
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट सुनुवाइ — संवैधानिक इजलास गठनConstitutional Bench Formed to Hear Petitions Against House Dissolution
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट सुनुवाइ — संवैधानिक इजलास गठन प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाइ गर्न आजदेखि संवैधानिक इजलास गठन गरिएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, उक्त इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा. मनोजकुमार शर्मा सहभागी रहेका छन्। अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेका थिए। सो निर्णयविरुद्ध १६ वटा रिट निवेदन सर्वोच्च अदालतमा दायर भएका छन्। रिटदाताहरूले संसद् विघटन र अन्तरिम प्रधानमन्त्री नियुक्तिलाई संविधानविपरीत ठहर गर्दै संसद् पुनःस्थापनाको मागसहित परमादेश जारी गर्न माग गरेका छन्।Constitutional Bench Formed to Hear Petitions Against House Dissolution Kathmandu — The Supreme Court of Nepal has formed a Constitutional Bench to begin hearings on petitions filed against the dissolution of the House of Representatives. According to court spokesperson Arjun Prasad Koirala, the bench comprises Chief Justice Prakashman Singh Raut, and Justices Sapana Pradhan Malla, Kumar Regmi, Hari Prasad Phuyal, and Dr. Manoj Kumar Sharma. On Bhadra 27 (September 12), President Ramchandra Paudel, acting on the recommendation of the interim government, dissolved the House of Representatives. In response, 16 writ petitions were filed at the Supreme Court, challenging the legality of the dissolution and the appointment of the interim prime minister.


















