
अर्काको कोल्याटरल बेच्नु ‘भ्रष्टाचारको भाग’ : गभर्नर पौडेलSelling Someone Else’s Collateral Is ‘Part of Corruption’: Governor Paudel
अर्काको कोल्याटरल बेच्नु ‘भ्रष्टाचारको भाग’ : गभर्नर पौडेल काठमाडौं — नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय क्षेत्रमा हुने कर्जासम्बन्धी अनियमितताप्रति कडा चेतावनी दिएका छन्। उनले जबरजस्ती अर्काको कोल्याटरल बेचेर फाइदा उठाउने गतिविधि ‘पार्ट अफ करप्सन’ भएको उल्लेख गर्दै यस्तो कार्य राष्ट्र बैंकले क्षम्य रूपमा नलिने स्पष्ट सन्देश दिएको छ। आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारण सभामा बोल्दै गभर्नर पौडेलले सरकारी र निजी बैंकबीचको व्यवहारगत भिन्नता पनि व्याख्या गरे। उनका अनुसार सरकारी बैंकले केही जोखिम उठाउन सक्लान्, तर निजी बैंकमा त्यस्ता गतिविधि देखिए राष्ट्र बैंकले कठोर कदमहरू उठाउनेछ।Selling Someone Else’s Collateral Is ‘Part of Corruption’: Governor Paudel Kathmandu — Nepal Rastra Bank Governor Prof. Dr. Bishwanath Paudel has issued a stern warning against irregularities related to collateral handling in the banking sector. He said that forcibly selling someone else’s collateral for personal gain constitutes “part of corruption”, adding that such actions will not be tolerated by the central bank. Speaking at the 16th Annual General Meeting of the Nepal Forum of Financial Journalists (NAFIJ) on Sunday, Governor Paudel emphasized that there is a clear distinction in the way public and private banks are viewed. According to him, while government-owned banks may absorb certain risks, similar misconduct in private banks would invite strict regulatory action.


















