक वर्ष २०८२ को बैशाखसम्म २० वटा वाणिज्य बैंकहरूले जम्मा ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.७ प्रतिशतले कम हो। २०८१ को बैशाखसम्ममा यी बैंकहरूले ४८ अर्ब ६० करोड ६८ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए।Profit of Commercial Banks Declines Slightly; 10 Banks See Drops, Nabil Bank Leads the Pack As of the end of Baisakh 2082, Nepal’s 20 commercial banks have collectively earned a net profit of NPR 47.79 billion. This marks a 1.7% decline compared to the same period last fiscal year when total net profit stood at NPR 48.60 billion.

      NEPSE TRADING·13 Jun, 2025·1 min read
    • नेप्सेमा लगभग ३ महिना यताकै उच्च कारोबार, बजार भने ९ अंकले घट्यो
      Investor

      नेप्सेमा लगभग ३ महिना यताकै उच्च कारोबार, बजार भने ९ अंकले घट्योHigh Turnover, Strong Buying from Top Brokers but Market Remains Technically Negative

      नेप्सेमा लगभग ३ महिना यताकै उच्च कारोबार, बजार भने ९ अंकले घट्यो, ठूला १० ब्रोकरमध्ये ७ को खरीद उच्चHigh Turnover, Strong Buying from Top Brokers but Market Remains Technically Negative On the last trading day of the week, Thursday, the NEPSE index continued its downward trend. After declining the previous day, the market extended the same trend, dropping by 9.08 points to close at 2,655.38. Despite heavy trading in the hydropower sector, strong selling pressure in the segment dragged the market down. However, overall transaction volume saw a notable increase. On Wednesday, the total turnover was NPR 9.90 billion, whereas on Thursday, shares worth NPR 12.51 billion were traded in 102,895 transactions involving 311 companies, totaling over 28.6 million shares.

      NEPSE trading ·12 Jun, 2025·2 min read
    • नेप्सेमा गिरावट, तर हाईड्रोपावरमा देखियो मुमेन्टम; ५० दिने मूविङ एभरेजले टेक्निकल सपोर्ट दिएको विश्लेषण
      Investor

      नेप्सेमा गिरावट, तर हाईड्रोपावरमा देखियो मुमेन्टम; ५० दिने मूविङ एभरेजले टेक्निकल सपोर्ट दिएको विश्लेषणNEPSE Declines but Hydropower Shows Momentum; Technical Chart Gets Support from 50-Day Moving Average

      नेप्सेमा गिरावट, तर हाईड्रोपावरमा देखियो मुमेन्टम; ५० दिने मूविङ एभरेजले टेक्निकल सपोर्ट दिएको विश्लेषण बुधबारको दिन दुई दिनको लगातार उकालो पछि नेप्से परिसूचक १३.६९ अंकले घटेर २६६४.४७ विन्दुमा बन्द भयो। बजार ओरालो लागेपनि हाईड्रोपावर कम्पनीहरूको मुमेन्टमले टेक्निकल चार्टमा सपोर्ट देखिएको छ। हाल बजारमा मिड–क्याप र फण्डामेन्टल रूपमा बलिया कम्पनीहरू चलिरहेका छन्। यसअघि सक्रिय रहेका लो–क्याप कम्पनीको स्थान अहिले हाईड्रोपावर कम्पनीहरूले लिएका छन्। विश्लेषकहरूका अनुसार लार्ज–क्याप कम्पनीमा समेत चहलपहल सुरु हुने संकेत देखिएको छ।NEPSE Declines but Hydropower Shows Momentum; Technical Chart Gets Support from 50-Day Moving Average After two consecutive days of gains, the NEPSE index dropped by 13.69 points on Wednesday, closing at 2,664.47. Despite the decline, strong momentum in hydropower stocks provided technical support to the market. Currently, mid-cap and fundamentally strong companies are driving the market. Previously, low-cap stocks were dominant, but analysts now anticipate large-cap stocks will gain traction.

      NEPSE TRADING·11 Jun, 2025·1 min read
    • होटल गरिमा लिमिटेडले ल्याउँदै आईपीओ, एनआइएमबि एस क्यापिटलसँग सम्झौता
      Investor

      होटल गरिमा लिमिटेडले ल्याउँदै आईपीओ, एनआइएमबि एस क्यापिटलसँग सम्झौताHotel Garima Limited to Issue IPO, Signs Roadmap Agreement with NIMB S Capital

      होटल गरिमा लिमिटेडले ल्याउँदै आईपीओ, एनआइएमबि एस क्यापिटलसँग सम्झौता काठमाडौं – होटल गरिमा लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले यसका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडसँग रोडम्याप सम्बन्धी सम्झौता गरेको छ। सम्झौतामा होटल गरिमा लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक विनोद पौडेल र एनआइएमबि एस क्यापिटलका तर्फबाट डेप्यूटी सीईओ सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार एनआइएमबि एस क्यापिटलले होटल गरिमा लिमिटेडलाई आईपीओ निष्कासन प्रक्रियामा आवश्यक सम्पूर्ण परामर्श तथा कर्पोरेट सल्लाहकारको भूमिका निर्वाह गर्नेछ। यो सम्झौतासँगै होटल गरिमाले पब्लिकमा शेयर ल्याउने औपचारिक प्रक्रिया थालनी गरेको छ। आगामी दिनमा नियामकीय प्रक्रिया पूरा गरी सर्वसाधारणका लागि सेयर खुल्ला गरिनेछ।**Hotel Garima Limited to Issue IPO, Signs Roadmap Agreement with NIMB S Capital** Kathmandu – Hotel Garima Limited is set to issue its Initial Public Offering (IPO) to the general public. To move forward with the process, the company has signed a roadmap agreement with NIMB S Capital Limited. The agreement was signed by Binod Paudel, Managing Director of Hotel Garima, and Sachindra Dhungana, Deputy CEO of NIMB S Capital. As per the agreement, NIMB S Capital will act as a corporate advisor to Hotel Garima Limited, providing necessary guidance and assistance throughout the IPO issuance process. With this agreement, Hotel Garima has formally initiated the process to go public, and the IPO will be opened to the public after completing the required regulatory procedures.

      NEPSE TRADING·11 Jun, 2025·1 min read
    • सेबोन अध्यक्षविरुद्धको समाचार हटाउन अदालतको अल्पकालीन आदेश
      Investor

      सेबोन अध्यक्षविरुद्धको समाचार हटाउन अदालतको अल्पकालीन आदेशCourt Issues Interim Order to Remove News Against SEBON Chairman

      सेबोन अध्यक्षविरुद्धको समाचार हटाउन अदालतको अल्पकालीन आदेश जिल्ला अदालत काठमाडौंले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठविरुद्ध प्रकाशित समाचार हटाउन दुई अनलाइन सञ्चारमाध्यमलाई अल्पकालीन आदेश जारी गरेको छ। न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले बिजमाण्डु प्रालि र नेपाल खबर प्रालिलाई सो आदेश दिएको हो। श्रेष्ठले ती सञ्चारमाध्यमहरूमा प्रकाशित सामग्रीहरूले आफ्नो प्रतिष्ठामा आँच पुर्‍याएको भन्दै अदालतमा रिट दायर गरेका थिए। उनको निवेदनको आधारमा अदालतले तत्काल समाचार हटाउन अल्पकालीन आदेश दिएको हो। साथै, निवेदकको मागअनुसार किन अन्तरिम आदेश जारी गर्नु नपर्ने भन्ने आधारसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेशमा भनिएको छ।Court Issues Interim Order to Remove News Against SEBON Chairman The District Court of Kathmandu has issued a short-term (interim) order to two online media outlets to remove published content related to Santosh Narayan Shrestha, Chairman of the Securities Board of Nepal (SEBON). A single bench of Judge Pitambar Sharma issued the order against Bizmandu Pvt. Ltd. and Nepal Khabar Pvt. Ltd. The order follows a petition filed by Shrestha, claiming that the published news had harmed his reputation.

      NEPSE TRADING·11 Jun, 2025·1 min read
    • बैंकिङ क्षेत्र सुधारका लागि राष्ट्र बैंकले बाह्य विज्ञको संयोजकत्वमा सुझाव उपसमिति गठन
      Investor

      बैंकिङ क्षेत्र सुधारका लागि राष्ट्र बैंकले बाह्य विज्ञको संयोजकत्वमा सुझाव उपसमिति गठनNRB Forms Expert-Led Committee for Banking Sector Reform

      बैंकिङ क्षेत्र सुधारका लागि राष्ट्र बैंकले बाह्य विज्ञको संयोजकत्वमा सुझाव उपसमिति गठन काठमाडौं — नेपाल राष्ट्र बैंकले पहिलोपटक बाह्य विज्ञको संयोजकत्वमा बैंकिङ क्षेत्र सुधारका लागि ३ सदस्यीय सुझाव उपसमिति गठन गरेको छ। राष्ट्र बैंकको सञ्चालक समितिको जेठ २१ गते बसेको बैठकले गभर्नर डा. विश्व पौडेलको प्रस्तावमा उपसमिति गठन गर्ने निर्णय गरेको हो। उक्त उपसमितिको संयोजकमा धितोपत्र बोर्डका पूर्वअध्यक्ष तथा पूर्वनिर्देशक डा. रेवतबहादुर कार्की रहेका छन्। समितिमा सानिमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष भुवन दाहाल सदस्य र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेल सदस्य सचिव तोकिएका छन्। उपसमितिलाई बैंकिङ क्षेत्रको वर्तमान अवस्था, संरचना, जोखिम व्यवस्थापन, नियमन प्रणाली तथा दीर्घकालीन सुधार उपायहरूबारे अध्ययन गरी ३० दिनभित्र सुझाव पेश गर्न समयसीमा तोकिएको छ। राष्ट्र बैंकले यसअघि आफ्नै आन्तरिक संयन्त्रबाट बैंकिङ क्षेत्र सुधारको पहल गर्दै आएकोमा, पहिलोपटक बाहिरका विज्ञको संयोजकत्वमा उपसमिति गठन गरेर सुझाव माग्नु ऐतिहासिक कदमका रूपमा हेरिएको छ। राष्ट्र बैंकले बैंकहरूको अनुमति, नियमन, सुपरिवेक्षण तथा सुधारको जिम्मेवारी आफ्नै स्थापनाकालदेखि सम्हाल्दै आएको दाबी गर्दै आएको छ। नयाँ उपसमितिको गठनसँगै अब बैंकिङ सुधारका नीति तथा कार्ययोजनामा ताजा दृष्टिकोण समावेश हुने अपेक्षा गरिएको छ।NRB Forms Expert-Led Committee for Banking Sector Reform For the first time in its history, Nepal Rastra Bank (NRB) has formed a 3-member recommendation subcommittee led by an external expert to suggest reforms in the banking sector. The subcommittee was formed based on a proposal by NRB Governor Dr. Bishwo Paudel during the central bank’s board meeting held on Jestha 21. The subcommittee is coordinated by Dr. Rewat Bahadur Karki, former Chairman of the Securities Board of Nepal (SEBON) and a former NRB Director. Other members include Bhuvan Dahal, former CEO of Sanima Bank and past President of the Nepal Bankers’ Association, and Guru Paudel, Executive Director of NRB, who will serve as the member secretary.

      NEPSE trading ·11 Jun, 2025·1 min read
    • नेपाल धितोपत्र बोर्डको प्रतिवेदन सार्वजनिक: नयाँ स्टक एक्सचेन्जको लाइसेन्स र नेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको सिफारिस
      Investor

      नेपाल धितोपत्र बोर्डको प्रतिवेदन सार्वजनिक: नयाँ स्टक एक्सचेन्जको लाइसेन्स र नेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको सिफारिसNepal Securities Board Publishes Report: Recommends Licensing New Stock Exchange and Restructuring Nepal Stock Exchange

      नेपाल धितोपत्र बोर्डको प्रतिवेदन सार्वजनिक: नयाँ स्टक एक्सचेन्जको लाइसेन्स र नेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको सिफारिस नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालनका लागि एक भन्दा बढी सङ्गठित संस्थालाई अनुमति दिने सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन, २०८१ मंगलबार सार्वजनिक गरेको छ। उक्त प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय सरकारले अघि नै गरिसकेको थियो। नेपाल सरकारको २०८१ पुस ५ मा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको नेतृत्वमा गठित अध्ययन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसपछि सरकारले उक्त प्रतिवेदन अर्थ मन्त्रालयमा पठाएर कार्यान्वयन प्रक्रियाको थालनी गर्न निर्देशन दिएको थियो, र अर्थ मन्त्रालयले उक्त प्रतिवेदन कार्यान्वयनको जिम्मा धितोपत्र बोर्डलाई दिएको थियोNepal Securities Board Publishes Report: Recommends Licensing New Stock Exchange and Restructuring Nepal Stock Exchange The Nepal Securities Board has made public a study report on Tuesday, 2081 (2025), concerning the authorization of multiple organized institutions to operate the securities market. The government had already decided to implement the recommendations of this report. On Poush 5, 2081 (December 20, 2024), a cabinet meeting of the Government of Nepal approved the implementation of the report prepared by a study committee led by former Deputy Governor of Nepal Rastra Bank, Chintamani Siwakoti. Following this, the government forwarded the report to the Ministry of Finance with instructions to initiate the implementation process, and the Ministry assigned the responsibility to the Nepal Securities Board. On Tuesday, the Board released the report, which recommends issuing a license for a new stock exchange. Additionally, it highlights the need to restructure the existing Nepal Stock Exchange. The report also provides various legal and operational suggestions. This decision is expected to bring greater stability and diversity to Nepal’s investors and the securities market.

      NEPSE trading ·10 Jun, 2025·1 min read
    • नेपाली शेयर बजारमा उत्साहको माहोल: २५ अंकको वृद्धि, कारोबार रकम १० अर्ब नाघ्यो, फाइनान्स क्षेत्रको प्रगति
      Investor

      नेपाली शेयर बजारमा उत्साहको माहोल: २५ अंकको वृद्धि, कारोबार रकम १० अर्ब नाघ्यो, फाइनान्स क्षेत्रको प्रगतिExcitement in Nepal Stock Market: 25-Point Increase, Trading Volume Exceeds 10 Billion, Finance Sector Growth

      नेपाली शेयर बजारमा उत्साहको माहोल: २५ अंकको वृद्धि, कारोबार रकम १० अर्ब नाघ्यो, फाइनान्स क्षेत्रको प्रगति नेपाली शेयर बजार आज ठूलो उत्साहको साथ अघि बढेको छ। नेप्से परिसूचक २५.०७ अंकले वृद्धि भइ २६७८.१७ अंकमा पुगेको छ, जुन ०.९४ प्रतिशतको वृद्धि हो। आजको कारोबारमा ३११ कम्पनीका २ करोड ३६ लाख ९७ हजार १ सय ४५ कित्ता शेयर किनबेच भएका छन्, जसको कुल कारोबार रकम १० अर्ब १६ करोड ९ लाख ८९ हजार ७६.१७ रुपियाँ रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख रहेका छन्। बाह्य अर्थतन्त्रको स्थिरता र आन्तरिक आर्थिक संकेतहरूले नेपाली शेयर बजारको वृद्धि र उत्साहमा योगदान पुर्याएका छन्। यस वर्षको बजारले अपेक्षाकृत राम्रो प्रदर्शन गरेको छ र यो वित्तीय क्षेत्रको सुधारसँगै सकारात्मक परिणाम देखिएको छ।Excitement in Nepal Stock Market: 25-Point Increase, Trading Volume Exceeds 10 Billion, Finance Sector Growth The Nepalese stock market has experienced a surge of enthusiasm today, with the NEPSE index rising by 25.07 points to reach 2,678.17 points, marking a 0.94% increase. On this day, a total of 311 companies traded 23,697,145 shares, with the total trading volume amounting to NPR 10.16 billion (10,169,681,076.17). According to the Nepal Rastra Bank, economic indicators are showing improvement, with external economic factors remaining strong. The internal economic indicators also appear to be moving towards a positive direction, contributing to the current excitement and upward movement in the stock market. This year's market performance is notably better compared to previous years, with particularly positive signs coming from the finance sector.

      NEPSE trading ·10 Jun, 2025·1 min read
    • ब्याजदरमा गिरावट र शेयर धितो कर्जा वृद्धि
      Investor

      ब्याजदरमा गिरावट र शेयर धितो कर्जा वृद्धिDeclining Interest Rates and Increase in Margin Loans for Share Investment

      ब्याजदरमा गिरावट र शेयर धितो कर्जा वृद्धि नेपालका बैंक र वित्तीय संस्थामा ब्याजदर निरन्तर घट्दै गएको छ। नेपालको वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर २०८२ वैशाख महिनामा ८.११ प्रतिशतमा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.३३ प्रतिशत कम हो। यस वर्षको वैशाख महिनामा वाणिज्य बैंकहरूको ब्याजदर १०.३४ प्रतिशतको तुलनामा घटेको छ। विकास बैंकहरूको कर्जाको ब्याजदर ९.४५ प्रतिशत र वित्त कम्पनीहरूको ब्याजदर १०.३१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा घटेको हो। निक्षेपको ब्याजदर पनि घट्दै गएको छ। वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.३७ प्रतिशतमा पुगेको छ, जुन गत वर्षको तुलनामा २ प्रतिशत कम हो। विकास बैंकहरूको निक्षेप ब्याजदर ५.११ प्रतिशत र वित्त कम्पनीहरूको ६.१५ प्रतिशत रहेको छ।Declining Interest Rates and Increase in Margin Loans for Share Investment Interest rates in Nepal's banks and financial institutions have been continuously declining. According to recent data, the weighted average interest rate on loans for commercial banks in Nepal stood at 8.11% in the month of Baishakh 2082, a decrease of 2.33% compared to the previous year. This is a reduction from 10.34% in Baishakh 2081. The interest rates for development banks and finance companies have also decreased, with development banks' loan rates at 9.45% and finance companies' loan rates at 10.31%, both lower than last year.

      NEPSE trading ·10 Jun, 2025·1 min read
    • बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह ७.३ प्रतिशतले वृद्धि
      Investor

      बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह ७.३ प्रतिशतले वृद्धिLoan Disbursement by Banks and Financial Institutions Increases by 7.3%

      बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह ७.३ प्रतिशतले वृद्धि चालू आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ३ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जुन ७.३ प्रतिशतको वृद्धि हो। नेपाल राष्ट्र बैंकका अनुसार, वैशाख महिनाको अन्त्यसम्म कर्जा प्रवाहमा यो वृद्धि देखिएको हो। गत वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले २ खर्ब २५ अर्ब २४ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका थिए। चालू आवमा कर्जा प्रवाह थोरैले बढेको देखिएको हो। राष्ट्र बैंकले चालू आवमा कर्जा प्रवाहमा १२.५ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको छ, जुन वैशाखसम्म ७.३ प्रतिशत देखिएको छ।Loan Disbursement by Banks and Financial Institutions Increases by 7.3% In the first 10 months of the current fiscal year, banks and financial institutions have disbursed loans amounting to NPR 368.68 billion, showing a 7.3% increase. According to Nepal Rastra Bank, the loan flow in the banking and financial sector as of the end of Baishakh has shown this growth. In the same period last year, banks and financial institutions had disbursed only NPR 225.24 billion. In the current fiscal year, the increase in loan flow is relatively modest. Nepal Rastra Bank has projected a 12.5% increase in loan flow for the current year, with a 7.3% increase seen up to Baishakh.

      NEPSE trading ·10 Jun, 2025·1 min read
    • महँगी (मुद्रास्फीति)  घट्यो, २०८२ वैशाख महिनामा २.७७ प्रतिशत
      Investor

      महँगी (मुद्रास्फीति) घट्यो, २०८२ वैशाख महिनामा २.७७ प्रतिशतInflation Drops Sharply to 2.77% in Baishakh 2082

      महँगी (मुद्रास्फीति) ह्वात्तै घट्यो, २०८२ वैशाख महिनामा २.७७ प्रतिशत नेपाल राष्ट्र बैंकका अनुसार, २०८२ वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा ४.४० प्रतिशत थियो। यस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत थियो। गत वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले वृद्धि भएको छ।Inflation Drops Sharply to 2.77% in Baishakh 2082 According to Nepal Rastra Bank, the annual point-to-point consumer inflation rate in Baishakh 2082 has decreased to 2.77%, compared to 4.40% in the same month of the previous year. In Baishakh, the inflation for food and beverages stood at 1.52%, while non-food and services inflation was 3.45%. In the same period last year, the inflation for these groups was 6.41% and 3.09%, respectively. In Baishakh, within the food and beverages group, the annual point-to-point inflation for ghee and oils was 11.08%, fruits were 6.15%, lentils and pulses were 5.17%, and non-alcoholic beverages saw a 4.70% increase. However, the annual point-to-point inflation for vegetables was 8.11%, spices increased by 2.20%, and fish and meat decreased by 0.48%.

      NEPSE trading ·10 Jun, 2025·1 min read
    • कुल विदेशी विनिमय सञ्चितिमा २३.१ प्रतिशतको वृद्धि
      Investor

      कुल विदेशी विनिमय सञ्चितिमा २३.१ प्रतिशतको वृद्धिTotal Foreign Exchange Reserves Increase by 23.1%

      कुल विदेशी विनिमय सञ्चितिमा २३.१ प्रतिशतको वृद्धि नेपाल राष्ट्र बैंकका अनुसार, आर्थिक वर्ष २०८१/८२ को असार महिनाको अन्त्यमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो, जसमा २३.१ प्रतिशतको वृद्धि भई २०८२ वैशाख महिनाको अन्त्यसम्म २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा, २०८१ असार महिनामा १५ अर्ब २७ करोड डलर रहेको विदेशी विनिमय सञ्चिति २०८२ वैशाख महिनामा २०.५ प्रतिशतको वृद्धि भई १८ अर्ब ४० करोड डलर पुगेको छ। नेपाल राष्ट्र बैंकमा रहेको कुल विदेशी विनिमय सञ्चिति २०८१ असार महिनामा १८४८ अर्ब ५५ करोड रुपैयाँ थियो, जुन २०८२ वैशाख महिनामा १९.६ प्रतिशतको वृद्धि भई २२११ अर्ब ११ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार महिनामा १९२ अर्ब ५५ करोड रुपैयाँ थियो, जसमा ५६.८ प्रतिशतको वृद्धि भई ३०१ अर्ब ८३ करोड पुगेको छ।Total Foreign Exchange Reserves Increase by 23.1% According to Nepal Rastra Bank, the total foreign exchange reserves at the end of the fiscal year 2081/82 stood at NPR 20.41 trillion, which saw a 23.1% increase, reaching NPR 25.13 trillion by the end of Baishakh 2082. In terms of US dollars, the foreign exchange reserves in Baishakh 2082 increased by 20.5%, reaching USD 18.4 billion, up from USD 15.27 billion at the end of Asar 2081.

      NEPSE trading ·10 Jun, 2025·1 min read
    • विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा १३.२ प्रतिशतको वृद्धि
      Investor

      विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा १३.२ प्रतिशतको वृद्धिRemittance Inflow Increases by 13.2% in Fiscal Year 2081/82

      विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा १३.२ प्रतिशतको वृद्धि आर्थिक वर्ष २०८१/८२ को दश महिनामा नेपालमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १३.२ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। गत वर्षको सोही अवधिमा रेमिट्यान्समा १६.९ प्रतिशतको वृद्धि भएको थियो। यस आर्थिक वर्षको वैशाख महिनामा मात्र १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो, जुन गत वर्षको वैशाख महिनामा १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँको तुलना मा निकै उच्च रहेको छ।Remittance Inflow Increases by 13.2% in Fiscal Year 2081/82 In the first ten months of the fiscal year 2081/82, Nepal saw a 13.2% increase in remittance inflows, according to Nepal Rastra Bank. By the end of the month of Baishakh, the total remittance inflow reached NPR 1.356 trillion. In comparison, during the same period last year, remittance inflows had increased by 16.9%. In Baishakh 2082 alone, remittance inflows amounted to NPR 165.3 billion, significantly higher than NPR 115.99 billion in the same month of the previous year.

      NEPSE trading ·10 Jun, 2025·1 min read
    • हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
      Investor

      हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिनToday is the Last Day to Secure Dividend from Himalayan Life Insurance

      हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अर्थात् जेठ २७ गते अन्तिम दिन रहेको छ। कम्पनीले भोलि जेठ २८ गते साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि एक दिन बुक क्लोज गर्ने भएकोले आजसम्म नेप्सेमा शेयर खरिद गरी नाम दर्ता भएका शेयरधनीहरू लाभांशका लागि योग्य हुनेछन्। कम्पनीले असार १० गते आम्रपाली ब्याङ्क्वेट, नक्सालमा बिहान १०:३० बजे वार्षिक साधारण सभा आयोजना गर्ने जनाएको छ। उक्त सभामा हाल कायम रहेको चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपैयाँको आधारमा ८ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पेश गरिनेछ। सभामा उपस्थित शेयरधनीहरूले लाभांश प्रस्तावमाथि छलफल गरी अनुमोदन गर्नेछन्। शेयरधनीहरूलाई समयमै लाभांश प्राप्त गर्न आजसम्म शेयर खरिद गर्ने सन्देश कम्पनीले दिएको छ।Today is the Last Day to Secure Dividend from Himalayan Life Insurance Today is the final day to secure dividends from Himalayan Life Insurance Limited. The company has announced a book closure for tomorrow, Jestha 28, for the purpose of conducting its Annual General Meeting (AGM) and distributing dividends. Hence, only shareholders who have purchased and held shares through NEPSE by the end of today will be eligible for the proposed dividend and allowed to participate in the AGM.

      NEPSE trading ·10 Jun, 2025·1 min read
    • २० अर्ब ४० करोड हराएको आरोप : नेपाल बैंक लिमिटेडमाथि महालेखा कार्यालयमा उजुरी, अख्तियारमा पनि  उजुरी
      Investor

      २० अर्ब ४० करोड हराएको आरोप : नेपाल बैंक लिमिटेडमाथि महालेखा कार्यालयमा उजुरी, अख्तियारमा पनि उजुरीNPR 20.40 Billion Missing: Serious Allegations Filed Against Nepal Bank Limited

      २० अर्ब ४० करोड हराएको आरोप : नेपाल बैंक लिमिटेडमाथि महालेखा कार्यालयमा उजुरी, अख्तियारमा पनि उजुरी नेपाल बैंक लिमिटेडमा २० अर्ब ४० करोड रुपैयाँ हराएको विषयलाई लिएर गम्भीर आर्थिक अनियमितताको आशंका सार्वजनिक भएको छ। उक्त रकम हराएको भन्दै नेपाल बैंक लिमिटेडविरुद्ध महालेखापरीक्षकको कार्यालयमा खोजबिनको मागसहित औपचारिक उजुरी परेको छ। उक्त उजुरी बैंकका शेयरधनी अंगराज भारतीले दर्ता गराएका हुन्। भारतीले २०७४ चैत र २०७५ असारमा साना तथा मझौला उद्योग कर्जा शीर्षकमा स्वीकृत कर्जाको रकम बैंकको प्रणाली (सिस्टम) बाट हराएको दाबी गर्दै दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन्। यसअघि सोमबारमात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ लाख रुपैयाँ घुस लिएको अभियोगमा नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। यस्तै, अहिले २० अर्बको अनियमितता भएको भन्दै नयाँ उजुरी पनि अख्तियारमा पुगिसकेको छ।NPR 20.40 Billion Missing: Serious Allegations Filed Against Nepal Bank Limited A major financial scandal has surfaced involving Nepal Bank Limited, as a formal complaint has been lodged with the Office of the Auditor General, alleging that NPR 20.40 billion has mysteriously gone missing. The complaint, filed by shareholder Angraj Bharti, has also been submitted to the Commission for the Investigation of Abuse of Authority (CIAA), drawing nationwide attention. The allegations claim that loans sanctioned under the "Small and Medium Enterprises (SME)" category during the months of Chaitra 2074 BS and Asar 2075 BS were misused or disappeared from the banking system records.

      NEPSE trading ·9 Jun, 2025·2 min read
    • राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि राय तथा सुझाव
      Investor

      राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि राय तथा सुझावNepal Rastra Bank Invites Suggestions for Monetary Policy of FY 2082/83

      राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि राय तथा सुझाव नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याउन लागिएको मौद्रिक नीतिका सन्दर्भमा राय तथा सुझाव माग गरेको छ। सोमबार एक सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले सम्बन्धित पक्षहरूलाई मौद्रिक नीतिमा समावेश हुन सक्ने विषयमा आफ्नो राय र सुझाव पठाउन आग्रह गरेको हो। इच्छुक व्यक्तिहरूले असार १० गतेभित्र राष्ट्र बैंकको अनुसन्धान विभागमा सुझाव दिन सक्नेछन्।Nepal Rastra Bank Invites Suggestions for Monetary Policy of FY 2082/83 Nepal Rastra Bank (NRB) has called for opinions and suggestions regarding the Monetary Policy for the upcoming fiscal year 2082/83. Issuing a public notice on Monday, NRB requested concerned stakeholders to provide feedback on potential areas to be addressed in the upcoming monetary policy. Interested individuals and institutions can submit their suggestions to the NRB’s Research Department by Asar 10. Suggestions can be emailed directly to [email protected]. NRB has informed that the new monetary policy will be made public in the month of Shrawan (mid-July to mid-August). As a key economic document that shapes the country’s macroeconomic direction, the monetary policy holds significant interest among economists, bankers, business communities, and the general public.

      NEPSE trading ·9 Jun, 2025·1 min read
    • जोशी हाइड्रोपावरलाई ६५ प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति
      Top

      जोशी हाइड्रोपावरलाई ६५ प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमतिJoshi Hydropower Receives Approval for 65% Rights Share Issue Worth Over NPR 240 Million

      जोशी हाइड्रोपावरलाई ६५ प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशनको अनुमति प्रदान गरेको छ। सोमबार बोर्डले कम्पनीलाई चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो। यो स्वीकृतिसँगै कम्पनीले अब २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबरको २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। कम्पनीको हालको चुक्ता पूँजीअनुसार ६५ प्रतिशतको अनुपातमा शेयर जारी गरिने भएको हो।Joshi Hydropower Receives Approval for 65% Rights Share Issue Worth Over NPR 240 Million The Securities Board of Nepal (SEBON) has granted approval to Joshi Hydropower Development Company Limited to issue 65% rights shares. The approval was given on Monday, allowing the company to move forward with its capital-raising plans. With this approval, the company is set to issue 2,414,101 units of rights shares, totaling NPR 241.41 million. These shares will be issued at a 65% ratio based on the company’s existing paid-up capital. To manage the issuance process, Joshi Hydropower has appointed Laxmi Capital Market Limited as the issue manager. The company is expected to announce further details soon, including the book closure date and application period for the rights issue. Rights shares allow existing shareholders to purchase additional shares in proportion to their current holdings, typically at a discounted rate, helping companies raise capital while maintaining shareholder control.

      NEPSE trading ·9 Jun, 2025·1 min read
    • बजार सम्हालियो: ट्रेन्डलाइन सपोर्टबाट नेप्से उचालियो, हाइड्रोपावरमै लगानीकर्ताको आकर्षण
      Investor

      बजार सम्हालियो: ट्रेन्डलाइन सपोर्टबाट नेप्से उचालियो, हाइड्रोपावरमै लगानीकर्ताको आकर्षणMarket Rebounds: NEPSE Bounces Back from Trendline Support, Hydropower Sector Takes the Lead

      बजार सम्हालियो: ट्रेन्डलाइन सपोर्टबाट नेप्से उचालियो, हाइड्रोपावरमै लगानीकर्ताको आकर्षण पछिल्ला चार दिन लगातार घटिरहेको नेप्से परिसूचक सोमबारको कारोबारमा हरियाली देखाउँदै २३.१९ अंकले वृद्धि भई २,६५३.०९ विन्दुमा पुगेर बन्द भएको छ। प्राविधिक हिसाबले ट्रेन्डलाइन सपोर्टमा टेकेर बजारले फर्किने संकेत दिँदै हरियो क्यान्डल बनाएको देखिएको छ। यस दिनको वृद्धि जलविद्युत् र अन्य उपसमूहको बलियो प्रदर्शनका कारण भएको हो। १३ उपसमूहमध्ये जलविद्युत उपसमूह २.३५% र अन्य उपसमूह २.६३% ले बढ्दा बजारलाई ठूलो उकास मिल्यो। ८३ वटा जलविद्युत कम्पनीहरू र अन्य उपसमूहमा पर्ने ६ कम्पनीको शेयरमूल्यमा उल्लेखनीय वृद्धि भएको छ। लगानी उपसमूह पनि १% भन्दा बढीले बढेको छ। यद्यपि, होटल तथा पर्यटन, जीवन बीमा, र व्यापार उपसमूहमा सामान्य गिरावट देखिएको छ।Market Rebounds: NEPSE Bounces Back from Trendline Support, Hydropower Sector Takes the Lead After four consecutive days of decline, the NEPSE index finally turned green on Monday, rising by 23.19 points to close at 2,653.09. The rebound came precisely from a key trendline support level, signaling a possible technical recovery in the market.

      NEPSE trading ·9 Jun, 2025·2 min read